Tuesday, October 29, 2013

नेपाली मान्च्चिको फुत्ति छाईना !

स्व.राजा महेन्द्र तथा बिरेन्द्रहरुको अनुरोधमा मित्र रास्ट्र चिन सरकारले नेपालमा निकैनै उधोग धन्दाको बिकास गरि दिएका थिए ! त्यहि सिलसिलामा हेटौडा औधोगीक क्षेत्रमा कपडा उधोग आउने भएछ !
२०३२/३३ साल तिर नै होला हेटौडा औधोगिक क्षेत्र भित्र हेटौडा कपडा उधोग भन्ने नाम बाट उधोगको जगको सिलान्यास भयो ! त्यत्रो बिसाल उधोग बनाउन हज्जारौ हज्जार मजदुरले पसिना बगाए !
उक्त उधोग बनाउने सिलसिलामा भुइँ जग देखिनै मित्र रास्ट्र चिन बाट कारिगरीहरु आएका थिए ! पैला हाम्रो बाख्रा चराउने जंगलमा दिन प्रतिदिन उधोग बन्न सुरु भो ! एक दिन कामको सिलसिलामा हाम्रो गाउँको एक जना दाज्युले चैनिज्को भाषा नबुझेर नै होला काम टिप्न सकेनछन ! चाइनिज रिसाउदै ति दाज्यु लाइ प्याच्च भन्देछ ‘नेपाली मान्च्चिको फुत्ति छाईना’ (नेपाली मान्छिको बुद्धि छैन) ! बेलुका काम सकेर आए पछी ति दाज्युले ‘मलाइ आज चाइनिजले यस्तो भन्यो’ भनेर त्यो चाइनिज कारिगरको बोलीको नक्कल गरेर देखाए ! हामि चैँ घत पारेर हास्यौ र तालि बजायौ !
तर,
वास्तबमा ति चाइनिज कारिगरले जानेर नै भनेका रैछन ‘हो हामी नेपालीको बुद्धि छैन’ ! हाम्रो बुद्धि भै दिएको भए ति सयौको संख्यामा आएर दुख: पसिना बगाएर त्यत्रो बिसाल उधोग बनाइ दिने चाइनिजको श्रमको सम्मान गर्न सिक्थ्यौ होला ! पंचायतीकाल निरंकुस सासन प्रणाली भन्थे तर त्यहि निरंकुस सासन प्रणालीमा नाफामा चलेर बोनस र विभिन्न भत्ता खुवाउने कारखानालाइ आज खण्डहर जस्तै बनाउने थिएनौ होला !
२०४६ साल पछि चरम राजनैतिक पार्टीको अखडा, दिन प्रतिदिनको हड्ताल, नारा, जुलुस र बन्द हडतालले गर्दा पटक पटक चल्दै बन्द हुदै अन्तत: कारखानानै खारेजीमा पर्यो !
मेरो घर नजिकैको त्यो कपडा कारखाना जुन हामी मकवानपुरेले बाहिरको मान्छेले हामीलाई घर काहा ? भनेर सोध्दा छात्ती चौडा बनाउदै ‘हेटौडा कपडा देखेको छ’ भनेर सोध्यौ ! अनि हो त्यहि नजिकै हो हाम्रो घर भनेर जवाफ दिन्थ्यौ मानौ हेटौडा कपडा बाहिरको मानिसको लागी हामो मार्ग पहिल्याउने बिन्दु पनि थियो ! प्रजातन्त्रको गतिलो उपहारले मकवानपुरे जनता अझ खासगरी हेटौडा नगरपालिका र सो वरिपरीका गाउ बिकासका जनता समेत गरि २००० हजार जनाको रोजगारी गुम्यो !
कपडा उधोग मात्रै हैन हेटौडा औधोगिक क्षेत्र भित्रका धेरै कारखानाको हाल त्यस्तै बनाइ दिएको छ ! कारखानामा भर्ना भए पछी काम धन्दा छोडेर पार्टीको भन्दा अरु आज्ञा पालन गर्न जानेनन हाम्रा दाज्यु भाइ तथा दिदीबैनीहरुले ! हिजो पार्टीको लागि तन, मन र धन दिएर लागे ! तिनका नेता ठुला र धनि भए तर ति मजदुरहरु लाइ बेरोजगार बनाउने ति पार्टीका नेताहरुले अझै पनि तिनै मजदुरहरुलाई हतियार बनाउदै आएको छ ! तर न नेताले मजदुरको दुख कस्ट बुझ्छ न ति मजदुरको चेत खुल्छ !
ठिक भनेका रैछन ति चाइनिज कारिगरले “नेपाली मान्च्छीको फुत्ति छाइना” भनेर ! बुद्धि भै दिएको भए आफ्नो पेटमा आफैले लात हान्दैन थियौ ! नेताको गुलियो बाइरोडको जस्तो भाषामा मक्ख पर्दैन थियौ र तिनका लागी तिनका पार्टीका दास बन्दैन थियौ ! धेरैले सोच्दा हुन राजधानीका मान्छेले नेपालमा परिवर्तन गरेका हुन भनेर ! तर त्यो सात प्रतिसत झुठा हो ! किनभने हेटौडा र काठमान्डौको दुरी त्यति टाढा छैन ! कारखानानै बन्द गरेर ल्याएको परिवर्तनले के के पाइयो अब हाम्रा दाज्यु भाइ तथा दिदि बैनिहरुले पक्कै पनि बुझेको हुनुपर्दछ ! अब फेरी पनि यी छयालीस साले पार्टीका नारा, जुलुसमा भाग लिन जानेकी ?

No comments: