Wednesday, October 16, 2013

हिन्दु धर्म मास्न भनेर पटक पटक ब्यबस्था परिवर्तन गरेको हो ?

(नुवाकोटको प्रसिद्ध भैरबी मन्दिर)
जुन दिन बाट हाम्रो पुर्खा यस धर्तीमा आए त्यो दिन बाट नै हिन्दु धर्मालम्बी हुन भन्ने कुरा बुझिएको छ ! हामि नुवाकोटको प्रसिद्ध सक्ति पिठ भैरबी मन्दिरको पुजारी जसलाई धामी भनिन्छ को सन्तान हौ ! बाहुनले मात्रै मन्दिरको पुजारी गर्छन भनेर कसैले भन्छन भने त्यो सोरै आना असत्य हो ! काठमाण्डौ भित्रको असंख्य मन्दिरहरुमा बाहुन पुजारी छैनन भने हिन्दु धर्म बाहुन क्षेत्रीको मात्र कसरि पेवा हुन्छ ?
विभिन्न सक्ति पिठ हरुमा समय समयमा बलि दिने प्रचलन छ ! तर हाम्रै हिन्दु धर्मको बलि प्रथामा मात्र किन यत्रो महाभारत र रडाको मच्चाउछन ? २०४६ साल बाट हल्कारुपमा सुरु भएको यो बिरोध प्रथा २०६३ बाट उग्र रुपमा सुरु भएको छ !
हिन्दु धर्म मास्न नै भनेर नेपालमा २०४६ सालमा गिरिजाको भाखाको डेमोक्रेसी भन्ने प्रजातन्त्रलाइ कांग्रेस र कम्युनिस्टहरु मिलेर ल्याएको हो ? यदि हो भने किन राखेको छौ मन्दिर हरु ? हिजो माओबादीले जस्तै गरि बमले किन ध्वस्त पार्दैनौ ?
तर त्यसो गर्न लाइ हुत्ति र ह्याउ चाहिन्छ जुन हिजो एमाओबादीको बरिस्ट नेता क.बाबुराम भटराई अर्थ मन्त्रि हुँदा इन्द्र जात्रा र कुमारी पुजाको खर्च रोक्दा देखि भोगी सकेका छन ! त्यसैले डेमोक्रेसी अनि रिपब्लिक भन्दै हामि हिन्दु तथा बौद्ध लगाएत सबै धर्मालम्बी हरुको आस्थामा जो जसले हमला गर्न खोज्छन तिनका अन्त अबस्य पनि सचित छ ! नेपाली भै सके पछी नेपाली बनेपो त्यस लाइ सच्चा नेपाली भनिन्छ ! बिदेसिको जुठो पुरोमा आफ्नो देसको कला, धर्म र संस्कृति माथि हमला गर्ने लाइ नेपाल आमाको छोरा चैं कदापि भन्दैन ! त्यसैले कसैले पनि कसैको धर्म, कला र संस्कृतिमा हमला नगरौ ! सबैलाई चेतना होस ! 
janakdangol@gmail.com

No comments: