Tuesday, October 15, 2013

किन र के को लागी हिन्दु धर्मको बिरोध ?


डा.कृष्ण भट्टचन भन्ने एकजना धेरै पढ्या मुन्छी हुनुहुन्छ ! 'भटृचन' भन्ने जाती नयाँ नेपाल बनाउछु भन्ने भस्मेहरुले छुट्याईदेको क्राइटएरिया भित्रको 'जनजाती' भन्नेमा पर्छ रे ! जातको थकाली हुनुहुन्छ तर हिन्दु धर्मको हदै बिरोध गर्नु हुन्छ !
हिजो बाउराम्ले सुको मन्त्रि हुँदा 'जय मुसी' ले उचाल्देको भरा  कुमारी पुजालगाएत अन्य पुजा खर्च रोक्दा दिउसै तोरीको फुल देख्या थिए ! भिडले मुन्छी मार्यो भने संसारमा कहिँ पनि कानुन लाग्दैन भन्ने परमपरा छ !
जनजातिहरुले धेरै पढ़ेसी तिनका मगजले काम गर्दैन र मगज खुस्किन्छ भन्थे हो रैछ ! सयमा ९९% जनजातीले पढेर केहि लछारोपाटो लाएका हैनन ! पंचायतको हण्डीमा जो जो पढ्न बिदेस गए आधा भन्दा बढी उतै कोहि कुइरिनी,कोहि गोरी बे गरेर बसे ! अहिले उतै बसेर जुन थालमा खायो त्यसैमा आची गर्दैछन !
तिनीहरु सप्पैलाई जन्माको नेपाल आमाले हो ! जे जस्तो भए पनि आफ्नै आमा राम्रो हुनु पर्ने हो ! हाम्री आमै गरिब छिन, च्यात्तेको लाम्छिन र रुखो सुको खान्छिन ! हाम्री आमैले चिल्ला कार चढ़मला, महला बसम्ला र पिज्जा बर्गर खाम्ला अनि सन्तान दर सन्तान देखि मान्दै आएको धर्म परिवर्तन गरम्ला भनेर सन्तानलाइ हण्डी खुवाएर बिदेस पढ्न पठाएको हैन !
सन्तान बिदेसाट फर्केर आयेसी देसको बिकास गर्ला र आमाको मुहार हसिलो बनाउला भनेको त त्यो सबै मिथ्या सपना रैछ ! थकाली डाक्टर साप मान्छे जन्मे पछी एक दिन मर्नु पर्छ ! हिजो कांग्रेस भन्ने पार्टीको नेता गिरिजा मर्दा उसको कात्रोमा गोजी सीलाको थिएन ! नांगै आए नांगै गए तर जाने बेलामा "रास्ट्रघाती" को पद लिएर गए ! नेपाल आमाको छोरा हुनुहुन्छ भने आफ्नो धर्म र परम्परामा रमाउन सिक्नुस ! पिज्जा र बर्गर हाम्रो रास्ट्रिय खाना हैन!
'जय भोलेनाथ, डाक्टर साप लाइ सद्बुद्धि देउ भगवान'

No comments: