Home » » किन बिस्फोट गराइयो खतरनाक 'पेपर बम' ?

किन बिस्फोट गराइयो खतरनाक 'पेपर बम' ?

Written By खांट्टी कुरा on Monday, July 01, 2013 | July 01, 2013

 हिजो दुश्मन सिध्याउने भन्दै मन नपरेको ठाउँमा बिभिन्न मोडेलको बम हान्थे र हान्न लगाउथे तर आज एकले अर्कोलाई सिध्याउन आफु आफैमा बम हान्दैछन ! फरक यत्ति हो हिजो मन नपरेको ठाउँमा हान्ने र हान्न लगाइने बम चैँ धातुले बनेको हुन्थ्यो र त्यो बमले भेटेमा इहलिला नै समाप्त पारी दिन्थ्यो ! नभए घाइते वा अंगभंग सम्म भएनी बनाएर छाड्थ्यो ! हिजो आज अत्याधिक मात्रामा पेपर बमको प्रयोग हुने गरेको छ ! सेतो बिदेसी चिल्लो परेको पेपरा जापानी पाइलट पेनले एक दुइ सय सब्द्को छर्रा हालेर बनाएको पेपर बमले हाने पछी टार्गेट मिस नै नहुने !
२०४६ साल पछी नेपाला पेपर बम हान्न सिकाउने काउरेसी नेता देउवा हुन ! उनको बमले मुन्छी त परै जावस कमिला धरी मरेन ! तर पार्टी चैँ विस्फोटले दुइ टुक्रा भयो ! त्यो दुइ टुक्रा भाको पार्टीलाई धेरै मिहिनेत पछी फेबिकोल हालेर जोडिएको छ र किन हाने देउवाले पेपर बम भन्दै उनले हानेको पेपर बम लाइ अहिले पनि उनको गुरुबा को भाइले माथि बसेर भेरिफाइ गर्दैछन रे ! 
हिजो भर्खरै कान्तिपुरको राजधानी नयाँ स्वप्निल पेरिस दर्बारा १० रेक्टर स्केल भन्दा पनि ठुलो पेपर बम बिस्फोट गराइयो ! त्यो पेपर बम किन बिस्फोट गराइयो ? पेपर बम बिस्फोटन गराउनुको पछाडी के कारण हुन सक्छ ? यदि यो पेपर बमले ठाउँको ठाउँमा बिस्फोट गरेको बेलामा पर्दा कुन कुन जीवको राजनैतिक इहलिला समाप्त हुन सक्छ ? यो पेपर बम सक्कली हो कि नक्कली हो भनेर  भरखरै बिस्फोट गराइएको पेपर बम लाइ अति जतनको साथ पुर्ब स्वयम घोषित सर्बोच्च कमाण्डरले अति सुक्ष्मरुपले भेरिफाइ गर्दैछन !
महाभारतको कथाको अन्तिम अध्याय तिर भगवान श्रीकृष्णको सन्तानहरु एक आपसमा मुसल युद्ध गरेर मासिए भनेर उल्लेख छ ! २०४६ साल पछी नेपाल मण्डलमा रचिएको महाभारतको कथा पनि अब अन्तिम अध्यायमा पुगेको हो कि भन्ने भान पर्दैछ ! किन भने हिजो आज याहा कथित धर्म निरपेक्ष गणतान्त्रिक लोकतान्त्रिक नयाँ नेपालको राजनीतिक पार्टीका सन्तानहरु एक आपसमा भिडदै छन ! फरक येत्ति हो भगवान श्रीकृष्णको सन्तानहरुले फलामको मुसल चलाएका थिए ! अहिलेका हरु चैँ बिभिन्न नयाँ सस्त्र अस्त्र प्रयोग गरेर लड्दै छन, भिड्दै छन त्यसैले बुढापाकाहरुले भनेका होलान 'बिनासकाले बिपरित बुद्धी' !

 

Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger