Wednesday, June 19, 2013

बिना तेलले मात्र सलेदो बल्दैन क्यार !


(नेपालकोनेताहरुलाईपठाइएकोनिमन्त्रणापत्र)
भारतका नयाँ युवराज कांग्रेस पार्टीका महा सचिव राहुल गान्धीको ह्याप्पी ह्याप्पी बर्थडेको औसरा कान्तिपुरे राजधानीको रविभवन मा रहेको स्व.माता इन्दिरा गान्धीको हिन्दुस्थानी काउरेस पार्टी साखा कार्यालयमा बडा भोजको आयोजना हुन लाग्या रैछ ! उता कांग्रेस र यताको कांग्रेस त मौसेरा भाइ भै हाले ! नया काउरेस तर लोक लाजले हामि ता कम्निस्ट भन्ने घाममार्काहरु पनि लाइ बोलाका रैछन ! अतिथि देवो भव: स्वीकार्दै खोप्लांग कम्पनिहरु पनि भोजका निम्तोमा परेछन ! मेरा भारत महानको मन्तर जप्ने चाटुकारे कलमे, बेपारी सेपारी सप्पै परे !
मरे चपरी मुनिको बास बाचे अलकापुरीको राज भन्ने नीति अपनाएका छविलाल मास्टर जसलाई
भारतले सधै पर्चन्न भन्छ र अर्का झापाली दैत्य सिटौला बाजे अनि मिनेन्द्र रिजाल बाजे हरु लाइचैँ  बोलायेंनछन ! उनीहरुको निम्तो काडमा लेख्ने बेला भारतमा बन्या फिलेम कलमको मसि सक्या भएर होला !
ठुला कामरेड प्रचण्ड जहा पनि जता पनि 'हुन्छ' नीतिले गर्दा आज भारतले यस्ता महान नेता र अर्का २ जना नन्दी भ्रिंगीलाइ आज दुधको तर बाट मिल्काको झिंगा बनाएकि बनाएनन ? त्यस्तै सिटौला बाजे राति १२ बजे गणतन्त्रको घोषणा गरियोस भन्ने पनि तिमिनै हैन र अनि पछाडी बाट ताली  बजाउने पनि रिजाल बाजे नै हो क्या र ! होस गर नेताहो तिमीहरुको अब राजनीति गर्ने दिन सकिया जस्तो छ ! धिब्री क्या मर्तेलले बाल्छनि हो त्यस्तै मर्तेल सक्या धिब्री बन्दैछौ तिमीहरु ! बिना तेलले मात्र सलेदो बल्दैन क्यार !

1 comment:

Subash Bahadur Bista said...

haha dai estai ho india ko niti...