बालसखा हेम गुरुङले
नेपाली कांग्रेसको प्रसिक्षण लिएका रैछन !
प्रमाण पत्र बटारेर भुडीमा राखेर मेरै
घरको बाटो आउदै गर्दा सोधे ओइ मैले ओइ हेमे भुडिमा के हालिस ? पुक्क उठेको छ त !
साथीले प्रमापत्र देखाउदै भने ‘अस्ति तालिममा गाको थिए त्यसैको को प्रमाण पत्र हो
यार’ ! प्रमाण पत्रको माथि टाउकोमा लेखिएको थियो “रास्ट्रियता .... लोकतन्त्र ...
समाजवाद” ! तल पुछारमा नेपाली कांग्रेसको
उप-सभापति रामचन्द्र पौडेल मुख्य अतिथि लगायत अन्य को दस्तखत भाको प्रमाण पत्र
देख्दा अचम्म लाग्यो !
“जननायक वी.पी. कोइरालाले २ अक्टुवर १९४६मा पटनाबाट प्रकाशित
हुने द र्सच लाइट पत्रिका मार्फ भारतमा रहेका नेपालीहरूलाई सँगठित गर्ने
उद्देश्यले नेपालीहरूको अखिल भारतीय सँगठन निर्माणका निम्ति गरेको आहृवानबाट यसको
जन्मको प्रारम्भ भएको पाइन्छ। भारतीय
स्वतन्त्रता सँग्राम समेतका योद्धा वी.पी. कोइरालाको सक्रियतामा कार्तिक १५, २००३ -३१ अक्टुवर, १९४६)
मा बनारसमा बस्ने नेपालीहरूलाई सँगठित गरी बाबु समानका -पिताजी कृष्ण प्रसाद
कोइरालाका समकालिन) देवि प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली
राष्ट्रिय काँग्रेस नामक संस्थाको बनारसमा स्थापना भयो। प्रथम महाधिवेशन-
वि.सं.२००३ माघ १२ र १३ ) सँगठनको
रूपरेखा सिद्धान्त र कार्य प्रणालीको निश्चय गर्न वि.सं.२००३ माघ १२ र १३-January 25-26, 1947) गते विषेश गरी
प्रवासी जुजारु नेपालीहरू तथा नेपालको जेल तोडेर आएका गणेशमान सिंह लगागत नेपाल
तथा भारतका विभिन्न स्थानबाट आएका नेपाली प्रतिनिधिहरूको सहभागिता भएको यस
समारोहमा वी.पी. कोइरालाले सभापतित्व र डा. डिल्लीरमण रेग्मीले झण्डोत्तोलन गर्नु
भएको थियो। भारतको कलकत्ताको भवानीपुरस्थित खालसा हाईस्कूलमा भएको प्रथम
महाधिवेशनले यसको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय काँग्रेस राख्यो”
नेपाली कांग्रेसको संस्थापनाः नेपालमा 'राष्ट्रियताको संरक्षण र सर्ंवर्धन गर्दै
प्रजातान्त्रिक समाजवाद' स्थापना गर्ने
सिङ्गो आन्दोलनको अर्को नाम 'नेपाली कांग्रेस' हो -नेपाली
कांग्रेस विकिपिडिया बाट साभार )
जन्मिँदा त नेपाली
कांग्रेसको मूल मन्त्र “रास्ट्रियता, प्रजातन्त्र, समाजवाद” थियो ! प्रजातन्त्रको लागि भनेर पटक पटक लडेको
पार्टीले आज ‘प्रजातन्त्र’ को नामो निसाना नै मेटाएको देख्दा के नेपाली कांग्रेसका
अहिलेका पुस्ता प्रजातन्त्र प्रति आस्थावान रैछन त ? यदि प्रजातन्त्र नचाहिने हो
भने जनताको छोराछोरी लाइ मृत्यको कोखमा पुर्याएर पटक पटक के को लागि आन्दोलन गरेको
हो ? के ‘लोकतन्त्र’ भनेर नाम बदल्दैमा नेपालमा सच्चा लोकतन्त्र आएको छ त ? यो
लोकतन्त्र भन्ने शब्द त राजाको प्रत्यक्ष शासनकालमा होस वा एक दलीय निर्दलीय
पंचायती ब्यबस्थामा समेत राजा र पन्चहरु बाट लाखौ चोटि उच्चारण भएको शब्द हो !
उनिहरुले पनि लोकतन्त्र भनेर नै शासन चलाएको थियो ! को कसको आदेस र इसारामा यस्तो
काम कार्य भएको हो ? यसको जवाफ जनतालाई दिनु पर्छ कि पर्दैन ? नाम बदल्दैमा छु
मन्तरको तालमा सबै हुने भए नेपालको नाम ‘स्विट्जरल्यान्ड, सिंगापुर’ राखे विकास नै
गर्नु पर्दैनथ्यो ! त्यसैले सुसिल दा नेपाली कांग्रेसको मूल मन्त्र “रास्ट्रियता, प्रजातन्त्र, समाजवाद” को बिचमा ‘प्रजातन्त्र’ हटाएर “रास्ट्रियता, लोकतन्त्र, समाजवाद” राखनु भनेको नया बोतलमा उही पुरानो ठर्रा (रक्सि) भरेको जस्तो हो कि हैन ?
जवाफ देउ सुसिल दा जनतालाई !

1 comment:
यस्ता प्रचण्डेको पाल्तु कुत्तालाई के को सुसिलदा नि । यो त गुहु हो । यस्को दिमाग सिमाग केहि छैन । छि छि छि डुङडुङ गनाउँछ यो । उ गरेर उ गर्दिन्छु भन्न बाहेक अरु केहि बोल्न पनि जान्दैन यस्ले । यो उ भएर उ हुन्छ एकदिन । प्रचण्डेले यस्लाई उ गरेर उ गर्दिन्छ एकदिन ।
Post a Comment