Home » » उग्र जातिबाद पक्कै पनि राम्रो हैन !

उग्र जातिबाद पक्कै पनि राम्रो हैन !

Written By खांट्टी कुरा on Wednesday, April 24, 2013 | April 24, 2013



हिजो आज सामाजिक संजाल फेसबुक, ट्वीटर, ब्लगहरुमा केहि जनजाति हौ भनेर गर्व गर्ने मित्रहरुले प्राय गरि क्षेत्री बाहुनहरुको अतिनै खोइरो खन्ने काम गर्नु हुन्छ ! हरेक देसको आ- आफ्नो रास्ट्रिय तथा मातृभाषा हुन्छ ! उदाहरणको लागि मलेसिया मुस्लिम बाहुल्य देस हो ! लिपि अंग्रेजी तर भाषा मलायु सब्द राखेर लेखापढी हुन्छ ! मुस्लिम बाहुल्य देस भए पछी त सरकारी काम काज अरबी भाषाको लिपिमा गर्नु पर्ने हैन र ? मलेसियामा सम्पर्क भाषा लेख्दा वा बोल्दा चाइनिजले
चाइनिज, दक्षिण भारतीय मुलकाले तामिल,पन्जाबी आदिमा लेख्छन तर सरकारी कामकाजमा लिपि अंग्रेजी तर भाषा मलायुमा नै लेखिएको छ तर हाम्रो देश नेपालमा भने बाहुनबाद यो बाद र उ बाद भन्नु हुन्छ तर जुन भाषामा तपाइँ बाहुन क्षेत्रीको खोइरो खन्नु हुन्छ  त्यो त नेपाली खस भाषा मा लेखिएको लिपि हो नि हैन र ! म नेवार हु मेरो आफ्नै लिपि छ ! राइ, लिम्बु, तामांग जस्ता सबै जनजातीहरु सबैको आफ्नै लिपि छ तर हाम्रो लिपि तपाइँहरु बुझ्नु हुन्न भने तपाइँ हरुको लिपि पनि हामि बुझ्दैनौ ! बोलिने र लेखिने सम्पर्क भाषा त नेपाली नै हो नि ! ब्यबहार चैँ उग्रपन्थी तर काम चैँ हामपन्थी र खाम्पंथी विचारधाराका पार्टीका नेताहरुले उचाली दिएको भरमा नेपालमा जाती तथा धर्मको बिच वैमनस्य पैदा गराउने पार्टीका नेता हरुलाइ गएर सोध्नुस हामि बिचको जात जातिमा लडाएर के पाउनु भो भनेर ! समाजमा मिलेर बस्ने सन्देस प्रबाह गर्नुहोस मित्रहरु ! नेपाल चार जात छत्तिस बर्णको फुलबारी हो है ! उग्र जातिबाद पक्कै पनि राम्रो हैन ! पुर्बमा राइ लिम्बु तथा तामांगहरु मात्रै बस्दैनन त्याहा अरु जात जाति हरु पनि बस्छन भन्ने कुरा पनि पक्कै थाहा हुनु पर्दछ ! गाउँ टोल समाजमा सबै जातजाति धर्म सम्प्रदायका मानिसहरु नङ र मासु झैँ मिलेर बसेको ठाउँमा एक आपसमा वैमनस्यता उत्पन्न गराउने काम चैँ पक्कै पनि राम्रो होइन !



Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger