Home » » मिति २०७०/१/५ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित मेरो लेख !

मिति २०७०/१/५ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित मेरो लेख !

Written By खांट्टी कुरा on Friday, April 19, 2013 | April 19, 2013



जनक मान डंगोल
janakdangol@gmail.com
भाडा मात्रै बढाउने हो कि बाटो पनि मर्मत गर्ने ?

यहि हप्ता हेटौडा औधोगिक क्षेत्रले औधोगिक क्षेत्रका जमिन तथा भवनको भाडा बढाएको छ ! हेटौडेली पत्रकार रामसरण पुडासैनीले चैत्र २७ गते नागरिक न्युजको लागि संप्रेषण गरेको समाचार बाट लिइएको को सानो अंस हो यो !
यो पंक्तिकारले समय समयमा माइक्रो तथा टेम्पोको सवारी गर्दा त्रिभुवन राजपथ बाट हेटौडा औधोगिक क्षेत्रको मूल बाटो हुँदै गन्तव्य नगर पालिकाको वार्ड नं ८ मा निस्कनु पर्ने हुन्छ ! हेटौडा औधोगिक क्षेत्र भित्रको सबै सडक मार्गको अबस्था हेर्दा काहां निर कुन सवारी दुर्घटना हुने हो त्यसको अनुमान गर्न गार्है पर्छ ! सबै सडक हरुको अबस्था हेर्दा हेटौडा कपडा उधोगको झैँ झल्को दिन्छ ! कुनै समयमा यो पंक्तिकार लाइ कसैले तपाइको घर काहां पर्छ भन्दा 'सगरमाथा जस्तै चौडा छाती अनि नाक ठाडो पारेर हेटौडा कपडा नजिकै' भनेर भन्ने गर्थ्यो ! जुन हेटौडा कपडा उधोग कुनै बेला देशकै गौरब थियो, सान थियो र मान पनि थियो !  हज्जारौ हजार मजदुरलाई रोजी रोटि दिने उक्त कपडा उधोग आज खण्डहरमा परिणत भाको छ ! भवन हरु भुत बंगला जस्तै भै सकेको छ ! ठ्याक्कै हेटौडा औधोगिक क्षेत्र भित्रका सबै सडकहरुको पनि त्यस्तै अबस्था छ ! ठाउँ ठाउँ मा खाल्डा खुल्डी र सद्धे कहिँ कतै छैन !

उधोगका उधोगपति हरु बाट भाडा असुली गरे पछी सेवा र सुबिधा दिनु पर्छ कि पर्दैन ? औधोगिक क्षेत्र भित्रको सम्पूर्ण बाटो घाटो तथा ढल निकास समय समयमा मर्मत गर्ने काम कार्य औधोगिक क्षेत्र ब्यबस्थापनको हो कि हैन ? हो भने किन मर्मत गरिदैन ? भाडा मात्रै बढाउने हो कि बाटो पनि मर्मत गर्ने ? यो नै आजको यक्ष प्रस्न हेटौडा औधोगिक क्षेत्रका टाउके हरुलाई !

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger