Saturday, March 16, 2013

यी अस्ट बक्रेहरु !



अकबर बादसाहले बीरबल मन्त्रि सहितका सबै भाइ भारदारलाई भेला गरेर दरबार पछाडी लगेछन ! त्यहा अस्ट बक्रे रुख (अस्ट बक्रे भनेको आठ ठाउँमा बांगीएको) लाइ देखाउदै एउटा बिस्वास्पात्र भारदारलाइ भनेछन हेर त काजि कति सिधा रुख ! ति भारदारले पनि बादशाहको हो मा हो मिलाउदै भनेछ ‘जाहापनाह हजुरुले सोरै आना सत्य कुरा फ़र्माइबक्स्यो’ त्यस पछी अकबर बादसाह ले अरु भाइ भारदारलाई पनि यस्तै प्रस्न सोधेछन तर सबैले पहिलो काजीले जस्तै गरि उत्तर दिएछन ! अन्त्यमा बीरबल मन्त्रि लाइ पनि अकबर बादशाहले त्यहि प्रस्न सोधेछन ! बीरबल मन्त्रीले नरम हुदै जवाफ दिएछन ‘जाहापनाह बिरबलको गर्धन चिलाको हो कि हजुरको आँखा फुटेको हो मैले ता त्यो रुखलाई अस्टबक्रनै देखे ! गल्ति बोलेको भए रिसानी माफ होस !

नेपालको राजनीति र राजनेता अनि तिनका भाइ भारदार हरु पनि माथि उल्लेख गरिएको अकबर बीरबलको कथाको पात्र झैँ भएको छ ! पार्टीका का नेताले जे भने जे बोले पनि त्यो सदर ! त्यसमा नाइँ, हैन भन्ने अहिले सम्म कोहि देखिया छैन ! अकबर बादशाह रुप धारी पार्टी अध्क्षय, सभापति अनि अकबर बादशाहका काजिरुपी पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरु जस्तै भएको छ अहिलेको नया लोकतान्त्रिक गणतन्त्रे नयाँ नेपाल ! अकबर बादशाहको राज्यमा एकजना सत्य बोल्ने बीरबल मन्त्रि त थिए तर नेपाल मण्डलमा अहिले सम्म बीरबल जस्तै मन्त्रीले जन्म लिन सकेको छैन ! बीरबल जस्ता सत्यवादी व्यक्तिले किन जन्म लिएन ? बीरबल जस्तै हक्की र निडर व्यक्ति जन्मिने कहिले नेपाली जनता अब त्यहि दिनको पर्खाइमा छन ! मात्र त्यहि दिनको पर्खाइमा छन !     
मिति: २०६९ चैत्र ३ गते !

1 comment:

Sampras Paudel said...

निकै राम्रो लाग्यो मलाई चैं । घत लाग्दो र समसामयिक लेख । गो अन गो अन ।..... रानाभाटको भटटटटटटटट जानुपर्छ ।।।।