![]() |
| तस्बिर: "ऋषि धमलाको फेसबुकवाल बाट साभार" |
जनताको कर बाट राज्यको ढुकुटीमा जम्मा गरिएको रकम अनियमित गरि अकुत सम्पति कमाएको बापत एक वर्ष २६ दिन झ्यालखाना कैद सजाय काटेर
डिल्ली बजार सदरखोरबाट पुर्ब कांग्रेसी तथा पछी छुट्टै मदेसी पार्टी गठन गरि पार्टीको सर्वेसर्वा तथा सुचना मन्त्रि जेपी गुप्ता झ्यालखाना बाट निस्के ! अपराध गर्ने लाइ अपराधी भनिन्छ ! चाहे सानो हो वा ठुलो ! व्यक्तिको घराट बिना अनुमति सामान बस्तु लाने लाइ चोर भनिन्छ भने राज्यको ढुकुटी माथि ब्रम्हलुट मच्चाउनेलाइ डाँका भनिन्छ ! अजब देसको गजब तमासा हेर्ने बानि परि सकेको हामि नया लोकतान्त्रिक तथा गणतान्त्रिक नयाँ नेपालको नया नेपाली भनेर चार दले बाट न्वारान गरिएको हामी नेपाली जनताहरुको लागी आंपे पूर्व मन्त्रि जे.पी.गुप्ताले झ्यालखाना बाट कैद संजाय भुक्तान गरेर निस्कदा संसदको निर्वाचन जितेर सांसद हुदाजस्तै गरि घाटि भरि सयपत्रीको माला अनि सिन्दुरे जात्रा गरेर नया बेहुली गृह प्रबेस जस्तो गराउनु काहाँको जायज काम हो ?

No comments:
Post a Comment