Latest Post

Showing posts with label चर्चा / परिचर्चा. Show all posts
Showing posts with label चर्चा / परिचर्चा. Show all posts

हाम्रा पिडितहरुले राहत हैन आएको चै पाएको छ युवराज नारुहितो

Written By खांट्टी कुरा on Thursday, March 10, 2016 | March 10, 2016

२०७२ फागुन २६ गते ई-कान्तिपुरको अनलाईन पत्रिकामा२०७२ साल बैशाखमा आएको भूकम्पले मच्चाएको ताण्डवनृत्य र त्यस पछीको राहत कार्यको बिषयमा जापानी युवराज नारुहितोको चासोको बिषयलाई लिएर कान्तिपुरले समाचार छापेको रैछ ! हेर्नुहोस समाचार
 
तस्बिर साभार: ई-कान्तिपुर
नेपालको ईतिहासमा २००७ साल पछी सबै भन्दा धेरै सहयोग दिने रास्ट्रमा  जापान पनि अग्रपंक्तिमा पर्दछ ! सहयोग दिए पछी त्यसको सोधीखोजी हुनु स्वाभिबिकै हो ! त्यसै सिलसिलामा जापानी युवराज नारुहितोले हाम्रा जापान स्थित राजदुतलाई नेपालमा भूकम्प पछी सुरु गरिएको पुन:निर्माणकाहां पुग्यो भनेर सोधीबक्स्या रैछ ! हाम्रा राजदुतले के जवाफ दिए त्यो चै कान्तिपुरले खुलाको रैनछ !
 
पुन:निर्माण भएर भूकम्प पिडितले राहत पाएको भए हाम्रो सर्खारले गरेको कामको फेहरिस्त दिन सकिन्थ्यो तर अहिले सम्म पिडितहरुको नाउँमा सिन्को भाँचेको छैन भने के जवाफ दिन्थे र !
 
बिदेसी रास्ट्र देखि ब्यक्ति तथा संघ संस्थाहरुले दिएको राहत सहयोगबाट चाउचाउ र च्युरा अनि केहि थान पाल,भन्दा अरु केहि दिएका छैनन ! पिडितहरु अहिले पनि दुख: र कस्टको जिबन जिउन बाध्य छन ! बरु भूकम्प पिडितको नाउं बेचेर युरोपा बस्ने केहि थान नारानेहरुले ज्यान बनाए भन्ने सम्चार देखि मन्त्रीको नाम नै जस्तापाता मन्त्रि भनेर राख्देको समचार समेत पढ्न पाईएको थियो !
 
नेपालको लागि चुनदाम सहयोग नदेउ मित्र रास्ट्रहरु ! ति सहयोग वास्तविक पिडितको हातमा कहिले पनि पुग्दैन ! मित्र रास्ट्रहरुले दिएको सहयोगले हाम्रा नेता तथा तिनका आसेपासे विकासे बंगुर जस्ता भाका छन ! जब पिडितहरुको हातमा पुग्दैन भने त्यो सहयोगको के नै औचित्य भो?
 
जापानी युवराजले धन्न हाम्ले देको निलो सुजुकी बस अहिले पनि गुड्दै छ हैन भनेर सोधी बक्सेको रैनछ ! त्यो प्रश्न सोधेको भए हाम्रा राजदुतको मुहार हेर्न लायकको हुन्थ्यो होला !

कुरो नागरिकताको

Written By खांट्टी कुरा on Sunday, January 03, 2016 | January 03, 2016

-जनक मान डङ्गोल/janakdangol@gmail.com
कुनै समयमा पाकिस्थान तथा बंगलादेस हिन्दुस्थान भन्ने भारत देसकै यौटा अंग थियो ! अंग्रेजले हिन्दुस्थान छोडेर जाने बेलामा भारत र पाकिस्थान बनाई दियो ! पाकिस्थानको मातहतमा बंगलादेस थियो ! बंगलादेस पनि पछी भारतको सहयोगमा छुट्टै देस बन्यो ! हिजोको बिसाल हिन्दुस्थान आज भारत, पाकिस्थान र बंगलादेश गरेर तिन टुक्रामा विभाजन भएको छ !

बिहाबारी भनेको सकेसम्मको आपसी नातेदारिमा हुने गरिन्छ भने बाँकी अन्यबाट ! हिजो एकै थातथलोमा हुर्की बढेकाहरु पछी गएर अन्यत्र देसको नागरिक भएता पनि बैबाहिक सम्बन्धमा बाधिनु नयाँ र नौलो कुरा भएन !

पाकिस्थानबाट बिहाबारी भएर भारत भित्रेको एउटी चेलीले नागरिकता लिनु कति समय लाग्छ भनेर प्रश्न गर्ने हो भने बढीमा २ देक्ल्ही तिन महिना भन्ने जवाफ पाईएला तर छिमेकी भारतमा पाकिस्तानबाट बिहाबारी भएर भारत भित्रेकी चेलीले कर्म्घर्को नागरिकता लिन बीसौं बर्ष लाग्छ भन्दा अचम्म लाग्न सक्छ !

पाकिस्तानकि चेली अफ्सिन १९९४ सालमा बिहा गरेर भारत आईन ! बिहा गरेको बिस बर्ष पछी बल्ल भारत सरकारले तिनलाई नागरिकता दियो भनेर भन्दा त्यो आश्चर्यको समचार हुन सक्छ तर १९७९ साल देखि बिहा गरेर आएकी धेरै सीमापारिका चेलीहरुले भारतियता नागरिकता नपाएको घटना पनि देख्न र सुन्नमा आएको छ !यसको ठिक उल्टो हाम्रो देस नेपालमा देख्न पाईन्छ ! हाम्रो देस नेपालमा छिमेकी देशबाट बिहा गरेर आएको बर्ष दिन नपुग्दै नागरिकता दिने चलन छ ! रोटि र बेटीको सम्बन्ध देखाएर तुरुन्तै नागरिकता दिने देस भनेको नेपालनै होला !
तस्विर साभार: बि.बि.सी.हिन्दि डटकम
नागरिकता मात्र हैन नागरिकता प्राप्त गर्ना साथ निर्वाचन तथा समानुपातिकमा भाग लिएर मन्त्रि देखि उच्च पदमा पुग्ने पारिका छोरी वारिका बुहारीहरू पनि औलामै गन्न नसक्ने गरि पुगी सकेको छ  ! सद्भावना पार्टीका नेत्री सरिता गीरी देखि उधोगपति साहुनी राज्यलक्ष्मी गोल्छाहरु यिनै उदाहरणहरुमा पर्छिन ! त्यति मात्र नभएर बिदेसी संग बिहा गरेर माईतिमै हैकम जमाएर बस्ने छोरी चेली पनि प्रसस्त छन ! कांग्रेसी नेता स्व.गिरिजा पुत्री तथा पुर्ब मन्त्रि सुजाता कोईराला देखि डाक्टर दुर्गा पोख्रेल यिनै उदाहरणमा पर्ने चेलीहरुमा पर्छिन !

नागरिकताकै कुरा गर्ने हो भने आफ्नो राजनीतिक फाईदाको लागि बिदेसीलाई नागरिकता दिंदा त्यसले पछी पर्ने असरको नमुना हेर्न हाम्रै देस नेपाल देखि मलेसिया हुँदै पश्चिमा देसहरुलाई हेरे पुग्छ ! जुन देसको सरकारले आफ्नो पार्टीको फाईदाको लागी बिदेसिहरुलाई वितरण गरेको नागरिकताले गर्दा आजको मितिमा आएर विभिन्न समस्या र कठिनाई भोग्नु परिरहेको छ !

अहिलेका पार्टीका नेताहरुले देस र जनतालाई के दिए ?

Written By खांट्टी कुरा on Thursday, December 24, 2015 | December 24, 2015

-जनक मान डगोल
२०३६/३७ साल तिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माले हालको एमालेको बिधार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिधार्थी युनियनका बिधार्थीहरुले गाउँ गाउँमा सभा सम्मेलन गर्दै हिड्दा सभा सम्मेलनको बिचमा गीत संगीत बाट जनतालाई मनोरंजन प्रदान गर्ने गर्दथे । त्यसो गर्नुको मुख्य कारण जनतालाई आफ्नो पार्टी प्रति आकर्षित गराउनु हो र त्यहि चलन अहिले सबै राजनीतिक पार्टीहरुले सिकेका छन ।

त्यो बेला अर्थात मेरो उमेर १४/१५ बर्षको हुँदा बिधार्थी फाँटका कलाकारहरुले गाउँदै नाच्दै गरेको गीतहरु मध्येको दुई गीतको शिर्षक मैले आज सम्म अनि भुलेको छैन । गाउँका शोषित, पिडित नारीहरुलाई गीत संगीतको माध्यमबाट चेतना दिने उद्धेश्यले गाईएको गीत मध्ये लौ उठ नारि अब एकजुट भई देउ, कति संधै दासी हुने भन्ने गीतले आजको ४० बर्षमा आईपुग्दा के कति नारीहरुमा चेतना जाग्यो र त्यो चेतनाले घर, टोल समाज हुँदै देसमा के कति आमुल परिवर्तन भयो त्यो पनि बताउनु पर्ला र ?

साउको ऋण तिर्न भनि गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरी फर्केन भन्दै गाउँको शोषक र सामन्तले गरेको अत्याचारको पृष्ठभूमिलाई आधार मानेर गाईएको हिजोको त्यो गीतले गाउँ समाजमा के कस्तो सकारात्मक सन्देस दियो त्यो पनि प्रस्ट देखिएकै छ । हिजो अर्थात मेरो बाबु, बाजेको पालामा साउको ऋण तिर्न भारत अर्थात मुग्लान भासिने चलन थियो । आज मेरो पालामा पनि साउको ऋण तिर्न खाडी मलेसिया भासिन बाध्य छौ भने नेपालमा २०२८ साल देखि कम्युनिस्टहरुले जगाएको राजनीति शिक्षा दीक्षाले को कसलाई कति फाईदा पुग्यो त्यो गाउँ समाजको तस्बिरले प्रस्ट पार्ने हुँदा यो पंक्तिकारले बयान गर्नु जरुरि छैन ।

आफ्नो राजनीतिक फाईदाको लागि हाम्रा कांग्रेस देखि कम्युनिस्ट हुँदै २०४७ साल पछी जन्मिएका मदेसी दलका नेताहरुले खासगरी भाषण, प्रशिक्षण देखि गीत संगीतको मद्धतले जनताहरुमा जोस भर्ने काम गरे, खास गरि युवा ताहा युवतीहरुमा । धर्म, जातपात मान्नु हुन्न भन्दै हरेक कुरामा जनबादीभन्ने सब्द राखेर दिइएको प्रशिक्षणले गर्दा यो ४० बर्षमा देस यो समयमा जातीय आन्दोलनले सखाप हुने भय दिन प्रतिदिन बढ्दै गएको छ ।

धर्म मान्नु हुन्न भनेर जनतालाई उचाल्ने हाम्रा कम्युनिस्ट पार्टी खास गरि अहिलेको एमाले देखि माले हुँदै बिभिन्ना नामधारी कम्युनिस्ट पार्टीहरूले धर्म मान्छन कि मान्दैनन भन्ने कुरा दोश्रो पटक प्रजातन्त्र स्थापनाको २ बर्ष पछी जनताले महसुस गर्न थालि सकेका थिए । भनाई र गराईमा आकास जमिनको फरक देखाउने नेपालको कम्युनिस्ट पार्टीहरुको चरित्र कोहि कसैले बिस्वास गर्न सक्दैन ४० बर्षमा देखिएको सत्य घटना यहि नै हो ।

हिजो माले पछी एमालेहरुले जे जे गरे जुन जुन बाटोमा हिडे आज त्यसैको सतप्रतिसत नक्कल गर्दै माओबादी नामका अतिबादी पार्टीहरु हिडेका छन । माले एमाले देखि माओबादी हुँदै तिन दर्जनको हाराहारीमा रहेको नेपालको सबै कम्युनिस्ट पार्टीहरुको झण्डा, रंग देखि पहिचान एकै हो कि हैन ?
जनताको बीचमा जाँदा बडो आत्मियताको साथ मधुर बचनले बोलिने सब्दहरुमा केहि भिन्नता छ ? अभिवादन सबैले लाल सलामदेखि नामको अगाडी कमरेडजोड़ेर सबैले प्रयोग गर्छन भने नेपालमा कम्युनिस्ट पार्टीहरु ३ दर्जन किन ?

कुनै पनि देसले सरकार चलाउन सुरुमा फौजको दरकार पर्छ र त्यस्ता फौजलाई पाल्नको निमित्त जनताले तिरेको कुत, तिरो देखि करको सदुपयोग गर्छन । नेपालका सबै राजनीतिक पार्टीहरुको पनि आ-आफ्नै फौज जस्तै संगठन छ भने त्यसलाई संचालन गर्न रकमको जरुरत पर्छ कि पर्दैन ? यदि पर्छ भने ति रकमहरुको श्रोत के हो ?

गरिब जनताले सरकारलाई अनिवार्य कर तिर्नु पर्छ र कर तिर्नु नागरिकको दायित्व भित्र पनि पर्छ तर जनताले कर सरकार देखि राजनैतिक पार्टीहरुलाई समेत तिर्दा तिर्दा लखतरान हुन्छन भने ति गरिब जनताको सन्तान मुग्लानभासिन बाध्य हुन्छन कि हुन्नन ?

मुग्लान भासिन बाध्य बनाउने अनि साउको ऋण तिर्न भनि गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरी फर्केन भनेर गीत गाउदै हिड्नु त्यो जस्तो हास्यापद अरु के हुन्छ ? ‘साउको ऋण तिर्न जाने हाम्रा हर्कजितेहरुमध्येको केहिलाई भए पनि हिजो कांग्रेस देखि कम्युनिस्टहरुले भन्ने गरेको निरंकुस एक दलीय पंचायती सासनमा रोजगार दिन लाई उधोग धन्दा खोलेको थियो कि थिएनन ?
त्यहि उधोग धन्दाहरुलाई पनि बन्द गराउन दिनहु बन्द हड्ताल देखि तोडफोड गर्न हर्कजितेहरुलाई उक्साको कारणले गर्दा आज ति उधोग कलकारखानाहरु सहि सलामत छन ? निजीकरणको नारा दिंदै सबै कल कारखाना स्वाहा बनाईए र पछी बिदेसीले खोलेका कल कारखानामा २०४६ साल पछी सबैमा ठेकेदारी प्रथा हुलेर नेता देखि तिनका आसेपासे मात्र मोटाउने तर गरिब नेपालीहरुको छोरा हर्कजितेहरुलाई साउको ऋण तिर्न मुग्लान जान बाध्य बनाउने कांग्रेस कम्युनिस्ट देखि अन्य विभिन्न नामका नेताहरुले साउको ऋण तिर्न भनि गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरी फर्केनभनेर गीत गाउन किन लगाए ?

हिजो साउको ऋण तिर्न नजिकको छिमेकी मुलुक भारतमा सयमा एक्कादुक्का जान्थे भने अहिले गाउँ टोलनै खालि हुने गरेर लाखौ लाख गरिब हर्कजितेहरु र तिनै हर्कजितेका दिदि बैनी हरु समेत युवतीहरु काम र मामको सिलसिलामा ऋण काढेर बिदेस जान बाध्य पारेका छन भने कांग्रेस तथा कम्युनिस्टहरुले जनता जगाएर गरेको परिवर्तनले आखिरमा देस र जनताले के पायो ?

'सस्तो बिज्ञापन'

Written By खांट्टी कुरा on Thursday, October 01, 2015 | October 01, 2015

सामाजिक संजाल फेसबुकमा सिन्धुपाल्चोक घर हुने मेरा फेस्बुकेमित्र श्री रामबाबु नेपालजीले एमालेको युवादस्ताहरु पहिरो पन्छाउन सिन्धुपाल्चोकको कोदारी सिमा नाका गएको बिषयलाई लिएर रमाईलो स्टाटस पोस्ट गर्नु भएको रहेछ !
साभार: रामबाबु नेपालको फेसबुक बाट












अस्ति माओबादी मध्येका एक खेमाले लिपुलेकमा गएर रास्ट्रिय झण्डा फहर्यायेर आयौ भनेर गफ दिए ! त्यो गफ दिंदा सुन्ने यो पंक्तिकारले अहिले फेसबुकको भित्तोमा यो स्टाटस लेखेर डाम्ने काम गर्दैछ !

सुकेनासले भेट्टाको ज्यान भाको ति बाहुन जातिका मेरा जिल्लाबासीले बडो लय मिलाएर लिपुलेक यात्रा सुनायो ! त्यसै बिचमा ईतिहासको कुरा निस्कियो ! ईतिहासमा रुचि राख्ने मैले एक दुईटा घटना सुनाउना साथ ति ब्यक्ति खोले साग भए ! उदाहरणको लागी २०२६ सालमा राजा महेन्द्रको आदेशमा किर्तिनिधि बिस्ट सरकारले नेपालको उत्तरी सीमाबाट भारतीय फौज लाई नेपालबाट भारत तर्फ फिर्ता रवाना नै काफी थियो ! अरु पनि थुप्रै ईतिहास सुनाई दिन मन लागेको थियो तर समयले भ्याएन !

कम्निस्टहरु के कसरि जनतालाई भ्रम छर्छन भन्ने कुरा लिपुलेकमा झण्डा गाडेको भन्ने भ्रमपूर्ण समाचारको केहि दिन पछी झण्डा गाडन गाको टोलि मुख्य बिन्दुमै नपुगेको खबर पनि पत्रपत्रिकामा प्रकाशित भएकै हो ! नेपालको उत्तरी सिमानाका पुग्न सजिलोको कुरा हैन फेरी त्याहा माथि त्रिदेशीय बिन्दु भाको नाकामा भारत तथा चिनको सिमा सुरक्षा गर्न ससस्त्र फौज समेत हरहमेसा तयारि पोजिसन लिएर बसेका छन !

'काले काले मिलेर खाउ भाले' भन्ने सिद्धान्तमा चल्ने भारत तथा चिनको व्यापारिक नीतिलाई नेपाल जस्तो सानो देसले न त जोरी खोज्न सक्छ न त युद्ध गरेर लुटिएको भूभागनै फिर्ता गर्न सक्छ ! त्यै माथि २०४६ साल पछिका हाम्रा महान नेताहरुको काम र कार्यको के बयान गराई भो त्यै माथी नपालका कम्निस्टहरुले कत्तिको हावादारी गफ गर्छन भन्ने कुरा कथित जनयुद्ध लड्ने माओबादीको ४० बुंदे माग नै काफी छैनन र ?
..
त्यस्तै घटना अहिले फेरी घामका भुराहरुले देखाएका छन ! कडा चट्टान फुटाउन बारुद प्रयोग गर्नु पर्छ र बारुदले ध्वस्त बनाएको चट्टान तह लाउंन पेट्रोलियम पदार्थबाट संचालन हुने डोजर, ग्रेडर जस्ता शक्तिसाली ईन्जिन ईन्जिन जडित  सवारी साधन चाहिन्छ ! यस्ता भारि शक्तिसाली ईन्जिन प्रयोग गर्दा समेत छिमेकी चिनको प्राबिधिकहरु हार खाएको बेला १०० थान बेल्चा लिएर पहिरो फाडन जानु पनि 'गफै त हो नि सम्धी' भनेझै हैन र ?

हाम्रा एमालेका नेता तथा एमाले पार्टी बाट नियुक्ति भएका गृहमन्त्री दुर दृस्टी भई दिएका भए देसको सेना तथा प्रहरीको जवानहरुलाई खाजा पानि भरेर अनुरोध आदेस तथा अनुरोधको साथ पहिरो तह लाउन आदेस गिराउथे होलान ! समयमै भनेको भए यतिखेर घामको भुराहरुलाई हातमा बेल्चा बोकेर सिन्धुपाल्चोकको नेपाल चिन सिमा नाका कोदारिमा फोटो सेसन गर्न पक्कै पनि जानु पर्दैन थियो होला !

२०५० सालको बाढी पहिरोमा परि नेपालको सबै पाहाडी राजमार्ग  देखि बाटो घाटो ठप्प हुँदा नेपालको बुढो राजमार्ग त्रिभुवन राजपथको पहिरो एमाले कांग्रेसको भुराहरुले बेल्चा हानेर सफा गरेका थिएनन ! त्रिभुवन राजपथको पहिरोलाई नेपाल प्रहरीका पुर्ब निरीक्षक स्व.हरि बहादुर महतको अगुवाईमा हप्तौ हप्ता लाएर पहिरो पन्छाएर राजमार्ग सुचारु गराएका थिए भन्ने कुरा अहिलेका ठेटनाहरु लाई के थाहा !

अस्ति भर्खर चिनिया सेनाले पहिरो पन्छाएर वानवे बनाएको बाटोमा बेल्चा हानेको फोटो पोस्टिदैमा बहादुरी पक्कै होइन्न होला !

'बजाउ बजाउ बाजे ढ्याङ्ग्रो'

Written By खांट्टी कुरा on Monday, August 31, 2015 | August 31, 2015

लामाजी अब तपाईहरुको गुम्बाको ढ्यांग्रो पनि हामि बाहुनहरुलेनै बजाई दिनु पर्ने भयो नि हैन ? हेर्दा खेरि अलि साधारण तरिकाको ब्यंग्य मिश्रित यो भनाई सामाजिक संजाल फेसबुकको च्याटबक्समा मेरो छिमेकी जिल्ला चितवनका मित्र मोहन लामा रुम्बाज्युलाई प्राप्त भएको रहेछ ।

पोहोर साल हिमाली बौद्ध दर्शनको बिज्ञ डाक्टर रमेश ढुङ्गेल संग मोहन लामा रुम्बाज्युको भेट हुँदा डाक्टर ढुंगेलले भन्नु भएछ हेर्नुस लामाजी संखुवासभाको उत्तरी दुर्गम गाउँमा म पुग्दा एउटा सिँगै गाउँ क्रीस्चियन भएर पुरानो गुम्बा अलपत्र भएको रहेछ त्याहाँको गुम्बामा तल्लो गाउको बाहुन क्षेत्रीहरु गएर बत्ती बालीरहेको देखें

मोहन लामाजी अस्ति काम बिशेशले चितवनको पहाडी क्षेत्रमा पर्ने सिद्धी गाबिसमा जानु भएको रहेछ । चितवनको सिद्धि गा.बी.स देखि मकवानपुरको काँकडा, खैरांग जस्ता बिकट गा.बि.स हरुमा चेपांग तथा तामांग जातिहरुको बाहुल्यता छ ।

मोहन लामाजिले डाक्टर ढुंगेलको भनाई त सुन्नु भयो तर आँखाले प्रत्यक्ष देख्नु भएको थिएन । आफ्नै आँखाले नदेखे सम्म सुनेको भरमा हो भनेर बिस्वास गर्न पनि अलि कठिननै हुन्छ । 
मोहन लामाजिले सिद्धि गा.बि.स मा पुरु गाउँ क्रिस्चियन भएको देख्नु भएछ । उहाँको साथीहरुले कहिले काही मित्रहरु संगको चिया गफमा 'सिद्धि गा.बि.स मा दिनानुदिन मौलिक धर्म बदलेर ईसाई धर्ममा लाग्नेको संख्या नेप्सेको सूचक जस्तरी मास्तिर उक्लिदैछ भनेर भन्ने गरेका रैछन ।
सिद्धि गा.बि.स को पुर्ब गा.बि.स अध्यक्ष गोपी श्रेष्ठको अनुमानमा ७०% प्रतिसत तामांग तथा चेपांग जातिहरुले ईसाई धर्म अंगालेको हुनु पर्छ भनिएता अनि हाल सिद्धि गा.बि.स मा ९०% तामांग तथा चेपांग जातिहरुले ईसाई धर्म अंगालेको बुझिन्छ ।

सिद्धि गा.बि.स हिजो जनयुद्धकालमा माओबादीहरुको सुरक्षित आधार ईलाका थियो । जनयुद्धकालमा हिन्दु धर्म मान्नेहरु माथी गरिएको दुर्ब्यबहार भुक्तभोगीहरुलाई राम्रै संग थाहा नभएको पनि हैन । हाल नेपालको प्राय साबि स्थानहरुमा खुल्लमखुल्ला ईसाई धर्मको प्रचार प्रसार हुँदा पनि नेपाल सरकार मौन बसेको छ ।

हाम्रो नेपाली उखानमा समाजमा मिलेर बस्न नसक्ने व्यक्तिलाई 'बालीमा नमिलेको डुम' भनेर भन्ने चलन छ । 'डुम' भनेर कुनै जाति बिशेसलाई होच्याएर भन्न खोजिएको हैन तर समय र सन्दर्भमा कुरा उठ्दा उखान टुक्काको रुपमा दिईएको उपमा हो यो । यसबाट कोहि कसैलाई चोट पर्न गएको खण्डमा यो पंक्तिकार अग्रिम माफी चाहन्छ ।

दिनानुदिन बढ्दै गएको ईसाईपन्थीहरुको कारणले गर्दा सिद्दी गा.बि.स मा बसेर आफ्नो पुर्ख्याली हिन्दु तथा बौद्ध धर्म मान्नेहरु नागरिकहरु आज उक्त थातथलोमै बस्ने कि छोड्ने भनेर बडो द्दिबिधामा परेको देखिन्छ र बुझिन्छ पनि ।

मिलेर बस्नलाई धर्म मिल्दैन । धर्म नमिले पछी संस्कार मिल्ने कुरै भएन । गाउँ ठाउँमा बसे पछी 'छिमेकी ज्यूँदाको जन्ती र मर्दाको मलामी' हुनु पर्छ तर २०४६ साल पछी हाम्रा राजनीतिक पार्टीका नेता तथा तिनका कार्यकर्ताहरुले समाजमा यस्ता जहर घोली दिएका छन कि मान्छे मृत्यु भयो भने पनि 'कुन पार्टीका' भनेर पहिले सोधखोज गर्ने चलन बसाल्देको छन । मृत्यु पछिको कार्यमा त यस्तो छ भने झन शुभ कार्यको त के बयान गराई भो । पंक्तिकारले पनि यस्तो घटना धेरै स्थानमा देखि सकेको छ ।

२०६४ साल पछी नेपालमा बढेको ईसाईकरणले गर्दा धर्म र संस्कार नबुझेका नब ईसाईहरुले हिन्दुहरुलाई 'गाईको मुत खाने' का सन्तान भन्छन भने बौद्धहरु लाई 'डबकामा जांड खाने देउताको सन्तान' भनेर हिन्दु पण्डित देखि लामा गुरुहरु समेतको उच्चीत्तो काढ्न सुरु गर्छन । हिन्दु तथा बौद्ध देबी देउतालाई सैतानको उपमा दिन पछी पर्दैनन ।

संसारमा धेरै देशरुमा अहिले जाती र धर्मलाई लिएर लडाई सुरु भएको छ । यस्तै भई रहेको खण्डमा भोलि हाम्रो देस नेपालमा पनि यस्तो स्थिति नआउला भन्न सकिन्न ।
नेपालको बिकट पहाडी जिल्लाको गाउँ ठाउँमा आदिबासी जनजातिहरु बसोबास गर्छन र त्यहि जनजातिहरु संग घुलमिल गरेर ब्राम्हण, क्षेत्री देखि अन्य जातिहरु समेत नंग र मासु जस्तै मिलेर बसेका छन । 

गुरुङ तथा तामांग जातिहरुले आफ्नो जातीय तथा धार्मिक परमपरा अनुसार ईस्ट देवताको पुजा आजा देखि मृत्यु पर्यन्त सम्मको काम कार्यमा ढ्यांग्रो बजाउंदै देबी देउता फलाक्ने गर्छन । माथिकै हरफमा डाक्टर रमेश ढुंगेलले भन्नु भएझै सिंगो गाउँका आदिबासीहरु ईसाई भए भने गुम्बाहरुमा गएर बाहुन क्षेत्रीले गएर पुजा आजाको साथ बत्ति बाल्दै ढ्यांग्रो ठोक्नु नयां र नौलो कुरा भएन किनभने हिन्दु तथा बौद्ध धर्म मान्नेहरुले एकले आर्कोलाई कहिले पनि घृणाको दृष्टिले हेर्ने गर्दैनन, त्यसैले मोहन लामाज्युले ब्यंग्य गरेर लेख्ने मित्रलाई 'बजाउ बजाउ बाजे ढ्यांग्रो' भनेर जवाफ दिनु भएको रैछ ।

पत्रकारिता भनेको स्वतन्त्र पेशा हैन र ?

Written By खांट्टी कुरा on Sunday, July 19, 2015 | July 19, 2015


हाम्रो देस नेपालको पुर्व, दक्षिण र पश्चिम गरि तिन तिरबाट भारत अनि उत्तरी दिशामा पहिलाको भोट भनिने तिब्बत तथा हालको चिन भन्ने देश परम छिमेकीमा पर्दछन । उत्तरी छिमेकी चीनमा एकदलीय कम्युनिस्ट सासन छ । एकदलीय सासन भनेको निरंकुस सैलिमा चलाईने सासन हो भने तिन तिर सिमा पर्ने भारतमा प्रजातान्त्रिक पद्धतिको लोकतान्त्रिक सासन छ ।

जे जस्तो सुकै नाम दिएता पनि एकतन्त्रीय सासन ब्यबस्थाको खिलाफ लेख्न र बोल्न पाईदैन । बोल्न र लेख्न नपाए पछी च्याउ सरि संचारको विभिन्न रुपरंगहरु जन्मिने मौका पनि भएनन । जे जति छन तिनले देस र जनता अनि सरकारको प्रसंसामा लेख्नु पर्छ । उदाहरणको लागी सिंगापुर देखि चिनलाई लिन सकिन्छ । निरंकुस सैलिमा सासन नचलाएको भए सिंगापुर भन्ने देस आजको स्थितिमा आई पुग्दैन थियो भने छिमेकी चिन त झन आज बिस्वको २ नम्बर महासक्तिसाली देसमा गणना भई सकेको छ ।
प्रजातान्त्रिक पद्धतिमा सासन ब्यबस्था चलेता पनि छिमेकी भारतमा साना ठुला सबै प्रकाशन गृहहरुले पत्रकारिताको धर्म सफलतापुर्वक निर्वाह गरेका छन । सरकारले गरेको राम्रो कार्यको प्रसंसा गर्न दखि लिएर गलत कार्यको भण्डाफोर गर्न पछी पर्दैनन भनेर भारतीय संचार गृहहरुले समय समयमा देखाउंदै आएका छन ।
मोफसलमा कुनै अमुक पार्टीका नेताहरुले आफ्नो लगानीमा पत्र पत्रिका देखि रेडियो टेलिभिजन खोलेर आफ्नो र पार्टीको भजन गाउन लगाएको पनि दखिन्छ तर त्यस्ता पार्टी र तिनका राजनीति भनेको मोफसलमा मात्र हो । केन्द्रिय राजनीतिमा त्यस्ताहरुको कुनै अर्थ पनि हुन्न । देस बिदेसले चिन्ने भनेको केन्द्रलाई हो ।
संसारमा कहिँ कतै नभएको प्रजातन्त्र देखि लोकतन्त्र भने नेपालमा देख्न पाईन्छ । नेपालमा २०४६ साल पछी प्राय सबै ठुला पार्टीहरुले आफ्नो पार्टी र पार्टीका नेताहरुको भजन र प्रसंसा गाउन तथा छाप्न भनेर संचार गृहहरु खोलेका छन । कुन पत्रिका तथा रेडियो देखि टेलिभिजन सम्म कस्तो चरित्रको हो र ति संचारका साधनहरुले के कस्तो भूमिका निर्वाह गरेका छन त्यो बताउनु जरुरि पर्ला र ?
सामाजिक संजालमा फेसबुक, ट्वीटर देखि गुगल प्लसले ठुलो योगदान गरेको छ । नामै सामाजिक भए पछी समाजकै लागी भनेर खोलिएको यो संस्थाहरुको मद्धतबाट आज बिस्वले सेकेण्ड देखि मिनेट भरमै खबर देख्न पाउने भएका छन ।
यस्तो बिसुद्ध सामाजिक संजालको मद्धत लिएर हाम्रो राजनैतिक पार्टीमा आबद्ध रहेका सबै तह र तप्काका ब्यक्तिहरुले आफ्नो सन्देसहरु सम्प्रेष्ण गर्ने गरेका छन । यौटा सानो उदाहरण हेर्नुस ।
फलाना पत्रिकामा काम गर्ने फलाना बहादुरलाई हाम्रो पार्टीले फलानो ईकाई कमिटिको फलानो पदमा नियुक्ति गरेको व्यहोरा जानकारी गराउन पाउँदा हामीहरुलाई अत्यन्त खुसि लागेको छ । सामाजिक संजाल फेसबुक तथा ट्वीटरमा यस्ता सन्देस प्रकाशित हुना साथ खादा र अबिरमा सज्जिएको ति रास्ट्रको चौथो अंगले विभूषित पत्रकार महोदयले आफ्फ्नो फोटो प्रकाशित गरेर हार्दिक धन्यवाद ज्ञापन गर्न समेत पछी हट्दैनन । बिगत केहि बर्ष देखि सामाजिक संजालहरुमा नियमित देखिएको यस्ता पोस्टहरु देख्दा पंक्तिकारलाई भन्न र लेख्न मन लाग्छ राज्यको चौथो अंग भन्ने मान सम्मान पाएको पत्रकार र पत्रकारिता पेशा स्वतन्त्र कसरि भए ?
पत्रकार भनेको मर्यादित र स्वतन्त्र पेशा हो । यो पेशा अंगाली सके पछी रास्ट्रको लागी अहोरात्र खटिने शेना तथा प्रहरीका जवानहरु कडा अनुसासनमा बाँधिएको जस्तै हुनु पर्दछ । नेपालको सेना तथा प्रहरी संगठनहरुमा आज सम्म राजनैतिक पार्टीको संघ संगठन खोल्न मनाही छ । सेना तथा प्रहरी पनि राजनैतिक पार्टीको ईकाई बन्ने हो भने सोच्नुस देस कुन बाटोमा पुग्ला ।
पत्रकारीता भनेको बिसुद्ध स्वतन्त्र पेशा भए पछी यो पेशामा लाग्ने ब्यक्तिहरुले घाम, पानि, असिना, थकाई, भोक र प्यास समेतको वास्ता गर्नु हुन्न । काम, क्रोध, लोभ र मोहमा लाग्ने ब्यक्तिले स्वतन्त्र पत्रकारिताको पेशा अंगाल्नु भनेको आफैले आफैलाई अनि देस र जनतालाई धोका दिनु हो ।
घमण्ड र अहंमा हिजो आजका पत्रकारहरुले जहानिया राणा सासनका श्री ३ लाई पनि मात गर्छन । श्री ३ नै बने पछी कसले कारबाही गर्ने ? कारबाही गर्ने भनेको पुलिस प्रसासन अनि पुलिस प्रसासन चल्ने भनेको सरकारको आदेसले हो । यस्ता यावत कुरा हरु जान्दाजान्दै पनि बुझ पचाएर हिजो आज आफुलाई अधिकांस पत्रकारहरुले देसको ऐन नियम कानून भन्दा पनि ठुलो ठान्दै पत्रकार भनेसी जे गर्न पनि छुट छ भन्ने बहम पालेका छन । यदि छुट नभएको भए चलचित्रका नायिका श्रीषा कार्कीले अकालमा ज्यान गुमाउनु पर्दैन थियो ।
पत्रकारिता गर्ने व्यक्तिले कडा ऐन नियम कानूनको परिधिमा बाधिनु पर्ने भए पछी भाषामा मिठास र सिस्टता हुनु पर्ने हैन र ? तर त्यसको ठिक उल्टो र बिपरित छ हाम्रो देसको पत्रकारिताको खेति गर्ने खेतिवालहरु । हिजो पन्चेती सासनकालका पुलिस जस्तै छन हाम्रा पत्रकारहरु । पन्चेतकालको पुलिस भनेको 'हाउगुजी' भनेर डराउने डरको  अर्को रुप पनि थियो । हिजोको पन्चेती पुलिसको त्यो 'हाउगुजी' को बिंडो आज नेपालको पत्रकारहरुले थामेका छन ।
निर्वाचन जितेर सरकार गठन गरि सके पछी राजनैतिक पार्टीको सदस्य नभएर देस र जनताको सेवक हुन्छौ भन्ने सोच हाम्रा नेताहरुले पालेका भए आज देसमा यस्तो लठीभद्र पक्कै पनि हुन्थेन । सबैले आफ्नो कर्तब्य पालन गर्नु पर्छ भनेर सरकारको सम्बन्धित निकायले जब सम्म कडाईको साथ आदेस र पालना गर्न र गराउन सक्दैनन् भने देस कहिले पनि उन्नतिको शिखरमा पुग्न सक्दैन ।
स्वतन्त्र पद धारण गरेका व्यक्ति भए पछी स्वतन्त्र तौर तरिकाले चल्नु पर्ने राज्यको चौथो अंग भन्ने दर्जाले शुसोभित पत्रकार नाम रुपी ब्यक्तिहरु पार्टी पिच्छेको खेमामा बाडिन्छन र देस र जनताको हक हितमा भन्दा आफ्नो पार्टी र पार्टीका नेताहरुको भजन गाउछं भने ति कसरि राज्यको चौथो अंगरुपी पत्रकार भए ?

के का लागी ल्याएका रैछन लोकतन्त्र ?

Written By खांट्टी कुरा on Saturday, June 27, 2015 | June 27, 2015

जनक मान डंगोल/janakdangol@gmail.com
हाम्रो देस नेपाल पनि उच्च भूकम्पीय जोखिममा पर्दो रैछ भनेर समय समयमा आएको भूकम्पले देखाएको छ ।
नेपालमा आएको ठुला भूकम्पको कुरा गर्दा १९९० सालको महा भूकम्पलाई लिन सकिन्छ । उक्त महाभूकम्पले पुरा नेपालनै तहसनहस बनाएको थियो भनेर अहिले पनि जेष्ठ नागरिकहरु बताउनु हुन्छ ।
१९९० सालको महाभूकम्प आउँदा नेपालमा एकतन्त्रीय राणा सासन थियो । उक्त समयमा सारा संसारनै एकले आर्को लाई कब्जा गर्ने रणनीतिमा लागेका थियो । बाहुबलीको जमानामा संसारमा संयुक्त रास्ट्र संघ भन्ने विश्वको छाता संगठनको जन्म भएकै थिएन ।
१९९० सालको महाभूकम्पले देशलाई तहस नहस बनाएको बेलामा नेपालमा उतिबेलाका राणा सर्खारलाई औलामा गन्न सकिने बिदेसी रास्ट्र देखि विभिन्न संघसंस्थाहरुले नाम मात्रको सहायता गरेको थियो भनेर सुन्न पाईन्छ ।
उक्त विपतको घडीमा राणा शाहीले आफ्नै देसको नागरिक तथा सम्पदाको सहायतामा देसको पुन निर्माण गरेका थिए । सरकारी देखि ब्यक्तिको घर बास पुन निर्माण गर्दा जनता देखि रास्ट्रसेवक कर्मचारीहरु समेतलाई ऋण माफी दिनुको साथै सर्खारी बन जंगल खुल्ला गरि दिएको थियो भनेर ईतिहासकारहरु बताउछ्न ।
२००७ सालमा राणा शाहीको समाप्ति पश्चात नेपालमा ९ बर्ष मात्र प्रजातान्त्रिक सर्खार कायम रह्यो । २०१७ सालमा स्व.राजा महेन्द्रले प्रजातान्त्रिक ब्यबस्थालाई अंकुस लगाएर २०१७ सालमा देसमा एकदलीय पंचायती सासनको घोषणा भयो । पंचायती सासनकै बेला २०४५ सालमा नेपालमा सक्तिसाली भूकम्प आयो र उक्त समयमा पनि धेरै जनधन देखि भौतिक सम्पतिको क्षेती भएको थियो ।
पंचायती सासकले भूकम्प पछिको पुननिर्माण गर्न हाम्रो देशलाई सहयोग गर्नुस भनेर बिस्व सामु हात फैलाएनन । जो जसले सहयोग गरे तिनले मानवीय हिसावले सहयोग गरेका हुन र विस्वका कुनै पनि देसमा दैबी बिपत्ति पर्दा एक देसले आर्को देशलाई सहयोग गर्ने चलन छ र त्यहि अनुसार गरेका हुन ।
२०४६ सालमा अहिलेका सासकहरुले जनतालाई आन्दोलित गरायर पंचायती व्यबस्थाको पतन गराए पश्चात अनि नेपालमा दैबी बिपत्ति आउने र जाने क्रम चलेकै थियो तर बि.स.२०७२ साल बैसाख १२ तथा २९ गते आएको महाभुकम्पले बि.सं १९९० सालको पुन:स्मरण गराई दियो ।
९० साल देखि ४५ साले सासकहरुले देसको पुन निर्माण गर्न भनेर बिदेसी रास्ट्रलाई आफ्नै देसमा निम्तो गरेर दाता सम्मेलन गरेनन । जनताको छोरा रास्ट्रपति देखि जनताकै छोरा प्रधानमन्त्री हुने भनेर पटक पटक हिंसात्मक आन्दोलन गरेर स्थापना गराएको प्रजातान्त्रिक लोक्तन्तान्त्रिक सर्खारका अगुवाहरुले ‘देसमा दैबी बिपत्ति परेकोले देसको पुननिर्माण गर्नलाई सहयोग गर्नुस’ भनेर याचनाको झोली फैलाउंदै देसको राजधानी काठमाण्डौमा दाता सम्मेलन गरेर देखाए । दाताहरुले दान तथा ऋण सहयोग भनिएको रकम अर्बौ खरबौको देखियो ।
नेपालमा २००७ साल पछि के कति बिदेसी सहयोग आयो र त्यो के के मा खर्च भयो भनेर अधिकारिक तथ्यांक पनि सर्खारले राखेकै होलान । बिदेसिले देका दान र ऋणको कुरा गर्ने हो भने २०४६ साल पछि आजको मिति सम्ममा के कति आयो जसको कुनै हिसाब किताव गरेर साध्य छैन । बिकास प्रचुर मात्रामा गरेको भए पंचायती सासक्ले स्थापना गरेका उधोग कलकारखानाहरु बेचेर जमानीमा राखेर कर्मचारी पाल्नु पर्दैन थियो होला ।
पंचायती सासक एक दलीय र निरंकुस हो भनेर बिदेसिले मन फुकाएर दान तथा ऋण सहयोग दिदैनथे तर पनि जति सहयोग आयो त्यो सहयोगबाट स्थापना गरिएको उधोग कल कारखाना आज सहि सलामत छ छैन भनेर त्यसको के बयान गराई भो ।
२०४६ साल देखि आजको मिति सम्ममा आएको दान सहयोगलाई सहि स्थानमा सदुपयोग गरेको भए आज हाम्रो देस नेपाल अहिलेका लोकतन्त्रे नेताहरुले भाषण दिंदा भन्न नछुटाउने गरेका वाक्य ‘स्विजरल्याण्ड’ देखि ‘सिंगापुर’ पक्कै पनि बन्थ्यो होला ।
२०४६ साल भन्दा अगाडी सम्म गाँस र बासको ठेगान नभएका तर राजनीति गरेर चम्केका नेता देखि तिनका आसेपासेहरुको आज राजधानी देखि अन्य विभिन्न सहरहरुमा आलिसान बंगला देखि सवारी साधन, घर घडेरी देखि बैंक ब्यालेन्स अनि तिनका सन्तानहरुको विलासी पढाई लेखाई के कसरि सम्पन्न भयो ? हिजो बिदेसिले दिएको को दान तथा ऋणको सहि स्थानमा सदुपयोग भएको भए लोकतन्त्रे सर्खारको बिपक्षमा यस्ता नकारात्मक टिप्पणी पक्कै पनि लेख्नु पर्दैन थियो होला ।
देसको बिकास देखि दैबी प्रकोपको बहानामा आफ्नै देस र जनताको नुर गिराउदै दाता सम्मेलन गरेर ‘हामि गरिब छौ, यस्तो दैबी विपतको बेलामा हामि हाम्रा नागरिकहरुलाई सहयोग गर्न सक्दैनौ । हाम्रो देसको पुन निर्माण र नागरिकको गाँस बास र कपासको लागी दान सहयोग गर्नुस भनेर देस र जनताको नाउँमा याचनाको झोली थाप्ने तर बिदेसिले दिएका दान सहयोग देखि ऋण सम्म नेता र तिनका आसेपासेको हितमा खर्च गर्ने हो भने नेपालमा किन चाहियो प्रजातन्त्र देखि लोकतन्त्रको सासन ?
भूकम्प आएको २ महिना हुन लागि सक्यो तर जनताको गाँस, बास र कपास देखि स्वास्थ्य र शिक्षाको कुनै ख्याल नराखेर आफ्नो फाईदाको लागी यस्तो विपत्तिको बेलामा पनि सर्खार परिवर्तनको लागी घृणित खेल खेल्ने देखि सरकार बचाउन मरी हत्ते गर्ने पार्टी तथा दलका नेताहरु भन्दा बाजेको पालाको राणा शाही अनि बा तथा आफैले देखेको भोगेको पंचायती सासन नै नेपाल र नेपाली जनताको हितमा रैछ भनेर बुझ्ने कि नबुझ्ने ?
यदि देस र जनताको भलाईको लागी भनेर जनताको छोराछोरीहरुलाई सहिद देखि घाईते बनाएर स्थापना गराइएको प्रजातन्त्र देखि लोकतन्त्रको सर्खारले देस र जनताको हितमा नभएर आफु र आफ्ना आसेपासे देखि बिदेसिहरुको हितमा किन काम गर्छन ? यो प्रश्न सोध्ने बेला भयो कि भएन ?
त्यसैले समयमै राजनीतिक पार्टीका नेता तथा तिनका कार्यकर्ताहरुले आ-आफ्नो बानि व्यहोरा सच्यायनन भने हिजो जसरि राणा शाही देखि पंचेत फाल्न जनतालाई आन्दोलित बनाए त्यहि तौर तरिकाले अहिलका कथित लोकतन्त्रे ब्यबस्था फ्याक्न जनताहरु आफै आन्दोलित भएर सडकमा नओर्लेलान भनेर भन्न सकिन्न ।
जब अन्याय र अत्याचार हुनछ तब बिद्रोह गर्नु पर्छ भनेर सिकाउने पनि अहिलेका राजनीतिका पार्टीका नेताहरु हुन त्यसैले नेपालमा जे जति पटक ब्यबस्था परिवर्तन भएका छन त्यो सबै सडक आन्दोलनको प्रतिफल हो भनेर हाम्रा नेता तथा तिनका आसेपासेहरुले पक्कै पनि भुलेका छैनन होला ।
‘त्यसैले समयमै चेतना भया’
ई-जनता डटकममा प्रकाशित  

'नेपालमा न्याय अझै मरेको छैन'

Written By खांट्टी कुरा on Friday, June 19, 2015 | June 19, 2015

मेरो लेखाई देख्दा धेरैले मलाई राजाबादी देखि रा.प्र.पा नेपालको मान्छे रैछ भनेर लख काटने गर्नु हुँदो रैछ ! सोचाईआ-आफ्नोहो ! लेख्दा र बोल्दा समयलाई देखेर बिचार गरेर बोल्नु पर्छ भन्ने मेरो मान्यता हो ! 

मैले आज सम्म कुनै राजनैतिक दलको झण्डा बोकेको छैन भने नारा जुलुसमा हिड्ने कुरै भएन त्यसैले मा कुन पार्टीको परे परिन त्यो ठुलो कुरा भएन !

ताजा घटनाको कुरा गरौ ! केहि दिन अगाडी कांग्रेस, एमाले, माओबादी र विजय गछेदार्को मदेसी दल समेत ४ दल मिलेर १६ बुंदे सहमति भयो ! त्यो सहमति गर्ना साथ अंग्रेजी सब्द 'फास्ट ट्रयाक' मिसाएर संबिधान बनाएर घोषणा गर्ने कुरा गरे !
'फास्ट ट्रयाक' भन्ने सब्द एमाले अध्यक्ष ओलीज्युले प्रयोग गर्नु भो र अझै अपुरो भएछ भनेर कांग्रेस सभापति तथा प्रधानमन्त्रि कोईरालाले त्यसमा 'सुपर फास्ट ट्रयाक' भनेर थपी दिनु भयो !

निर्वाचन आयोगले चौथो पार्टी भनेर रा.प्र.पा नेपाललाई घोषणा गरेको छ तर दोश्रो संबिधान संबिधान निर्माणको कुनै पनि कोठे बैठकमा रा.प्र.पा नेपाललाई सहभागी गराएको देखिदैन किन ?
निर्वाचन आयोगको बरियतामा नपरेको मदेसी पार्टीको एक घटक गच्छेदारले के कुन हैसियतले १६ बुँदेमा सहि धस्काए ? संबिधान भनेको सर्ब सम्मतिले बनाउने कुरा हो भने देस कांग्रेस, एमाले, माओबादी र गच्छेदारहरुको मात्र पेवा हैन !

१६ बुंदेको घोषणा हुना साथ सर्ब प्रथम मदेसी घटकहरुले नै युद्धस्तरमा बिरोध गरेको पनि सुनिएकै हो भने राजनीतिक पार्टी बाहेकका बिदेसी निमकदारहरुको बिरोध आउनु त्यो नयाँ र नौलो कुरो भने पक्कै पनि हैन !

२००७ सालमा देखिएको सपना बल्ल पुरा हुने भयो भनेर एमाओबादीका दोश्रा नेता भटराई चम्चम गरेर चम्किएको पनि देखिएकै हो !

नेताहरुले गरेको सबै काम कारबाहीमा आँखा चिम्लेर समर्थन गर्नु पर्छ भन्ने कुनै जरुरि छैन किनभने न्यायालय भनेको सहि र गलत छुट्याउने थलो पनि हो !
चार दलका नेताहरु मिलेर रात बिराता गरेको १६ बुंदे न्याय संगत छैन र त्यो १६ बुंदे सहमति देस र जनताको अहितमा छ भनेर सम्मानित सर्बोच अदालतले फेरी पनि नेपाला न्याय मरेको छैन भनेर पुस्टि गरि दिएको छ !

नेपालको चर्चित अन लाइन पत्रिका अनलाईन खबरका १ जना पत्रकार श्री मातृका पौडेलजीले सम्मानित सर्बोच्च अदालतबाट भर्खर आएको फैसला सम्मानित रास्ट्रपति र प्रधानमन्त्रीको सत्ता लम्ब्याउने खेल हो भनेर ट्वीटरमा ट्वीट गर्नु भएको रैछ ! बिद्वान पत्रकारले गर्नु भएको को त्यो ट्वीत् देखेर म चै छक्क र आश्चर्य परेको छैन किनभने नेपालको नेता तथा पत्रकारहरु देस र जनता प्रति कत्तिको ईमान्दार र बफादार छन पन्चेत फालिएको २०४६ साल देखि आजको मिति सम्म राम्रै संग देखि भोगी सकेका छौ !

'गुलिया नारा र चिप्ला भाषणले मात्र देसको बिकास हुन्न'

Written By खांट्टी कुरा on Friday, June 12, 2015 | June 12, 2015

-जनक मान डंगोल/janakdangol@gmail.com
'पुष्पलाल पार्क हेटौडा'
कम्युनिस्ट दर्शन र सिद्धान्तले धर्म मान्दैन र सबैलाई समान देख्छ भन्ने गर्छन । नेपालको  युवा युवतीहरु कम्युनिस्ट पार्टीमा आकर्षित भएका २००६ सालमा भारतको कलकत्तामा कम्युनिस्ट पार्टीको आधिकारिक स्थापना पश्चात हो ।


कम्युनिस्ट पार्टी जन्माउनुमा त्यतिबेलाका नेताहरुमा महिला नेत्री साधना तथा साहना प्रधान दिदि बैनीको पनि ठुलो भूमिका छ । साधना तथा साहना प्रधानका दीदी बैनीका परिवारहरु बर्माबाट नेपाल फर्केका हुन जसलाई अहिलेको भाषामा गैर नेपाली भन्ने गरिन्छ ।

साधना तथा साहना प्रधानका दिदि बैनीहरु मध्ये साधना प्रधानले बाहुन जातिका मन मोहन अधिकारी अनि साहना प्रधानले नेवार जातिका पुष्पलाल श्रेष्ठ संग आफूखुसी कम्युनिस्ट पद्धति अनुसार बिवाह गरेका हुन । पुष्प लाल श्रेष्ठ राणाकालीन सर्खारको कोपभाजनमा परेर मृत्यु दण्ड पाएका 'सहिद गंगालाल श्रेष्ठ'का एकै पेटका भाई समेत हुन ।

कम्युनिस्टहरुको चरित्र पनि अचम्मको हुन्छ । पार्टीका मुखियाले बोलेका हरेक कुरालाई पार्टीको आदेस भनेर मान्नु पर्ने बाध्यता हुन्छ र जो जसले मान्दैनन तिनीहरु कारबाहीको भागिदारी हुन्छन । जो जसले पार्टीको कारबाही मान्न ईन्कार गर्छन ति पार्टीबाट निस्कासनमा पर्छन वा निस्केर आफ्नो अगुवाईमा छुट्टै पार्टी गठन गर्छन । २००६ सालमा गठन भएको कम्युनिस्ट पार्टी आज ३ दर्जनमा पुग्नु त्यसैको पुख्ता उदाहरण हो ।

पंक्तिकारको नजरमा नेपालमा १०४ बर्ष हुकुमी सासन चलाउने राणा र कम्युनिस्ट पार्टी एकै जसो लाग्छ । राणाहरुले देसको ढुकुटी मासेर आफ्नो नाउँमा धरोहर बनाउथे । देसको ढुकुटीमा आफ्नो हात भए पछी आफू र आफ्नो परिवार तथा चाकरिबाजले तर नमार्ने कुरै भएन ।

कम्युनिस्टहरु पनि यस्तै खाले पद्धतिले चल्ने गर्छन । हरेक कुरामा पार्टीको नाम दिएर ब्यापारीहरु बाट चन्दा असुल्ने देखि कार्यकर्ताहरु बाट लेबीको नाउँमा कुस्त रकम असुल्छन र त्यहि रकमले पार्टी अध्यक्ष देखि तिनका आसेपासेले आफ्नो जीवन यापन गर्छन । ताक परेर सत्तामा जान पाए भने देसको ढुकुटी मासेर आफ्ना पार्टीका नेताहरुको नाउँमा बाटो घाटो, पाटि पौवा देखि स्मारक खडा गर्न पछी हट्दैनन ।

सामाजिक काम तथा बिकास निर्माण हुनु नराम्रो हैन । नामको लागी स्थापना गर्ने तर त्यसको संरक्षण नगर्ने हो भने राणाकालीन युगमा निर्माण भएको विभिन्न धरोहरहरु जसरि बिस्तारै नस्ट हुँदै गयो त्यहि स्थिति कम्युनिस्टहरुले बनाएका धरोहरहरुको देखिदैछ । फरक के छ भने अहिले देसमा राणा सासन छैन । यदि राणा सासन भएको भए आफुले स्थापना गरेका धरोहरहरुको पक्कै पनि संरक्षण गर्थे होलान ।

नेपालमा बिगत २७ बर्ष देखि कांग्रेस तथा कम्युनिस्टहरुको रजाई छ । यो २७ बर्षको दौरानमा आफ्ना दिबंगत भएर गएका नेताको नाउँमा राणाहरुले जस्तै गरि बाटोघाटो पुलपुलेसा सिक्षण संस्थान देखि स्मारकहरुमा स्वर्गीय नेताहरुको नाम राख्न भ्याय । बि.पी राजमार्ग, पुस्तकालय, प्रतिस्ठान आदि त्यस्तै कम्युनिस्टहरुले पनि पुष्पलाल, मदन भण्डारी, मन मोहन अधिकारि देखि अन्य नेताहरुको नाउँमा समेत बाटो घाटो, पुस्तकालय, स्कुल कलेज,स्मारक देखि अन्य विभिन्नमा नाम राख्न भ्याएका छन । यसरि नाम राखेर बनाईएका कतिपय त ब्यापारिक प्रयोजनमा राम्रै संग फस्टाई रहेको छ भने सार्बजनिक बनाईएको चै बेवारिसेकै स्थितिमा पुगिसकेको छ ।

कुरो फेरी धर्मकै अनि कम्युनिस्टले जातपात धर्म मान्दैन पनि भन्छन । एउटा सानो उदाहरण प्रस्तुत गर्दैछु ।
२०४६ सालको परिवर्तन पश्चात मकवानपुर जिल्लाको हेटौडा नगर पालिका वार्ड नम्बर ४ मा नेपाल कम्युनिस्ट पार्टी एमालेले सरकारी जग्गा अधिग्रहण गरेर आफ्ना प्रिय नेता स्व.पुष्पलाल श्रेष्ठको नाउँमा पार्क बनाएको थियो । जुन बेला एमालेले पुष्पलाल पार्क बनायो त्यति बेला हेटौडामा एमाले पार्टीको पूर्ण जगजगी थियो । नगर पालिकाको प्राय सबै पदहरुमा एमालेको हालीमुहाली हुन्जेल सम्म पार्क पनि राम्रैसंग चलेको थियो ।

नेपालमा स्थानीय निकायको निर्वाचन २०५४ पछी भएको छैन । स्थानीय निकायमा सबै सर्खारी कर्मचारीहरुको पूर्ण नियन्त्रण छ भने कुनै कुनै समयमा सर्बदलीय सयन्त्र बनेर काम चलाउने गरेको पनि देखिन्छ । जुन दिन बाट स्थानीय निकाय पनि पंगु भयो त्यहि समय देखि पुष्पलाल पार्क पनि बिरूप हुँदै जान थाल्यो ।

पुष्पलाल पार्कको दयनीय स्थिति देखेर ब्रम्हा कुमारी राजयोग सेवा केन्द्रले पार्कलाई पहिलाको भन्दा पनि अझ सुन्दर बनाएर संचालन गर्ने निर्णय केहि समय अगाडी गर्यो । बिरूप भई सकेको पुष्पलाल पार्क आज नयाँ रुप रंग र सज्जाले सजिएर हेटौडाको गौरब बनेर उभिएको छ ।

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बिसुद्ध हिन्दु धर्ममा आधारित संस्था हो र यो संस्थाले हिन्दु धर्मको प्रबचन बाट समाजमा चेतनाको ज्योति फैलाउने काम गर्दछ । पंक्तिकार केहि दिन अगाडी पुष्पलाल पार्कको अबलोकन गर्न गएको थियो ।

भित्र पस्नासाथ मुख्य द्वार संगै हिन्दुहरुको आराध्यदेव भगवान भोलेनाथको मुर्तिको दर्शन गर्न पाईयो भने पार्कको धेरै स्थानमा ओमकार बनाएर राखिएको छ । पार्कको बिच भागमा एउटा कोठा भएको घर छ ! चारैतिर पानि भरेर बिचमा रहेको उक्त भवनलाई ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले धार्मिक प्रबचन गर्ने थलोको रुपमा बिकास गरेको छ ।

'पहिला ध्वंस त्यस पछी नया निर्माण' भन्ने मुलमन्त्र बोकेका कम्युनिस्टहरुले आफ्ना नेताहरुको नाममा पार्क त निर्माण गरेर तर उचित स्याहार सम्भार भने गर्न सकेनन । धर्मको कट्टर दुस्मन तिनै कम्युनिस्टले आफ्ना नेताको सम्झनामा खडा गरिएको पार्कको रक्षाको खातिर आज धर्मकै सहारा लिएको देख्दा यो पंक्तिकारले सन्तोषको सास फेरेको छ किनभने सहरको मध्य भागमा पार्क बन्नु र त्यसको संरक्षण हुनु पनि राम्री कार्य हो ।

नारा गुलिया र उग्र हुँदैमा त्यसले बिकासको सहि रुप लिन सक्दैन । बिकास गरे पछी त्यसको संरक्षण गर्न पनि सिक्नु पर्दछ । बिश्वको एकमात्र हिन्दु धर्म भएको देसमा आफुहरु सत्ता र सक्तिमा पुग्न हिजो जे जसरि धर्मको ब्द्ख्वाई गर्दै हिडे तिनै कम्युनिस्टहरु जीवनको अन्तिम घडीमा आएर आज एक नम्बरको धर्मभीरु भएका छन ।

आर्काको नक्कल गरेर मात्र हुन्न कमरेडहरु । देसको बिकास र जनताको उन्नतिको लागि बाद र सिद्धान्त आफैले जन्माउनु पर्छ । उदाहरणको लागी नेपालको हावापानी सुहाउँदो पंचायती ब्यबस्थाको जग स्व.राजा महेन्द्रले राखेका थिए तर नेपालको कांग्रेस र कम्युनिस्ट मिलेर त्यसको जरा काटने काम गरे । जसको नतिजा नेपालको जनताहरुले अहिले नराम्रो संग भोग्दैछ्न नि हैन र ?
..
'क्राईम चेक साप्ताहिक बीरगंजको मिति २०७२ जेष्ठ २८ गते बिहिबारको अंकमा प्रकाशित'
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger