लामाजी अब तपाईहरुको गुम्बाको ढ्यांग्रो पनि हामि बाहुनहरुलेनै बजाई दिनु पर्ने भयो नि हैन ? हेर्दा खेरि अलि साधारण तरिकाको ब्यंग्य मिश्रित यो भनाई सामाजिक संजाल फेसबुकको च्याटबक्समा मेरो छिमेकी जिल्ला चितवनका मित्र मोहन लामा रुम्बाज्युलाई प्राप्त भएको रहेछ ।
पोहोर साल हिमाली बौद्ध दर्शनको बिज्ञ डाक्टर रमेश ढुङ्गेल संग मोहन लामा रुम्बाज्युको भेट हुँदा डाक्टर ढुंगेलले भन्नु भएछ हेर्नुस लामाजी संखुवासभाको उत्तरी दुर्गम गाउँमा म पुग्दा एउटा सिँगै गाउँ क्रीस्चियन भएर पुरानो गुम्बा अलपत्र भएको रहेछ । त्याहाँको गुम्बामा तल्लो गाउको बाहुन क्षेत्रीहरु गएर बत्ती बालीरहेको देखें ।
मोहन लामाजी अस्ति काम बिशेशले चितवनको पहाडी क्षेत्रमा पर्ने सिद्धी गाबिसमा जानु भएको रहेछ । चितवनको सिद्धि गा.बी.स देखि मकवानपुरको काँकडा, खैरांग जस्ता बिकट गा.बि.स हरुमा चेपांग तथा तामांग जातिहरुको बाहुल्यता छ ।
मोहन लामाजिले डाक्टर ढुंगेलको भनाई त सुन्नु भयो तर आँखाले प्रत्यक्ष देख्नु भएको थिएन । आफ्नै आँखाले नदेखे सम्म सुनेको भरमा हो भनेर बिस्वास गर्न पनि अलि कठिननै हुन्छ ।
मोहन लामाजिले सिद्धि गा.बि.स मा पुरु गाउँ क्रिस्चियन भएको देख्नु भएछ । उहाँको साथीहरुले कहिले काही मित्रहरु संगको चिया गफमा 'सिद्धि गा.बि.स मा दिनानुदिन मौलिक धर्म बदलेर ईसाई धर्ममा लाग्नेको संख्या नेप्सेको सूचक जस्तरी मास्तिर उक्लिदैछ भनेर भन्ने गरेका रैछन ।
सिद्धि गा.बि.स को पुर्ब गा.बि.स अध्यक्ष गोपी श्रेष्ठको अनुमानमा ७०% प्रतिसत तामांग तथा चेपांग जातिहरुले ईसाई धर्म अंगालेको हुनु पर्छ भनिएता अनि हाल सिद्धि गा.बि.स मा ९०% तामांग तथा चेपांग जातिहरुले ईसाई धर्म अंगालेको बुझिन्छ ।
सिद्धि गा.बि.स हिजो जनयुद्धकालमा माओबादीहरुको सुरक्षित आधार ईलाका थियो । जनयुद्धकालमा हिन्दु धर्म मान्नेहरु माथी गरिएको दुर्ब्यबहार भुक्तभोगीहरुलाई राम्रै संग थाहा नभएको पनि हैन । हाल नेपालको प्राय साबि स्थानहरुमा खुल्लमखुल्ला ईसाई धर्मको प्रचार प्रसार हुँदा पनि नेपाल सरकार मौन बसेको छ ।
हाम्रो नेपाली उखानमा समाजमा मिलेर बस्न नसक्ने व्यक्तिलाई 'बालीमा नमिलेको डुम' भनेर भन्ने चलन छ । 'डुम' भनेर कुनै जाति बिशेसलाई होच्याएर भन्न खोजिएको हैन तर समय र सन्दर्भमा कुरा उठ्दा उखान टुक्काको रुपमा दिईएको उपमा हो यो । यसबाट कोहि कसैलाई चोट पर्न गएको खण्डमा यो पंक्तिकार अग्रिम माफी चाहन्छ ।
दिनानुदिन बढ्दै गएको ईसाईपन्थीहरुको कारणले गर्दा सिद्दी गा.बि.स मा बसेर आफ्नो पुर्ख्याली हिन्दु तथा बौद्ध धर्म मान्नेहरु नागरिकहरु आज उक्त थातथलोमै बस्ने कि छोड्ने भनेर बडो द्दिबिधामा परेको देखिन्छ र बुझिन्छ पनि ।
मिलेर बस्नलाई धर्म मिल्दैन । धर्म नमिले पछी संस्कार मिल्ने कुरै भएन । गाउँ ठाउँमा बसे पछी 'छिमेकी ज्यूँदाको जन्ती र मर्दाको मलामी' हुनु पर्छ तर २०४६ साल पछी हाम्रा राजनीतिक पार्टीका नेता तथा तिनका कार्यकर्ताहरुले समाजमा यस्ता जहर घोली दिएका छन कि मान्छे मृत्यु भयो भने पनि 'कुन पार्टीका' भनेर पहिले सोधखोज गर्ने चलन बसाल्देको छन । मृत्यु पछिको कार्यमा त यस्तो छ भने झन शुभ कार्यको त के बयान गराई भो । पंक्तिकारले पनि यस्तो घटना धेरै स्थानमा देखि सकेको छ ।
२०६४ साल पछी नेपालमा बढेको ईसाईकरणले गर्दा धर्म र संस्कार नबुझेका नब ईसाईहरुले हिन्दुहरुलाई 'गाईको मुत खाने' का सन्तान भन्छन भने बौद्धहरु लाई 'डबकामा जांड खाने देउताको सन्तान' भनेर हिन्दु पण्डित देखि लामा गुरुहरु समेतको उच्चीत्तो काढ्न सुरु गर्छन । हिन्दु तथा बौद्ध देबी देउतालाई सैतानको उपमा दिन पछी पर्दैनन ।
संसारमा धेरै देशरुमा अहिले जाती र धर्मलाई लिएर लडाई सुरु भएको छ । यस्तै भई रहेको खण्डमा भोलि हाम्रो देस नेपालमा पनि यस्तो स्थिति नआउला भन्न सकिन्न ।
नेपालको बिकट पहाडी जिल्लाको गाउँ ठाउँमा आदिबासी जनजातिहरु बसोबास गर्छन र त्यहि जनजातिहरु संग घुलमिल गरेर ब्राम्हण, क्षेत्री देखि अन्य जातिहरु समेत नंग र मासु जस्तै मिलेर बसेका छन ।
गुरुङ तथा तामांग जातिहरुले आफ्नो जातीय तथा धार्मिक परमपरा अनुसार ईस्ट देवताको पुजा आजा देखि मृत्यु पर्यन्त सम्मको काम कार्यमा ढ्यांग्रो बजाउंदै देबी देउता फलाक्ने गर्छन । माथिकै हरफमा डाक्टर रमेश ढुंगेलले भन्नु भएझै सिंगो गाउँका आदिबासीहरु ईसाई भए भने गुम्बाहरुमा गएर बाहुन क्षेत्रीले गएर पुजा आजाको साथ बत्ति बाल्दै ढ्यांग्रो ठोक्नु नयां र नौलो कुरा भएन किनभने हिन्दु तथा बौद्ध धर्म मान्नेहरुले एकले आर्कोलाई कहिले पनि घृणाको दृष्टिले हेर्ने गर्दैनन, त्यसैले मोहन लामाज्युले ब्यंग्य गरेर लेख्ने मित्रलाई 'बजाउ बजाउ बाजे ढ्यांग्रो' भनेर जवाफ दिनु भएको रैछ ।