हाम्रो देस नेपालको पुर्व, दक्षिण र पश्चिम गरि तिन तिरबाट भारत अनि उत्तरी दिशामा पहिलाको भोट भनिने तिब्बत तथा हालको चिन भन्ने देश परम छिमेकीमा पर्दछन । उत्तरी छिमेकी चीनमा एकदलीय कम्युनिस्ट सासन छ । एकदलीय सासन भनेको निरंकुस सैलिमा चलाईने सासन हो भने तिन तिर सिमा पर्ने भारतमा प्रजातान्त्रिक पद्धतिको लोकतान्त्रिक सासन छ ।
जे जस्तो सुकै नाम दिएता पनि एकतन्त्रीय सासन
ब्यबस्थाको खिलाफ लेख्न र बोल्न पाईदैन । बोल्न र लेख्न नपाए पछी च्याउ सरि
संचारको विभिन्न रुपरंगहरु जन्मिने मौका पनि भएनन । जे जति छन तिनले देस र जनता
अनि सरकारको प्रसंसामा लेख्नु पर्छ । उदाहरणको लागी सिंगापुर देखि चिनलाई लिन
सकिन्छ । निरंकुस सैलिमा सासन नचलाएको भए सिंगापुर भन्ने देस आजको स्थितिमा आई
पुग्दैन थियो भने छिमेकी चिन त झन आज बिस्वको २ नम्बर महासक्तिसाली देसमा गणना भई
सकेको छ ।
प्रजातान्त्रिक पद्धतिमा सासन ब्यबस्था चलेता पनि
छिमेकी भारतमा साना ठुला सबै प्रकाशन गृहहरुले पत्रकारिताको धर्म सफलतापुर्वक
निर्वाह गरेका छन । सरकारले गरेको राम्रो कार्यको प्रसंसा गर्न दखि लिएर गलत
कार्यको भण्डाफोर गर्न पछी पर्दैनन भनेर भारतीय संचार गृहहरुले समय समयमा देखाउंदै
आएका छन ।
मोफसलमा कुनै अमुक पार्टीका नेताहरुले आफ्नो
लगानीमा पत्र पत्रिका देखि रेडियो टेलिभिजन खोलेर आफ्नो र पार्टीको भजन गाउन
लगाएको पनि दखिन्छ तर त्यस्ता पार्टी र तिनका राजनीति भनेको मोफसलमा मात्र हो ।
केन्द्रिय राजनीतिमा त्यस्ताहरुको कुनै अर्थ पनि हुन्न । देस बिदेसले चिन्ने भनेको
केन्द्रलाई हो ।
संसारमा कहिँ कतै नभएको प्रजातन्त्र देखि
लोकतन्त्र भने नेपालमा देख्न पाईन्छ । नेपालमा २०४६ साल पछी प्राय सबै ठुला
पार्टीहरुले आफ्नो पार्टी र पार्टीका नेताहरुको भजन र प्रसंसा गाउन तथा छाप्न भनेर
संचार गृहहरु खोलेका छन । कुन पत्रिका तथा रेडियो देखि टेलिभिजन सम्म कस्तो
चरित्रको हो र ति संचारका साधनहरुले के कस्तो भूमिका निर्वाह गरेका छन त्यो बताउनु
जरुरि पर्ला र ?
सामाजिक संजालमा फेसबुक, ट्वीटर देखि गुगल प्लसले
ठुलो योगदान गरेको छ । नामै सामाजिक भए पछी समाजकै लागी भनेर खोलिएको यो
संस्थाहरुको मद्धतबाट आज बिस्वले सेकेण्ड देखि मिनेट भरमै खबर देख्न पाउने भएका छन
।
यस्तो बिसुद्ध सामाजिक संजालको मद्धत लिएर हाम्रो
राजनैतिक पार्टीमा आबद्ध रहेका सबै तह र तप्काका ब्यक्तिहरुले आफ्नो सन्देसहरु
सम्प्रेष्ण गर्ने गरेका छन । यौटा सानो उदाहरण हेर्नुस ।
फलाना पत्रिकामा काम गर्ने फलाना बहादुरलाई
हाम्रो पार्टीले फलानो ईकाई कमिटिको फलानो पदमा नियुक्ति गरेको व्यहोरा जानकारी
गराउन पाउँदा हामीहरुलाई अत्यन्त खुसि लागेको छ । सामाजिक संजाल
फेसबुक तथा ट्वीटरमा यस्ता सन्देस प्रकाशित हुना साथ खादा र अबिरमा सज्जिएको ति
रास्ट्रको चौथो अंगले विभूषित पत्रकार महोदयले आफ्फ्नो फोटो प्रकाशित गरेर हार्दिक
धन्यवाद ज्ञापन गर्न समेत पछी हट्दैनन । बिगत केहि बर्ष देखि सामाजिक संजालहरुमा
नियमित देखिएको यस्ता पोस्टहरु देख्दा पंक्तिकारलाई भन्न र लेख्न मन लाग्छ राज्यको
चौथो अंग भन्ने मान सम्मान पाएको पत्रकार र पत्रकारिता पेशा स्वतन्त्र कसरि भए ?
पत्रकार भनेको मर्यादित र स्वतन्त्र पेशा हो । यो
पेशा अंगाली सके पछी रास्ट्रको लागी अहोरात्र खटिने शेना तथा प्रहरीका जवानहरु कडा
अनुसासनमा बाँधिएको जस्तै हुनु पर्दछ । नेपालको सेना तथा प्रहरी संगठनहरुमा आज
सम्म राजनैतिक पार्टीको संघ संगठन खोल्न मनाही छ । सेना तथा प्रहरी पनि राजनैतिक
पार्टीको ईकाई बन्ने हो भने सोच्नुस देस कुन बाटोमा पुग्ला ।
पत्रकारीता भनेको बिसुद्ध स्वतन्त्र पेशा भए पछी यो
पेशामा लाग्ने ब्यक्तिहरुले घाम, पानि, असिना, थकाई, भोक र प्यास समेतको वास्ता
गर्नु हुन्न । काम, क्रोध, लोभ र मोहमा लाग्ने ब्यक्तिले स्वतन्त्र पत्रकारिताको
पेशा अंगाल्नु भनेको आफैले आफैलाई अनि देस र जनतालाई धोका दिनु हो ।
घमण्ड र अहंमा हिजो आजका पत्रकारहरुले जहानिया
राणा सासनका श्री ३ लाई पनि मात गर्छन । श्री ३ नै बने पछी कसले कारबाही गर्ने ?
कारबाही गर्ने भनेको पुलिस प्रसासन अनि पुलिस प्रसासन चल्ने भनेको सरकारको आदेसले
हो । यस्ता यावत कुरा हरु जान्दाजान्दै पनि बुझ पचाएर हिजो आज आफुलाई अधिकांस
पत्रकारहरुले देसको ऐन नियम कानून भन्दा पनि ठुलो ठान्दै पत्रकार भनेसी जे गर्न
पनि छुट छ भन्ने बहम पालेका छन । यदि छुट नभएको भए चलचित्रका नायिका श्रीषा
कार्कीले अकालमा ज्यान गुमाउनु पर्दैन थियो ।
पत्रकारिता गर्ने व्यक्तिले कडा ऐन नियम कानूनको
परिधिमा बाधिनु पर्ने भए पछी भाषामा मिठास र सिस्टता हुनु पर्ने हैन र ? तर त्यसको
ठिक उल्टो र बिपरित छ हाम्रो देसको पत्रकारिताको खेति गर्ने खेतिवालहरु । हिजो
पन्चेती सासनकालका पुलिस जस्तै छन हाम्रा पत्रकारहरु । पन्चेतकालको पुलिस भनेको 'हाउगुजी'
भनेर डराउने डरको अर्को रुप पनि थियो ।
हिजोको पन्चेती पुलिसको त्यो 'हाउगुजी' को बिंडो आज नेपालको पत्रकारहरुले थामेका
छन ।
निर्वाचन जितेर सरकार गठन गरि सके पछी राजनैतिक
पार्टीको सदस्य नभएर देस र जनताको सेवक हुन्छौ भन्ने सोच हाम्रा नेताहरुले पालेका
भए आज देसमा यस्तो लठीभद्र पक्कै पनि हुन्थेन । सबैले आफ्नो कर्तब्य पालन गर्नु
पर्छ भनेर सरकारको सम्बन्धित निकायले जब सम्म कडाईको साथ आदेस र पालना गर्न र
गराउन सक्दैनन् भने देस कहिले पनि उन्नतिको शिखरमा पुग्न सक्दैन ।
स्वतन्त्र पद धारण गरेका व्यक्ति भए पछी
स्वतन्त्र तौर तरिकाले चल्नु पर्ने राज्यको चौथो अंग भन्ने दर्जाले शुसोभित
पत्रकार नाम रुपी ब्यक्तिहरु पार्टी पिच्छेको खेमामा बाडिन्छन र देस र जनताको हक
हितमा भन्दा आफ्नो पार्टी र पार्टीका नेताहरुको भजन गाउछं भने ति कसरि राज्यको
चौथो अंगरुपी पत्रकार भए ?