Latest Post

शुभकामना !

Written By खांट्टी कुरा on Tuesday, October 16, 2018 | October 16, 2018

अराजक स्थितिको अन्त्य कहिले हुन्छ ?

Written By खांट्टी कुरा on Friday, September 21, 2018 | September 21, 2018



-जनकमान डंगोल ।
तेल नबोक्ने टयांकरको अनुमति पत्र खारेज गरिनेछ भनेर नेपाल घायल निगमले भनेको पनि आज ३ दिन भो । घायल निगमको डिपो बाट तेल लोड नगर्ने टयांकरहरु कति खारेजीमा परे त्यसको जानकारी खै त ?
अहिले धेरै पम्पमा ताला ठोकेको देख्दैछु । रेडियो, टि.भी. तथा पत्र पत्रिकामा समाचार प्रशारण गरे पछी आदेशको पालना किन भएन ?
यातायात ब्यबसायीहरुले बाटोमा गाडी नगुडाएको आज ४ दिन भयो ! माग जायज हो भने पुरा गर्नु पर्छ । नाजायज माग छ भने यातायात हड्ताल गराउन उक्साउने नाईकेहरुलाई कडा कारबाही गर्नु पर्छ ।
मेरो सरकारलाई चारैतिर बाट घेरे । सरकार संचालन गर्न दिएनन भन्ने वली सरकारले किन र कसरि त्यस्तो भयो भन्ने बारेमा विश्लेषण गरेको देखिदैन ।
सरकार चलाउन मुटु ढुंगाको हुनु पर्दछ । यातायात मजदुरहरुको कुरा गर्ने हो भने ७५% लाल पार्टी जय भन्नेहरु छन भने आफ्नै पार्टीको जय भन्नेहरुको माग जायज छ भने किन सुनुवाई भएन ?
तेल (ईन्धन) को भाउले आकास छोएको छ । तेल (ईन्धन) को भाउ आकासिनु भनेको महंगी र कालाबजारी बढ्नु हो । हत्या हिँसा र बलात्कारले गगन चुमिसक्यो । पश्चिमाको भरिया सि.के राउतहरु अहिले श्रीलंकन तमिल टाईगर बनेर उदाई सक्दा पनि सरकार कानमा तेल हालेर बस्नु लक्षिणको संकेत पक्कै हैन । 
खाँटी नेताले पद कसरि बचाउने भन्ने सुर्ता नलिएर देसको अखण्डता कसरि बचाउने र जनतालाई सेवा र सुबिधा कसरि दिने भन्ने सुर्ता लिएको हुन्छ भने दुई तिहाई सरकारको मुखियाले यस्ता कुराहरुमा चासो लिएको देखिदैन । मुखले मात्र बिकास र समृद्धिको नारा लिंदैमा देसले काँचुली पनि फेर्दैन ।
यस्तै गतिमा सरकार अगाडी बढ्यो भने जनताहरु सडकमा ओर्लिन बिबस र बाध्य हुन्छन ।  जनता सडकमा ओर्लिनु भनेको सरकार मार नभएर ब्यबस्था परिवर्तन पनि हो भन्ने हेक्का राखुन त्यसैले बेलैमा चेतना भया !

अधिनायकबाद-मुर्दाबाद

Written By खांट्टी कुरा on Tuesday, September 18, 2018 | September 18, 2018

-जनकमान डंगोल 
केहि समय देखि देसै भरि टोल बिकास संस्था, सहकारीहरु च्याउ सरि उम्रेको देख्दैछु । सत्ता कब्जा गर्ने हो भने तल्लो स्थान देखि कब्जा गर्दै जानु पर्छ भन्ने मनसायले खोलिएका यस्ता संस्थाहरुमा अधिकांस पूर्व एमाले पार्टीका कम्रेडहरुको बोलबाला कायम रहेको देखिन्छ ।
टोल बिकास संस्था हुन या सहकारी यी संस्थाहरु व्यक्तिको लगानीमा नभएर समुदायको लगानीमा संचालित भएको छ । टोल समाजमा एकल विचारधाराका नागरिकहरु बसोबास गर्दैनन । समाजमा बसे पछी 'कागको हलमा बकुल्ला' बन्ने कुरा पनि भएन ।
नगरमा बसे पछी नगरबासिले कर तिर्नु पर्दछ । कर तिरे पछी सुबिधा उपलब्ध गराउनु नगर पालिकाको प्रमुख दायित्व पनि हो । अहिले हरेकमा ठेकेदारी प्रथा सुरु भएको छ भने ठेकेदारिले उठाउने जिनिसलाई रंग्दारी प्रथा भनिन्छ ।
ठेकेदारहरुले नयाँ नयाँ जिनिसहरुको आविष्कार गरेका छन । पहिला पहिला सामन्तीहरुले लठैत पाल्ने गर्दथे । अहिले लठैत पाल्नु पर्दैन । पार्टीमा मिस्सिएका अर्थात पार्टीका सदस्य बनेकाहरुले टोल बिकासको सदस्य बनेर 'लठैत' को भूमिका निभाएका छन ।
हाम्रो टोल बिकास समितिले सफाई शुल्क रु ५००/- निर्धारण गरेको छ । जो जसले तिर्दैनन तिनलाई कारबाही हुन्छ भन्ने सम्मको अधिनायकबाद लादियो भन्दै एकजना शाही नेपाली सेनाका अवकास प्राप्त सुबेदारले केहि महिना अगाडी यो पंक्तिकार संग गुनासो गरेको थियो । जवाफ के दिनु । पार्टीको आदेसले खोलिएको टोल बिकास संस्था हो जसको मुख्य उद्धेश्य भनेकै सत्ता कब्जा हो । दुई तिहाईको नतिजा देखि हाल्नु भएको छ ।
पंक्तिकार अलि खरो बोल्ने र लेख्ने गर्दछ । लेखाई र बोलाई कतिपयलाई पाच्य नहुने रैछ । मिटिंग बसेछन । एकजना मित्रले कुरा खोलिहाले । स्वतन्त्रसंग बोल्न हिंडन र लेख्न पाईन्छ भनेर देसमा लोकतन्त्र हुले पछी मैले खरो टिप्पणी किन गर्न नपाउने ? भनेर जवाफ फर्काईयो ।
यदि बोल्न, लेख्न र हिंडन पाईदैन र अधिनायकबाद लादन खोजिन्छ भने निर्धक्क संग यस्ता कुशासन र ब्यबस्थालाई 'मुर्दाबाद' भनेर भनिन्छ । अधिनायकबाद लादन खोजियो भने तिनीहरुले सिकाएको क्रान्ति र आन्दोलन गर्न पछी हटिदैन । आन्दोलन र क्रान्ति पछी देखिने नतिजाको बयान गर्नु पर्ला ?
प्रकाशित मिति: २०७५/०६/०२ गते !

जेठो काजि

Written By खांट्टी कुरा on Saturday, September 15, 2018 | September 15, 2018


निर्मलालाई न्याय दे सर्खार


घरबाट साथिको घरमा गएकी कन्चनपुर जिल्ला  भिमदत्तनगर नगरपालिका २ उल्टाखामकी निर्मला पन्त अकस्मात बेपत्ता भईन्। कक्षा नौ मा अध्ययनरत निर्मला घरबाट आफ्नो साथीको घरमा पढ्न भनि निस्केकी थिईन । अबेरसम्म घर नफर्केपछि परिवारका सदस्यले खोजविन गरे । उनको कहि कतै पत्तो लागेन । त्यसको दोस्रो दिन निर्मलाको शव अर्धनग्न अवस्थामा भिमदत्तनगर नगरपालिका १८ निम्बुखेडाको एक उखुबारीमा फेला पर्यो ।
निर्मला पन्त हत्याकाण्डलाई लिएर सदरमुकाम कन्चनपुरमा पटक पटक ठुलै आन्दोलन भैसकेको छ । कंचनपुर आन्दोलनको क्रममा प्रहरीको गोलि लागेर एक जनाले ज्यान गुमाई सकेका छन भने केहि ब्यक्ति सख्त घाईते भएका थिए ।
नेपालमा न्याय पाउन पनि बन्द हड्ताल जस्ता अलोकप्रिय कदम चाल्नु पर्ने बाध्यता बनाउने लोकतान्त्रिक नाम पाएको सरकारले बलात्कार पछी हत्या भएको स्व.निर्मला पन्तलाई न्याय देला भनेर आस गर्ने कुनै ठाउँ सम्म दिएको छैन । देसभर हत्याकाण्डको बिषयमा बिरोधको लप्को उठन थालेको छ तर आगो निभाउन छाडेर  दुई तिहाईको दम्भ पालेको सरकारले झन् बलेको आगोमा पेट्रोल हाल्ने काम गर्दैछ ।
सरकारलाई खबरदारी गर्ने  मनसाय लिई  सामाजिक संजालमा रहेका केहि जागरुक युवाहरुले सामाजिक संजालमा शान्तिपूर्ण र्यालीमा भाग लिन आब्हान गरे । स्वतस्फुर्तरुमा जुटेका साहित्यकार, रंगकर्मी, पत्रकार देखि समाजसेवाको उद्धेश्य राखी खोलिएको संस्था मकवानपुर जागरण अभियानका कर्मीहरु, एम्नेस्टी नेपालको प्रतिनिधि लगाएत बिधार्थी भाईबैनीहरु सम्मिलित भएर मिति २०७५/०५/३० गते बिहान ११ बजे हेटौडाको मुटु बुद्धचोकबाट मुक शान्ति र्याली निकालेको छ ।
 VDO हेर्न यहाँ Click गर्नुहोस
मुक र्याली बुद्धचोकबाट पश्चिम महेन्द्र राजमार्ग हुँदै जिल्ला प्रहरी कार्यालयलाई बायाँ पार्दै टि.सि.एन रोड, सिमाचोक हुँदै पुन: बुद्धचोकमा आएर समापन गरिएको थियो । शान्ति र्यालीपछी न प्रमुख अतिथि, न भाषण र नारा बिनाको आजको शान्ति र्यालीको कार्यक्रम देखेर हेटौडेलीहरु आश्चर्यचकित भएका थिए ।

मलेसियामा पसिना बगाउनेहरुलाई खुसीको खबर

Written By खांट्टी कुरा on Thursday, September 13, 2018 | September 13, 2018


पंक्तिकार सन २००४ मा मलेसिया जाँदा प्रतिघन्टा RM 3.90  पैसा ज्याला थियो तर चाईनिजले धोखाघडी गरेर प्रतिघन्टा RM 2.58 पैसाको कन्ट्रयाक्ट पेपरमा दस्तखत गराएको थियो । सेक्युरिटी लाईनको जागिर अनि ३ बर्ष पसिना बगाएर स्वदेस फर्किंदा मुस्किलले ६ लाख बचाउन सफल भएको थियो ।


मलेसियाको वर्तमान प्रधानमन्त्रीले हालको  तलबमा ५० रिंगिट बढाएको समाचार सुनियो । समाचार साँचो हो भने अब मलेसियामा रोजगार गर्ने नेपाली कामदारहरुको बेसिक सेलरी मासिक १०५० रिंगिट हुने भो ।
आजको दर रेट अनुसार १ रिंगिट बराबर २७/८० पैसा छ । यसैलाई आधार मानेर हेर्ने हो भने अब १२ घण्टा काम गर्ने नेपाली कामदारहरुलेर निम्नानुसार तलब भत्ता पाउने छन ।
बेसिक सेलरी प्रतिघन्टा
८ घण्टाको
ओभरटाईम १.५ ले हुन आउने
सनिवार २ले  हुन आउने
पब्लिक होलिडे ३ ले हुन आउने
RM 5.04
RM 40.32
RM 7.56
RM 10.08
RM 15.12

१२ घण्टा काम गरेको खण्डमा
बेसिक सेलरी प्रतिघन्टा
८ घण्टाको
ओभरटाईम १.५ ले हुन आउने
सनिवार डबलले हुन आउने
RM 5.04
RM 40.32
RM 7.56X4=30.24
RM 10.08X12=120.96
१२ घन्टाको दरले ३० दिन अर्थात ३६० घण्टा काम गरेमा
Basic 8hrsX5.04=40.32X26=     1048/32
1.5 OT 4hrsX30.24X26=           786.24
Sunday 12 hrsX129.60X4=        518.40
Total 1 Month Salary                 2352.96
RM: 2352.96X27.80=NRS:       65412.28


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger