Latest Post

अमिलो, टर्रो, बेस्वादे महहरु !

Written By खांट्टी कुरा on Thursday, October 23, 2014 | October 23, 2014

छिमेकी भारतमा बितेको हप्तामात्रै बीसौं बर्ष पुरानो भ्रस्टाचार काण्डको फाईलले पूर्णता पाउना साथ अभियुक्तले जेलको हावा खानु पर्यो भने हाल अभियुक्त स्वास्थ्यको कारण देखाउंदै जेलबाट धरौटीबाट छुटन सफल भएकी छिन !

कुनै समयको दक्षिण भारतको चर्चित अभिनेत्री जयराम जय ललिताले चलचित्र क्षेत्रलाई सन्यास दिंदै राजनीतिमा पाईलो राखिन त्यस पछीको उनको राजनीति अहिले सम्म कायमै छ भने यो बिचमा उनि भ्रस्टाचार काण्डमा दुई पटक जेलको हावा खाई सकेकी छिन ! माथिको चर्चा यिनै अभिनेत्री तथा राजनेताको बिषयमा गरिएको हो !
जय ललिता जनताको माझमा अत्यन्त प्रिय छिन ! उनको एक ईसारामा जनता ज्यान अर्पिन तयार छन ! उनि जेल परेको खबर फैलिना साथ केहिले आत्महत्या समेत गरे भने उनको पकड क्षेत्रमा हिंसात्मक तोडफोड देखि आगजनी समेत भयो !
कानूनले अपराधी हो भनेर दण्ड संजाय देखि काराबासको संजाय तोके पछी ति व्यक्ति स्वत: अपराधी भयो कि भएन ? तिनै अपराधीको पुजा गर्ने, अपराधीको लागी आफ्नो ज्यु ज्यानको बलिदान दिने देखि रिसको आवेगमा सरकारी सम्पति सम्म तोडफोड गर्न पछी नहट्ने त्यो कस्तो परिपाटि हो र न्यायालयलेनै अपराधी हो भनेसी ति कसरि भगवान भए ? (जय ललिता सम्बन्धि समाचारको लागी यहाँ क्लिक गर्नुहोस)
तस्विर साभार: महको फेसबुक बाट !

छिमेकी भारतमा जे जे गर्यो हाम्रो देसमा पनि सतप्रतिसत त्यतिको नक्कल गर्ने चलन छ र २०४६ साल पछी हाम्रो देस नेपालमा यस्तै परि पाटीको बिकास दिन प्रतिदिन बिकास हुँदै गई रहेको छ ! नेता हुन या अभिनेता खबरकर्मी हुन या अधिकारकर्मी तिनले गरेको क्षणिक काम कारबाहीलाई हेर्दै देवको पगरी गुथाउनु के त्यो जायज हो ?

कथित अर्थात स्वघोषित 'नागरिक समाज' को नाम बाट ब्यबस्था बदल्न राजनीतिक पार्टीले गरेको बन्द हड्ताल देखि कानून तोडन समेत पछी नपर्ने कथित अधिकारकर्मी, खबरकर्मी, नेता देखि अभिनेताहरु मध्य अत्याधिक चर्चितमा रहेकोमा हास्यकलाकारद्वय 'मह' अर्थात मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्यको जोडी पनि पर्दछन ! 
'मह' जोडी त्यसै आपसेआफ चर्चित भएका हैनन ! नाटक तथा प्रहशनको माध्यम बाट तत्कालिन पंचायत ब्यबस्था बिरुद्ध चोटिलो ब्यंग्य गरेको कारण यी जोडी त्यो बेला देखि अहिले सम्म अत्यन्त चर्चित छन ! यमलोक, प्यारालाइसिस, अंसबण्डा, होस्टेहैंसे, कक फाईट, वडा नम्बर ३४ देखि पंचायतको श्राद्ध जस्ता प्रहसनले गर्दा पंचायतकालमा यो जोडीले नाम देखि दाम सम्म कमाए भने पटक पटक तत्कालिन ब्यबस्थाले हिरासतमा पनि लिएकै हुन !

नागरिकताको बिषयलाई लिएर तत्कालिन सुर्य बहादुर थापा सरकारलाई 'होस्टे हैंसे' मार्फत कडा चोटिलो ब्यंग्य प्रहार गर्ने यो जोडी लोकतन्त्रमा खोस्टा सरि बिदेसी खास गरि भारतीयहरु लाई नागरिकता बाड्दा किन चुप बसे ? 

उति बेला निरंकुस सासन भनेर अत्यन्त कम बैदेसिक सहयोग आउथ्यो र त्यसमा पनि बिदेसिले दिने सहयोग र गोष्ठीको बिषयमा गरिएको बिषयलाई आधार बनाएर 'त्यस्ता गोस्टी र सेमिनारले कर्णालीमा विकास गर्न पुग्थ्यो भनेर 'नाता' प्रहसनमा व्यङ्ग्य गर्ने यो जोडीले अहिले असिना सरि बर्षिएको युरो देखि डलर पाउण्ड हुँदै अन्य बिदेसी सहयोगको चरम दुरुपयोग हुँदा पंचायती सासनमा झैँ कडा ब्यंग्य प्रहार गर्ने आँट किन गरेनन ?

गायक अमृत गुरुङ,तस्विर साभार गुगल सर्च !
मह जोडी देखि हाल चर्चित गायक अमृत गुरुङ हुँदै उज्यालो जस्ता मिडियाकर्मी संस्थाहरु समेतले बिदेसी दात्री निकायबाट सहयोग थापेर कार्यक्रम चलाउछन भनेर केहि महिना अगाडी माई संसार ब्लगले सप्रमाण प्रकाशित गरेकै हो !

बिदेसिले दान सहयोग त्यसै दिन्छन ? बिदेसीले देको दान सहयोगले गर्दा हिजोको सान्ति र सम्रिद्दी भाको देसहरु ईराक, लिबिया, सिरिया,अफगानिस्थान देखि अफ्रिकी मुलुकहरु सम्मको आजको हालत के कस्तो छ ? किन एकै देसका नागरिकहरु एक आर्कोको बिरुद्ध मार्न र मर्न लड्दैछन ? 

आफ्नै देसको २५ बर्षको प्रत्यक्ष घटना आँखै अगाडी देख्दादेख्दै पनि हिजो तिनै बिदेसीले देको दान सहयोगको कडा बिरोध गर्ने 'मह' जोडीले किन र के हिसाबले प्रजातन्त्र देखि लोकतन्त्रमा बिदेसी सहयोग थापेर आफ्नो संस्था मह संचारको नाउँ बाट कार्यक्रम बनाए ? आज बिदेसीको दान सहयोग लिएर कार्यक्रम चलाउछन भने त्यस्ता ब्यक्ति वा संस्थाहरु माथि चोर अम्लो किन नदेखाउने ? कि हिजो आफुले पनि बिरोध गर्नु हुन्थेन छ नि नेपाली उखान 'चोर चोर मौसेरा भाई' अर्थात 'काले काले मिलेर खाउँ भाले' भन्ने ! त्यहि भयो कि भएन ?

धेरै पाठक तथा मित्रहरुले मह हुन या अन्य नाम चलेका अभियन्ता बिरुद्ध लगाईएको आरोप तथा प्रत्यारोपको विश्वास गर्न सक्दैनन ! प्रसिद्धिको सिखर चुमेका व्यक्तिहरुको जस्तो सुकै कुकृत्य पनि पत्याउन गारो हुन्छ किनभने 'नागरिक समाज' का खोल ओढेर राजनीतिक पार्टीको हरेक कार्यक्रम देखि बन्द हड्ताल होस या अबज्ञा आन्दोलन गर्ने यी कलाकार गायक देखि नागरिक समाजका अगुवा, मानव अधिकार कर्मी हुन या लेखक, पत्रकार देखि सामाजिक अभियन्ता यी सबै बिदेसीको ईसारामा देसको व्यवस्था परिवर्तन गर्ने र गराउन उक्साउने भरिया मात्र हुन ! २०४६ सालको आन्दोलन होस या ६२/६३ को आन्दोलनहरुमा यी जमातेहरुको उत्तिकै सक्रियता थियो कि थिएन ?

राजनीतिक पार्टीहरु सित लागेर यीनीहरुले गरेको आन्दोलन सफल पनि भयो तर देस र जनताले चैँ के पायो ? किन आज हज्जारौको लर्को लगेर खाडी मलेस्यामा पसिना बगाउन जान्छन गरिब नेपालीका सन्तानहरु ? गाउँ टोलहरुमा खडा गरिएको बिदेसी दात्री निकाएको संस्थाहरुले समाजलाई जोडेका छन कि तोडेका छन ? धर्म परिवर्तन किन व्यापक हुँदैछ ? नाटकको पर्दामा मेल मिलापको नारा दिंदैमा के समाज पंचायतीकालमा झैँ  नंग र मासु झैँ मिलेर बसेका छन ? देसमा सान्ति र अमन चयन कायम छ ?

छैन भने सामाजिक संजालको भित्तामा दानबहरुलाई देब बनाएर पुजा किन गरिन्छ ? मान्छे मार्नेलाई मात्रै अपराधी भनिदैन ! उक्साउनेहरु पनि हत्यारा जत्तिकै अपराधी हुन भने नागरिक समाजको खोल ओढेर आफ्नो डम्फु बजाउदै बिदेसीको ईसारामा काम गर्ने मानवअधिकारकर्मी, पत्रकार, गायक, लेखक देखि कलाकारहरु भनेको देस जोड्ने हैन तोड्ने भत्काउने देखि बिगार्ने सम्मक जमातेहरु हुन भनेर प्रमाणित भै सके पछी यस्ताहरुको गुणगान गाएर नथाक्नेहरु सद्धे हुन कि खुस्केका हुन त्यो के बर्णन गर्नु पर्ला र ?

मलेस्या आउदै हुनुहुन्छ ?

Written By खांट्टी कुरा on Tuesday, October 21, 2014 | October 21, 2014

सप्पै लाउरे भाको देखेर यो ज्यानलाई पनि लाउरे बन्ने भूतले समातेको हुँदा हुँदो खाँदोको सलाम लिने दिने जागिरलाई अल बिदा गरेर औरेजी तारिख भन्ने सन २००४ को डिसेम्बर ९ तारिखा बंगाली बोन्धुहरुको देस हुँदै मलेसिया छिरे पछिको घटना आज हजुरहरुलाई सुनाउदैछु !
दृश्य: १
मलेसियाको राजधानीको मुख्य हवाई अड्डाको भित्र अध्यागमनमा हामीहरु १८ जनाको डफ्फा पुग्नु र ईन्डोनेसियाको हुल आई पुग्नु एकै साथ पर्यो ! लस्करै अध्यागमनको जाँचपास काउन्टर ! हामीलाई लिन कम्पनिबाट प्रतिनिधि आई पुगेका थिएनन भने अरु देसबाट आउने कामदारहरुको पनि स्थिति त्यहि नै थियो !
दृश्य: २
बिस्कुटको जस्तै चारपाटे मुख नथुनिएको कार्टुन त्यो भित्र काउब्वाई जिनको पाईन्ट १ थान, १ थान टिसर्ट, सेतो रंगको स्त्रीले छातीमा लाउने चेस्मा, कट्टु आदि छेउमै राखेर टुक्रुक्क बसेका इण्डोनेसियन भर्खरका देखि अर्ध बैंसका युवतीहरु र ति सबै मै जस्तरी ठुला तथा रंगिन सपना देख्दै पसिना बेच्न आएका हुन भन्ने मेरो बुझाइ किनभने त्यो बेला म मलेसियाको भाषा बुझ्दिन थिए !
दृश्य: ३
कम्पनि बाट प्रतिनिधिहरु हामीलाई पनि र तिनीहरुलाई अनि अध्यागमन बाट छुटाउन आईपगेको जनाउ पाइयो ! बिदेसी कामदारहरु आफु खुसि अध्यागमन पास गर्ने चलन रैनछ ! अध्यागमनको प्रक्रिया सकेर लागियो हामीहरु आफ्नो गन्तब्य तिर तिनीहरु उनीहरुको गन्तब्य तिर त्यस पछी आज सम्म ति अनुहार देखिएको छैन !
दृश्य: ४
पाले अर्थात सेक्युरिटी गार्डको जागिर कहिले पनि एकै स्थानमा हुन्न ! यो कम्पनि बाट आर्को कम्पनि यस्तै गरि सुरक्षाको काम गर्नु पर्ने तर मेरो हकमा त्यो भएन मेरो एकै स्थानमा रात्रि सेवा दिनु पर्ने भयो जुन आजको मिति सम्म कायमै छ तर फरक के भने तिन बर्ष पहिला सुरुको सेक्युरिटी गार्ड सप्लाई गर्नेको मातहतमा बसेर काम गरियो भने त्यस पस्चात आफ्नै जिम्मा जमानीमा आएर काम गरियो !
दृश्य: ५
सुरुको कम्पनि अर्थात सन २००५ देखि २००७ सम्म रात्रि एकै स्थानमा डिउटी गरिएता पनि दिउसो ओभर टाईम गर्न गईन्थ्यो ! म प्राय औधोगिक क्षेत्रको एरियामा पर्थे ! नगर पालिकाको जस्तो गरि ढाट तान्ने खोल्ने र औधोगिक क्षेत्र भित्र आउने सवारी चेक जांच देखि दर्ता सम्म गर्नु पर्ने ! म अलि फराकिलो मिजासको भएकोले गर्दा मेरो वरी परि नेपाली देखि बंगालीहरु खुब झुम्मिन आउथे ! म चुट्किला सुनाएर हल्का फुल्का मनोरंजन गरि दिन्थे यी सबै प्राय आईतवार हुन्थ्यो किनभने यता आइतबार छुट्टी हुन्थ्यो !
दृश्य: ६
सेतो लेडिज टिसर्ट लाकी अन्दाजी ३५ काटेकी मोटी मोटी पछाडी झोला भिरेकी हेर्दा झ्वाट्ट तामांगनि जस्तै देखिने २ जना आईमाई मेरो छेउमा आई ! एउटीले बोलि अप्ठ्यारो पारेर 'नोमस्ते दाई' भनि ! बोलि नेपाली हैन तर नेपाली बोलेको देख्दा म छक्क परे तर मैले सोध्न नपाउदै उसैले भनि म इण्डोनेसियन हो तर मेरो लोग्ने चैँ नेपाली ! नाम भिम बादुर तामांग घर भोजपुर !
अनि मैले सोधे खै त लोग्ने ?
जवाफ दिईन उ त नेपाल गयो ! अब आउदैन भनेर अन्वार अमिलो पारेर खिसिक्क हास्दै भनि जान्छु है दाई नोमस्ते ! मैले हस भने तर जिल्ल परेर हेर्नु भन्दा अरु के नै थियो र !
दृश्य: ७
एक दिन डिउटी बदल्न ढिला आयो ! झमक्क साँझ पर्दै थियो ! मैले डिउटी लिएको अगाडी झाडी जस्तै ठाउँ थियो ! टन्नै नेपाली तथा बंगालीहरु जोडी भएर गफ गर्दै थिए ! सुँक्क सुँक्क बाट रुवाबासिको आवाज आयो ! अगाडी बाटो हिड्दै गरेको एक जना पुर्ब तिरको भाईलाई सोधे के भाको हो भनेर ! ति भाईले हास्दै जवाफ दिए यस्तै हो दाई यता ! भोलि फिनिस जान लागेका हुल हो त्यहि भएर रुवाबासी मच्चेको तर यो सबै नक्कली हो ! हाम्रा नेपाली र बंगाली गयेसी आर्को खोज्छन ! पैसा हो दाई सबै !
दृश्य: ८
सायांग साया हारी जाडी सुडा साम्पाई (प्रिय मेरो जन्म दिन आई पुग्यो) केटिले लाडे पल्टिदै भन्छे ! यस्तो जन्म दिन उसको बर्षको ३/४ चोटि आउछ रे ! जन्मदिनको माग औठी देखि सिक्री सम्म हुन्छ भन्थे !
नेपाल बाट आको २/३ महिना सम्म मात्र हो नेपाली गाई जस्तो सिधा ! ३ देखि चार महिनामा सयकडा पाँच काढेर आको ऋण तिर्छन ! त्यस अछी त्यो बिचमा भाषामा पारङ्गत ! काम गर्ने फ्याक्ट्रीमा कुममा कुम जोडेर बस्ने हो भन्छन !
हाम्रो गाउँको १ जना भाई मलेस्या आको धेरै बर्ष सम्म फर्केनछ ! म छुट्टी गाको बेलामा बुढी आमै मलाई भेटन आई सायद छोरा संगै हो कि भन्ने आसले ! सबै कुरा बुझे पछी मैले भने आमै एउटा सजिलो उपाय सिकाई दिन्छु है ! आमैले भन्नुभो हस बाबु ! मैले भने तपाईको ब्वारीलाई फुन गर्न लाउनु र भन्नु 'आमाको मुख हेर्ने भए तुरुन्त आउनु अर्जेन्ट' ! छोरा आयेसी छोराको पासपोट आगामा हाल्दिनुस त्यो भन्दा आर्को उपाय छैन !
बुढीमाउले त्यस्तै गर्नु भएछ ! छोरो आई पुग्यो अहिले गाउँमै छ तर पासपोट आमैले जलाई दिईन ! फेरी फर्केर जाने हिम्मत गरेन र मैले माथि उल्लेख गरे झैँ उ पनि आर्को भिम बादुर भो !
नेपाली मात्र हैन बंगाली सम्मका कामदारहरु इण्डोनेसिया, फिलिपिन्स, भियतनामी, कम्बोडिया अनि यतैको स्थानीय मले, चाइनिज र दक्षिण भारतीय केटि देखि आईमाईहरु संग लागेर आफ्नो महिनाभरिको कमाई स्वाहा गर्ने असंख्य छन !
कोहि कसैको मान मर्दन गर्न भनेर यो लेख लेखिएको हैन तर हिजो जे सोचेर मुग्लान पसिएको हो त्यो एकफेर सोच्ने हो भने दुख: गरेर कमाएको पुंजी नेपाल भित्रिन्थ्यो र आफ्नो परिवार देखि देसको अर्थतन्त्र सम्ममा टेवा पुग्लाकि भन्न मात्र खोजिएको हो !
यता मलेसिया आउदै हुनुहुन्छ भने चार कुराको ख्याल गर्नु भो भने राम्रो हुनेछ त्यो हो केटि, रक्सि, टोटो भन्ने चिट्ठा जस्तै जुवा र चुरोट ! 
..
जनक मान डंगोल।janakdangol@gmail.com


गीत:- "आफ्नै वशमा हुन्न सँधै आफ्नै मन भए पनि"

गीतकार: कृष्ण बस्नेत 'भाग्य'

आफ्नै वशमा हुन्न सँधै आफ्नै मन भए पनि

दुइ आत्मा एक कहाँ हुन्छ संगै रहे पनि


भन्नलाई त भनिदिन्छन एकै भयो आत्मा शरीर

वास्तविकता त्यस्तो हुन्न हेर्दै गए कैयौ नजिर

मायाँ भए याद आउछ जति टाढा गए पनि 

आफ्नै वशमा हुन्न सँधै आफ्नै मन भए पनि 


यति ठुलो संसारमा बिचार मिल्नै गाह्रो हुन्छ 

सँधै मन मिल्ने कुरा झनै कति साह्रो हुन्छ 

एउटा सिम्मासम्म न हो सहनशीलले सहे पनि

दुइ आत्मा एक कहाँ हुन्छ संगै रहे पनि


कृष्ण बस्नेत "भाग्य"

रचाना मिति :- २०७१/०६/२९

लोकतन्त्र ओरालो लागेकै हो त ?

Written By खांट्टी कुरा on Monday, October 20, 2014 | October 20, 2014

२०७० कार्तिक ४ गते हेटौडा टुडेमा प्रकाशित
जब जनतामा नैरास्यता उत्पन्न हुन्छ त्यस पश्चात कुनै अमुक व्यक्ति, संस्था वा दलले त्यसरी नैरास्यतामा छाएको जनतालाई आफ्नो बसमा पार्ने गर्छन ! नेपालमा माओबादी जन्मिनुको मूल कारण पनि त्यहि नै हो किनभने २०४६ सालमा पंचायती सासनलाई हटाएर स्थापित भएको प्रजातन्त्रले सासन गरेको ६ बर्ष नबित्दै प्रजातन्त्रका हिमायतिहरुले आफ्नो असली स्वरूप देखाउन थालि सकेका थिए जसको पहिलो उदाहरण हो निजिकरणको नाउँमा सरकारी कलकारखाना देखि जग्गा जमिनहरु सम्मको बेचबिखन ! बेच्न जाने तर त्यसको स्थान पूर्ति गर्न जानेनन ! 

जनताहरुले जब कांग्रेस तथा केहि सक्तिसाली कम्युनिस्ट पार्टीहरुको सासनबाट केहि उपलब्धि नभएको महसुस गर्न थाले तब कम्युनिस्ट घटककै एक खेमा संयुक्त जन मोर्चाले नाम स्वरूप परिवर्तन गरेर माओबादी पार्टीमा रुपान्तरण हुँदै चिनिया माओ सासनको नक्कल गर्दै ससस्त्र क्रान्ति गरे ! त्यो क्रान्तिले ११/१२ बर्षमा गरेको काम हिंसात्मक कारबाही र सो कारबाहीको बिरुद्धमा सरकारी पक्षले पक्षले गरेको रक्षात्मक देखि आक्रामक कारबाहीको बर्णन नेपाली जनताले राम्रै संग देखि भोगी सकेको हुँदा यो पंक्तिकारले थप बर्णन गर्नु नपर्ला !

जनयुद्ध बाट सान्ति सम्झौता गरेर पटक पटक सत्ताको सुख भोगी सकेको जनयुद्ध लड्ने माओबादी पार्टी अहिले सम्म आई पुग्दा तिन चिरा भई सकेको छ ! 'एक थुकी सुकी सय थुकी नदि' भन्ने उखानलाई लात हानेको कारणले गर्दा दोश्रो पटकको संबिधान सभामा जनताले दिएको गतिलो जवाफ माओबादी अझ मुख्यतया संस्थापन पक्ष भन्ने क.प्रचण्ड खेमाले बिर्सेको छैनन होला !

कुनै समयमा पार्टीको लागि भनेसी आफ्नो ज्यु ज्यान 'बत्तिको पुतली' झैँ गरेर होम्न पछी नहट्ने ति असंख्य योद्धा देखि समर्थकहरु पार्टीका नेताहरुको क्रियाकलाप देखि वाक्कब्याकक भएर बाठाहरु युरोप अमेरिका देखि जापान र लाटा सिधाहरु खाडी मलेस्यामा पसिना बेच्न बाध्य भाको छन !
२/३ दिन अगाडी काठमान्डौको खुला मंचमा २२ दलले आमसभा गरे ! नारा उही पुरानै र नारा उही पुरानै भए पछी भाषण नयाँ र नौलो हुने त कुरै भएन ! २२ दलले गरेको आमसभामा कम्तिमा पनि लाख भन्दा घटी कार्यकर्ता देखि जन समर्थक हुनु पर्ने हो कि हैन ? तर त्यो दिनको जनताको सहभागिता देखेर २२ दल हाँकेका माओबादी पार्टीका अध्यक्ष क.प्रचण्डले बाईरोडको बाटो जस्तरी कुरा घुमाउनु बाध्य हुनु पर्यो तर तिनको कुरा अब जनताले पत्याउलान ?

२२ दलको आमसभा
तिनै क.प्रचण्डको एक ईसारामा अघिल्लो पटकको संबिधान सभाको निर्वाचन पश्चात जे पनि हुन्थ्यो ! कांग्रेस तथा एमालेको नेताहरुले शिर ठाडो गरेर बोल्न सक्दैन थिए भने अरु भुरे टाकुरे दल तथा पार्टीको के कुरा गर्नु ! पार्टीको आम सभा भने पश्चात बोल्दे र फुक्देको भरमा गाजा बाजाको साथ काठमान्डौ खाल्डो लाल झण्डा र ब्यानरले राताम्य हुन्थ्यो भने अस्तिको कार्यक्रममा २२ दल समेत सहभागिता हुँदा किन त्यस्तो हुन सकेन ? 

समाचार फुक्ने देखि छाप्नेहरु मध्ये कसैले होच्याएर २२ सय भने कसैले २२ हजार भने तर २२ सय भने पनि २२ हजार भनेर फुके पनि छापे पनि त्यो दिनको जनताको सहभागिता देखेर क.प्रचण्डले 'यो आम सभा हैन सर सल्लाह गर्न डाकिएको बैठक हो' भनेर भन्दा के जनता देखि खबर्कर्मीहरुले पत्याउलान ?

अघिल्लो पटकको संबिधान सभा पछी २८ दलले खुल्ला मंचमा आम सभा गर्दा जुन दृश्य देखिएको थियो त्यहि दृश्य २२ दलको आमसभामा देखिनु भनेको नेपालमा लोकतन्त्रको लागि लडने पार्टीहरुको लागि शुभ संकेतचैँ पक्कै पनि हैन किनभने नेपालको जनताहरु जात जातिको राज्य देखि पहिचान सहितको संघियता र धर्म निरपेक्ष राज्य मन पराउदैनन भन्ने पनि हो ! जब सम्म यस्ता कुराहरुलाई उठाउदै जातीय राज्यको वकालत गर्छन आर्को पटकको चुनावमा अहिलेका सबै ठुला नेताहरुको पत्ता साफ हुने स्थिति छ किनभने मदेस आन्दोलनको मसिहा भन्नेहरुलाई मदेसको जनताले दिएको संजाय पनि बिसेका छैनन होला !

बिचार गर्नुस जातीयताको वकालत गर्ने नेताहरु 'बैंसमा मात्र स्याल घोर्ले हुन्छ' ! नेपालको जनता भनेको पंचायती सासनको समयको जनता हैनन ! त्यो बेलाको जनताहरुलाई राजनीतिक चेतना दिने पनि अहिलेका नेताहरु हुन तर राजनीतिक चेतनाले मात्र गरिबको घरमा चुल्हो बल्दैन भन्ने कुरा जान्दाजान्दै पनि जनताको भावना संग पटक पटक खेलवाड गरियो र अझै पनि खेलबाड गरिन्छ भने आर्को पटकको निर्वाचनको बेलामा सुन्य नतिजा प्राप्तिको लागि तयार भएर बसे हुन्छ ! 
..
सेतो परेवा डट कममा प्रकाशित प्रकाशित मिति: नेपाली समय ०३ : १८ : २७ मध्यान्ह    २०७१ कार्तिक ०३ सोमबार

लघुकथा - भक्ति

Written By खांट्टी कुरा on Sunday, October 19, 2014 | October 19, 2014

कथाकार: देव थापा
~देव थापा

उनको धर्म परिवर्तन भएको लगभग तीन साल भयो!
त्यस पछि हाम्रो घरमा चाड पर्व मात्र आए उनी आइनन ! उन्लाई अकस्मात् टिका संग घृणा उत्पन्न भो, जमरा लाई सरापिन, यहाँ सम्म कि मेरो नाम संगै पनि उनको असहमति थियो!
"के नाम होला देव, बोलाउनै अप्ठ्यारो " कैले कैले बाटोमा भेट्दा उनी अप्ठ्यारो बोल्थिन्! म सोच्थे "कुन मन्दिर मा जान्छौ यात्री .......!" एउटा लाई घिन गरेर अर्को लाई पूज्ने कुन वाहियात धर्म रैछ त्यो!
बाबाले दुई बर्ष त तिहारमा कुर्नु भो पर्खिनु भो र रुनु पनि भो तर तेस्रो बर्ष चाहिँ यो घोषणा गर्नुभयो कि "बिचरी बहिनी मरीन!" मलाई पनि उनको खाली निधार देखेर हो जस्तै लाग्यो !
एकदिन ...ड्युटी सिद्धिए पछी मोबाइल हेरेको त बाबाको पन्ध्र मिसकल रहेछ! मैले हतार हतार कल गरे!
बाबाले हतार हतासमा भन्नु भयो उनको छोराको एक्सीडेन्ट भयो रे ! गाउँको अरू साथी पनि लिएर जानु.. पाटन हस्पिटल ! कुनै पनि काम पर्न सक्छ!
मैले बाबालाई नमस्कार भने मनमनै ! बाबा ज्वरोले थलिदा पनि उनको उपस्थिति थिएन तर बाबाको मनले कत्ति मिठो माफी दियो!
हामी दुईचार जना हस्पिटलमा थियौ! उनी एक्लै एमरजेन्सीमा टोलाएर बसेकी रै छिन ! हामी हतार हतार उनै तर्फ दौडियौ ! हामीलाई देखेपछि उनमा पनि अलिक साहस पलायो...
म नजिकै पुगेर उनलाई सोधे हतार र जोडले..
"बिष्णु दाई कता हुनुहुन्छ ?"
उनले आश्चर्य मानिन् "को बिष्णु दाई??"
"हजुरले बिष्णु दाई चिन्नु हुन्न!!!" मैले आश्चर्य सोधे!
"चिन्दिन तँ कसको कुरा गर्दैछस्!!??"
"हजुरको छोरा बिष्णु दाई...!" म जोडैले चिच्याएँ!
उनले हल्का कुटिल हासेर भनिन " एsss सिमसोन्... सिमसोन भन्न त अनि!"

के भाड़ा माज्न कै लागी हो त मास्टर डीग्री ?

Written By खांट्टी कुरा on Saturday, October 18, 2014 | October 18, 2014

प्रस्तुतकर्ता: जनक मान डंगोल।janakdangol@gmail.com
आज भन्दा १९ बर्ष अगाडी भारतमा साहरुख खान तथा काजोलको जोडीलाई लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’ भन्ने चलचित्र बनाईएको थियो र त्यहि चलचित्रको नाम जस्तै मिल्दोजुल्दो ‘हम्टी शर्माके दुल्हनियाँ’ भन्ने चलचित्र केहि महिना अगाडी प्रदर्शनमा आयो !
त्यो चलचित्रमा भएको एक दृश्य मैले अहिले प्रस्तुत गर्न लागेको आलेख संग केहि मिल्दोजुल्दो हुने भएकोले उल्लेख गर्न लागेको हु ! चलचित्रमा चलचित्रकी नायिकाले आफ्नो पिता सित आफ्नो विवाहमा महँगो कपडाको माग गर्छिन ! पिता तथा दाज्युले महँगो भयो हुन्न भन्ना साथ म दिल्ली जान्छु मामा घर भनेर जवाफ दिन्छिन ! पिताले सोध्छन किन ? नायिकाले जवाफ दिन्छिन म बुढी हुन्जेल सम्ममा पनि मैले याहाँ त्यति पैसा कमाउन सक्दिन त्यसैले ठुलो सहरको ठुलै नाम ठुलै काम अनि ठुलै दाम !
२०४६ सालको राजनैतिक परिवर्तन पस्चात हाम्रो देस नेपालमा पनि बिदेस जाने लर्को लागेको छ ! यसरि बिदेस जानेहरुमा के युवा के अर्ध बैंस सबै उमेरका समान छन ! नेपालमा भएको उच्च शिक्षाको डिग्री देखि सोहि अनुसारको पेसा लाई लात हानेर युरोप अमेरिका जान तम्सिनेको कुनै कमि छैन !
नाम राख्दा सुरक्षाको हिसाबले अप्ठ्यारो पर्ने देखिएकोले युरोप बाट एक जना मित्रले मेरो च्याट बक्समा क्याप्सन सहितको केहि तस्विर पठाउनु भएको रहेछ त्यै तस्विरको साथ उहाँले ब्यक्त गर्नु भएको भनाईलाई सम्पादित गरेर राखेको छु !
युरोपमा नेपाली एन आर एनहरुले गर्ने काम प्राय यस्तै हुन ! हेर्नुस तस्विर आफै बोलेको छ !
नेपाल वाट मास्टर गरेर अनी युरोप मा फेरी मास्टर गरीयो अनी ग्रीन कार्ड पनि पाईयो high skill कामदार कोरुपमा ११ वर्ष युरोप का विभिन्न देश मा काम गरीयो देश फेरीयो वसाई फेरीयो तर काम कहील्यै फेरीयन सधै भाडा मजाई देख्छु ! यहाँ मेरा साथीहरु एनआर एन मा ठुला ठुला गफ गर्दछन नेपाल जान्छन, रेडीयो टी भी मा अन्तर वार्ता दीन्छन म भाडा माज्दै ती अन्तरवार्ता सुन्छु एन आर एन को कार्यसमिति मा हेर्छु सवै मेरा साथी हामी सगै भाडा माझीरहेका हुन्छौ रातभरी काम भाडा मजाई दीन भरी सुताई तर गज्जव को कुरा के भने युरोप वाट गयपछी नेपाल मा नेता लाई थोत्रा गफ दीयो मख्ख पार्यो के गर्नु वास्तवमा भन्दा वढी गफाडी युरोप का एन आर एन छन !
तर अपवादमा युरोपको पोर्तुगलका मा हमाल घराना सफल व्यापारी मानीन्छन ! व्यापार गर्दछन तर त्यो वाहेक डेन्मार्क सुईडेन नर्वे लगायत मा ९९% को काम यही प्रस्तुत गरिएको तस्वीर ले देखाऊदछ ! नेपाल का लेक्चर, अधिकृतहरु इन्जीनियर नर्स डक्टर हरु डेन्मार्क मा प्रायः यही काम मा व्यस्त हुन्छन तर यो काम पाऊन नि कहा सजीलो छ र कही कही त हाईजेनीक ३ दीने कोर्ष गर्नु पर्दछ ती नेपाल का पि एच डी र मास्टर का सर्टिफ़िकेट त शिरानी मुनी हो वायोडाटा मा जागीर अनुभव मा नेपाल का प्रतीस्टीत होटल मा भाडा माजेको अनुभव हाल्नु पर्दछ !
जानेर वा नजानेर ठुलो सपना देख्दै युरोप आईयो तर मैले नेपालमा कमाको डिग्रीको यता कुनै मुल्य रहेनछ ! मैले त्यत्रो दुख गरेर आर्जन गरेको मेरो मास्टरको डिग्रीलाई यता कुनै मान्यता दीइयेना ! पुन: आर्को डिग्री हासिल गर्नु पर्ने भयो तर डिग्री हासिल गर्न लाई चाहिने त धन हो बिना धनको डिग्री हासिल गर्न कि त नेपालमा अभिभावक कुलीन घरानाको हुनु पर्यो हैन भने आफैले नकमाए सम्म डिग्री हासिल गर्ने कुनै गुन्जायेस देखिएन !
काम नगरी पैसा पाईदैन तर युरोपमा काम पाउन पनि त्यत्तिकै सास्ती ! घरमा आफुले खाएको जुठो भाँडा कहिले सफा गरिएन तर यतात त्यै जुठो भाँडा सफा गर्न पनि ३ दिनको तालिम लिनु पर्ने ! मान्छे भन्दा ठुला ठुला ड्रम देखि अन्य डेक्चि, प्लेट, चम्चि, काँटा आदिको रास र रातभरी काम भनेको अंग्रेजीमा क्लिनर अर्थात डीसवास लाई हाम्रा छिमेकीको देसा भन्छन नि डेक्चि ड्राईभर नगरी कुनै सुख: नपाइने ! हामि हिन्दुको छोराछोरी ! गाईको हड्डी राखेर बनाईएको सुप पकाईने अजंगको भाँडो पहिलो पटक सफा गर्दा यो हृदय के कस्तो भो होला त्यसको अनुमान गर्नुस त एक चोटि !
मानसिक तनावले विक्षिप्त भएर बेल्जियम बाट निस्केर हिडेका सन्तोष भटराई तस्विर साभार: बिनोद न्यौपानेको फेसबुक बाट !
हिजै मात्र हो सामाजिक संजाल फेसबुकको भित्तामा फेस्बुके मित्र श्री बिनोद न्यौपानेज्युले “तपाईनै पर्नु भयो कि हराएका युवाको आफन्त” ? भन्ने शिर्षक राखेर सन्तोस भट्टराई बेल्जियमबाट हराएर परिस् आइपुगेको थहा भयो । मानसिक तनाव, पीडा र चिन्ताले उनी बेसहारा बने । अनि सडकको कतै पेटीमा बस्ने, मागेर खाने, नदिए सामाजिक संस्थाले खान खुवाउने ठाउँमा माग्ने । सडक पेटी, पार्क वा रेलका लिक छेउमा सुत्ने । यस्तो खबर त आयो फेसबूकमा । तर कहाँ छन् त पेरिसमा ? कसले चिन्छ ? केहिदिन अघि केशव कँडेल (दिवाना राज) ले भेटेर यो फोटो खिचे । सामाजिक सञ्जालमा राखिदिए । तरपनि सायद उनको परिवारसम्म जानकारि पुगेन भनेर फेसबुकमा पोस्ट गर्नु भएको रहेछ सायद यो खबर उहाले नेपाल प्लस ब्लग बाट लिनु भएको होला !
हुँदो खाँदोको जागिर छोडेर दलाललाई बिसौ लाख डुबाएर अनेक दुख: कस्ट सहेर युरोप अमेरिका गएर गाईको हड्डी मासु राखेर बनाएको अनेक परिकारको भाँडा माझेर कमाएको पैसाले डिग्री हासिल गरिएला वा त्यसरी कमाएको पैसाले नेपालमा धन सम्पति पनि जोडिएला तर सम्पति जोड्नु भन्दा अगाडी पाईएको दुख: कस्ट र हण्डर भोगिएको देख्दा देख्दै पनि नेपालमा गएर अनेक थरिको गफ दिनु भनेको अन्य सोझा सिदा नेपालीहरुको लागी धोखा हो भनेर किन सोचिदैन ?
गाईको हड्डी राखेर बनाइएको सुपको भाँडो जुन दैनिक रुपमा माझ्नु पनि नियमित रातिको काममा पर्दछ !
आर्काको देसमा गएर जुठो भाँडा वर्तन धोएर कमाएको यथार्थ देख्दा देख्दै पनि नेपाल बाट विभिन्न पार्टीको नेताहरु युरोप अमेरिका बोलाएर प्रबासी नेपालीहरुको हक हितको लागी भनेर खोलिएको संस्थाको रकमबाट किन लखनउ लुट मच्चाईन्छ ? बिदेसमा नेपालीहरुको हक हितको लागी भनेर खोलिने संस्था एउटा मात्र हुनु पर्नेमा राजनीतिक पार्टी पिच्छेको संस्था खोलेर गाईजात्रा किन देखाइन्छ ? राजनीति गर्नु नै छ भने बिदेसा जुठो भाडा माझ्न किन जाने ?
त्यसैले अहिले जो जसले युरोपमा दुख पाएर बसेका छन र त्यस मध्ये बाट ‘सन्तोष भटराई’ जसरि मानसिक सन्तुलन गुमाएर भौतारिएर हिड्नु नपरोस ! नबुझिकन दलाल र युरोपमा बस्नेहरुको चिल्ला र चिप्ला कुरामा लागेर लाखौ सम्पति डुबाएर अनाहकमा दुख: कस्ट भोग्नु पर्ला भनेर यो आलेख प्रस्तुत गरिएको हो र सुरक्षा र मान सम्मानमा पर्न जाने असरलाई बिचार गर्दै कोहि कसैको नाम प्रकाशित गरिएको छैन !

के हो त ‘हुदहुद’ भनेको ?

Written By खांट्टी कुरा on Wednesday, October 15, 2014 | October 15, 2014


हिजो आज ‘हुदहुद’ भन्ने नामले निकै चर्चा पाई रहेको छ तर धेरै पाठकहरुलाई यो ‘हुदहुद’ को बिषयमा जानकारी नहुन पनि सक्छ ! खाँटी कुराको प्रिय पाठकहरुलाई जानकारी होस भन्ने अभिप्रायले खोजखाज पारेर यो आलेख तयार पारेको छु !
समुन्द्रले छोएको देसहरु मिलेर भविष्यमा आउने आंधी तुफानको नाम अगाडीनै राख्ने चलन छ त्यसैले नेपालको दक्षिणी मित्र रास्ट्र भारतमा भर्खरै आएको आंधीको नाम ‘हुदहुद’ भनेर आज भन्दा अगाडीनै खाडी रास्ट्र ओमानले राखेको हो !
‘हुदहुद’ वास्तवमा चराको नाम हो र यो ‘हुदहुद’ नाम गरेको पंक्षीले ईज्राइलको रास्ट्रिय पंक्षीको रुपमा मान्यता पाएको चैँ ईस्वी सम्बत २००८ मा हो ! तत्कालिन ईजराईली रास्ट्रपति सिमोन पेरेजले एक लाख पचपन्न हजार जनताको बिचमा गराईएको जनमत सर्बेक्षण पस्चात ‘हुदहुद’ पंक्षिलाई ईजराईलको रास्ट्रिय पंक्षी भनेर घोषणा गरिएको हो !
‘हुदहुद’ पंक्षीको बिषयमा निकै रोचक कथा पनि रहेको छ ! ईतिहास तथा धार्मिक ग्रन्थ ‘कुरान’ मा बादशाह हज़रत सुलेमानको पनि चर्चा छ ! यी तिनै बादशाह हुन जसको आदेस हावा, पशु पन्छी देखि जलचर जीव माछाले समेत पालना गर्थे भनेर लेखिएको छ !
कथा अनुसार एक दिन बादशाह हजरते सुलेमान आफ्नो बाहन बाजमा सवार भएर आकास मार्ग हुँदै कतै जाँदैथे ! प्रचण्ड गर्मि र घामले गर्दा बादशाहको अबस्था थकित गलित भई सकेको थियो त्यहि बेलामा आकास मार्गमा ‘हुदहुद’ चराको झुण्डले बादशाहको हालत देखेर बादशाह भन्दा माथि आफ्ना दुवै पखेटालाई स्थिर राख्दै बादशाहलाई सितल होस भनेर उडान भरेछ्न !
बादशाहले पंक्षीहरुले त्यस्तो राम्रो गरेको देखेर अत्यन्त प्रसन्न भएर बर माग्नु भनेछन ! धेरै दिन पछि ‘हुदहुद’ पंक्षीको नाईकेले हामि सबै पंक्षीहरुको शिरमा सुनको मुकुट होस भनेर मागेछन ! तिनीहरुको माग सुनेर बादशाहले गम्भीर हुँदै भनेछन ‘तिमीहरुले गतोलो माग मानेनौ अब तिमीहरु लाई सिकारीहरुले सुनको लोभले गर्दा बाँकी राख्दैनन भनेछन तर पनि बाचा हारी सकेको बादशाहले सबै ‘हुदहुद’ पंक्षीको शिरमा सुनको मुकुट होस् भनेर बरदान दियेछ्न !
बादशाहको भनाई नभन्दै सत्य ठहरियो ! ‘हुदहुद’ पंक्षीहरुलाई सिकारीहरुले खोजि खोजि मार्न थाले ! बिस्तारै बिस्तारै गर्दा बंसनास हुने देखेर एकदिन ‘हुदहुद’ पंक्षीको नाईकेले बादशाहलाई गएर गुनासो गरेछन र बादशाहले सुनको मुकुटको सट्टामा तिमीहरुको शिरमा ‘कल्की’ मात्र होस भनेर बरदान दिएछन र त्यो दिन बाट आजको मिति सम्ममा ‘हुदहुद’ पंक्षीको शिरमा ‘कल्की’ देखिएको हो भन्ने किम्बदन्ती छ ! तस्बिर प्रस्तुत गरेको छु शिरमा कल्की भएको ‘हुदहुद’ पंक्षीलाई तस्बिरमा हेर्नुहोला !
‘हुदहुद’ पंक्षी जासुस पंक्षी पनि हो र दुतको काम पनि गर्थ्यो भन्ने भनाई पनि छ ! बादशाहको रानी आजको यमन भन्ने देसको हुनरे ! रानीले सुर्य भगवानको पुजा गर्छिन भनेर ‘हुदहुद’ पंक्षीले नै बादशाहलाई जानकारी दिएको रैछ ! त्यो जानकारी पश्चात बादशाहले रानीलाई डाक्न पठायर सोधपुछ समेत गरेका हुन भन्ने कथन पनि छ भने ‘हुदहुद’ पंक्षिले बादशाह र यहुदीहरुको बिचमा दुतको समेत काम गर्थ्यो भन्ने कथन पनि रैछ !
यी सबै मिथक कथा हुन ! हुन त सबै धर्म मिथक कथाहरुमा नै आधारित छ ! ‘खाँटीकुरो’ को प्रिय पाठकहरुलाई ‘हुदहुद’ भनेको के रैछ भन्ने बारेमा जानकारी होस भन्ने हेतुले यो मिथक कथा सहितको आलेख बनाएर प्रस्तुत गरेको हु र जानकारी एवम यो मिथक कथाको श्रोत मिर्ज़ा एबी बेग बीबीसी उर्दूदिल्लीमा आधारित छ !

'नेपाले हुदहुदहरु' (व्यङ्ग्य) (

Written By खांट्टी कुरा on Tuesday, October 14, 2014 | October 14, 2014

२ दिन अगाडी मात्रै छिमेकी भारतमा भयंकर आंधी तुफान आयो ! उक्त आंधी तुफानको न्वारान आज भन्दा पहिलानै खाडी देस ओमानमा 'हुदहुद' भनेर गरिएको थियो ! अरबी भाषामा हुदहुदको अर्थ हुन्छ 'चरा' ! 

यो आंधी तुफान भन्ने पनि उल्का खतरा हुन्छ ! गर्जेर बर्सेर आउने यो जिनिसले कतिखेर कस्लाई सिनित्त पार्ने हो थाहा नाइँ ! यी 'हुदहुद' ले भेटेसी मै हुँ भन्ने धनपतिलाई पनि कङ्गालपति बनाम्न बेर लाम्दैन !

दक्खिनी मितेरी देसा 'हुदहुद' आम्च्च ! त्यो 'हुदहुद' भन्ने जिनिसलाइ कहिले प्रकृतिले पठाम्च्च कहिले उसको छिमेकीले ! प्रकृतिले पठाको 'हुदहुद' ले पनि जन देखि धन सम्मलाई चिरिप्प पार्न बेर नलाम्ने अनि छिमेकीले पठाको 'हुदहुद' ले पनि ज्यान देखि भौतिक सम्पतिलाई चिरिप्प पार्न बेरै नलाम्ने ! 

प्रकृतिले पठाको 'हुदहुद' कहिले आंधीको नाउँमा, कहिले तुफानको नाउँमा अनि आंधी र तुफानको सम्मिश्रणले मेघ गर्जनको साथ बाढी र त्यो बाढीको कृपाले पहिरो ! बाढी र पहिरोले दिने उपहार के बर्णन गर्नु पर्ला र ?

त्यस्तै उसको एकै भुडी एकै ज्यानको छिमेक पनि प्रकृति जस्तै गरि रिसार दुईखुट्टे मनुष्यलाई 'हुदहुद' बनाएर पठाई दिन्छ ! दुई खुट्टे 'हुदहुद'ले पनि प्रकृतिले जस्तै गरि तिब्र गर्जनको साथ बिस्फोट गराई दिन्छ ! नतिजा उही ज्यान देखि सम्पति सम्म च्यान ! 

आफ्नो छिमेकको रिस उसले पनि फेर्छ र घाटामा भाको आफ्नो सम्पति असुल कम्जोर छिमेकांट असुल गर्छ ! सोजो अम्लोले घ्यु आम्दैन क्यार घ्यु निकाल्न अम्लो बंग्याउनेनै हो र त्यो अम्लो बंग्याउने सबै भन्दा सोझो तरिका भनेको भरमार सित 'हुदहुद' जन्मार छिमेका पठाई दिने !

धेरै 'हुदहुद' जन्माएर छिमेक तिर अन्माई दिन्छ ! बडो सान देर अरिमुठे जुंगामा ताउ लाम्दै भन्छ 'हम तुम लोगका बडे भाई हे, बडे होनेका हकतो बनता हेन भाई ! हक भन्दै पूर्वको कोशी देखि पश्चिमको माहाकाली सम्म चिरिप्प बनाई सक्यो ! अझै कर्णाली देखि सेती ताक्दै बसेको छ !

सहनुको पनि सिमा हुन्छ भनेर एकताका छोटे भाईले आफै देस चलाउन के खोजेका थिए 'हुदहुद' जन्माउदै अन्माउना सुरु गरि हाले ! राणा फाल्न कांग्रेस नामको, पन्चेत हल्लाम्म्न कम्निस्ट राजातन्त्र फाल्न माउबादी यी सबै 'हुदहुद' हरु छिमेकी बडेभाई भन्नेको कृपाले पाएका हौ !

अहिले सम्म नेपाला जति पनि 'हुदहुद' हरु जन्माएर अन्माएर पठाए ति कुनैले पनि देस र जनताको भलो गरेको छैन ! जाजमा भाको देखि लिएर बैंकमा भाको सम्म नगद नारान बाकि राखेनन भने अरु साधारणलाई पशु रेट्या जस्तरी रेटने, चुट्ने, कुट्ने, पिट्ने, लुट्ने खेद्ने देखि भत्काउने र मास्ने सम्मको काम गर्न बाकि राखेनन र अझै जारि नै छ !

चारतारे कांग्रेस हुन या एक तारे कम्निस्ट यी सबैको रंग देखि मार्का सम्म एकै हो ! तारा एकै अनि रंग एकै देखि काम सम्म एकै तर नाम मात्र फरक भाको यी चार साले र छ साले 'हुदहुद' हरुले देस र जनताहरुलाई सुख र शान्ति देको आज सम्म देख्नु भाको छ र ?

के यिनीहरु उत्कृस्ट मगजधारीहरुहुन त ?

Written By खांट्टी कुरा on Monday, September 29, 2014 | September 29, 2014

जनक मान डंगोल,janakdangol@gmail.com

खानेकुरा पकाउँदा मरमसलाको अत्यन्त जरुरि पर्दछ ! मरमसला बिनाको तिहुन तरकारी देखि अन्य मासांहारी भोजन स्वादिस्ट हुन्न भन्ने कुरा सबैलाई ज्ञात नै छ ! साहित्य देखि पत्रकारिता जगतमा पनि रस बिनाको लेख रचना त्यति पठनीय हुन्न ! रस मिश्रणको दौरानमा मात्रा बढी भो भने त्यसले पाठकलाई निरस र खिन्नता पैदा गराई दिन्छ !
नेपाली जन जिब्रोमा एउटा उखान अत्यन्त परिचित छ त्यो हो ‘ईन्द्रको अगाडी स्वर्गको बखान’ ! राजधानीमा बसेर डिजिटल श्रब्य दृश्य हेरेको भरमा तात्तातो समाचार देखि घटनाको बिबेचना गर्नु भनेको त्यो ईन्द्रको अगाडी स्वर्गको बखान गरे जस्तै हो ! त्यसै सन्दर्भमा केहि उदाहरण प्रस्तुत गर्न चाहन्छु !
नेपालमा भौगोलिक हिसाबले चार प्रदेस कायम गरिएको छ तर त्यो राज्य हैन ! चार प्रदेस भन्नाले हिमाली प्रदेस, पहाडी प्रदेस, भित्रि मदेस र तराई प्रदेसहरु पर्दछन ! सुदुर पुर्वान्चलको जिल्ला ताप्लेजुंग देखि क्रमस: सुदुर पस्चिमान्चलको दार्चुला सम्म हिमाली भूभागहरु पर्दछन ! ताप्लेजुंग देखि मुनिको पाँचथर ईलाम हुँदै दार्चुला मुनिको बैतडी डडेल्धुरा सम्म पहाडी जिल्लाहरुमा पर्दछन र त्यो भन्दा मुनिको कुनै कुनै जिल्लाहरु पहाडी र कुनै भित्रि मदेसमा पर्दछन भने ईलाम भन्दा मुनिको झापा देखि डडेलधुरा भन्दा मुनिको कन्चनपुर् जिल्लाहरु तराई प्रदेश भनेर भनिन्छ !
मध्य पुर्बको उदयपुर जिल्ला भित्रि मदेसमा पर्दछ ! त्यहि उदयपुर जिल्लामा बच्चै देखि खाई खेली हुर्केका हुन रंगकलाकर्मी दिपक रौनियार ! रौनियार हाल अमेरिकामा बसोबास गर्छन भन्ने बुझिएको छ ! बचपन भित्रि मदेसमा गुजारे जवानी राजधानी काठमान्डौमा !
२०४६ सालको प्रजातन्त्र पश्चात देसका अधिकांस युवाहरु सहरमुखी भाका छन भने त्यै हलमा मिस्सियेकाहरु मध्ये दिपक रौनियार पनि एक हुन ! उदयपुर जस्तो भित्रि मदेसमा बचपना गुजारेका ति रंगकर्मीले सेतोपाटि नामको डिजिटल पत्रिकामा एक पटक प्रकासित गरेको आलेखमा जनकपुरको बासिन्दा भनेर लेखे तर जनकपुरको बासिन्दा भनेसी मैथिली मातृभाषामा निपूर्ण हुनु पर्ने हो तर मैथिल भाषा जान्दिन भन्ना साथ मलाई तिनको नियत माथि संका उठ्नु कुनै स्वाभाविक भएन !
सेतोपाटी डिजिटल पत्रिका मार्फत निरन्तर रुपमा प्रकाशित भएको तिनको आलेखलाई ध्यानपुर्वक अध्ययन गर्ने हो भने दिपक रौनियार पनि डा.सिके राउतको पथमा हिडेको सतप्रतिसत आभाष हुन्छ ! कलाकर्मी, पत्रकार, नेता, समाजसेवी भनिने नागरिक समाज देखि मानवाधिकारकर्मीहरु भनेको स्वतन्त्र व्यक्तित्वका हुन्छन ! देसमा आपसी सद्भाव कायम गराउने देखि एकताको बाटोमा डोर्याउनेनै यिनै व्यक्तित्वहरु हुन ! विडम्बनाको कुरा सतिले सरापेको भन्ने नेपाल मुलुकमा मैले जति पनि नाम लिएका व्यक्तित्वहरुमा सयमा उन्नासय प्रतिसत देस, समाजहित भन्दा पनि ब्यक्ति हितमा लागेर देस समाजमा भ्रम फैलाउदै हिडेका छन ! जातीयता, धर्म संस्कृति देखि देस बिखन्डन सम्मको राग अलाप्दै हिड्नेमा केहि दिन देखि कलाकर्मी दिपक रौनियार अग्र पंक्तिमा देखिएको छ ! अमेरिका बसेर देसको अहित सोच्नु त्यो जायज हो या नाजायज हो त्यो उनै जानुन !
मैले माथि मर मसलाको कुरा उठाए ! राजधानीमा बसेर केहि चर्चित नामधारी पत्रकार मध्येको एक जना पत्रकारले कान्तिपुर दैनिकमा हिटलर देखि लिट्टे भन्ने प्रभाकरण समेतलाई आदर्श मानेर लेख प्रकाशित गरेका रैछन !
हिटलर फोटो साभार: गुगल सर्च
हिटलरले गरेको ज्यादती देखि लिट्टेले श्री लंकामा चलाएको दसकौ लामो गृह युद्ध र त्यस बाट भएको नर संहारहरुलाई सहि ठम्याउने बामपन्थी बिचारधाराका ति पत्रकारलाई राजधानी नजिकै मानसिक अस्पताल लगनखेल पनि छ भन्ने सुझाव दिने व्यक्ति आज सम्म कोहि देखिएन !
हिटलरलाई सत्रुले मारेका हैनन र उनि आफैले आफैलाई गोलि हानेर मारेका हुन ईतिहासमा त्यहि लेखिएको छ भने प्रख्यात तानाशाहले आफ्नै परिवारको हत्या गरेर आफैलाई गोलि किन हाने ?
श्रीलंकाको बिद्रोही प्रभाकरण भन्ने लिट्टेका नाईके शिंहाली हैनन र ति भारतीय आप्रबासी हुन ! प्रभाकरण जस्तै लाखौ लाख भारतीय तामिलेहरु श्रीलंका बाहेक ईन्डोनेसिया, सिंगापुर, मलेसिया सम्म फैलिएका छन तर आफु बसेका देसमा अलग राज्य माग गरेका छैन र समुदायमा मिलेर बसेका छन ! आप्रबासी भएर मिलेर बस्नुको साटो श्रीलंकाको उत्तरी भुभाग जाफ्नामा आफ्नो जातीय बर्चस्व देखाउदै अलग राज्यको माग गर्नु त्यो के कसरि जायज हुन्छ ? त्यो सम्बन्धमा ति महान पत्रकारको कलम किन चलेन ?
श्रीलंका रास्ट्रपति महिन्दा राजापाक्षे साभार गुगल सर्च
महिन्दा राजापाक्षे राजनीतिमा आउनु भन्दा पहिला सिनेमामा नायकको अभिनय गर्थे ! सिनेमा भनेको काल्पनिक हो ! तिनै राजापाक्षे राजनीतिमा प्रबेस गरेर श्रीलंकाको रास्ट्रपति बन्नासाथ बर्षौ बर्षको खिल पल्टेको आतंककारीहरुलाई ठेगान लगाएर श्रीलंकालाई आतंककारिको चंगुलबाट मुक्त पारेर पर्दाको मात्र नभएर वास्तविक नायक पनि बनेर देखाई दिए तर यस्ता नायकहरुलाई खलनायक देख्ने सबै तहका ब्यक्तिहरु भनेको समाजको खिल हुन भन्ने यो पंक्तिकारको ठम्याई हो ! नेपालमा राजापाक्षे जस्ता सच्चा देसभक्त नेता कहिले जन्मेलान यो पंक्तिकार त्यसैको प्रतीक्षामा छ !
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger