Home » » के हो त ‘हुदहुद’ भनेको ?

के हो त ‘हुदहुद’ भनेको ?

Written By खांट्टी कुरा on Wednesday, October 15, 2014 | October 15, 2014


हिजो आज ‘हुदहुद’ भन्ने नामले निकै चर्चा पाई रहेको छ तर धेरै पाठकहरुलाई यो ‘हुदहुद’ को बिषयमा जानकारी नहुन पनि सक्छ ! खाँटी कुराको प्रिय पाठकहरुलाई जानकारी होस भन्ने अभिप्रायले खोजखाज पारेर यो आलेख तयार पारेको छु !
समुन्द्रले छोएको देसहरु मिलेर भविष्यमा आउने आंधी तुफानको नाम अगाडीनै राख्ने चलन छ त्यसैले नेपालको दक्षिणी मित्र रास्ट्र भारतमा भर्खरै आएको आंधीको नाम ‘हुदहुद’ भनेर आज भन्दा अगाडीनै खाडी रास्ट्र ओमानले राखेको हो !
‘हुदहुद’ वास्तवमा चराको नाम हो र यो ‘हुदहुद’ नाम गरेको पंक्षीले ईज्राइलको रास्ट्रिय पंक्षीको रुपमा मान्यता पाएको चैँ ईस्वी सम्बत २००८ मा हो ! तत्कालिन ईजराईली रास्ट्रपति सिमोन पेरेजले एक लाख पचपन्न हजार जनताको बिचमा गराईएको जनमत सर्बेक्षण पस्चात ‘हुदहुद’ पंक्षिलाई ईजराईलको रास्ट्रिय पंक्षी भनेर घोषणा गरिएको हो !
‘हुदहुद’ पंक्षीको बिषयमा निकै रोचक कथा पनि रहेको छ ! ईतिहास तथा धार्मिक ग्रन्थ ‘कुरान’ मा बादशाह हज़रत सुलेमानको पनि चर्चा छ ! यी तिनै बादशाह हुन जसको आदेस हावा, पशु पन्छी देखि जलचर जीव माछाले समेत पालना गर्थे भनेर लेखिएको छ !
कथा अनुसार एक दिन बादशाह हजरते सुलेमान आफ्नो बाहन बाजमा सवार भएर आकास मार्ग हुँदै कतै जाँदैथे ! प्रचण्ड गर्मि र घामले गर्दा बादशाहको अबस्था थकित गलित भई सकेको थियो त्यहि बेलामा आकास मार्गमा ‘हुदहुद’ चराको झुण्डले बादशाहको हालत देखेर बादशाह भन्दा माथि आफ्ना दुवै पखेटालाई स्थिर राख्दै बादशाहलाई सितल होस भनेर उडान भरेछ्न !
बादशाहले पंक्षीहरुले त्यस्तो राम्रो गरेको देखेर अत्यन्त प्रसन्न भएर बर माग्नु भनेछन ! धेरै दिन पछि ‘हुदहुद’ पंक्षीको नाईकेले हामि सबै पंक्षीहरुको शिरमा सुनको मुकुट होस भनेर मागेछन ! तिनीहरुको माग सुनेर बादशाहले गम्भीर हुँदै भनेछन ‘तिमीहरुले गतोलो माग मानेनौ अब तिमीहरु लाई सिकारीहरुले सुनको लोभले गर्दा बाँकी राख्दैनन भनेछन तर पनि बाचा हारी सकेको बादशाहले सबै ‘हुदहुद’ पंक्षीको शिरमा सुनको मुकुट होस् भनेर बरदान दियेछ्न !
बादशाहको भनाई नभन्दै सत्य ठहरियो ! ‘हुदहुद’ पंक्षीहरुलाई सिकारीहरुले खोजि खोजि मार्न थाले ! बिस्तारै बिस्तारै गर्दा बंसनास हुने देखेर एकदिन ‘हुदहुद’ पंक्षीको नाईकेले बादशाहलाई गएर गुनासो गरेछन र बादशाहले सुनको मुकुटको सट्टामा तिमीहरुको शिरमा ‘कल्की’ मात्र होस भनेर बरदान दिएछन र त्यो दिन बाट आजको मिति सम्ममा ‘हुदहुद’ पंक्षीको शिरमा ‘कल्की’ देखिएको हो भन्ने किम्बदन्ती छ ! तस्बिर प्रस्तुत गरेको छु शिरमा कल्की भएको ‘हुदहुद’ पंक्षीलाई तस्बिरमा हेर्नुहोला !
‘हुदहुद’ पंक्षी जासुस पंक्षी पनि हो र दुतको काम पनि गर्थ्यो भन्ने भनाई पनि छ ! बादशाहको रानी आजको यमन भन्ने देसको हुनरे ! रानीले सुर्य भगवानको पुजा गर्छिन भनेर ‘हुदहुद’ पंक्षीले नै बादशाहलाई जानकारी दिएको रैछ ! त्यो जानकारी पश्चात बादशाहले रानीलाई डाक्न पठायर सोधपुछ समेत गरेका हुन भन्ने कथन पनि छ भने ‘हुदहुद’ पंक्षिले बादशाह र यहुदीहरुको बिचमा दुतको समेत काम गर्थ्यो भन्ने कथन पनि रैछ !
यी सबै मिथक कथा हुन ! हुन त सबै धर्म मिथक कथाहरुमा नै आधारित छ ! ‘खाँटीकुरो’ को प्रिय पाठकहरुलाई ‘हुदहुद’ भनेको के रैछ भन्ने बारेमा जानकारी होस भन्ने हेतुले यो मिथक कथा सहितको आलेख बनाएर प्रस्तुत गरेको हु र जानकारी एवम यो मिथक कथाको श्रोत मिर्ज़ा एबी बेग बीबीसी उर्दूदिल्लीमा आधारित छ !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger