Home » » 'नेपाले हुदहुदहरु' (व्यङ्ग्य) (

'नेपाले हुदहुदहरु' (व्यङ्ग्य) (

Written By खांट्टी कुरा on Tuesday, October 14, 2014 | October 14, 2014

२ दिन अगाडी मात्रै छिमेकी भारतमा भयंकर आंधी तुफान आयो ! उक्त आंधी तुफानको न्वारान आज भन्दा पहिलानै खाडी देस ओमानमा 'हुदहुद' भनेर गरिएको थियो ! अरबी भाषामा हुदहुदको अर्थ हुन्छ 'चरा' ! 

यो आंधी तुफान भन्ने पनि उल्का खतरा हुन्छ ! गर्जेर बर्सेर आउने यो जिनिसले कतिखेर कस्लाई सिनित्त पार्ने हो थाहा नाइँ ! यी 'हुदहुद' ले भेटेसी मै हुँ भन्ने धनपतिलाई पनि कङ्गालपति बनाम्न बेर लाम्दैन !

दक्खिनी मितेरी देसा 'हुदहुद' आम्च्च ! त्यो 'हुदहुद' भन्ने जिनिसलाइ कहिले प्रकृतिले पठाम्च्च कहिले उसको छिमेकीले ! प्रकृतिले पठाको 'हुदहुद' ले पनि जन देखि धन सम्मलाई चिरिप्प पार्न बेर नलाम्ने अनि छिमेकीले पठाको 'हुदहुद' ले पनि ज्यान देखि भौतिक सम्पतिलाई चिरिप्प पार्न बेरै नलाम्ने ! 

प्रकृतिले पठाको 'हुदहुद' कहिले आंधीको नाउँमा, कहिले तुफानको नाउँमा अनि आंधी र तुफानको सम्मिश्रणले मेघ गर्जनको साथ बाढी र त्यो बाढीको कृपाले पहिरो ! बाढी र पहिरोले दिने उपहार के बर्णन गर्नु पर्ला र ?

त्यस्तै उसको एकै भुडी एकै ज्यानको छिमेक पनि प्रकृति जस्तै गरि रिसार दुईखुट्टे मनुष्यलाई 'हुदहुद' बनाएर पठाई दिन्छ ! दुई खुट्टे 'हुदहुद'ले पनि प्रकृतिले जस्तै गरि तिब्र गर्जनको साथ बिस्फोट गराई दिन्छ ! नतिजा उही ज्यान देखि सम्पति सम्म च्यान ! 

आफ्नो छिमेकको रिस उसले पनि फेर्छ र घाटामा भाको आफ्नो सम्पति असुल कम्जोर छिमेकांट असुल गर्छ ! सोजो अम्लोले घ्यु आम्दैन क्यार घ्यु निकाल्न अम्लो बंग्याउनेनै हो र त्यो अम्लो बंग्याउने सबै भन्दा सोझो तरिका भनेको भरमार सित 'हुदहुद' जन्मार छिमेका पठाई दिने !

धेरै 'हुदहुद' जन्माएर छिमेक तिर अन्माई दिन्छ ! बडो सान देर अरिमुठे जुंगामा ताउ लाम्दै भन्छ 'हम तुम लोगका बडे भाई हे, बडे होनेका हकतो बनता हेन भाई ! हक भन्दै पूर्वको कोशी देखि पश्चिमको माहाकाली सम्म चिरिप्प बनाई सक्यो ! अझै कर्णाली देखि सेती ताक्दै बसेको छ !

सहनुको पनि सिमा हुन्छ भनेर एकताका छोटे भाईले आफै देस चलाउन के खोजेका थिए 'हुदहुद' जन्माउदै अन्माउना सुरु गरि हाले ! राणा फाल्न कांग्रेस नामको, पन्चेत हल्लाम्म्न कम्निस्ट राजातन्त्र फाल्न माउबादी यी सबै 'हुदहुद' हरु छिमेकी बडेभाई भन्नेको कृपाले पाएका हौ !

अहिले सम्म नेपाला जति पनि 'हुदहुद' हरु जन्माएर अन्माएर पठाए ति कुनैले पनि देस र जनताको भलो गरेको छैन ! जाजमा भाको देखि लिएर बैंकमा भाको सम्म नगद नारान बाकि राखेनन भने अरु साधारणलाई पशु रेट्या जस्तरी रेटने, चुट्ने, कुट्ने, पिट्ने, लुट्ने खेद्ने देखि भत्काउने र मास्ने सम्मको काम गर्न बाकि राखेनन र अझै जारि नै छ !

चारतारे कांग्रेस हुन या एक तारे कम्निस्ट यी सबैको रंग देखि मार्का सम्म एकै हो ! तारा एकै अनि रंग एकै देखि काम सम्म एकै तर नाम मात्र फरक भाको यी चार साले र छ साले 'हुदहुद' हरुले देस र जनताहरुलाई सुख र शान्ति देको आज सम्म देख्नु भाको छ र ?

Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger