Thursday, October 23, 2014

अमिलो, टर्रो, बेस्वादे महहरु !

छिमेकी भारतमा बितेको हप्तामात्रै बीसौं बर्ष पुरानो भ्रस्टाचार काण्डको फाईलले पूर्णता पाउना साथ अभियुक्तले जेलको हावा खानु पर्यो भने हाल अभियुक्त स्वास्थ्यको कारण देखाउंदै जेलबाट धरौटीबाट छुटन सफल भएकी छिन !

कुनै समयको दक्षिण भारतको चर्चित अभिनेत्री जयराम जय ललिताले चलचित्र क्षेत्रलाई सन्यास दिंदै राजनीतिमा पाईलो राखिन त्यस पछीको उनको राजनीति अहिले सम्म कायमै छ भने यो बिचमा उनि भ्रस्टाचार काण्डमा दुई पटक जेलको हावा खाई सकेकी छिन ! माथिको चर्चा यिनै अभिनेत्री तथा राजनेताको बिषयमा गरिएको हो !
जय ललिता जनताको माझमा अत्यन्त प्रिय छिन ! उनको एक ईसारामा जनता ज्यान अर्पिन तयार छन ! उनि जेल परेको खबर फैलिना साथ केहिले आत्महत्या समेत गरे भने उनको पकड क्षेत्रमा हिंसात्मक तोडफोड देखि आगजनी समेत भयो !
कानूनले अपराधी हो भनेर दण्ड संजाय देखि काराबासको संजाय तोके पछी ति व्यक्ति स्वत: अपराधी भयो कि भएन ? तिनै अपराधीको पुजा गर्ने, अपराधीको लागी आफ्नो ज्यु ज्यानको बलिदान दिने देखि रिसको आवेगमा सरकारी सम्पति सम्म तोडफोड गर्न पछी नहट्ने त्यो कस्तो परिपाटि हो र न्यायालयलेनै अपराधी हो भनेसी ति कसरि भगवान भए ? (जय ललिता सम्बन्धि समाचारको लागी यहाँ क्लिक गर्नुहोस)
तस्विर साभार: महको फेसबुक बाट !

छिमेकी भारतमा जे जे गर्यो हाम्रो देसमा पनि सतप्रतिसत त्यतिको नक्कल गर्ने चलन छ र २०४६ साल पछी हाम्रो देस नेपालमा यस्तै परि पाटीको बिकास दिन प्रतिदिन बिकास हुँदै गई रहेको छ ! नेता हुन या अभिनेता खबरकर्मी हुन या अधिकारकर्मी तिनले गरेको क्षणिक काम कारबाहीलाई हेर्दै देवको पगरी गुथाउनु के त्यो जायज हो ?

कथित अर्थात स्वघोषित 'नागरिक समाज' को नाम बाट ब्यबस्था बदल्न राजनीतिक पार्टीले गरेको बन्द हड्ताल देखि कानून तोडन समेत पछी नपर्ने कथित अधिकारकर्मी, खबरकर्मी, नेता देखि अभिनेताहरु मध्य अत्याधिक चर्चितमा रहेकोमा हास्यकलाकारद्वय 'मह' अर्थात मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्यको जोडी पनि पर्दछन ! 
'मह' जोडी त्यसै आपसेआफ चर्चित भएका हैनन ! नाटक तथा प्रहशनको माध्यम बाट तत्कालिन पंचायत ब्यबस्था बिरुद्ध चोटिलो ब्यंग्य गरेको कारण यी जोडी त्यो बेला देखि अहिले सम्म अत्यन्त चर्चित छन ! यमलोक, प्यारालाइसिस, अंसबण्डा, होस्टेहैंसे, कक फाईट, वडा नम्बर ३४ देखि पंचायतको श्राद्ध जस्ता प्रहसनले गर्दा पंचायतकालमा यो जोडीले नाम देखि दाम सम्म कमाए भने पटक पटक तत्कालिन ब्यबस्थाले हिरासतमा पनि लिएकै हुन !

नागरिकताको बिषयलाई लिएर तत्कालिन सुर्य बहादुर थापा सरकारलाई 'होस्टे हैंसे' मार्फत कडा चोटिलो ब्यंग्य प्रहार गर्ने यो जोडी लोकतन्त्रमा खोस्टा सरि बिदेसी खास गरि भारतीयहरु लाई नागरिकता बाड्दा किन चुप बसे ? 

उति बेला निरंकुस सासन भनेर अत्यन्त कम बैदेसिक सहयोग आउथ्यो र त्यसमा पनि बिदेसिले दिने सहयोग र गोष्ठीको बिषयमा गरिएको बिषयलाई आधार बनाएर 'त्यस्ता गोस्टी र सेमिनारले कर्णालीमा विकास गर्न पुग्थ्यो भनेर 'नाता' प्रहसनमा व्यङ्ग्य गर्ने यो जोडीले अहिले असिना सरि बर्षिएको युरो देखि डलर पाउण्ड हुँदै अन्य बिदेसी सहयोगको चरम दुरुपयोग हुँदा पंचायती सासनमा झैँ कडा ब्यंग्य प्रहार गर्ने आँट किन गरेनन ?

गायक अमृत गुरुङ,तस्विर साभार गुगल सर्च !
मह जोडी देखि हाल चर्चित गायक अमृत गुरुङ हुँदै उज्यालो जस्ता मिडियाकर्मी संस्थाहरु समेतले बिदेसी दात्री निकायबाट सहयोग थापेर कार्यक्रम चलाउछन भनेर केहि महिना अगाडी माई संसार ब्लगले सप्रमाण प्रकाशित गरेकै हो !

बिदेसिले दान सहयोग त्यसै दिन्छन ? बिदेसीले देको दान सहयोगले गर्दा हिजोको सान्ति र सम्रिद्दी भाको देसहरु ईराक, लिबिया, सिरिया,अफगानिस्थान देखि अफ्रिकी मुलुकहरु सम्मको आजको हालत के कस्तो छ ? किन एकै देसका नागरिकहरु एक आर्कोको बिरुद्ध मार्न र मर्न लड्दैछन ? 

आफ्नै देसको २५ बर्षको प्रत्यक्ष घटना आँखै अगाडी देख्दादेख्दै पनि हिजो तिनै बिदेसीले देको दान सहयोगको कडा बिरोध गर्ने 'मह' जोडीले किन र के हिसाबले प्रजातन्त्र देखि लोकतन्त्रमा बिदेसी सहयोग थापेर आफ्नो संस्था मह संचारको नाउँ बाट कार्यक्रम बनाए ? आज बिदेसीको दान सहयोग लिएर कार्यक्रम चलाउछन भने त्यस्ता ब्यक्ति वा संस्थाहरु माथि चोर अम्लो किन नदेखाउने ? कि हिजो आफुले पनि बिरोध गर्नु हुन्थेन छ नि नेपाली उखान 'चोर चोर मौसेरा भाई' अर्थात 'काले काले मिलेर खाउँ भाले' भन्ने ! त्यहि भयो कि भएन ?

धेरै पाठक तथा मित्रहरुले मह हुन या अन्य नाम चलेका अभियन्ता बिरुद्ध लगाईएको आरोप तथा प्रत्यारोपको विश्वास गर्न सक्दैनन ! प्रसिद्धिको सिखर चुमेका व्यक्तिहरुको जस्तो सुकै कुकृत्य पनि पत्याउन गारो हुन्छ किनभने 'नागरिक समाज' का खोल ओढेर राजनीतिक पार्टीको हरेक कार्यक्रम देखि बन्द हड्ताल होस या अबज्ञा आन्दोलन गर्ने यी कलाकार गायक देखि नागरिक समाजका अगुवा, मानव अधिकार कर्मी हुन या लेखक, पत्रकार देखि सामाजिक अभियन्ता यी सबै बिदेसीको ईसारामा देसको व्यवस्था परिवर्तन गर्ने र गराउन उक्साउने भरिया मात्र हुन ! २०४६ सालको आन्दोलन होस या ६२/६३ को आन्दोलनहरुमा यी जमातेहरुको उत्तिकै सक्रियता थियो कि थिएन ?

राजनीतिक पार्टीहरु सित लागेर यीनीहरुले गरेको आन्दोलन सफल पनि भयो तर देस र जनताले चैँ के पायो ? किन आज हज्जारौको लर्को लगेर खाडी मलेस्यामा पसिना बगाउन जान्छन गरिब नेपालीका सन्तानहरु ? गाउँ टोलहरुमा खडा गरिएको बिदेसी दात्री निकाएको संस्थाहरुले समाजलाई जोडेका छन कि तोडेका छन ? धर्म परिवर्तन किन व्यापक हुँदैछ ? नाटकको पर्दामा मेल मिलापको नारा दिंदैमा के समाज पंचायतीकालमा झैँ  नंग र मासु झैँ मिलेर बसेका छन ? देसमा सान्ति र अमन चयन कायम छ ?

छैन भने सामाजिक संजालको भित्तामा दानबहरुलाई देब बनाएर पुजा किन गरिन्छ ? मान्छे मार्नेलाई मात्रै अपराधी भनिदैन ! उक्साउनेहरु पनि हत्यारा जत्तिकै अपराधी हुन भने नागरिक समाजको खोल ओढेर आफ्नो डम्फु बजाउदै बिदेसीको ईसारामा काम गर्ने मानवअधिकारकर्मी, पत्रकार, गायक, लेखक देखि कलाकारहरु भनेको देस जोड्ने हैन तोड्ने भत्काउने देखि बिगार्ने सम्मक जमातेहरु हुन भनेर प्रमाणित भै सके पछी यस्ताहरुको गुणगान गाएर नथाक्नेहरु सद्धे हुन कि खुस्केका हुन त्यो के बर्णन गर्नु पर्ला र ?