Latest Post

Showing posts with label च्वास्सचुस्स. Show all posts
Showing posts with label च्वास्सचुस्स. Show all posts

पंचेत भन्दा लोकतन्त्र पो ठिक छ भन्छन् ! (ब्यङ्ग्य)

Written By खांट्टी कुरा on Wednesday, October 14, 2015 | October 14, 2015

२०४६ सालमा जन्माइएको बहुदले व्यवस्था अनि २०६४ सालले हुल्देको गणतन्त्रले पंचायतीकालको रास्ट्रिय पंचायतको अधक्ष्य तथा उपाध्यक्ष लाई सभामुख तथा उप-सभामुख, रास्ट्रिय पंचायत सदस्य अर्थात रा.पं. स को स्थानमा सांसद, जिल्ला पंचायत लाइ जिल्ला बिकास समिति भनियो तर निर्वाचित हुनेहरुका का पद फेरिएको छैन ।

त्यस्तै नगर पंचायत, गाउँ पंचायत का प्रधानपन्च, उप-प्रधानपन्चलाई मेयर, उपमेयर देखि अध्यक्ष र उपाध्यक्ष भनिए । रास्ट्रिय राजमार्ग लाइ लोक मार्ग यस्तै यस्तै भेटे सम्मका र भ्याय सम्मकालाई पार्टीका स्वर्गे भका नेताहरु देखि गुण्डा नाईकेहरु सम्मको नाउँमा नयां नयां न्वारन गरेको पनि देखियो तर सेनाको सेनापती, पुलिसको महानिरीक्षक निजामती कर्मचारीको पदको न्वारान गर्नचैँ आज सम्म सकेनन वा ह्याउ नभएको हो त्यो भने बुझ्न सकियन ।

पंचायती शासन बेठिक भन्दै प्रजातन्त्र देखि लोकतन्त्र ठिक भनेर जनताको निर्दोष छोराछोरीहरु लाइ बलिको बोका बनाएर ल्याएको शासन पद्दति बिरुद्ध पटक पटक आन्दोलन देखि बन्द हड्ताल गरे गराए । शान्ति सुरक्षा गर्ने क्रममा शुरक्षाकर्मिको गोलि लागी मृत्यु भएकाहरुलाई लोकतन्त्रे सस्तो पद 'सहिद' घोषणा गरेर तिनका नाउँमा नयाँ पुरानो बाटा घाटोहरुको नयाँ न्वारान हुने क्रम रोकिएको छैन जारि नै छ र कहिले सम्म जारि हुने हो त्यो नाम फेर्न रहर गरेका मस्त लहड्बाज हरुलाई नै थाहा होला !
२०४६ साल देखि आजको मिति सम्ममा राजनीति सधै अस्थीर रह्यो । कुनै पार्टीकाले पुरा कार्यकाल सासन गरेका छैनन । अस्थिर राजनीतिको फाईदा उठाउदै अपराधि प्रबृतिको ब्यक्ति तथा बाहुबलिहरुले राजनीतिक पार्टीका नेताहरुको आडमा देसमा अबांछित काम कार्य दिनहुं बढ्दै छन । चोरि, डकैति, हत्या, लुटपाट, बलात्कार जस्ता घटनाहरु देखि अपराधिक क्रियाकलापहरु नयां नेपालमा सामान्य भए ।

देशको सिमाना फेरछ्म, सिंगापुर बनाउछ्म, मेलम्चीको पानी ल्यायर दिनहु राजधानीको सडक पखाल्छ्म ! बागमतीको जल लाइ निर्मल र निस्छल अनी देश र देश बासीको मुहार सधै हसिलो बनाउछ्म ! देशमा जताजतै बिकासै बिकास गर्छ्म भनेर भनेको पनि आज २८ वर्ष लाग्यो ।

मेलम्चीको सपना देखाउने बडाबालाइ जेमराजले फटाहा बोले भनेर काज फिर्ता बोलाए ।  देसको सिमाना फेरछ्म भन्नेहरु आज सत्तामा छन । सिमाना यताबाट उता हैन उता बात यता सर्दैछ । मेलम्चीको पानीको धार पहिला जाहाँ थियो अहिले पनि त्यहि छ, यता मोडिएको छैन । अबिरल बग्दछ इन्द्रावती भन्दैपहिला जहाँ बाट बगेकी थिइन् आज पनी उतै बगी रहेकी छिन ।

राजधानीको सडकबाट पैसा तिर्न नपर्ने सित्तैमा निस्केको सुद्द नेपाली बास्नादार पाउडरले कान्तिपुरा विराजमान गर्नेहरु सुन्दर देखिएका छन । राजधानीमा जताततै बाट फैलिएको बास्नादार अत्तरको गन्धले बिदेसी पनी दंग परेका रैछन । त्यसैले कारणले होला भिजिट नेपालगर्ने बिदेसी दात्री निकायहरु अहिले औलामा नै गन्न सकिन्न रे । बिस्वास लाग्दैन सम्बन्धित अड्डामा गएर ढड्डा पल्टाएर हेरे हुन्छ ।

नयां नेपालमा पार्टीको झण्डा बोकेर धेरै पढ्नेहरु बिदेस भासिय । गरिबको दर्जाले सुसोभित भाकोहरु कोहि खाडीमा गधा जोत्ने, बेल्चा हान्ने आदि दस्तुर माफीकको काममा रमाएका छन ! राम्री राम्री छोरी चेलीहरुलाई ज्यान बेचाउन कलकत्ता, बम्बई अनी नराम्रीहरु जति अल्लाहको देसा बच्चा हेर्न, आची धुन र भाडा माझ्न काज खटी गाका छन । गाउ घरमा मेला पात, अर्म पर्म गर्ने मान्छे त पर जावस बिरामी हुँदा स्वास्थ्य चौकि लैजान वा मान्छे मर्दा घाट लैजाने मलामी धरी पाइन छाडेको छ ।

देसमा पंचेत फालेर प्रजातन्त्र ल्याउने अहिलेका ठुला साना सबै नेता देखि तिनका बफादार कार्यकर्ताहरु पंचेती सासनकालमा ठुला शिक्षालयमा पढ्ने निउंमा एकसरो लुगामा राजधानी कान्तिपुरा छिरेका हुन । महंगीको जमाना देखि बेरोजगारी समस्याको हल गर्न जुन कान्तिपुरेका घरा डेरा बसे तिनकै छोरीचेलीहरुलाई समाजबाद देखि मार्क्स्बाद्को आख्यान छाट्दै पिरिमजालमा फसाय । धेरैले ब्या गरेर भुराभुरी पनि जन्माए । आज तिनीहरु शिना तानेर हामिता 'कान्तिपुरेको ज्वाई नारान' हम भन्न समेत लाज मान्दैनन ।

मेलम्चीको पानि देखि बिकासको मूल फुटाउने राजधानीबासी कान्तिपुरेहरुका ज्वाई नारानहरुले फटाहा बोलेको बर्षौ बर्ष भई सक्यो तर पनि कान्तिपुरेको ज्वाई नारान ससुरालीहरुले आफ्ना छोरी चेलीको बद्ख्वाई गर्न मिलेन त्यै माथि साउंको भन्दा ब्याजको माया बढी हुन्छ भन्छन ।

कान्तिपुरेहरुका ज्वाई नारानहरु यो २८ बर्षमा देसका सबै ठुला ठुला पदमा विराजमान भै सकेका छन ।  आफ्ना ज्वाई नारान तथा नाति नातिनाहरु ठुलाठुला पदमा  पुगेको बेला कान्तिपुरे परम्परा अनुसार सगुन खुवाउदै बाजागाजाको साथ सिन्दुरे जात्रा गर्छन तर पनि ज्वाई मेलम्चीको पानि खै ? लोडसेडिंग किन बढाको ? देसमा उधोग धन्दा कलकारखाना लाएर जनताहरुलाई सुखी राख्नु पर्दैन ? निजीकरण गरेर पराई मोटाउने काम गर्दा देसीलाई भन्दा बिदेसीलाई बढी फाईदा हुन्छ त्यसैले यस्तो रास्ट्रबिरोधि काम गर्ने हो भनेर खै गर्नु पर्छ कि पर्दैन ? तर गर्दैनन किनभने दारिवाला कबि लेखनाथ पौडेल बाजेको 'मै खाउ मैलाउ, शुख सयल मोज मै गरु' भन्ने कविताको पंक्ति पंक्ति कण्ठ गरेका हाम्रा कान्तिपुरेहरु धन धान्य भए पछी अन्यको हकमा हिजाजको चलन चल्तीको मुम्बैया भाका 'बाल मत्लप' देखि 'बालै' भएन । 

राताले गरुन कि निलाले, हरियाले गरुन कि छिर्के मिर्केले यस्ता नाथे बन्द हड्ताल देखि चक्काजाम तथा छिमेकीले गरेका नाकाबन्दीले राजधानीबासि हम भन्ने कान्तिपुरेहरुलाई कहिले पनि छुदैन । ग्यास सक्केर भान्छा बन्द हुन या तिनका मोटर कार देखि मटरसाईकलमा पेट्रोल नभर थन्किउन हाम्रा राजधानीबासि कान्तिपुरेहरुलाई केहि फरक पर्दैन । निरंकुस पन्चेत भन्दा प्रजातन्त्र देखि लोकतन्त्र ठिक छ भन्छन किनभने पंचेतमा बोल्न पाईन्नथ्यो त्यसैले प्रजातन्त्र देखि लोकतन्त्रमा जे गरे पनि छुट छ रे भन्छन । 
ई-कान्तिपथमा प्रकाशित
प्रकाशित मिति: २०७२ आश्विन २७ गते बुधबार  

भित्तो तयार छ बैध्यबा अब पोत्न पठाम्नु भे हुन्छ

Written By खांट्टी कुरा on Thursday, September 17, 2015 | September 17, 2015


चुस्स्कार -जनकमान डङ्गोल/janakdangol@gmail.com
यो संबिधान बनाउने मेलोले गर्दा बिगत केहि महिना देखि हाम्रा महान क्रान्तिकारी ड्यासे बैद्यबा काम नपार बेगारी बेगारी जस्तै बन्नुभाको थियो  । मदेसबाट पाहाडीया खेदेर सुपरहिरो भका उपेन्दर जादब भैया पनि यतिखेर बेगारी छन । यी दुवै बेगारी पार्टीका बेगारी नेताहरु हिरो बाट जिरो भका छन !
किस्मत किस्मतकि बात हे मिलाओ दाहिना हात हे भन्दै उपेन्दर भैयाले 'डुबा हुवा आद्मिके लिए तिन्का हि साहारा' भन्दै बैद्यबा संग लगन गाँठो कसेछ्नरे  ।

आन्दोलन, बन्द र हड्ताल देखि केहि थान गाडीलाई अग्निदहन नगरे सम्म जनताले पत्यौदैनन त्यहि भएर बैद्य बा र उपेन्दर जादब भैया भएर सुपर आन्दोलन गर्ने भएका रैछन ।
आन्दोलान गर्नु भन्दा पहिला ब्यापक प्रचार प्रसार गर्नु जरुरि छ । संहारकर्ता भगवान भोलेनाथ आन्दोलनकारिहरुको लागी दाहिना बनेर आउनु भाको छ क्यार यो सालमा ।

भगवान भोलेनाथको काम भनेको संहार गर्ने हो भनेर पुराणा पण्डित बाजेहरूले बताम्नु हुन्तो ।  त्यहि भेर होला यसपाली भोलेनाथले नेपाला प्रचण्ड लिला देखाई दिनु भो । नतिजा बैसाख १२ गते र ३१ गते देखि हाल्नु भो क्यार ।

महाराजाधिराज स्व.महेन्द्र को ईक्षा तथा हुकुम बक्से बमोजिम २६ साला पन्चेहरुले बनाईदेको हेटौडा औधोगिक क्षेत्रा यसपाली धेरै साउबाहरुको कारखानाको बाहिरि पर्खालले  मादेउ भगवानको कम्पन सहन नसकेर धररा जस्तै ग्वार्लाम्म भाको थियो !
त्यस मध्येमा गोर्खा लाहारी भन्ने क्यान्सरे कम्पनिले माउबादिको जस्तै स्टाईलको नक्कल गर्दै युद्धस्तरा पर्खाल ठड्यार कोरीबाटी चिटिक्क पार्देर बैध्यबाको बाटो कुरी बसेका पनि महिनौ हुन लागि सकेको छ ।

नपत्याय फूटा हेर्नुस त ।
तस्विर: जनकमान डंगोल/गोर्खा लाहारी प्रा.लि.हेटौडा औधोगिक क्षेत्र

म र मेरो गुच्चे साथि ब्यान ब्याना मुर्निंग वाक भन्दै हावा खान निस्कन्छ्म । आजको मिति सम्म कुनै माईकालालले क्यान्सरेको बाहिरि पर्खालको भित्ता हकदाबी गर्न गका छैनन बैध्यबा ।

संबिधान बनेको भोलिपल्टबाट आन्दोलन सुरु गर्ने भनेर सौता पार्टीले पनि च्यालेन्ज गरेका छन बैध्यबा । यो कुरा क्रान्तिकारी जस्तो देखिने हजुरको सौता पार्टीको रोल लम्बर ३ का काम्रेट नारान्काजीले भनेको भनेर नेपालको १ नम्बरे बिजुली पत्रिका हौ भनेर फुर्ति लाम्ने अन लाईन खबरा मुईले हिजो मात्र पढे ।

अर्थोक त त्यस्तै हो बैध्यबाको भुराहरु मुन्छेको घरको भित्तो देखि पर्खाला रंगी बिरंगी नारा पोत्न खप्पिस छन । तिनलाई कोहि कसैको आदेस लिनु पर्दैन । मनमौजी तवरका हुन रे । अब उपेन्दर संग यारी गरेसी घागडान संग प्रचार प्रसार गर्नु पर्ने भएकोले बेलैमा क्यान्सरे कम्पनीको भित्तो ऋजाब गर्नुस है बैध्यबा नत्र सौता लाग्लान ।

बैध्यबा त मजदुरको मसिहा हुन क्या र त्यसैले भित्तो पोत्ने ज्याला र रंगको दाम चै उपेन्दर जादब संग बेलैमा माग्नुस है । हाम्रा हेटम्डाको मजदुरहरु अलि गरम मिजाजका छन । पहिला दाम पछी काम गर्ने खालका हुन है बेलैमा जानकारी गराई देको छु । बेलैमा भुक्तानी भएन भने ठोक्न बेर लाम्दैनन । ३६ साले पो हुन त ।

बैद्यबाले बिस्वास नगर्लान भनेर क्यान्सरे कम्पनीको भिताको फुटो पनि सान्दारको साथ यहि ब्ल्गा डाम्देकोछु । शुभचिन्तकको नाताले जानकारी गराम्ने काम हो क्यारे । त्यहि भे र समयमै भन्देको हुम ।
आग्ये बैध्यबाको जो मर्जी !

समयमै नबुझेको परिणाम

Written By खांट्टी कुरा on Tuesday, September 01, 2015 | September 01, 2015


गाईजात्रा पर्वको उपलक्ष्यमा बि.स. २०४४ सालमा संगीतकार सम्भुजित बास्कोटाले प्यारोडी तयार गरेर रेडियो नेपालको सौता म्युजिक नेपालबाट अडियो क्यासेट चक्का मार्फत देस बिदेशका नेपालीहरुमा पस्केका थिए । 

तत्कालिन पंचायती सरकार बिरुद्ध व्यङ्ग्य बिघा नाटक तथा प्रहर्सन मार्फत प्रहार गर्न त्यो भन्दा पहिलानै मह जोडी चर्चित भै सकेका थिए भने बिभिन्न लोक, आधुनिक तथा चलचित्रको गीत संगीतको धुन हालेर खबरदारी गर्दै प्यारोडी निकाल्नमा सायद सम्भुजित बास्कोटानै पहिला होलान ।

ब्यबस्था तथा सामाजिक बिकृति विसंगति बिरुद्ध प्यारोडी मार्फत कडा प्रहार गर्न खप्पिस सम्भुजित बास्कोटाको उक्त प्यारोडीको केहि अंश खाँटी कुरा ब्लग मार्फत हजुरहरु माझ पस्केको छु ।
तस्विर साभार : गुगल सर्च
गाईजात्रे प्यारोडी २०४४ साल
धुन : चलचित्र कान्छी
गायक तथा संगीतकार: सम्भुजित बास्कोटा
कालाकाला कालाकाला
कालाकाला कालाकाला
बजारभरि छन यी काला
खालि सिसि गोलभेंडा
बेच्दै हिड्छन सुन्तला
यिनै काला
छिट्टै हाम्ले लाउनु पर्छ
दक्षिणतिर बल्ल्यो ताला
हैनभने अझै छिर्छन काला
यी काला
खालि सिसि गोल्भेडा
बेच्दै हिड्छन सुन्तला
यिनै काला
सुन्दा रमाईलो लाग्ने तर प्यारोडिले दिएको सन्देसलाई समयमै नेपालका सासकहरुले गम्भिरतापुर्वक लिई दिएको भए आज भारत सरकारले खण्डन गरेता पनि भारतीय मिडियाले नेपालमा १ करोड भारतीय बस्छन भनेर हाक्काहाकी लेख्ने हिम्मत पक्कै पनि गर्दैन थिए होलान ।


प्रताप मल्लका अपराधीहरु

Written By खांट्टी कुरा on Sunday, August 30, 2015 | August 30, 2015

-जनक मान डंगोल/janakdango@gmail.com
तस्विर साभार: गुगल सर्च
छोरो मर्यो । रानी सारै दुखित भईन । मन सम्हान सकिनन । के गर्ने भनेर राजाले पनि सुर्ता लिए । अन्तिममा आफ्ना जस्तै लोकको पनि सन्तानहरु मर्छन भनेर देखाउन राजा प्रताप मल्लले 'गाईजात्रा' पर्वको चलन बसालेको हुन । ईतिहासमा यस्तै लेखिएको छ ।
 
गाईजात्रा बिसुद्ध नेपाली त्यो पनि राजधानी उपत्यकामा बसोबास गर्ने हिन्दु नेवारहरुको जात्रा हो । अन्य धर्मालम्बीहरुको लागी यो जात्राले कुनै अर्थ राख्दैन । उपत्यका पछी यो जात्रालाई देसै भर फैलाउनमा नेवार समुदायले ठुलो भूमिका खेलेको छ । जात्रा देखाउने थलो भनेको कला बेचेर खाने स्थान हैन । परापुर्बकालमा यस्तै भनेर जात्राको स्थापना गरिएको हो । हाम्रा बाजेको पालामा समेत यो चलन कायमै रहेको थियो ।

पंचायतकालको अन्तिम अन्तिम अबस्थामा आईपुग्दा गाईजात्रालाई व्यापारिक थलोको रुपमा बिकास गर्नेमा अहिलेका नाम चलेका चर्चित कलाकारहरुलाई जान्छ । नामै तोकेर के गाईजात्रा देखाउनु ।

पंचायती सासनकालमा बेला न कुबेला सासक देखि सासितहरु सम्मलाई छेडखानी देखि गालीगलौज मिश्रित ब्यंग्य गर्न पाईदैन थियो । गरेको खण्डमा कानून लाग्थ्यो । बिस्वास लाग्दैन भने चर्चित हास्य कलाकार भनेर चिनिएका 'मह' जोडीलाई सोध्नु भए हुन्छ ।

बर्षको एक पटक आउने गाईजात्रा हुन या होलि पर्व यो पर्वहरुमा बर्ष भरिको मनको तुष पोख्थे कलाकारहरुले कलाको माध्यमबाट । बिरालोले मुसो ढुकेको जस्तरी गाईजात्रा देखि होलि पर्व ढुकेर बसेको यस्ता कलाकारहरुलाई कला र गला देखाए बापत नामको साथ साथै कुस्त दाम पनि हात पार्थे । कलाकारलाई उचाल्ने ब्यक्तिले पनि गोजी तातै बनाउथ्यो । यस्ता चलन अहिले ह्वात्तै बढेको छ र गाईजात्रा भनेको पैसा कमाउने पर्व भनेर भन्ने गर्छन !

सक्कल बमोजिम नक्कल गर्न हाम्रा नेपालीहरु माहिर छन । छिमेकीको हावाले भेटे पछी नगरी पनि सुख छैन । सासक देखि सासितहरु लाई जुन बेला पायो त्यै बेला गालि गर्ने कुरो पनि भएन त्यै भएर गाईजात्राको दिनलाई  कला र गला बेच्ने दिन पारे ।

गाईजात्रा हुन या होलि पर्व यो बर्षको एक पटक मात्र मनाइन्छ । अल्छिका भकारी कलाकार भनौदाहरुले गाईजात्राको नाम गरेर कला र गला बेच्ने कामलाई पनि हिन्दि सिरियल जस्तै गरि तन्काउदै लगेका छन त्यसैले आजकल गाईजात्राको अबसरमा भन्दै हप्ता दिन सम्म कला र गला बेच्न छाडेका छैनन । 

तस्विर साभार: गुगल सर्च
प्रताप मल्लले चलाएको गाईजात्रा पर्व भद्र र अनुसासित तरिकाले मनाइन्थ्यो । चोक चोक र गल्लि गल्लीमा प्रदर्शित गरिने झान्किहरुको आफ्नै बिशेषता थियो र अझै पनि छ तर कहिँ र कतै नभएको लोकतन्त्रे नेपालमा देखाईने गाईजात्रा पर्व भने अलि भिन्न प्रकारको देखिएको छ । 

पहिला टिकटको नाउँमा चित्तुने हात्ती गैडा र बाघ अंकित दाम तिरेर ठुला ठुला सभागृहमा बसेर गालिमिश्रित ब्यंग्य, अस्लिल भाका र हाउभाउ देखाउनु र सुन्नु नै गाईजात्रा हो भन्छन अहिलेका कलाकार देखि दामवाला रैथानेहरु तर यसलाई गाईजात्रा भनिदैन । यो त जात्राको नाउँमा बिकृति र विसंगति देखि आफ्नो दुनो सोझ्याउने खेल मात्र हो ।
तेश्रो लिंगीपनि गाईजात्रामा ! तस्विर साभार: गुगल सर्च
संसारमा कहिँ कतै नभएको यस्तो अमुल्य पर्व र संस्कृति 'गाइजात्रा पर्व' पनि यसरि बिरूप र भद्दा हुँदै जान्छ भनेर थाहा पाएको भए राजा प्रताप मल्लले गाईजात्राको चलन पक्कै पनि बसाल्दैन थिए होलान ।

गाईजात्राको नाममा चटक देखाउनेहरु भनेका स्वादे जिब्रो अल्छी तिघ्रो भाका मनुष्यहरु हो भन्ने यो चुस्सकारको सोचाई र भनाई हो । नगर भनेको काम गर्नु र गर भनेको काम नगर्नुलाई अपराध र अपराधी भनेर व्याख्या गरिए अनुसार राजा प्रताप मल्लले बसाल्देको चलन बेचिखानेहरु प्रताप मल्लका अपराधी हुन । साँच्चिकै जात्रा देखाउने भए चोक चोक देखि गल्लि गल्लीमा गएर देखाउनु पर्छ भने स्टेजमा देखाइने कलालाई जात्रा भनिदैन त्यसलाई चटकेको खेला भनिन्छ !

लोकतन्त्रे पन्च

Written By खांट्टी कुरा on Monday, August 17, 2015 | August 17, 2015

२०१७ साल पौषमा स्व.राजा महेन्द्रले नेपाली कांग्रेसको सरकारलाई बर्खास्त गरेर देसमा पंचायती व्यबस्थाको सुत्रपात गरे । ३० बर्ष सम्म चलेको पंचायती ब्यबस्थालाई कांग्रेस तथा कम्युनिस्टहरु मिलेर महिनौ महिना आन्दोलन गरेर ब्यबस्था बदल्न राजा बिरेन्द्रलाई बाध्य पारे ।
 
१ पछी २ आउछ त्यस्तै गरि ३ अनि ४ पछी ५ नम्बरको संख्या आउछ । ४ जना बसेर निर्णय गर्दा पक्ष बिपक्षमा निर्णय बराबरीको संख्यामा आउने भएकोले जित र हारको फैसला सुनाउन ५ जनाको संख्या राखिने भएकोले ५ जनाको संख्यालाई पंच भनेर भन्ने गरिन्छ ।

बिगत ७/८ बर्ष देखि नेपालमा ४ थान नेताहरु बसेर नेपाललाई कसरि लोकतन्त्रको बाटोमा अगाडी बढाउने भनेर सर सल्लाह गर्दा पनि नयां निकास निस्किन सकेन ।

पुरानो पंचहरुलाई अहिलेको हुलमा मिसाउन हुन्न र मिसायो भने फेरी सत्र साल दोहरिन सक्छ भन्ने भय पालेका कांग्रेस, एमाले, एमाओबादी तथा मदेसी मोर्चाको एक घटक समेतको संख्या जोड्दा ४ मात्र देखिएकोले हाल निर्णय गरेर सदर गरौँ सजिलो हुने भएकोले नाम एमाओबादी क्रान्तिकारी कम्युनिस्ट तर बिचारधारा बि.पी को समाजबाद बोकेका डाक्टर बाबुराम भटराईलाई ४ को समुहमा जोडेर पांच बनाएको छन ।

छिमेकी भारतमा अझै पनि 'पंचायती सासन' ब्यबस्था राम्रै संग फस्टाएका छन । हरेक कुरामा छिमेकीको नक्कल गर्ने तर आफ्नो नामको अगाडी पंच जोड्न लाज मान्नेहरु आज आएर ५ को संख्या बन्नु भनेको पंच बनेर कुन ब्यबस्था र सासन प्रणाली ठिक भनेर फैसला गर्नु हो किनभने नेपालको जनताहरुले यिनीहरुलाई संबिधान बनाउने ठेक्का दिएका छन ।

त्यसैले लोकतन्त्रका यी महान ५ थाने  नेताहरु पंचायतका नयां अवतार हुन कि हैनन ? हिजो पंचायतमा पनि कांग्रेस देखि कम्युनिस्ट नेताहरु बग्रेल्ती थियेनी ।
janakdangol@gmail.com

नेपाल बन्द गर्ने डाम्नाहरु मुर्दाबाद

Written By खांट्टी कुरा on Sunday, August 16, 2015 | August 16, 2015

-जनक मान डंगोल/janakdangol@gmail.com
भुरा हुँदा संगै पढ्ने साथीले छतीस साला नै नेपाली कांग्रेसको लिथो पेपरा टाईपेको सदस्यता लेकोथ्यो ।
खै के मा चित्त बुझेन मुलालाई माउबादीहरुले क्रान्ति गरे त्यस पछी उ पनि क्रान्तिकारी भो ।
क्रान्ति पछी शान्ति भो तर क्रान्तिकारीको सोल्मारीले नछुटेको जनजाती मार्काको त्यो मुलो साथि आज बैद्यबालाई देउता मान्छ ।
गाम्ठमा बसे पछी भेट नहुने कुरै भएन ! आज प्यान्टको गोजा पछाडी टन्न कागज ठुसेर चोका बसेर हात हल्लाई हल्लाई बात मार्दै रच्छ !
कार्टुन साभार: योगेस कुमार खपांगीको फेसबुक बाट
के बोल्दैछ्स ये गुच्चे मुला भनेको झल्यांस्स सम्झेर भन्यो त पनि यो पढ भनेर हाता एक थान लाल पर्चा थमाई दियो । पर्चामा महान बाक्य डामेको रैछ  ब्यौदै गरेको संबिधान त्वाउनु पर्ने भकोले सान्दार संग पर्सि आईतवार र सोमबारको नेपाल बन्द सफल पारौ रे ।
राना सासन स्टाईला ४ थान नेताहरुले भारदारी सभाले जस्तरी निर्णय गरेर आफ्ना पार्टीका सभासद नामका मुन्छेहरुलाई पार्टी ह्विपभन्दै जबर्जस्ती तालि ठोक्न लार ल्याउन लाको अर्थात ब्याउन लाको संबिधान त मलाई पनि मन परेको छैन तर त्यसो भन्दैमा नेपाल बन्द गर्नु मेरो नजरा सहि हैन,
किन?
किनभने,
*नेपाल बन्द गर्दा प्राय सबै पार्टीहरुले हिँसाको बाटो अपनाउछ्न ।
*गरिप्को बच्चाले ऋण धन जोडेर किन्या ट्याक्सीमा आफै साउ आफै ड्राईभर बनेर चलाको भन्ने थाहा हुँदाहुँदै पनि मुन्छे सहित चिता बनाई दिन्छन ।
*ब्यान बेल्का पसिना नबगाये सम्म गरिपका संतानहरुको पेटा  माड लाग्दैन भन्ने थाहा हुँदाहुँदै पनि नेपाल बन्द गर्न लाउछन,
भने,
जतिसुकै पुन्नेको काम भए पनि गरिपको पेटमारा नेपाल बन्दलाई सहि भनिदैन,
त्यसैले,
मैले पनि सान्दारको साथ नेपाल बन्द मुर्दाबादभने !

'लाल सलाम भन्दा नमस्ते नै ठिक'

Written By खांट्टी कुरा on Saturday, July 18, 2015 | July 18, 2015

-जनक मान डंगोल/janakdangol@gmail.com
बिसुद्ध ब्राम्हण कुलमा जन्मेका पहिला कस्केली अहिले चित्तुने क्रान्तिकारी कम्युनिस्ट नेता हुन हाम्रा क्यासे माओबादी पार्टीका अध्यक्ष क.प्रचण्ड ! अहिले नेपालको उन्नति कसरि गर्न सकिन्छ भनेर अध्यक्ष कामरेड प्रचण्ड भारत भ्रमणमा जानु भएको छ !

उता दक्खिनको देस भारता गयेसी विभिन्न पार्टीका भारतीय नेताहरु संग भेटघाट त गर्ने पर्ने भो र त्यसै भेटघाटको पहिलो चरणमा बिदेस मन्त्रि शुस्मा स्वराज संगको भेटघाटमा अभिवादनको पहिलो शृंखला 'नमस्ते' बाट सुरु भयो !

नमस्ते हिन्दु तथा बौद्ध धर्मको परिचय हो ! कामरेड प्रचण्डले भारतीय बिदेस मन्त्री शुष्मा स्वराजलाई नमस्ते गर्नु भयो अथवा बिदेस मन्त्रि शुष्मा स्वराजले कामरेड प्रचण्डलाई पहिला नमस्ते गर्नु भयो त्यो नमस्ते गर्दाको बखत त्यतिखेरको देखि जान्नेहरुलाई थाहा होला तर नमस्ते के कसरि कुन मुद्रामा गरिन्छ तलको तस्विर हेर्नुस !
तस्विर साभार: Binod Neupane ज्यु को फेसबुक वाल बाट


अहिले भारतमा भारतीय जनता पार्टीको सरकार छ ! भारतीय जनता पार्टी पनि हाम्रा गाई पार्टी जस्तैताल परेको खण्डमा पुरै भारत बर्षमा 'हिन्दुरास्ट्र' हुनु पर्छ भनेर मान्यता राख्ने पार्टी हो ! 

हिन्दु हरुको अभिवादन 'नमस्ते' हो र सके सम्म आफ्ना मौलिक भाषा 'संस्कृत' बोल्न र लेख्न मुन पराम्छ्न त्यहि भएर चुनाउ जितेर सम्सदा पुग्ना साथ भारतीय बिदेस मन्त्रि सुषमा स्वराजले संस्कृत भाषामा सपथ लिनु हुन्छ !

मन्त्रि स्वराजले कुन भाषा बोल्नु हुन्छ र उहाँलाई अभिवादन गर्दा कुन सैलिको अभिवादन गर्नु पर्छ भन्ने तौर तरिका हाम्रा चतुर नेता प्रचण्डलाई थाहा नहुने कुरै भएन त्यसैले उहाँले निउरेमुन्टो न को सैली अपनाएर नमस्ते गर्नु भो भन्दैमा तपाई हामीहरुले चित्त दुखाउनु पर्छ र ?

कम्युनिस्टहरुको अभिवादन लाल सलाम हो ! अभिवादन लाल सलाम भन्दैमा चाइनाको रास्ट्रपति सी जिन पेंगले अमेरिका भ्रमण गर्न जाँदा अमेरिकी रास्ट्रपति बाराक हुसेन ओबामालाई 'लाल सलाम कामरेड ओबामा' भने भने महामहिम सी जिन पेंग जोक्कर फाल्टु हुन्छन कि नाई ?

त्यसैले चलन अनुसार समयलाई बुझेर नमस्तेको अभिवादन गरेका हुन हाम्रा क्रान्तिकारी नेता कामरेड प्रचण्डले किनभने लाल क्रान्तिमा समाजवादको चास्नी घोले पछी लाल सलाम हैन 'नमस्ते' नै सुहाउछ निकि कसो हो ?


अर्को कुरा त्यहि माथी हाम्रा महान पार्टीका महान नेता अध्यक्ष कामरेड प्रचण्डले नेपालमा हिजाज जे जस्तो भएता पनि  बिश्वका एक मात्र हिन्दु रास्ट्र 'नेपाल' मा मेरो जन्म भयेकोले आफु जन्मेका स्थानको परिचय दिनु पर्यो कि परेन ?


फेरी क्रान्तिकारीको कुरो पनि आउला ! जिन्नगीभर क्रान्ति गर्नलाई हाम्रा राम जस्ता कम्युनिस्ट नेता तथा तिनका बानर फौजरुपी कार्यकर्ताहरु भारतीय नक्सली भन्ने माउबादी पार्टी जस्ता संधै क्रान्ति क्रान्ति भन्दै जंगला गएर बस्ने खालका हुन र ?


समय अनुसार चल्न जानेको छन हाम्रा कांग्रेस देखि कम्युनिस्टका नेता तथा तिनका कार्यकर्ताहरुले ! त्यही भएर हाम्रा लाल पार्टीका नेताहरुले अलकापुरी कान्तिपुरीमा बसेर आफ्ना बानर  सेनाको मद्धतले नेपाली जनताको टुप्पी रिंगाएर राज गर्न पाएका छन ! 


एमाओबादी पार्टीका केहि नेता तथा कार्यकर्ताको आदरणीय कामरेड प्रचण्ड अहिले उता हिन्दुस्थाना जानु भा छ यहि बेला आफुले आविष्कार गरेको यस्तो गुरु मन्तर उताका नक्सली भन्ने माओबादीलाई पनि सिकाई दिए उताका नक्सली भन्ने माउबादीहरुको पनि जय जय हुनेथ्यो ! यस्तो पावन काम गर्नमा  हुलाकीको काम गर्नमा माहिर आफुलाई भारतीय ह्युमने नेता भन्न मुन पराम्ने  गेरुवस्त्रधारी स्वामी अग्निबेस देखि सुट पाईन्ट लाम्ने बाबुराम डाक्टर साबको गुरुदेव एस.डी मुनि छदैछ क्यार ! 

तस्विर साभार: Binod Neupane ज्यु को फेसबुक वाल बाट !

'उडायो सपना सबै हुरीले'

Written By खांट्टी कुरा on Friday, January 23, 2015 | January 23, 2015

तस्विर साभार: गुगल सर्च
--जनकमान डङ्गोल
अभिनेता, संगीतकार तथा गायक 'काली' लाई चिन्नु हुन्छ ?
को काली ? भन्नु होला फेरी ।
काली अर्थात 'मुरलीधर' ज्युको अलिकति परिचय माथि दिई सकेको छु । सुमधुर स्वरका धनी मुरलीधरले गाउनु भएको 'उडायो सपना सबै हुरीले' भन्ने गीतको मलाई आज उल्का संग झल्को आएको छ ।

नेपालको राजनीति पनि उल्का र अचम्मको छ । यहाँ जे सोचिन्छ त्यो हुन्न र जे सोचिदैन त्यो चैँ हुन्छ । नपत्याय दोश्रो संबिधान सभाको चुनाव पछी कांग्रेस र एमालेले महिनौ लगाएर गरेको सत्ता गठबन्धनमा माघ ८ गते संबिधान दिने र त्यस पछी प्रधान मन्त्रिको कुर्चिमा एमालेको अध्यक्ष के.पी वलीलाई विराजमान गराउने ।
भयो त सपना पुरा ?

के खाएर हुन्थ्यो सपना पुरा । नेपालको राजनीतिमा २०४६ साल देखि आजको मिति सम्ममा हिसाव किताव गर्ने हो भने जातले ठुलो भूमिका खेलेको छ भन्दा कुनै फरक नपर्ला । २०४६ सालको आन्दोलन सफल भयो ।

तस्विर साभार: गुगल सर्च
नेवारको बच्चो स्व.गणेशमान राजनीतिमा हिरा बनेर चम्के । आफु संगै राजनीतिमा ज्यु ज्यान अर्पेका स्व.कृष्ण प्रसाद भटराईलाइ सत्ता चलाउन दिए तर आफ्नै पार्टीका तेश्रो बरियताका नेता स्व.गिरिजाले पहिला स्व.गणेशमान अनि त्यस पछी स्व. भटराईलाई राजनीतिबाट सन्यास लिन बाध्य बनाई दिए तर यो सबैको योजनाकार अहिलेको प्रधान मन्त्रि सुसिल कोईराला हुन भनेर कांग्रेसीहरु भन्छन ।

कामरेड वली अर्थात एमालेको अध्यक्ष । खरो बोलि र रास्ट्रबादी भावना भएका यी व्यक्तिलाई माघ ९ गते अर्थात आजको दिनमा प्रधान मन्त्रीको कुर्चि सुम्पिन्छु भनेर प्रधानमन्त्री सुसिल कोईरालाले गरेको बाचा आज किन फेल खायो ?

हिजो संसदमा माइक भाच्ने, कुर्चि तोडफोड गरेर हङ्गामा मच्चाउन एमाले अग्रपंक्तिमा थियो । एमालेको साम्सद गोल्छे सार्कीले कांग्रेसको साम्सद रामचन्द्र पौडेललाई गालामा बजाएको त्यो चड्कन कांग्रेसीले पक्कै भुलेका छैनन भने जुत्ता हान्ने देखि अस्लिल सब्द प्रहार गर्न पनि एमालेका माननीयहरु माहिर थिए ।
हिजो एमालेले गरेको कर्तुत आज एमाओबादीहरुले गरेर देखाई दिए । सुसिल कोईराला देखि रामचन्द्र पौडेलहरु सम्म यो घटनाले दुखि हैन प्रफुल्ल छन भन्ने मेरो बुझाई हो किनभने ईख भनेको सर्पको जस्तै हुन्छ भन्ने भनाई छ ।

अहिलेको यो समयमा कांग्रेसीहरुले मनमनै एमाओबादीको जय भनेको छन । नभनुन पनि कसरि सत्ता लम्बेको छ र यो सत्ता लम्बिनुमा सबै भन्दा फाईदा कांग्रेसलाई भएको छ भने सस्तो थुतुनो चलाएको नतिजा एमाले तथा एमाओबादीले अब भोग्नु पर्ने देखिन्छ भने साठी हजार भोट आउने मदेसी पार्टीहरु प्रत्येक बैठकमा सहभागी हुन पाउने तर रा.प्र.पा नेपाल, नेपाल मजदुर किसान पार्टी देखि स.जनमोर्चा सम्मलाई अछुतको ब्यबहार गरेको नतिजा हो अहिलेको घटना ।

पत्याउनुस नपत्याउनुस देखिएको सत्य घटना यहि हो । सासन र सत्ता निर्दयी हुन्छ । सत्ताले आफ्नै त भन्दैन भने मुखारी गरेको बाचा भनेको पानिको फोका हो त्यसैले उखाने काम्रेड ज्यु अब कालीको गीत 'उडायो सपना सबै हुरीले' भन्दै बस्नुस ।

पराले खुट्टाहरु (व्यङ्ग्य)

Written By खांट्टी कुरा on Wednesday, January 07, 2015 | January 07, 2015


-जनकमान डंगोल
नेपाला छयालीस साले बौदलले दोश्रो पटक डेमोकेरसी घोषणा गराउन लाए । के कसरि लाय के बयान गराई भो । बौदलको भनेको धेरै दल भनेर अर्थाम्च्च्न कुरा सोरै आना जायज हो र बौद्ला सप्पैलाई राच्च्नितिक पार्टी खोल्न देखि धित मरुन्जेल सराप्न गालि गर्न फिरीच्च । यसरि सराप्ने देखि गालि गर्ने समेतको कार्जेलाई स्वतन्त्रताको उपभोग गरेका हम भन्दा रैच्च्न ।

छयालीस साल भन्दा अगाडी नेपाला एकदले सासनथ्यो । एकदले सासनलाई निरंकुस भन्दारैच्च्न । नेपालको उत्तरा चिनियाँहरु बस्ने चैना भन्ने देस पर्च्च । चैना भनेको हाम्रा प्रचण्ड कामरेड देखि बैद्यबा हुँदै भर्खरका भुरा विप्लब हरु सम्मको मामाघर पनि भंच्चन । भुराभारीहरलाई आफ्नो भन्दा मामाघर उल्का रमाइलो लाग्च्चरे त्यहि भएर मावलीको सम्झना पार्टीको नामनै माउबादी लेखेर डामेकाच्च्न ।

अरु कम्निस्टहरुले पनि चैनालाई मामाघर जस्तै सम्झिन्च्न त्यहि भएर मामाहरले बेलाबेला भान्जा भान्जिहरलाई गिरेटवाल भन्ने पर्खाल देखाम्न बोलाम्च्चन र फर्किने बेला कोसेलीपात दान दक्षिणा समेत दिन्च्चनरे भने उता हाम्रो तराईको मदेसी पार्टी देखि कौरेसले चैं उता हिन्दुस्थानलाई पनि मामाघरनै सम्झेका छन । उबेला नेपालको पन्चेत्को सरकार निरंकुस हो भनेर बाख्रा पाठापाठी जस्तरी कुर्लिने नेपालको कौरेस देखि कम्निस्टहरले परान भुतुक्क भे पनि ‘निरंकुस चैनिज, बिस्तारबादी भारत’ भनेर भन्न सक्दैनन । कसरि भन्नु मामाघर जो परे ।

स्व.गिर्जाउहरुको छयालीस साले डेमोक्रेसीमा पन्चेतको पन्चेहरुलेनि पार्टी खोलेका थिए । सुदुर पूर्वको मुगाली काजिले गाई र सुदुर पस्सिउंको चन्द बाउसाप्पले हलो चुनाउ चिन्ह डामेर रास्ट्रे पर्जातंत्र पार्टी भनेर खोले तर पहिलो पटकको चुनाउ त्याँ माथि ३० बर्ख एक्लैले दाम काम सबै मेरो उखाना चल्या पार्टी भे र ३/४ थान सिटा चुमुर्क्याथे ।

स्व.गिर्जाउको कृपाले छत्तीसे र चौहत्तरे कौरेस बन्ना साथ पन्चे पार्टीको दिन फिरेकै हो क्या र ठुला पार्टी भन्ने कौरेस र एमालेलाई टुप्पी रिंगार पालै पालो कहिले मुगाली बाउसाप त कहिले चन्द बाउसापले अलकापुरीको राज गर्न पाए । कसैले सोचेका थे निरंकुस पन्चेहरु ६ बर्ष नपुग्दै धुर्बे तारा बंच्चन भनेर ? तर राच्च्निती हो जे पनि हुन सक्छ भन्थे चाणक्यका सन्तानहरले हो रैच्च ।

लोकतन्त्र आसी ओरालो लाग्या पन्चेकाजिहरको पार्टी एक बाट ३ थान भो । हिजो पन्चेतको पालाको एक आर्काको ज्यानी दुस्मन सूर्यमान, चन्द्रमान र श्री ३ का नाती जर्नेल मिलेर लोकतन्त्रा एक बनेर पार्टी एकीकरण गरे तर ति एकीकरण गर्याहरको हलो पार्टी भन्दा मकान्पुरे थापा काजीको गाई पार्टीले अहिले नेपाला चमत्कार देखाम्दै छ ।

नेपाला जय मसि चम्किनु भनेको गाई पार्टीलाई चिट्ठा पर्नु जस्तै भाच्च अहिले येतिखेर । आफ्नो कुलको धर्म छोडेर लाल्बादमा लागेका मुन्च्चिहरुले हिजो धर्मकर्म मान्दैनथे । स्याल घोर्ले हुने बैंसा मात्र हो भंच्चन त्यस्तै मुंच्चिहरुको चुरीफुरी पनि चालिस देखि पैतालिस सम्म हो क्यारे । नारि छाम्न खप्पिस मकानपुरे थापा काजिले पाको मौका किन छोड्थे । नेपाल जोड्या बडामहाराजधिराज पृथ्बी नारान शाह सर्खारको बडेमानको फुटा र हिन्दुहरुको माता गाईको समेत फुटो राखेर ‘धर्मो रक्षति: रक्षत’ भन्दै हिन्दुस्थानी भाजपा स्टाईला रथयात्रा निकाल्न सुरु गरे ।

नेपाले राच्निती पार्टीहरमा उखान टुक्का भनेर जन्तालाई मनोरन्जन दिन हाम्रा घाम पार्टीको अध्यक्ष वली कमरेड खल्ली हुनुहुन्च्च । उखाना उहाँलाई जित्न कुनै मईकालालले सक्दैन भन्ने धेरैलाई भरम छ तर यो पाली भ्रम तोडिया हो कि जस्ती देखियो गाँठे ।

यो पुषको मैनानि गाई पार्टीले मेचि माकाली रथ यात्रा गरे । मेचि बाट सुरु गरेका रथ यात्रा माकाली पुगेर त्यांट फनक्क घुमेर बटौली निस्केर पोखरा हुँदै राजधानी कान्तिपुरा आर आम सभाको साथ कार्जेक्रमको दि-एण्ड गरे । कार्जेक्रम समाप्त गर्नु भन्दा अगाडी हज्जारौ हज्जारको जन सभामा भासन दिने करममा गाई पार्टीको सह अध्यक्ष केसर बहादुर बिस्टले ‘हाम्रो पार्टीले भोलि सर्खार बनायो ३ थान बे गर्नेहरलाई झ्यालखाना कोच्च्म’ भनेर भन्दिए त्यो पनि सिना तानेर । समय समयको खेल हो क्या हिजो ५१ साले तथाकथित जनयुद्ध भन्ने धनयुद्धको बेला कौरेस देखि एमाले हुँदै हलो गाईका बथानहरु डरले थुर्रर हुँदै कट्टुमा सुसू गर्थे अहिले तिनैले थर्काउन थाले । त्यति मात्र हो र अझ अहिले ‘कांग्रेस देखि कम्निस्ट पार्टी भनेका पराले त्यान्द्राको खुट्टोभा पार्टीहरु हो‘ समेत भनेर भन्दे गाँठे । जिन्नगीमा गाई पार्टीकाले पनि सुपर हिट उखान भन्लान भनेर मुइलेटा सपनानि सोच्या थिन ।

बिस्ट काजिले ठिकै भनेका हुन । नेपालका अहिलेका पार्टीहरुको खुट्टो हिमाल स्टिल जस्तो दरो भै दिएका भे अंग्रेज राच्दुतले हाक्काहाकी धर्मको बिसेमा बोल्न पाउथे ? हाम्रा कौरेस कम्निस्ट पार्टीका ठुला नेताहरुको खुट्टा अग्राखा काठ जस्तो दरो भाका भे बिदेसीका चम्चेहरुले एक मदेसका राग अलाप्न सक्थे ? सिके राउत, सरिता गिरि जस्ता रास्ट्रघातीहरुले देस टुक्र्याउछु भन्दै हिड्न सक्थे ? हाम्रा ठुला नेताहरुको खुट्टो हुलासको स्टिल जस्तो दरो भै दिएको भे भ्रस्टहरुले खेल्ने मौका पाउथे ? नागरिक समाज देखि मानवाधिकारको खेतिवालहरुले जातजातिलाई भड्काउने काम गर्न सक्थ्यो ? बज्र जस्तो खुट्टा भै देको भे ‘क्षेत्री बाहुन काटिन्छ आलो रगत चाटिन्छ’ भनेर आंग काजि शेर्पाले खुलेआम भन्न सक्थे ?

त्यहि खुट्टा दरो टेक्न नसक्ने अर्थात पराले खुट्टा त्याँ माथि मामा देखि पस्सिमा गोरा र कुइरेको खुट्टामा उभिएर हिड्ने गरेको कारणले गर्दा देसको आजको यो स्थिति भाको हो क्यार । जस्तो देखे त्यस्तै डाम्देको छु र त्यसैले म पनि सहि थाप्छु हो हाम्रा सबै नेताहरुको खुट्टा पराले त्यान्द्रोका हुन र यस्ता पराले त्यान्द्रा खुट्टा र हुत्ति नभाका नेताहरुको पार्टीहरुले देस र जनताको अ, आ, ई भलो गर्न सक्दैन । अ, आ, ई भनेको बुझ्नु भएन ? एक, दुई तिन अर्थात वान, टु थिरी भन्या क्या ।


क्राईम चेक साप्ताहिकको मिति २०७१/०९/२३ गते बिहिबारको अंकमा प्रकाशित
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger