Home » » 'उडायो सपना सबै हुरीले'

'उडायो सपना सबै हुरीले'

Written By खांट्टी कुरा on Friday, January 23, 2015 | January 23, 2015

तस्विर साभार: गुगल सर्च
--जनकमान डङ्गोल
अभिनेता, संगीतकार तथा गायक 'काली' लाई चिन्नु हुन्छ ?
को काली ? भन्नु होला फेरी ।
काली अर्थात 'मुरलीधर' ज्युको अलिकति परिचय माथि दिई सकेको छु । सुमधुर स्वरका धनी मुरलीधरले गाउनु भएको 'उडायो सपना सबै हुरीले' भन्ने गीतको मलाई आज उल्का संग झल्को आएको छ ।

नेपालको राजनीति पनि उल्का र अचम्मको छ । यहाँ जे सोचिन्छ त्यो हुन्न र जे सोचिदैन त्यो चैँ हुन्छ । नपत्याय दोश्रो संबिधान सभाको चुनाव पछी कांग्रेस र एमालेले महिनौ लगाएर गरेको सत्ता गठबन्धनमा माघ ८ गते संबिधान दिने र त्यस पछी प्रधान मन्त्रिको कुर्चिमा एमालेको अध्यक्ष के.पी वलीलाई विराजमान गराउने ।
भयो त सपना पुरा ?

के खाएर हुन्थ्यो सपना पुरा । नेपालको राजनीतिमा २०४६ साल देखि आजको मिति सम्ममा हिसाव किताव गर्ने हो भने जातले ठुलो भूमिका खेलेको छ भन्दा कुनै फरक नपर्ला । २०४६ सालको आन्दोलन सफल भयो ।

तस्विर साभार: गुगल सर्च
नेवारको बच्चो स्व.गणेशमान राजनीतिमा हिरा बनेर चम्के । आफु संगै राजनीतिमा ज्यु ज्यान अर्पेका स्व.कृष्ण प्रसाद भटराईलाइ सत्ता चलाउन दिए तर आफ्नै पार्टीका तेश्रो बरियताका नेता स्व.गिरिजाले पहिला स्व.गणेशमान अनि त्यस पछी स्व. भटराईलाई राजनीतिबाट सन्यास लिन बाध्य बनाई दिए तर यो सबैको योजनाकार अहिलेको प्रधान मन्त्रि सुसिल कोईराला हुन भनेर कांग्रेसीहरु भन्छन ।

कामरेड वली अर्थात एमालेको अध्यक्ष । खरो बोलि र रास्ट्रबादी भावना भएका यी व्यक्तिलाई माघ ९ गते अर्थात आजको दिनमा प्रधान मन्त्रीको कुर्चि सुम्पिन्छु भनेर प्रधानमन्त्री सुसिल कोईरालाले गरेको बाचा आज किन फेल खायो ?

हिजो संसदमा माइक भाच्ने, कुर्चि तोडफोड गरेर हङ्गामा मच्चाउन एमाले अग्रपंक्तिमा थियो । एमालेको साम्सद गोल्छे सार्कीले कांग्रेसको साम्सद रामचन्द्र पौडेललाई गालामा बजाएको त्यो चड्कन कांग्रेसीले पक्कै भुलेका छैनन भने जुत्ता हान्ने देखि अस्लिल सब्द प्रहार गर्न पनि एमालेका माननीयहरु माहिर थिए ।
हिजो एमालेले गरेको कर्तुत आज एमाओबादीहरुले गरेर देखाई दिए । सुसिल कोईराला देखि रामचन्द्र पौडेलहरु सम्म यो घटनाले दुखि हैन प्रफुल्ल छन भन्ने मेरो बुझाई हो किनभने ईख भनेको सर्पको जस्तै हुन्छ भन्ने भनाई छ ।

अहिलेको यो समयमा कांग्रेसीहरुले मनमनै एमाओबादीको जय भनेको छन । नभनुन पनि कसरि सत्ता लम्बेको छ र यो सत्ता लम्बिनुमा सबै भन्दा फाईदा कांग्रेसलाई भएको छ भने सस्तो थुतुनो चलाएको नतिजा एमाले तथा एमाओबादीले अब भोग्नु पर्ने देखिन्छ भने साठी हजार भोट आउने मदेसी पार्टीहरु प्रत्येक बैठकमा सहभागी हुन पाउने तर रा.प्र.पा नेपाल, नेपाल मजदुर किसान पार्टी देखि स.जनमोर्चा सम्मलाई अछुतको ब्यबहार गरेको नतिजा हो अहिलेको घटना ।

पत्याउनुस नपत्याउनुस देखिएको सत्य घटना यहि हो । सासन र सत्ता निर्दयी हुन्छ । सत्ताले आफ्नै त भन्दैन भने मुखारी गरेको बाचा भनेको पानिको फोका हो त्यसैले उखाने काम्रेड ज्यु अब कालीको गीत 'उडायो सपना सबै हुरीले' भन्दै बस्नुस ।

Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger