२०४६ सालमा जन्माइएको
बहुदले व्यवस्था अनि २०६४ सालले हुल्देको गणतन्त्रले
पंचायतीकालको रास्ट्रिय पंचायतको अधक्ष्य तथा उपाध्यक्ष लाई सभामुख तथा उप-सभामुख,
रास्ट्रिय पंचायत सदस्य अर्थात रा.पं. स को स्थानमा सांसद, जिल्ला पंचायत लाइ जिल्ला बिकास समिति भनियो
तर निर्वाचित हुनेहरुका का पद फेरिएको छैन ।
त्यस्तै नगर पंचायत, गाउँ पंचायत का प्रधानपन्च, उप-प्रधानपन्चलाई मेयर, उपमेयर देखि अध्यक्ष र उपाध्यक्ष भनिए । रास्ट्रिय राजमार्ग लाइ लोक मार्ग यस्तै यस्तै भेटे सम्मका र भ्याय सम्मकालाई पार्टीका स्वर्गे भका नेताहरु देखि गुण्डा नाईकेहरु सम्मको नाउँमा नयां नयां न्वारन गरेको पनि देखियो तर सेनाको सेनापती, पुलिसको महानिरीक्षक निजामती कर्मचारीको पदको न्वारान गर्नचैँ आज सम्म सकेनन वा ह्याउ नभएको हो त्यो भने बुझ्न सकियन ।
पंचायती शासन बेठिक भन्दै प्रजातन्त्र देखि लोकतन्त्र ठिक भनेर जनताको निर्दोष छोराछोरीहरु लाइ बलिको बोका बनाएर ल्याएको शासन पद्दति बिरुद्ध पटक पटक आन्दोलन देखि बन्द हड्ताल गरे गराए । शान्ति सुरक्षा गर्ने क्रममा शुरक्षाकर्मिको गोलि लागी मृत्यु भएकाहरुलाई लोकतन्त्रे सस्तो पद 'सहिद' घोषणा गरेर तिनका नाउँमा नयाँ पुरानो बाटा घाटोहरुको नयाँ न्वारान हुने क्रम रोकिएको छैन जारि नै छ र कहिले सम्म जारि हुने हो त्यो नाम फेर्न रहर गरेका मस्त लहड्बाज हरुलाई नै थाहा होला !
२०४६ साल देखि आजको मिति सम्ममा राजनीति सधै अस्थीर रह्यो । कुनै पार्टीकाले पुरा कार्यकाल सासन गरेका छैनन । अस्थिर राजनीतिको फाईदा उठाउदै अपराधि प्रबृतिको ब्यक्ति तथा बाहुबलिहरुले राजनीतिक पार्टीका नेताहरुको आडमा देसमा अबांछित काम कार्य दिनहुं बढ्दै छन । चोरि, डकैति, हत्या, लुटपाट, बलात्कार जस्ता घटनाहरु देखि अपराधिक क्रियाकलापहरु नयां नेपालमा सामान्य भए ।
देशको सिमाना फेरछ्म, सिंगापुर बनाउछ्म, मेलम्चीको पानी ल्यायर दिनहु राजधानीको सडक पखाल्छ्म ! बागमतीको जल लाइ निर्मल र निस्छल अनी देश र देश बासीको मुहार सधै हसिलो बनाउछ्म ! देशमा जताजतै बिकासै बिकास गर्छ्म भनेर भनेको पनि आज २८ वर्ष लाग्यो ।
मेलम्चीको सपना देखाउने बडाबालाइ जेमराजले फटाहा बोले भनेर काज फिर्ता बोलाए । देसको सिमाना फेरछ्म भन्नेहरु आज सत्तामा छन । सिमाना यताबाट उता हैन उता बात यता सर्दैछ । मेलम्चीको पानीको धार पहिला जाहाँ थियो अहिले पनि त्यहि छ, यता मोडिएको छैन । ‘अबिरल बग्दछ इन्द्रावती भन्दै’ पहिला जहाँ बाट बगेकी थिइन् आज पनी उतै बगी रहेकी छिन ।
राजधानीको सडकबाट पैसा तिर्न नपर्ने सित्तैमा निस्केको सुद्द नेपाली बास्नादार पाउडरले कान्तिपुरा विराजमान गर्नेहरु सुन्दर देखिएका छन । राजधानीमा जताततै बाट फैलिएको बास्नादार अत्तरको गन्धले बिदेसी पनी दंग परेका रैछन । त्यसैले कारणले होला ‘भिजिट नेपाल’ गर्ने बिदेसी दात्री निकायहरु अहिले औलामा नै गन्न सकिन्न रे । बिस्वास लाग्दैन सम्बन्धित अड्डामा गएर ढड्डा पल्टाएर हेरे हुन्छ ।
नयां नेपालमा पार्टीको झण्डा बोकेर धेरै पढ्नेहरु बिदेस भासिय । गरिबको दर्जाले सुसोभित भाकोहरु कोहि खाडीमा गधा जोत्ने, बेल्चा हान्ने आदि दस्तुर माफीकको काममा रमाएका छन ! राम्री राम्री छोरी चेलीहरुलाई ज्यान बेचाउन कलकत्ता, बम्बई अनी नराम्रीहरु जति अल्लाहको देसा बच्चा हेर्न, आची धुन र भाडा माझ्न काज खटी गाका छन । गाउ घरमा मेला पात, अर्म पर्म गर्ने मान्छे त पर जावस बिरामी हुँदा स्वास्थ्य चौकि लैजान वा मान्छे मर्दा घाट लैजाने मलामी धरी पाइन छाडेको छ ।
देसमा पंचेत फालेर प्रजातन्त्र ल्याउने अहिलेका ठुला साना सबै नेता देखि तिनका बफादार कार्यकर्ताहरु पंचेती सासनकालमा ठुला शिक्षालयमा पढ्ने निउंमा एकसरो लुगामा राजधानी कान्तिपुरा छिरेका हुन । महंगीको जमाना देखि बेरोजगारी समस्याको हल गर्न जुन कान्तिपुरेका घरा डेरा बसे तिनकै छोरीचेलीहरुलाई समाजबाद देखि मार्क्स्बाद्को आख्यान छाट्दै पिरिमजालमा फसाय । धेरैले ब्या गरेर भुराभुरी पनि जन्माए । आज तिनीहरु शिना तानेर हामिता 'कान्तिपुरेको ज्वाई नारान' हम भन्न समेत लाज मान्दैनन ।
मेलम्चीको पानि देखि बिकासको मूल फुटाउने राजधानीबासी कान्तिपुरेहरुका ज्वाई नारानहरुले फटाहा बोलेको बर्षौ बर्ष भई सक्यो तर पनि कान्तिपुरेको ज्वाई नारान ससुरालीहरुले आफ्ना छोरी चेलीको बद्ख्वाई गर्न मिलेन त्यै माथि साउंको भन्दा ब्याजको माया बढी हुन्छ भन्छन ।
कान्तिपुरेहरुका ज्वाई नारानहरु यो २८ बर्षमा देसका सबै ठुला ठुला पदमा विराजमान भै सकेका छन । आफ्ना ज्वाई नारान तथा नाति नातिनाहरु ठुलाठुला पदमा पुगेको बेला कान्तिपुरे परम्परा अनुसार सगुन खुवाउदै बाजागाजाको साथ सिन्दुरे जात्रा गर्छन तर पनि ज्वाई मेलम्चीको पानि खै ? लोडसेडिंग किन बढाको ? देसमा उधोग धन्दा कलकारखाना लाएर जनताहरुलाई सुखी राख्नु पर्दैन ? निजीकरण गरेर पराई मोटाउने काम गर्दा देसीलाई भन्दा बिदेसीलाई बढी फाईदा हुन्छ त्यसैले यस्तो रास्ट्रबिरोधि काम गर्ने हो भनेर खै गर्नु पर्छ कि पर्दैन ? तर गर्दैनन किनभने दारिवाला कबि लेखनाथ पौडेल बाजेको 'मै खाउ मैलाउ, शुख सयल मोज मै गरु' भन्ने कविताको पंक्ति पंक्ति कण्ठ गरेका हाम्रा कान्तिपुरेहरु धन धान्य भए पछी अन्यको हकमा हिजाजको चलन चल्तीको मुम्बैया भाका 'बाल मत्लप' देखि 'बालै' भएन ।
राताले गरुन कि निलाले, हरियाले गरुन कि छिर्के मिर्केले यस्ता नाथे बन्द हड्ताल देखि चक्काजाम तथा छिमेकीले गरेका नाकाबन्दीले राजधानीबासि हम भन्ने कान्तिपुरेहरुलाई कहिले पनि छुदैन । ग्यास सक्केर भान्छा बन्द हुन या तिनका मोटर कार देखि मटरसाईकलमा पेट्रोल नभर थन्किउन हाम्रा राजधानीबासि कान्तिपुरेहरुलाई केहि फरक पर्दैन । निरंकुस पन्चेत भन्दा प्रजातन्त्र देखि लोकतन्त्र ठिक छ भन्छन किनभने पंचेतमा बोल्न पाईन्नथ्यो त्यसैले प्रजातन्त्र देखि लोकतन्त्रमा जे गरे पनि छुट छ रे भन्छन ।
ई-कान्तिपथमा प्रकाशित
प्रकाशित मिति: २०७२ आश्विन २७ गते बुधबार

0 Comments:
Post a Comment