जनकमान डङ्गोल
..
देस जोड़ने सिलसिलामा गोर्खाली राजाले कान्तिपुरमा नाकाबन्दि गरे तर त्यों नाकाबन्दीले देस तोडीएन । जोड़ियों र बिशाल नेपाल बन्यो ।
छिमेकमा फिरिंगिले सासन गर्थे । हाम्रा छिमेकिलाई अंग्रेजका गुलाम भन्थे ।अंग्रेज भगाउं भन्दै गरेको आन्दोलनमा थुप्रै नेपाली युवाहरूले साथ दिएका थिए ।
होस्टेमा हैसे गरेको फस्वरूप फिरिंगि आफ्नै देसमा फिर्ता गए । छिमेकीहरुले स्वतंत्र देसको स्वतंत्र नागरिक हुन पाये तर कहिले नमेटीने 'गुलाम' को पदलाई आज सम्म मेटन सकेका छैनन ।
गुणको बदला गुणले तिर्नु पर्छ भन्ने पुरानो उखान छ । 'जस्तो संगत' त्यस्तै फलले होला आफु स्वतन्त्र भएसी छिमेकिलाई पाएसम्म हड़पने नसके आफु मदारी बनेर छिमेकी नचाउने खेलको नतीजा छिमेकी सिक्किम देखि भूटान सम्मले देखि भोगी सकेका छन ।
भगवान पशुपतिनाथको देश र देस जोड़ने राजाहरुको चलाखिले गर्दा अंग्रेज देखि तिनका गुलामहरुले २०६४ साल सम्म नेपालमा सीधा धावा गर्न सकेनन तर अंग्रेजी नीति अपनायेर २००७ साल देखि आजको मिति सम्ममा पटक पटक अंतरराष्ट्रीय सीमा नाका थुनेर हैरानी भने दियेकै थिए र आज सम्म दिदैछन ।
राजा र राजतन्त्र भये सम्म नेपाललाई आफ्नो अधिनमा पार्न सकिन्न भनेर पश्चिमा शक्तिको साथ लिएर २०६४ मा राजतन्त्रलाई इतिहासको पानामा राख्न पनि सफल भएकै हुन ।
बिधार्थीहरु भनेका राजनैतिक पार्टीको शक्तिसालि हतियार हुन । राणा शाही फाल्न देखि लिएर पंचायत हुंदै प्रजातन्त्रको हत्या गर्न समेत बिधार्थिरूपि हतियारलाई सबै पार्टीले प्रयोग गरेकै हुन ।
पंक्तिकार आफै पनि बिधार्थी जीवनको भोगाई देखि सकेको हो र २०३६ साको बिधार्थी आन्दोलनमा भाग लिएको पनि हो तर २०३६ सालको बिधार्थी आंदोलन किन र के प्रयोजनको लागि कुन राजनितिक पार्टीले गरेको हो भन्ने कुनै जानकारी नै थिएन । अब अनुमान गर्न सक्नु हुन्छ राजनैतिक पार्टीका नेताहरुले शक्तिसालि अस्त्रको रुपमा बिधार्थी परिचालन गर्नुको कारण ।
२०४५ साल अर्थात पंचायती शासनको अंतिम ताका कांग्रेस तथा कम्युनिस्ट पार्टीका नेताहरूको आग्रहमा कहिल्यै ईस्ट हुन नसकेको दुस्ट छिमेकी भारतले महिनौ महीना बिभिन्न बाहना बनाएर सीमा बंद गराउंदा कांग्रेस तथा कम्युनिस्ट पार्टीका नेताहरुले बिधार्थी तथा मजदुरहरुलाई महंगीको बिरुद्धमा आंदोलन गर्न उक्साएकै हुन । आफैले सीमा थुन्न लगाएर आफैले ब्यबस्थाको बिरुद्धमा नाराबाजी देखि बिभिन्न प्रकारको बिरोध कार्यक्रम गर्न लगाउने पनि कांग्रेस तथा कम्युनिस्ट पार्टीका नेताहरु हैनन ?
त्यतीले पनि नपुगेर राजतन्त्र हटाउन ससक्त आन्दोलनमा सबै तप्काकाहरुलाई भाग लिन लगाउने राजनितिक पार्टीहरुले अहिले आफैले नाकाबन्दीको असर किन खेप्दैछन ?
नेपालमा अहिले पंचायती सासन छैन । राजतन्त्रलाई इतिहासको पानामा सिमित परिसके । पंचायत देखि राजतन्त्र हटाउन ज्यु ज्यान अर्पेर लाग्ने बिधार्थी, किसान, मजदुर देखि सरकारी नीमक खाने तर पार्टीको झंडा बोकेर आफ्नो सेवा र सुबिधाको लागी बंद र हड़ताल गर्नमा अब्बल राष्ट्रसेबक हरु सम्मले दिनहु नाकाबन्दीको सास्ति खेप्दा पनि बकुल्ले चरित्र देखाउदै घैर्य अपनाउन सक्नु पनि ठूलै बहादुरी हैन र ?
नेपाल उहिले सिक्किम हुन सक्थ्यो तर देस जोडनेका सन्तानले राष्ट्रको लागी ज्यान अर्पिंन तैयार हुने बीर तथा बफादार राष्ट्रबादीहरको साथ लिएर बैरिको अभिलाषा पुरा हुन दिएनन ।
देसमा अहिले राजतन्त्र पंचायत देखि प्रजातंत्र छैन । गणतंत्र लागू गरायेर नया संबिधान पनि लागु गराए तर पनि हिजो अंग्रेज धपाउन सहयोग गर्ने आफ्ना नजीकको छिमेकीलाई दुःख दिन छाड़ेका छैन ।गुणको बदला दिइने पुरस्कार यस्तै हुन्छ भनेर कांग्रेस देखि कम्युनिस्ट पार्टीका नेताहरुले भन्नु त परै जावस उल्टो आफूलाई दुःख दिनेको बिरुद्ध १ सब्द आवाज ननिकाल्नु भनेको यिनिहरु सबै बिदेसिका भरिया रैछन भनेर बुझने की नबूझने ? साथै २००७ २०२७, २०३६, २०४६ र २०६४ को आन्दोलनमा बत्तीको पुतली जस्ता बिधार्थी, मजदुर, किसान, कर्मचारी नामका ती पार्टीका बीर सिपाहीहरुले नाकाबन्दीको बिरोध नगरेर मुखमा भोटे ताल्चा ठोक्नु देसको लागी दुर्भाग्य हो ।

0 Comments:
Post a Comment