Sunday, October 04, 2015

मधेस आन्दोलन हो कि तस्करीको अखाडा ?

खांट्टी कुरा     October 04, 2015    

नयाँ संबिधानमा मधेसीको माग पुर्णरुपमा सम्बोधन नगरेको आरोप लगाउदै नेपालको दक्षिणी भेग तराईमा बस्ने मधेसी जनताहरुले गरेको आन्दोलन, बन्द हड्तालले ७ हप्ता नाघ्दै ८ हप्तामा छुन लागि सक्यो । मधेसीहरुको आन्दोलनलाई समर्थन गर्दै छिमेकी भारतले नेपालको सबै नाकाहरुलाई २७ देखि ४५ साले तरिका अपनाउदै सिमा थुनेको पनि आज हप्तौ हप्ता भै सकेको छ ।
अहिलेको यो मधेस आन्दोलन बाहिर हेर्दा हाम्रा नेपाली मधेसी नागरिकहरुले गरेको आन्दोलन हो भन्ने देखिएता पनि मधेसीहरु नेपाली नागरिक भए पछी नेपालमा बसेर आन्दोलन गर्नु पर्नेमा भारतको भुमिमा बसेर किन आन्दोलन गरे, यो प्रश्न सोध्ने बेला भयो कि भएन ?
उहिले देखि अहिले सम्म भारतमा बसेर आन्दोलन गर्ने हालको मधेसी दलहरु मात्र हैनन अहिलेका सत्ताधारी कांग्रेस देखि सबै कम्युनिस्ट पार्टीहरु पनि पर्दछन किनभने पन्चेत देखि प्रजातन्त्रको बिरुद्धमा आफ्नै देस बिरुद्द भारतलाई भनेर पटक पटक नाकाबन्दी गर्न लगाएको पनि नेपालको जनताहरुले पक्कै पनि बिर्सेका छैनन होला ।
मैले केहि दिन अगाडी मारवाडीहरुले सित्तैमा कसैलाई पनि खाना पानि खिलाउदैनन पिलाउदैनन भनेर ब्लग लेखेको थिए । मार्बाड़ीहरु ब्यापारी हुन र ब्यापारी भए पछी नाफा र घाटाको हिसाब खोज्नु स्वाभाविकै हो । आफ्नो फाईदाको लागी मधेसको आन्दोलनमा सिमा पारिका मारवाडी व्यापारीहरु अप्रत्यक्षरुपमा संलग्न रैछन भन्ने कुरा आज आएर पुस्टि भएको छ ।
नेपालको मुख्य बाणिज्यद्द्वार भनेर बिरगंजलाई लिन सकिन्छ भने बिरगंज संग सिमा जोडिएको नेपाल भारत नाका भनेको बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा पर्ने रक्सौल बजार हो र यहि नै नाका राजधानी काठमान्डौको सबै भन्दा नजिकको भारतीय सिमा नाका पनि हो ।
भारतको रक्सौल सिमामा बसेर आफ्नो ब्यापारिक धाक जमाउनमा मारबाडी ब्यापारीहरु अग्र पंक्तिमा पर्दछन । यिनै मारवाडी ब्यापारीहरु मध्येका केहि चतुर मारवाडी व्यापारीहरुले मधेसको आन्दोलनकारीहरुलाई चन्दा उठाएर खानि पानि खुवाएको समाचारले पनि नेपाल भारतको पत्रिकामा राम्रै स्थान पायो ।
बिहान देखि बेलुका सम्म सिमा नाका भारतको रक्सौलमा बसेर नेपाल बिरुद्ध नाराबाजी गर्नेहरु भनेका सिमा क्षेत्रमा बस्ने दुवै देसका नागरिकहरु हुन । यिनै सीमामा बस्ने नागरिकहरुको एक आपसमा रोटि देखि बेटी सम्मको साईनो छ भने यताको उता उताको यता बनेर दुवै देसहरुमा अवान्छित क्रियाकलाप गर्नु कुनै नया र नौलो कुरा हैन ।
तस्करीमा नेपालको बिरगंज तथा भारतको रक्सौल कहलिएको स्थान हुन । भारतीय देखि नेपाली काला ब्यापारीहरुको सामान ढुवानी गर्ने भनेका सिमानामा बस्ने गरिब तप्काका नागरिकहरु हुन । यिनै गरिब तप्काका नागरिकहरुले आफ्नो जम्मा पुंजी रक्सौलका ब्यापारीहरुकोमा धरौटी राखेर तस्करीको माल उठाएर नेपालको खरिददारहरुलाई बुझाउने गर्छन । पंक्तिकारले केहि बर्ष पर्सा जिल्लाको सिमाना बसेर काम गर्ने अवसर पाएको भएर यी कटु तथ्य पेस गर्ने हिम्मत गरेको हो ।
कामै नगरी आन्दोलनको नाममा भत्ताको साथ बसीबसी मिठो खान पाईन्छ भने नेपालीले हुन या भारतीयले गरेको आन्दोलनमा भाग लिनु सीमामा बस्ने ति गरिब नागरिकहरुको लागि चिट्ठा परेको सरह हुने भएकोले अहिलेको सिमा आन्दोलनमा प्राय यस्तै नागरिकहरु संलग्न हुने गरेको छन ।
दिनभरी रक्सौल सिमामा गएर आन्दोलनमा भाग लिएको जस्तो गर्यो । बेलुका सुत्नको लागी आफ्नो घर फर्किने बेलामा जर्किन भरि डिजेल पेट्रोल को साथ भत्तारुपी दाम समेत पाईने भएकोले सीमामा बस्ने नागरिकहरुले यस्तो आन्दोलन संधै होस भनेर भाकल गर्न समेत पछी पर्दैनन ।
सुजित महत बिरगंजमा बसेर लामो समय पत्रकारिता गरेका ब्यक्ति हुनुहुन्छ । पत्रकार महतजीले आफ्नो ट्वीटर एकाउन्ट मार्फत मधेसी नेताहरुले करोडौ रुपैया लिएर नेपालको उधोग संचालन गर्न व्यापारीको ट्रक सिमा कटाए । मधेसी जिल्ला नेताहरुले प्रति ट्रक ५ देखि १० हजार रुपैया लिएर भारत बाट नेपाल आउने ट्रक छोडेको भन्ने जानकारीलाई कृष्ण नाम गरेका व्यक्तिले गरेको ट्वीटलाई रि-टुईट गरेर आफ्ना शुभचिन्तक हरुलाई दिनु भयो भने पत्रकार मित्रहरुले हचुवाको तालमा पक्कै पनि खबरलाई ट्वीट देखि रि-टुईट गर्नु भएन होला ।

अब प्रश्न उठ्छ नाम नेपालका मधेसी जनताको तर मधेस आन्दोलनको नाउँमा रक्सौलको ब्यापारी मारवाडीहरुको धनमा नेपालमा बस्ने मधेसी जनताहरुको ईमान साट्ने अधिकार मधेस आन्दोलनका अगुवा राजेन्द्र महतो जस्ताहरुलाई कसले दियो ?
अहिले नेपालको बजारहरुमा ईन्धनको हाहाकार मच्चिएको छ ।
छिमेकि भारतले अझै पनि रक्सौल नाकाबाट पर्याप्त मात्रामा नेपात तर्फ ईन्धन पठाएको छैन तर कालाबजारी गर्नलाई रक्सौलको सिमा नाका कटाएर नेपाल भित्र्याएको ईन्धन तेब्बर चौबर दाममा बिक्रि वितरण हुदैछ र अन्य दैनिक सर सामान देखि औधोगिक कच्चा पदार्थ पनि मधेसी नेताहरुले दाम लिएर नेपाल भित्र्याउन दिएका छन भने पंक्तिकारले माथि उल्लेख गरेको भनाई पुस्टि भयो कि भएन ?
भारत सरकारले अझै पनि नेपालमा बस्ने मधेसी जनताको भलाई भन्दै यस्ता अप्रिय कदममा साथ दिन्छन भने बिस्वजगतमा भारतीयहरु भनेको बिस्वास गर्ने जात हैन । छल कपटमा भारतीयहरु अब्बल छन भन्ने सन्देस बिश्वजगतमा गई सकेको छ । यस्ता कुराहरु भारतका सासक देखि प्रशासकहरु समेतलाई थाहा नभएको हैन । संसारलाई देखाउन नाकाबन्दी गरेको छैन भन्ने भ्रम पार्न सिमा खोलेको देखाउदैछन तर नेपालमा अहिले सम्म ईन्धनको हाहाकार यथावत छ ।
रोटि र बेटीको साइनो देखाउदाइ नजिकको असल छिमेकी हौ भन्ने भारतले असल मित्रको परिचय दिन चाहन्छन भने कालाबजारीको नाईके ब्यापारी देखि भारतबाट नेपालमा बसाई सरेका अंगिकृत नागरिकताधारीहरुको उक्साहटमा यस्तो अप्रिय काम लाई सदाको लागी बन्द गर्नु पर्छ ।

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .