Saturday, September 13, 2025

नेपालको जासुसी संयन्त्र ध्वस्त भएकै हो ?

-जनक मान डंगोल ।
बि.सं. २०५४ सालको अन्तिम तिर तत्कालिन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईराला कर्णाली एअरको १२ सिटे हेलिमा हेटौडाको हु.प्र. चौरमा अवतरण गरे । सो समय मध्य क्षेत्र प्रहरी कार्यालय हु.प्र. चौरको भाडाको घरमा थियो । प्रहरी नायव महानिरीक्षकमा रुपाल समशेर ज.ब.रा हुनुहुन्थ्यो । प्रधानमन्त्रीले प्रहरी नायव महानिरीक्षक ज.ब.रा लाई प्रश्न गर्दै भन्नु भयो डीआइजी साब नेपालको ईन्टेलीजिन्स किन फितलो ? हिजो हामि अन्डरग्राउन्ड भएको बेला तपाईको पुलिस जहाँ पनि पुग्थ्यो । त्यो समय कांग्रेसको नेताहरु छिमेकी भारतमा लुकेर बस्थे । त्यसैलाई लक्षित गरेर उहाँको भनाई आएको थियो भनेर बुझ्न सकिन्थ्यो र उहाँको आसय त्यो बेला माओबादी बिरुद्ध चलेको किलो सेरा टु प्रति लक्षित थियो । ज.ब.रा साबले प्रत्युत्तर दिंदै भन्नु भयो हैन हजुर अहिले पनि हाम्रो पुलिस ईन्टेलीजेंसमा तगडा नै छ । २०४६ साल पछी नेपाल पुलिसलाई तहस नहस बनाउनेमा नेपाली कांग्रेस पार्टीनै पहिलो नम्बरमा थियो । कांग्रेस पछी बनेको अरु पार्टीको सर्खारले कांग्रेसकै नक्कल गरेका हुन । नियुक्ति देखि सरुवा बढुवामा गरिएको चलखेल पछी धातक हुन्छ भनेर सोचेको भए र देश र जनताको लागी राम्रो काम गरेको आजको दुर्दिन देख्नु पर्दैन थियो । यसै हप्ता जेन जी नामको युवाहरुले गरेको हिंश्रक आन्दोलनमा कांग्रेस पार्टीको सभापति देउवा देखि निजकै श्रीमती पररास्ट्र मन्त्री माथि गरिएको हमला, नेताहरुको घरमा गरिएको आगजनी र आगजनी गर्दा नेताहरुको घरमा भ्रस्टाचार गरेर थुपारिएको अर्बौको नगद सम्पती माथी आगजनी हुँदा जलेर खरानी भएको दृश्य छरपस्ट भएको छ । अहिले पंक्तिकारलाई हिजो स्व.गिरिजाले भन्नु भएको ईन्टेलीजेन्स अर्थात जासुसीको जह्ल्झाली आँखा अगाडी नाची रहेको छ । नेपाल प्रहरीको सम्पूर्ण ब्यबस्था ध्वस्त नबनाएको भए पंचायती शासनमा जस्तै गुप्तचरीलाई अझै आधुनिक तरिकाले परिचालन गरेको भए नेपालमा न माओबादीको जन्म हुन्थ्यो न जेनजीको आन्दोलनमा देउवा दम्पतिहरुले कुटाइ खानु पर्थ्यो । उही कम्युनिस्टहरुले भन्ने गरेको 'ध्वंस पछिको नयाँ निर्माण' लाई सम्झेका छन भने छिमेकी भारतमा जस्तै सरकारी संयन्त्र माथि हात नहालेकै बेस । रास्ट्र सेवक भनेको देश र जनताको सेवाको लागी गठन गरिएको । नेताहरुको चाकरी गर्नको लागी हैन ।

Monday, September 08, 2025

नागरिकको आवाज दबाउने काम राम्रो हैन

-जनक मान डंगोल 
निरंकुस र तानाशाहीमा कम्युनिस्ट पार्टी संसारमा अब्बल नै छ । यिनीहरु प्रजातन्त्र र लोकतन्त्रमा बिस्वास राख्दैनन । सत्तामा पुग्नको लागी यिनीहरुले गरेको क्रान्ति र सत्तामा पुगी सके पछी यिनीहरुले जनता माथि गरिने दमनको उदाहरणमा अहिलेको सत्तासिन पार्टी गतिलो उदाहरण बनेर देश बिदेशमा चर्चा बनेर छाएको छ । नेपालको लोकप्रिय बिधुतिय पत्रिका देश संचारमा २४ घण्टा भित्र प्रकाशित समाचारहरु मध्ये ने.क.पा एमालेको बिधान महाधिबेसनको समाचारको यो अंस हेर्नुस.... 
एमालेको विधान महाधिवेशन अध्यक्ष केपी ओलीको महत्त्वाकांक्षालाई अनुमोदन गरेर सकिएको छ ।  ओलीले नै आठौँ महाधिवेशनमा पेश गरेको ‘पार्टीको लोकतान्त्रिकरण गर्ने प्रस्ताव’ले एमालमा बहुपद, दुई कार्यकाल र ७० वर्षे उमेरहद राख्ने वैधानिक निर्णय गरेको थियो ।  अहिले आफ्नै पूर्व प्रतिबद्धताविपरीत ओलीले विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि बाटो खोलेका हुन्। पूर्वराष्ट्रपति एवं पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको नवीकरण भएको पार्टी सदस्यतालाई खारेज गरेर ओलीले तेस्रोपटक पनि अध्यक्ष हुने बाटो खोलेका हुन् । https://deshsanchar.com/2025/09/07/1089293/ 
जेनजी पुस्तालाई प्रधानमन्त्रीको धम्कीः कानुनबारे जानेकै होला https://deshsanchar.com/2025/09/07/1089154/ 
राणा शासनको समयमा राणाशाहीको अत्याचार सहन नसकेर देश भित्र प्रजा परिषद पार्टी खोलिएको थियो । जुन पार्टीलाई पिंजडामा कैद गरिएको राजालेर समेत गोप्यरुपमा समर्थन गरिएको भनेर ईतिहासमा लेखिएको छ । देशमा बिरोधको बिषयमा खोलिएको पार्टीलाई साथ र समर्थन दिनुको साटो बिदेसी भुमि छिमेकी भारतमा गएर कांग्रेस र त्यसको २ बर्ष पछी कम्युनिस्ट पार्टी खोलिए । कांग्रेस र कम्युनिस्ट पार्टीले आन्दोलन गरेर देशमा प्रजातन्त्र त ल्याए तर देशमा बिदेसिको हैकम मज्जाले चलेको पनि देखिएको थियो । यदि त्यो समयमा राजा महेन्द्रले कांग्रेस कम्युनिस्ट पार्टीहरु माथि प्रतिबन्ध नलगाएको भए आज नेपाल पनि सिक्किम जस्तै भारतको एउटा हिस्सा बन्न पुग्थ्यो । कम्युनिस्ट पार्टीमा लागेर शिर्ष पदमा पुगेपछि बाचुन्जेल पद छाड्दैनन । समय पुगे पछी नेतृत्व दोश्रो पुस्तालाई छाड्थे भने कम्युनिस्ट पार्टीहरु दर्जनौको संख्यामा पक्कै पुग्दैन थियो । आफुले पाएको पद नगुमोस भन्नको लागी जस्तो सुकै कदम चाल्न पनि पछी पर्दैनन भन्ने ताजा उदाहरण माथि देश संचार बिधुतिय पत्रिकामा छापिएको समाचारलाई पढे पुग्छ । संसारमा जहाँ पनि जब अन्याय र अत्याचारले सिमा नाघ्छ त्यस पछी सुरु हुन्छ आन्दोलनको आँधीबेहरी । यदि प्रधानमन्त्रीले सत्ताको उन्मादमा म नै राज्य म नै कानून हो भनेर सम्झेका छन भने अन्तिममा भनिने शब्द 'बिनासकाले बिपरित बुद्धि' मात्र हो । 
२०८२/०५/२३