Friday, March 29, 2019

भोलि दुर्घटना भयो भने त्यसको जिम्मा कसले लिने ?


-जनकमान डंगोल 
२०७४ माघ महिनामा आफन्तको शुभ बिवाहमा निम्तो मान्न जाने सिलसिलामा हेटौडाबाट  कुलेखानी जलबिधुत् आयोजनाको बाटो हुँदै काठमान्डौ जाने सिलसिलामा कुलेखानी जल बिधुत आयोजनाको बाँध ईन्द्र सरोवरको पुर्व पट्टिको डांडाबाट तस्बिर खिच्ने अबसर प्राप्त भयो पंक्तिकारले जुन स्थानमा बसेर तस्बिर खिचाएको थियो त्यसैको ठिक पछाडी पश्चिम दिशापट्टि रहेको ईन्द्र सरोवरको जलाशय माथि नेपालको पुरानो रोपवेको क्यारियर तुन्द्रुंग झुन्डिएर रहेको देख्न सकिन्थ्यो उक्त क्यारियर सोहि स्थानमा झुन्डिएर बसेको पनि आज २१ बर्ष भै सकेको छ जहानियाँ राणा शासनका तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम सम्बत १९८३/८४  सालमा मकवानपुर जिल्लाको पुरानो सदरमुकाम तथा एतिहासिक स्थान भीमफेदी नजिकैको धोर्सिंग देखि मातातीर्थसम्मको २२ किलोमिटर रोपवे (रञ्जुमार्ग) सञ्चालनमा ल्याएका थिए । यसलाई त्यो समयमा राणाकालीन यातायात साधनका रूपमा लिइन्थ्यो भारतीय सिमाना रक्सौलबाट अमलेखगंज-हेटौडा-भैसे-हुँदै भित्रिने सामानहरु लाई धोर्सिंग सम्म गाडीमा ल्याई त्यस पश्चात रोपवेबाट काठमान्डौ पठाउने गरिन्थ्यो । प्रतिघन्टा आठ टन सामान बोक्ने यो रोपवेलाई बि.स.२०२० सालमा स्व.राजा महेन्द्रले क्यानेडेली सरकारको सहयोगमा विस्तार गरेर हेटौंडादेखि मातातीर्थसम्मको ४२.३ किलोमिटरको दूरीमा सञ्चालनमा ल्याएका थिए । रोपवे सञ्चालनको दूरी बढेसँगै यसको क्षमता पनि दैनिक ढुवानी २५ टन पुगेको थियो ।

नेपालमा २०४६ सालमा दोश्रो पटक बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात राणा देखि राजाको शासन कालमा स्थापना भएको उधोग कलकारखानाहरुमा राजनैतिक पार्टीका नेता तथा तिनका पार्टीका बिस्वासपात्रहरुले राणा शासनलाई पनि मात दिने गरि हैकम जमाउन थाले बाँसबारी छाला जुत्ता कारखाना बाट सुरु भएको उधोग कलकारखानाको अधोगति अन्यमा पनि भाईरस जसरि फैलदै गएर अधिकांस उधोग तथा कल कारखानाहरु बन्द नै हुन पुग्यो जनकपुर चुरोट कारखाना देखि हेटौडा कपडा उधोगहरु देखि जान्ने साक्षीमा पर्दछन भने नेपालको सरकारी रोपवे सेवा पनि २०५४ सालदेखि बन्द छ ।
प्रजातन्त्र देखि लोकतन्त्र भनेको जनताको छोराछोरीहरुले जनताको प्रतक्ष्य मतबाट निर्वाचित भई सत्ताको साँचो हातमा लिएर देशको बागडोर सम्हाल्नु हो जनताकै छोराछोरी सत्तामा पुगेर सरकारी सम्पतिको दोहन गर्नमा राणा शाहीलाई मात खुवाउन पछी पर्दैनन भने हज्जारौ हज्जारको बलिदानी दिएर पटक पटक क्रान्तिको बिगुल फुक्नुको के नै अर्थ रह्यो र
अझै पनि आफुलाई प्रजातन्त्रको हिमायती हौ भन्नेहरु देखि गणतन्त्रको चर्को वकालत गर्ने कम्युनिस्ट पार्टीका नेताहरु राणा देखि राजाको बिरोध गर्न न्वारान देखि बल निकालेर कुर्लिदै छन उधोग धन्दा तथा कलकारखाना जो जसले खोलेता पनि त्यो जनताको हितको लागी खोलेका हुन त्यसलाई संरक्षण तथा सम्बर्धन गर्दै त्यो भन्दा बढी उधोग कल कारखाना खोलेर जनतालाई रोजगार दिनुको साटो निजीकरणको नाउँमा कौडीको भाउमा बेचेर आफु र आफ्ना आसेपासेलाई मोटाउनु भनेको नै प्रजातन्त्र देखि लोकतन्त्रको उद्धेश्य हो भने यस्ता अलोकतान्त्रिक ब्यबस्थाको जय किन भन्ने ?
नेपाल जस्तो पहाडी भूभागको लागि यातायातको सजिलो साधन भनेको रोपवे अर्थात रञ्जुमार्ग हो
बाताबरण जोगाउनमा पनि ठुलो भूमिका खेलेको रोपवेलाई सदाको लागि बन्द गरेर पार्टीका ठेकेदारहरुले सुन्दर पहाडी भूभागमा डोजर तथा स्काभेटर लगाएर कुरूप बनाउन छाडेका छैनन योजना बिनै त्यसरी खनिने बाटोको कारणले गर्दा भूक्षय भएर जनता बिस्थापित हुन्छ भन्ने ज्ञान तथा चेत कहिले पलाउला
रोपवे बन्द भयो तर बन्द गरिएको रोपवेको तार र सामान बोक्ने क्यारिएरहरु अहिले विभिन्न स्थानहरुमा बस्ने जनताहरुको शिर माथिको तरबार बनेर बसेको छ जुन दिन तरवाररुपी तारको लट्ठा र रोपवेको क्यारिएर जनताको थाप्लोमा बजारिएर जनधनको क्षेती हुन्छ त्यहि दिन मात्र बिरोधको आवाजमा ईन्कलाब घन्किने होला
प्रकाशित मिति: २०७५/१२/1