राणा शासनको
अन्यको लागि भन्दै छिमेकी भारतमा गएर २००४ सालमा खोलिएको नेपाली कांग्रेस पार्टीको संस्थापक नेताहरु मध्येको एक नेता स्व.बि.पी कोईरालाले कम्युनिस्टको
संगत गर्नु हुन्न भनेर भन्थे ।
बि.पी ले आफु बाँचुन्जेल कहिले पनि कम्युनिस्टहरुको संगत गरेनन । ठक्कर नखाए सम्म
मान्छेको बुद्धि पलाउदैन भन्ने उखान छ ।आफ्ना संस्थापक नेताले कम्युनिस्टको संगत किन
गरेनन भन्ने कुरा अहिलेका नेताहरुले बल्ल आएर बुझे होलान ।
नेपाली कांग्रेस
पार्टीको जन्मनै क्रान्तिको लागी भएको हो । राणा देखि पंचायती शासन सम्ममा नेपाली
कांग्रेसले पटक पटक संघर्ष गरेको थियो । बि.पी को देहान्त पछी
तिनका भाई जि.पी हरुले ४५
सालमा पन्चायत फाल्ने बहानामा सत्ता र भत्ताको लागि कम्युनिस्ट संग घांटी जोडे अर्थात लगन गाँठो कसे ।
आफ्ना संस्थापक नेताको भनाईलाई लात हानेको नतिजाले गर्दा हिजोको हिरो कांग्रेस अहिले जिरो बन्न पुगेको छ ।
कांग्रेस अहिलेको
स्थितिमा पुग्नमा देशलाई रसातलमा पुर्याएर परलोक सिधारेका स्व.गिरिजा मात्र नभएर
स्व.गणेशमान, कृष्ण प्रसाद भटराई, महेन्द्र नारायण निधिहरु देखि अहिलेका रामचन्द्र
पौडेलहरु पनि उत्तिकै जिम्मेवार छन । सौताको रिसले पोईको काखमा सुसू अर्थात पंचायत
फाल्ने सपना भन्दा अरु नदेख्दाको परिणामले गर्दा अहिले नेपाली कांग्रेस आर्यघाटको ब्रम्हनालमा
सुत्न पुगेको छ ।
बाउन्न घुस्सा
त्रिपन्न ठक्कर खाईसक्दा पनि अझ कांग्रेस चेतेको छैन । पुराना पुस्तामा अहिले
अग्रज नेता भनेका रामचन्द्र पौडेल हुन । पदको लोभमा गुटबन्दीमा रमाउने बाहेक तिनले
अरु केहि गर्न सकेनन । कांग्रेसलाई एक ढीक्का बनाउनु पर्छ भन्ने सोच पलाएको भए आफु
अभिभावक बनेर युवा नेताहरु अगाडी आउनुस । अब काँधमा काँध मिलाएर कांग्रेसलाई चार
सालको जस्तै शक्तिसाली कांग्रेस पार्टी बनाउनु पर्छ भनेर युवाहरु लाई भन्थे होलान
तर पार्टी सभापति र एक पटक भए पनि प्रधानमन्त्रि बन्नु पाए हुन्थ्यो भन्ने लोभ पालेका
बृद्ध नेता पौडेलले कांग्रेसलाई कसरि मार्गदर्शन गर्न सक्छ ?
हाम्रा बाजेले
घ्यू खाए । नपत्याए मेरो हात सुंघ भन्दा अहिलेको पुस्ताले अझै पनि पत्याउछ भनेर
कोरा सपना देख्ने कांग्रेसी बृद्ध नेताहरु हुन्जेल नेपाली कांग्रेस पार्टी उभो
लाग्दैन ।
पंचायती शासनको
समयमा भारत भास्सिन बाध्य भएको कांग्रेसी नेताहरु तत्कालिन भारतीय प्रधानमन्त्री
स्व.ईन्दिरा गान्धीको पेलाई तथा अपमान सम्झेर रन्थनिन पुगे पछी एमालेको चुनावी नारा
‘कुटे पनि आमै राम्रो पोले पनि घामै राम्रो’ भन्ने सैलिमा ‘मेलमिलाप’ भन्दै नेपाल
पसेका हुन । मेलमिलाप दिबस मनाउने चलन कांग्रेसले चलाएको हो ।
मेलमिलाप दिबस
देखि रास्ट्रीयता, प्रजातन्त्र र समाजवादको नारा कांग्रेसको पेवा हो तर अहिले
नेपाली कांग्रेसको शब्दकोशमा ‘रास्ट्रीयता, प्रजातन्त्र र समाजबाद’ भन्ने शब्दनै
छैन । भएको भए आफ्नो पार्टीको ब्यानरमा स्वर्ण अक्षरले कुँदेर राख्थे । प्रजातन्त्र
देखि समाजबादलाई दुई पैसामा निलाम गरेपछी रास्ट्रियताको कोरा नाराको के अर्थ । आज
त्यहि खोक्रो रास्ट्रबाद र समाजवादको नारा कम्युनिस्टहरुले गर्वको साथ बोकेर
हिंडेका छन ।
२०४६ साल पछी
उदाएको रा.प्र.पा पुर्व पन्चहरुको पार्टी हो । हरेक पार्टीको आफ्नो नारा हुन्छ ।
रास्ट्रियता, प्रजातन्त्र संगै उदारबादको नारा रा.प्र.पा ले बोकेर हिंडेको छ ।
२०६४ साल पछी कांग्रेसले कम्युनिस्ट संग मिलेर देशबाट राजतन्त्र फालेर धर्म
निरेपेक्ष बनाए । अहिले हिन्दु धर्म सहितको राजतन्त्र भन्दै रा.प्र.पा जनताको घरको
दैलो दैलोमा पुगेका छन । त्यति मात्र नभएर आज आएर रास्ट्रियताको सवालमा स्व.बि.पी
को भनाई अहिलेको समयमा सान्दर्भिक छ भन्दै मेलमिलाप दिबस रा.प्र.पा
ले मनाई सके पछी अब नेपाली कांग्रेस पार्टीको पोल्टामा के नै बाँकी रह्यो र ।
आर्काको बुलाकी
लायो भने नाक दुखाउछं भन्ने चेत पलाएको भए
नेपाली कांग्रेसले कम्युनिस्टहरु संग मिलेर गणतन्त्रको फुली पक्कै पनि लाउदैन थिए ।
कम्युनिस्टको लहलहैमा लागेर प्रजातन्त्र, हिन्दु धर्म देखि राजतन्त्रलाई लगेर
आर्यघाटमा पुर्याएको कांग्रेसका केहि नेताहरु यतिखेर पछुतो मान्दै झिनो स्वरमा
नेपालमा हिन्दु रास्ट्र हुनु पर्छ भनेर बर्बराउन थालेका छन तर आफ्ना जन्मदाताले
जसरि ‘राजाको गर्धन मुनि मेरो गर्धन माथि’ भनेर भन्न सकेका छैनन । यस्तो हुनुमा
बिदेसी निमकको कारण त हैन ?
यदि नेपाली
कांग्रेसले आफ्नो पहिचान राख्दै पार्टीलाई पुरानै साखमा पुर्याउने हो भने
गणतन्त्रको ललिपप चुस्न छाडेर एकै नारा र एकै विचारधारा बोकेको रा.प्र.पा संग
कुममा कुम जोडेर २०४७ सालको संबिधान फेरी लागु गर भनेर भन्न सक्नु पर्दछ । यदि बुढो
रुखका नेता देखि तिनका आस्थावानहरुले त्यसो भन्न सक्दैनन भने भिरबाट लड्न लागेको
कांग्रेसरुपी बुढो गोरुलाई रामराम बाहेक
अरु केहि भन्न सकिदैन ।
प्रकाशित मिति: २०७५/०९/१७ गते