रा.प्र.पा अर्थात
रास्ट्रिय प्रजातन्त्र पार्टी भन्ने बित्तिक्कै पुर्ब पन्चहरुको अखाडा भनेर
बुझिन्छ । दुइबाट एक भएको यो पार्टी पनि काँक्रो चिरेको जस्तरी चिरियर अहिले फेरी
दुई फक्लेटो भाको छ । त्यहि दुई फक्लेटो भित्रकाले पनि नाम दाम र शान देखाउन
नपाएसी पार्टी अध्यक्षलाई सराप्दै छाडेर अरु नामबाट पार्टी खोलेका छन ।
पुर्ब पन्चहरु भनेको
राजाको भक्त हुन त्यहि भएर हाम्रा महान कांग्रेस तथा कम्युनिस्टका नेता देखि
ठेटनाहरु समेतले 'मण्डले' को दर्जाले
विभूषित गरेर रा.प्र.पा का नेता तथा तिनका आसेहरुलाई बोलाउने र हेर्ने चलन छ तर
छेपारे चरित्र जाहांपनि भेटिने भएकोले हाल रा.प्र.पा (चुनाव चिन्ह हलोले) राजा र
राजतन्त्रलाई लात हानेर ‘जय गणतन्त्र’ भनेका
छन । जय गणतन्त्र भनेको राजा बिरोधि शब्द हो ।
गणतन्त्रमा राजतन्त्रको कुनै मुल्य र मान्यता हुन्न ।
५ जना मुन्छेहरु मिलेसी
पांच अर्थात पन्च हुन्छ भने नेपालमा पन्च भन्ने बित्तिक्कै १७ साले निर्दलीय ब्यबस्था अर्थात दलविहीन ब्यबस्था भनेर बुझछन तर
दक्षिणी छिमेकीमा भने पंचायती शासन मज्जैले फस्टाएको छ भने केन्द्रमा त ‘पंचायती राज मन्त्रि’ भनेर मन्त्रालयनै तोकिएको छ ।
निर्दल भनेको बिना दल
अर्थात एक्लो अर्थात दलविहीन । नेपालको
पन्चहरुको परिभाषा यत्ति हो भने बहुदल भनेको धेरै । अर्थोकमा नभए पनि अर्थ र नाम
अनुसार काम गर्नु पर्छ भनेर नेपालमा सब्द्को परिभाषाको ईज्जेत राख्न बर्षे च्याउ
जस्तरी पार्टीहरु खोलिएको हुन क्यार ।
२०४६ साल देखि २०५१ साल
सम्म एक्कादुक्का बहादुरहरु बाहेक अरुले सिना तानेर म भू.पु पन्चेहो भनेर हिम्मत
गर्न सकेनन । समय समयकि बातहे भन्ने हिन्दि उखान जस्तै बौदलेहरुको अगाडी थर्रर भका
खांटी पन्चहरु मुखा बुजो लाएर बसेका थिए । कहिलेकाही राजाको सवारी भयो भने न्वारान
देखिको बल निकालेर ‘श्री ५ महाराजधिराज सर्खारको जय’, हामि अन्यायमा परेम सर्खार भनेर बिन्ति बिसौथे तर आफै अन्यायमा परेका
राजाले तिनीहरुलाई के नै न्याय दिन सक्थे । झन अहिले त राजा पनि छैन तर पनि
निलम्बितमा परेका राजाले आफ्ना निवास छाडेर बाहिर निस्कना साथ पुरानै पाराले श्री
५ महाराजधिराज सरकारको जय जय भन्ने छाडेका छैनन । समय समयको कुरा यस्तै हुन्छनि
हैन र ?
हातको सबै अम्ला बरोबरी हुन्न । अबसरबादी सबै क्षेत्र, तह र तप्कामा नहुने कुरै भएन । पन्चेत हुन्जेल पन्चेतको गुणगान गाएर नथाक्नेहरु बहुदल आम्नासाथ दस्तुर माफिकको पार्टीमा गएर खांटी कांग्रेस तथा कम्युनिस्ट बनेको भएको पनि देखिएकै हो यस्तामा पन्चहरुमात्र नभएर राजाका सिन्दुर थाप्ने रास्ट्रसेवकहरु पनि थिए । नामनामेसी लामै छ । देखिए पछी बयान गर्नु जरुरि भएन ।
निर्दलका ठेकेदारहरुले
निर्दलको परिभाषा दिंदै सब्द्को ईज्जेत राख्नु पर्नेमा सब्द्को बलात्कार गर्दै
२०४८ जो चुनाउमा रा.प्र.पा नेपाल गाई र हलोको नाउँमा चुनाउ लडे । पन्चको शासनमा
नेपालमा बस्न नसकेका कांग्रेस देखि कम्निस्टका नेताहरु ‘जय भारत’ भन्दै भारतमा बस्न गएका थिए ।
भारतको हावाले भेटेको भएर होला हाम्रा कांग्रेस देखि कम्निस्टहरु आजकल जुटन र फुटन
बेर लाम्दैनन ।
हिजै कम्निस्टको खेदो
गर्ने पन्चमाराजहरुले कांग्रेस देखि कम्निस्टको नक्कल गर्दै जुटे, फेरी फुटे र फेरी जुट्ने नाटक गर्दैछन तर पशुपतिनाथ देखि श्री
५ महाराजधिराज मान्ने कि नमान्ने भन्ने विवादमा अड्केका छन । नाम मात्र पशुपति भएर
के गर्नु तिनै पशुपतिले अहिले धर्म निरपेक्ष देखि गणतन्त्रको जय भनेसी पुर्व
पन्चहरु कसरि एक हुन सक्थे । यिनीहरुको एकीकरण पनि स्याल हुईय्या मात्र रैछ भनेर
आज प्रमाणित भएको छ ।
जुट्ने र फुट्नेमा
नअटाएकाहरु अर्थात यहि पार्टीमा बसी राहे ठुला पदमा पुग्न सकिन्न भन्ने देखि लिएर
पार्टी भित्र टाउकेको बिरोध गरेको बापतमा बर्खास्तीमा परेकाहरुले खांटी पन्च भेला
गरे जुन पन्चभेला लाई पुर्ब पन्चेती मन्त्रि केशरबहादुरले अगुवाई गर्दै छन भनेर
तात्तातो सम्चार बिजुली भित्तामा पढ्न पाईदैछ । पन्च देखि कांग्रेस हुँदै फेरी
पन्च बन्न आएका केशर बहादुर बिस्टहरुले राजाको शासन फर्काउने सपना देख्दैछन । सपना
पुरा हुनलाई सबै दरबारे देखि तर्बारेहरु एकज्यान हे हम बन्न सक्नु पर्छ । शोषक र
सामन्ती संस्कार अनि राणाको हावाले भेटेको यिनीहरु कहिले पनि एक हुन जानेका छैनन र
हुँदा पनि हुँदैनन भने निलम्बित माहाराजको सपना कसरि पुरा गर्लान ।
केशर बहादुर बिस्टकाजि
पन्चेतमा खांटी माहापन्च, बौदल आयेसी खांटी कांग्रेसी, फेरी हिन्दु धर्म र राजतन्त्रको वकालत गर्ने रा.प्र.पा नेपालको अध्यक्ष
कमल थापाको यारी बन्दै गाई पार्टी प्रबेस । एक म्यानमा दुई तरवार हुन्न भन्ने
कहावतलाई झल्याँस्स सम्झे पछी आरोप प्रत्यारोप गर्दै पानि बाराबारको स्थितिमा
पुगेको पनि देखिएकै हो । अहिले कमल थापालाई धारे हात लाएर सराप्दै बृहत
रास्ट्र्बादी मोर्चाको सल्लाहकार बनेर महाराजको सपना कमल थापाले पुरा गरेन अब हामि
पुरा गर्छ्म भन्दै पुगेका छन ।
निर्दलको वकालत गर्ने
पन्चहरुको जमाते आज रा.प्र.पा हलो, गाई, लावती, बिस्ट, राजाबादी बृहद रास्ट्रबादी मोर्चा जस्ता नामहरुले चिनिन थालिएको छ भने
यिनीहरु कसरि देसभक्त रास्ट्रबादी भए ?
रास्ट्रबादी भनेको
रास्ट्रलाई माया गर्ने भनेर अर्थ लाग्छ । नेपालको प्राय सबै च्याउहरु पहिला
रास्ट्रबादीको ढ्वांग फुक्छन । जनताले माया गरेर हैसियत अनुसारको रोलक्रम तोकी
दिन्छन तर सत्तामा पुग्नासाथ बिदेसिको ताबेदारी गर्न थाल्छन भने ति कसरि
रास्ट्रबादी भए ?
यदि सच्चा रास्ट्रबादी हुन
र राजसंस्था देखि सनातन हिन्दु धर्मको जगेर्ना गर्ने अठोट लिएका छन र विश्वको
एकमात्र हिन्दु अधिराज्य नेपाल बनाउने संकल्प गरेका छन भने कनिका छरिएको जस्तरी
नछरिकन सबै एकजुट भएर एउटा मात्र पार्टी वा मोर्चा गठन गरेर त्यसैमा समाहित भएर जनताको
माझमा गएर जनतालाई सम्झाउन बुझाउन र चेतनाको दियो बाल्न किन सक्दैनन ?
प्रदेस दैनिकको भाद्र २९ गते बुधवारको अंकमा प्रकाशित
0 Comments:
Post a Comment