Home » » पढेर मात्र प्रतिक्रिया दिने गरौ

पढेर मात्र प्रतिक्रिया दिने गरौ

Written By खांट्टी कुरा on Wednesday, August 03, 2016 | August 03, 2016

-जनकमान डंगोल
स्व.जगजित शिंहलाई छिमेकी रास्ट्र भारतको आधुनिक गजलको जन्मदाता पनि भनेर भन्छन । गजल गायनमा आधुनिक बाधयन्त्रको प्रयोग गर्ने चलन स्व.शिंहलेनै चलाएका हुन ।
स्टेजमा गजल पस्किनु भन्दा पहिला आफ्ना सदस्यहरुको नाम र कामको विवरण दिन पछी पर्दैनन भने गजलको मर्म नबुझेर बेमतलबको हल्ला गर्ने हल्लाबाजरूलाई चुट्किला देखि व्यंग्यको माध्यमबाट खुत्रुक्कै  पार्न पनि बेर लाम्दैनन ।
गजल सुन्न एकाग्रता चाहिन्छ । एकाग्रता भएन भने गजल सुन्नुको कुनै अर्थ हुन्न । गायकले गाउँदै गर्दा निस्किने सब्द र सुर अनि त्यसमा मिसाईएको धुनहरू सुनी सके पछी मनबाट अचानक फुट्ने शब्द हो ‘वाह वाह वाह वाह’ 
..
सरकती जाएहे रुखसे नकाव आहिस्ता आहिस्ता  
निकलता याद आराहाहे आपका आहिस्ता आहिस्ता
..

कुनै एक समयमा स्व.शिंहले स्टेजमा आफ्नो प्रस्तुति दिंदै थिए । प्रस्तुति दिनु भन्दा अगाडिनै हल्लाबाजहरु उफ्रिन कराउन थाले । स्टेजमा निस्किएको ध्वनिले त्यस्तै पुस्टि गर्छ । गजल गाउन सुरु भई सके पछी बिचमा हल्लाबाजहरुले हल्ला गर्न र सिठी बजाउन थाले पछी स्व. शिंहले धुनको साथमा भने तपाईहरुलाई देख्दा मलाई एउटा चुट्किलाको सम्झना आयो । मैले जस्तै गरि एक जनाले गाई रहेको थियो । गाउँदै गर्दा हल्ला गर्न सुरु गरे । बुझेनन् भनेर सेर दोहर्याए । फेरी अगाडीबाट आवाज आयो फेरी सेर दोहर्याए । फेरी अगाडिबाट आवाज आयो । गायकले पहिलाकै भाकामा सेर पढे । त्यस पछी फेरी आवाज आएको देखे पछी गायकले भने दर्शक महानुभावहरु मलाई आर्को पनि सेर पढ्न त दिनुस । फेरी दर्शक दिर्घाको अगाडीबाट आवाज आयो जबसम्म तपाई सुरमा पढ्नु हुन्न हामीहरु यस्तै गरि अगाडिबाट बोल्दै गर्छ्म ।
 ..
यो पंक्तिकार स्व.जगजित शिंह जस्ता महान गायकको हजारमा १ भाग पनि छैन । नभए पछी महान गायक संग दाज्न खोज्नु मुर्खता हो । कुनै पनि समसामयिक बिषयमा लेख रचना लेखि सके पछी निजि ब्लग तथा साईटहरुमा प्रकाशित गरेर प्रिय पाठकहरुले पढ्नु होला भनेर twitter, Facebook, google+ Linkden जस्ता सामाजिक संजालको भित्ताहरुमा छोटो विवरण सहित लिंक राख्ने गर्छु ।
लिंकमा शिर्षक सहित केहि शब्दहरु हुन्छ तर त्यतिले मात्र भन्न खोजेको के हो भन्ने कुरा प्रस्ट हुन्न । प्रस्ट हुनलाई लिंक खोलेर सम्पूर्ण लेखाई पढ्नु पर्ने हुन्छ ।
हाम्राकतिपय मित्रहरु शिर्षक र सानो विवरण देख्ना साथ क्रिया प्रतिक्रिया ब्यक्त गर्न थाल्नु हुन्छ । मैले माथिनै स्व.जगजित शिंहको उदाहरण प्रस्तुत गर्नुको कारण पनि यहिनै हो ।
जसरि एकाग्र मनले गीत/गजल सुन्दैनौ तबसम्म गीत/गजलको आनन्द लिन सकिदैन हो त्यस्तै गरि जब सम्म पाठकहरुले लिकं खोलेर पुरा लेखोट पढ्नु हुन्न तबसम्म भन्न खोजेको रैछ भनेर कसरि बुझ्न सक्नु हुन्छ ?
गायक तथा गायिकाहरुले गजल तथा गीत गाउँदा हल्लाबाजहरुले साईसाई र सुईसुई गर्दै सिठी फुक्न थाल्छन भने आवाज कसरि सुन्न सक्छन ? जब आवाजनै सुन्दैनन भने भन्न गीत गजलको मर्म कसरि बुझिन्छ ? बिजुली भित्ताहरुमा लेखिने लेखाई पनि त्यस्तै हैन र ?
सम्पूर्ण पाठकहरुमा सानो अनुरोध गर्न चाहन्छु । पहिला लिंक खोलेर पढी दिनुस । ठिक छ भने लाईक बटन थिचम अनि ठिक छैन भने कमेन्ट गर्ने ठाउँ त साईट डेभलपरहरुले बनाई दिएको छ नि हैन र ? गल्ति लेखेको भए माफी चाहन्छु !

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger