Tuesday, August 19, 2014

लघुकथा -फाइदा !

खांट्टी कुरा     August 19, 2014    

साढे नौ कप चिया पि'सकेपछी मैले साहुजी लाई अर्को एक कपको अर्डर गरे!

"होइन भाई, गर्मी को मौसम छ अनि त्यस माथि दश कप त भै सक्यो... म अरू चिया बनाउन सक्दिन या भनौ अब नपिउनु होस् !" उनले असमर्थता देखाए आत्मीयता पोतेर! उनी आफन्त झै पो देखिए... हो त्यस पछी चै मैले घर छेउको भट्टी वाल्नी संग बोलचाल र आवत जावत कम गरे! बाइस बाइस गिलास ठर्रा घुट्क्याउँदा पनि कैले ख्याल गरिन... मेरो ज्यानको!

चामलको मही बेच्ने को मन पनि देखियो!
खासमा म उनको प्रतीक्षामा थिए, बाटोमा यसै उभिनु भन्दा पसलमा बस्नु उपयुक्त लाग्यो... फेरी पसलमा यतिकै बस्नु पनि मिलेन.. उनको ढिलाई ले कप को संख्या बढ्दै थ्यो!
झन्डै अफिस टाइम को तीन घन्टा पछाडि उनी निक्लिइन्! मैले मुटुलाई जोरले समाते अनि एकशय साढे पन्ध्र शब्दको प्रेम पत्र निकाले ..जस्लाई परफ्यूमले नुहाएर राखेथे!

उनको नजिक पुग्नु अगावै पछाडि बाट कसैले धाप मार्यो.. "देव जी घर जानु भा'छैन?" प्रश्न सहित !
पछाडि फर्केको त बोस् डाँका ... अनि उनी पनि नजीक आइपुगीन, "सुन्दर कत्ति ढिलो गरेको तिमीले.. अहो! देव जी तपाईँ पनि ?" उनले एकातिर प्रेमील गुनासो अनि म तर्फ आश्चर्य फ्याकिन!

बोस् लाई तिमी संवोधन गरे पछि मैले कुरा बुझिहाले..अनि बोसको प्रेमील माफी अनि चाकान चुकुन के के हो के के.... दिमाग खराब!

प्रेमपत्र सहिद हुन सकेन न विजयी नै, "कति भयो दाई चियाको ?" म उनीहरू संग छुट्टिए की म संग उनीहरू ..यादै भएन!

"अब चियाको त पाँच रुपियाँ हो हजुरले थुप्रै पिउनु हुदोरैछ तीन रुपियाँको हिसाबले ३० दिनुन!" साहुजी फेरी नजिक आए!

जे होस् नाफाको बिस रुपियाँ लिएर ट्याम्पो कुर्न उभिए तर आफ्नै ठेगानको पचासौं ट्याम्पो ओहर दोहर गर्दा पनि मैले चढिन... किन किन!

गाडी हरूको आवत जावत बन्द भए पछि चै म एघार नम्मर गाडीमा थिए.. स्मरण रहोस् , एघार नम्बरको गाडी पनि पासाको भट्टीमा पन्चर भएको!

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .