१९ बर्ष ३ महिना ७ दिन सम्म हाड़ घोट्दा पनि केहि सिप नलागेर नेपाली कागजमा
पाइलट पेनले "घरायसी समस्या दर्साउँदै कोहि कसैको कर कापमा नपरी यो
राजिनामा पत्र पेस गरेको छु त्यसैले स्वीकृत गरि पाउँ ! झुट्टा ठहरे कानून
बमोजिम सहुला बुझाउला" भनि दायाँबायाँ बुढी औंलाको ल्याप्चे ठोकेर २०४६
साले प्रजातान्त्रीक सरकारलाई राजिनामा दिएको पनि आज ९ बर्ष काटेछ ! संचय
कोष त पहिला नै पटक पटक गरि झ्वाम बनायेसी के नै बचेको थियो र ! त्यहि
पाउने भनेको संचित बिदा र औषधी उपचारको पैसो !
एक लाख बाउन्न हजार आएछ त्यत्रो बर्ष हाड़ घोट्या ज्याला ! साथै बर्षको १३ चोटि पाउने हण्डी (पेन्सन) दांत कोट्याउन पनि नपुग्ने ! ऋण धन काटेर लागियो डोरी लाहुरे बन्न ! मलेसिया जानेलाई डोरी लाउरे भनेर न्वारान गरेका रैछन ! लेख्न र दुख पोख्न मन लाग्छ तर पापी लामखुट्टेले सुइ घोचेर बसी खान नदिने ! दुख्या मुला लाइ जाहाँ गए पनि दुखकै भारि ! राति उपरखुट्टी लगाएर सुत्ने कसरि हो त्यो बिर्सी सकियो भने पनि हुन्छ ! नसा लाग्न लाइ मदिरा घुट्क्याउन नपर्ने ! १३ घण्टाको जाग्राम पछी ओल्लो भित्तो पल्लो भित्तो गर्दै बिहान कोठा पुगिन्छ ! भगवान भोलेको आसिर्बाद र खम्पे मालीकको कृपाले यो अभागी बज्जे गोर्खेले 'गुड' चैँ सानदार नै भेट्टाछ ! अफिसको गेस्टहाउस त्यहि पनि तँ के धर्म मान्छ्स भन्दा म बुद्धिस्ट हो भन्या वापतको ज्याला ! नेपाली भनेसी बुद्धिस्ट भन ठान्दा रैछन ! अरु बिदेसी इन्डोनेसियन दोस्तहरुत टहरो जस्ता घरा सुकला गर्छन !
धर्मको मामलामा हामि गोर्खे भन्दानी कडा खम्पे हरु ! ठ्याक्कै हाम्ले जस्तो गरि मान्ने ! भगवान भनेको सबै एउटै हुन क्यार भनेर बिहान बत्तिको पालामा तेल थप्दिने, अगर बत्ति बाल्दिने र मन्दिर पुछपाछ गर दिन्छु ! याँ मानको भुडी पल्टा लामो दारी पाल्या देउता ! नेपाला सोध्या मार्फीन बुद्धरे भन्दा रैछन ! घडी पला तिथि मिति हेरी चिया फाल्फुल बिस्कुट देखि जुसको घुस समेत टकराउने पर्ने खम्पे भउवानलाई ! आमैले बेला बेला भन्छिन 'पुजा गर तलाई चैनिज भाषा आउंदैन त्यसैले मले भाषामै फलाकेनी हुन्छ' भनेकी छिन ! मैले पनि एक दिन जिस्केर 'बोले बोले' भन्दिए ! बोले बोले भनेको मले भाषा हुन्छ हुन्छ भन्या ! बिहान सधै खम्पे भगवान संग मेरो एउटै प्राथना हुन्छ ! "हे भगवान हाम्रा नेताहरुले सप्पै उतै खम्पे काम कुरा (चाइनिज सिस्टम) सिके ! अहिले फेरी उतैको जस्तो साँस्कृतिक क्रान्तिको नाउँमा रगतको होलि खेल्न खोज्दैछन ! प्रभु इनिहरुलाई सद्बुद्दी प्रदान गर भन्छु ! प्रभुले यो मुला गोर्ख्या पुकार सुनेर नै होला अस्ति एकताका बैध्य बालाइ उता ट्यांनटर म्यान्टर गर्न बोलारे ! सुन्दैछु मिडियामा बैध्यबात उता गएर आयसी निकै जाति हुनु भाको छ रे ! अब देखि मेरो अगाडी जात जातिको कुरा नगर ! सबै जातजाति एक हौ ! नेपाली नेपाली मिलेर बस्नु पर्छ ! संघियेता र जातीय राज्य लाइ गोलि मार भन्नु भा छ रे ! कस्तो लाग्यो त मेरो प्राथना ! तपाइँ हरु पनि त्यस्तै गर्नुस है ! देउता भनेको सबै एउटै हो ! तर ति कुइरे माम्पाका हरुले मात्रै कुरा नबुझेर पैसो दिंदै हाम्रो धर्ममा लाग भन्दै हिंडेका छन इडियट्स् !
*जय भोले नाथ .. बुद्धम सरणम गच्छामी.. हिन्दू मुस्लिम सिख इसाई .. हामी सबै हौ भाइ भाइ ... सबै धर्मको जय होस *

No comments:
Post a Comment