Sunday, February 24, 2013

कतिन्जेल सम्म जनता र कार्यकर्तालाई बेकुफ र उल्लु बनाउछौ ?

Add caption
संसारभरी नै फेल भै सकेको लाल सलामको खेति नेपालमा चैँ राम्रो संग फस्टाउदै छ ! पार्टीको पछी र नेताको गुलामी गर्ने हो भने त सबै भन्दा उत्तम सासन त राणाहरुकै थियोनि ! फरक त्यति हो राणाजी हरु लाइ आइस्योस भन्नु पर्थ्यो भने कम्युनिस्ट हरु लाइ पर्दैन ! राणालाइ स्वस्ति, दर्शन प्रभु भन्न पर्थ्यो भने ठुला कम्युनिस्ट हरुलाइ मुठी पर्या हात माथि उठाएर लाल सलाम भन्नु पर्छ भने के फरक छ ?
ति पनि तानाशाह यी पार्टीका नेताहरु पनि तानाशाह ! तिन्ले पनि चौरासी व्यंजन खान्थे र इनले पनि खाइ रहेका छन ! तिनले त बरु दास लाइ अमलेख गरेर बसाको हुनाले ठाउको नाम नै अमलेखगंज भाको थियो ! अंग्रेजलाइ जी हजुर गरेर भए पनि गुमाको धर्ति मध्येकै बाँके बर्दिया, कैलाली र कंचनपुर नामको ४ जिल्ला फिर्ता ल्याका थिए तर यी कम्युनिस्ट भन्ने हरु उल्टो देशलाई नै धमिरा जस्तै गरि खाएर खोक्रो बनाउदै छन ! त्यतिले नपुगेर देशलाई नै सिक्किमीकरण गर्न पछी हटेका छैन ! झण्डा त्यहि हो रातो रंगको अनि लोगो त्यही हो हसिया हथौडा ! छिमेकि देशको नेता लाइ गुरु थापेका छन तर छिमेकि देसले पनि पुरानो विचारधारा लै बिस्तारै छोड्दै अब समाजबादमा जाने तरखर गर्दै छ भने कतिन्जेल सम्म जनता र कार्यकर्तालाई बेकुफ र उल्लु बनाउछौ ? नेपाल भरका सबै कम्युनिस्ट पार्टीका नेताहरुले नेपालका जनतालाई यसको गतिलो र चित्तबुझ्दो जवाफ दिन सक्छन ?

No comments: