Latest Post

Showing posts with label च्वास्सचुस्स. Show all posts
Showing posts with label च्वास्सचुस्स. Show all posts

खाँटी भाका गाम्दा किन रोईलो ?

Written By खांट्टी कुरा on Thursday, August 05, 2021 | August 05, 2021



दुर्गेस थापा गाईनेले प्रत्येक साल तिजको तीत गाम्छ्न । तिनले गा गीत 'अर्थ न बर्थ गोबिन्द गाई' जस्तै हो तर पनि धेरैले सुन्छन तर महिला दिदि बैनीहरुको गीतमा यी छाडा बोकाहरू उफ्रेको चै फिटिक्क नस्वामने । उही जोक्कर धुर्मुसेको 'खै के खै के' जस्तो ।

ख्याँसले गा को गीत दिम्सो हैन साँझ र संसरबार सुन्न आनन्द आम्छ । कुरो बुझ्नु भो होला हैन । नबुझे को को ख्याँस ख्याँस । नपत्याए हेर्नुस ...


ख्याँसको अर्थ धेरै हुन्छ । जसरि नेपालि हाँस्य व्यङ्ग्यको महारथी स्व. भैरव अर्यालको आलु जे मा पनि मिसाम्न मिल्छ त्यस्तै त्यो ख्याँस भन्ने जिनिस पनि जे मा पनि मिसार बोल्न मिल्छ ।

जस्तै कुनै केटाले म त्यो केटिलाई मोहनी लार छाडछु भन्यो तर आर्कोले नापिस मुला देखि ख्यांसीस झ्याक्ने भन्दिन्छ । के नापिस ? के ख्यांसीस ? जिमु...झ्याक्ने सुन्दा अस्लिल तर यो नेपाली खाँटी काँठे भाका हो भने गाईने दुर्गेस कौरेटलाई लोक दोहरीको ठेक्का लिएका म्याठास्नी ठेकेदारहरुले बहिष्कार गर्छु भनेर धम्क्याउनु को के अर्थ ?

खाँटी कुरा डाम्देको छु ! रिसाउ वा खुसाउ ! के को ट्यांस ट्यांस

‘राजा सहितको प्रजातन्त्र स्थापना गर’

Written By खांट्टी कुरा on Saturday, August 22, 2020 | August 22, 2020

चुनाउ आम्दैछ त्यो भन्दा पैला महाधिवेसन नगरी सुख: छैन । लोभी पौडेल, ईर्ष्यालु सिटौला घमण्डी देउवा देखि तिनेरुका चेला गनगनहरुले राजा मान्दैनन । कांग्रेसी बुढाहरु र तिनेरुका संगता परेकाले समेत ईमान जमान धर्म संस्कृति बेचि खाए ।

 

अब देश र कांग्रेस बचाउने हो भने अहिलेका गधा पच्चिसी उमेरका जोशिला कांग्रेसीहरुले

हिन्दु धर्म, संस्कृति मास्न पाईदैन

गद्धार नेताहरु चाहिदैन

हाम्रो राजा हाम्रोदेस

प्राण भन्दा प्यारो छ

राजा सहितको प्रजातन्त्र स्थापना गर

२०४७ सालको संबिधान लागु गर

बि.पी गणेशमान किसुनजिको सपना पुरा गरौ

भन्दै यूवा अगाडी आउनै पर्छ ।

यति गर्न सक्दैनन भने कांग्रेसीहरुलाई ‘जय नेपाल’ भन्ने अधिकार पनि छैन ।

मगन्ते

Written By खांट्टी कुरा on Friday, August 21, 2020 | August 21, 2020

-जनकमान डङ्गोल 

माग्ने अर्थात मगन्ते भन्नाले आफ्नो जीवन धान्न वा बाच्नको लागि अर्काको घर दैलो दैलोमा चाहर्दै याचनाको साथ भिख मागेर गुजारा चलाउने व्यक्तिलाई भनिन्छ । मगन्तेको कुनै घर वा बासस्थान को साथसाथै पहिचानपनि हुँदैन ।

हाम्रो देशमा बितेका केहि बर्षहरु देखि छुट्टै किसिमको मगन्ते देखिन थालेको छ । बासस्थान छैन भनौ भने महलमा बस्छन । महलमा बस्नेले खाने चौरासीव्यंजन हो भने लगाउने पोसाकको त झन् के कुरा गराई भो । महलमा बसी सके पछी पाउकस्ट गर्ने कुरा पनि भएन । यस्ता आधुनिक विकासे मगन्तेलाइ नेपालको जनताले राजनीतिक पार्टीको नेता देखि तिनका नजिकका कार्यकर्ता भनेर चिन्ने र जान्ने गरेका छन ।

यी राजनीतिक मगन्तेहरु पनि बडो उल्का र अचम्मका हुन्छन । यिनले माग्ने भिखको तौरतरिका छुट्टै हुन्छ । पहिलो चरणमा प्रेमीले प्रेमिकालाइ पठाउने पिरिम पत्र जस्तै गरि पार्टीको निला, राता, हरिया, पहेला आदि इत्यादि रंगको कागजमा कम्प्युटरे टाइपमा अति कलात्मक बुट्टा खिपेर चिट्ठी पत्र प्रदान गरिन्छ । पेट बोलीमा देस र जनताको आमुल परिवर्तनको लागी यहाँको तर्फ बाट सानो सहयोगकोअपेक्षा गरेका छौ। त्यो सानो भनिएको याचनाको  रकम कम्तिमा लाख देखि करोड सम्मका हुन्छन

भीख आए ठिकै छ । यदि नआए दोश्रो चरणमा आदेशको पालना किन भएन भनेर तरताकेता गरिन्छ ।  ज्यु रहेपो खान पाइन्छ घ्युभन्दै पैसोवाल दाताले हजुरको हुकुम सर आँखो पर माइबाप हजुर । श्रीमानको जो निगाहा । गरिबको दैलामा सहयोग लिन सवारी होस भनेर खबर पठाउछन । साँच्चिकै मगन्ते  पाउकस्ट गर्छन भनेराजनीतिक भिखारी जापानमा बन्या प्राडो देखि घटिमा छिमेकमा बन्या बोलेरोको यात्रा गरेर भिख थाप्न जान्छन ।

यस्तै गरि भिख बटुलेर हिजोका ति भिखारीहरू घटीमा पनि बायुपंखी घोडा चढ्ने भै सकेका छन भने तिन्का घांटीबाट कास्मिरी बासमती भन्दा अरु छिर्न छोडी सकेको छ । हाच्छ्यु मात्र आयो भने पनि लौ स्वास्थ्य गडबडी भो भन्दै आकासे एम्बुलेन्स बोलाएर उपचारको नाउँमा हनुमाने फौज लिएर गएको पनि देखिएकै हो ।

चिनिधेरै खायो भने तितो हुन्छ भन्ने उखानलाई अङ्गीकार गर्दै एकैनासको कार्य गर्दा बोरिंग फिल हुन्च्चरे भनेर मगन्तेहरुले आजकल भिख माग्ने नयाँ तरिकाको आविस्कार गरेका छन । जसरि सर्खारले ठेक्दारको वा उधोगपतिको काम र दामको आधारमा बिदेसिको भाखा भन्ने क्याटेगरी नामको बर्गिकरण गरेको हुन्छ त्यस्तै गरि राजनीतिक भिखारीहरूले पनि क, , , घ गरेर चन्दा नामको भिखको बर्गिकरण गरेका छन । अब कुन कुन दाता कुन कुन श्रेणीमा पर्छन त्यो समेत बुझ्ने र बुझाउने सम्मको काम कार्य भै सकेको छ ।

बेपार ब्यबसाय गर्ने लाइ बेपारीभन्छन र यी बेपारिको मनमा हरि हुन्न । जहाँबाट जता बाट सुकर्म/कुकर्म गरेर भए पनि पैसो भने कमिनु पर्यो । हातमा कचौरा लिएर दैलामा आउने खाँट्टी मगन्ते देखि देखि लिएर प्राडो, पजेरो र बोलेरो लिएर आउने सम्मलाइ यिनीहरुले असर्फी  बर्साउने गर्छन,

तर,

बिदेसी माईबापको कृपाले पाएको प्रजातन्त्र देखि गणतन्त्रसम्म आइपुग्दा बेपारी देखि ठेकेदारहरु पनि धेरै परिवर्तन भै सकेका छन । हिजो पन्चेको पालामा दैलोमा उभिएर कचौरा हल्लौनेलाई सुका मोहोर दिन्थे । तिन्का सच्चा हृदय देखि दिएको अशिख लागेर बेपार ब्यबसायमा मनग्गे कमाउथे । आफ्ना कामदारलाई कुस्त बोनस दिन्थे र धार्मिकदेखि सामाजिक कार्यमा समेत उत्तिकै दत्तचित्तले लाग्थे ।

समयले पल्टा खायो । अहिले त्यस्तो छैन । कर्मचारीलाई बाड्ने बोनस देखि लिएर धार्मीक तथा सामाजिक कार्यमा खर्चिने दाङ दातब्यको लागी भनेर छुट्याईएको ति पैसो राजनीतिक भिखारीहरू लाइ दिंदैमा फुर्सद छैन । सायद यसैलाई भनिन्च्च क्यारगाइ मारेर गधा पोस्ने’ !

प्रकाशित मिति: २०७७ भाद्र ०५ गते शुक्रवार

कुमाईको घुमाई

Written By खांट्टी कुरा on Thursday, July 02, 2020 | July 02, 2020

-जनकमान डङ्गोल

हाम्रो उत्तरी सिमानामा हिमाल पर्च्च भने त्यसैको पारिपट्टि जिंगपिंगहरुले कब्जा गरेको भोट भन्ने तिब्बत  हिमालबाट उदाम्दै गरेको सुर्जे नाराण चुनाप चिन्ह राखेर संजीवनी जल छर्केर हिमाली घामे नामको एमाले पार्टी दर्ता गरेरे ।

तस्विर साभार: अनलाईन खबर डटकम 

दक्खिने छिमेकको कलकत्तामा गएर छ सालमा नेपाल कम्निस्ट पार्टी दर्ता गरेकाहरुले १३ साल नबित्दै १३ टुक्रा बनाएर कम्निस्ट पार्टी भाग लगाएकै हुन । बिचार मिलेन भन्दै आफ्नै पार्टीका नेतालाई 'गद्धार पुष्पलाल' भनेर न्वारानेकै हुन ।  बिस्वास लाग्दैन भने गुगल गर्नुस तिन्कै पार्टीको चुनाप चिन्ह घाम जस्तै छर्लंग हुन्च्च ।

जनताको लागी भनेर जनयुद्ध गरेका धनपतिहरु जनयुद्ध पछी टुक्राटुक्रामा छरिए । किन छरिए ? छरिनेहरुनै जानुन तर जनताहरुले प्रश्न सोध्ने कस्ट पनि गरेनन ।

अहिले नेपाल मण्डलमा दुई तिहाईको कम्निस्ट सर्खार छ । नाम मात्रको प्रतिपक्षको पद कांग्रेसले सम्हालेको छ भने अरु भुरे टाकुरे पार्टीहरुको के गणना गराई भो ।

कम्निस्टहरु जुटन जान्दैनन । जानेका भए तिनीहरुले पन्चेती सर्खारको पालामा जन्ता जगाउने गरेको गित  'रक्त क्रान्तिको ज्वालामुखीमा' भन्दै  'आउ मिलाउ हातहरु' भनेर देस बिकासको काममा जुट्थे होलान ।

पोईसो कमाउन भ्रष्टाचार गर्नु पर्च्च । के कति कुन कुनमा भ्रस्टाचार भो नालीबेली खबरेहरुले बेली बिस्तार लगाई सकेका छन भने अरु थप के बयान गर्नु पर्यो ।

नयाँ पार्टी होस वा कोमामा पुगेको त्यसलाई संजीवनी जल छर्केर फेरी ब्युताउन धन र वल चाहिन्छ । कम्निस्टहरुले एक पटक पद पाए भने बाँसको हेलीकप्टर चढेर आर्जेघाट नपुगे सम्म छाडदैनन । यता होस वा उता देखिएको सत्य घटना यहि नै हो ।

अहिले दुई तिहाईको सर्खार र दुई तिहाई हाक्ने पार्टीमा जनयुद्ध नामको खेल खेलेका महारथीहरू छन । मुन्छेलाई कसरि पासो (याम्बुस) मा पार्ने कला जानेकाहरुले त्यस्तो कला नजानेको प्रधानमन्त्रीलाई कसरि याम्बुसमा पार्ने भनर घनिभूतरुपमा छलफल गर्दैछन ।

१० न्वाकोटे बराबर १ स्याउँलाजी अनि १० स्याउँजाली बराबर १ झापाली भन्ने उखान सुन्नु भएकै होला । हाम्रा प्रधानमन्त्री झापाली हुन भनेसी अरु के बयान गराई भो । कहिलेकाही बुहारी तर्साउन छोरी पनि कुट्नु पर्छ भन्ने चलन पनि भा भे र मलाई एम्बुस थाप्नेहरूलाई तिनैले थापेको याम्बुसमा पार्दिन्छु भनेर नईय्या घामे पार्टी ब्युताउँन खोजेको हुन सक्छ ।

उहिले उहिले बाहुनहरुले हामि नेवारहरुलाई हेपेर कुमाईको घुमाई जैसीको जाल नेवारको तुलो भोटेको काल भन्थे । त्यहि उखानलाई अहिले रिमिक्स गरेर बनाउने हो भने कम्निस्टको तुलो जनताको काल भएसी अरु के बयान गराई भो ।  


खाँटी पिडा

Written By खांट्टी कुरा on Thursday, April 09, 2020 | April 09, 2020

मेरो घरमा श्रीमती छ
मेरो श्रीमती राम्री छे
अब देखि मलाई च्याट नगर्नुस

फरक यता र उता

Written By खांट्टी कुरा on Monday, October 07, 2019 | October 07, 2019

हाम्रा जय नेपाल देखि लाल सलाम भन्ने ‘दाई’ देखि ‘कमरेड’हरुको जन्मथलो छिमेकी भारतमा भएको हो । दाई ४ सालमा अनि कमरेडहरु ६ सालमा जन्मेका त्यसैले दिल्लीमा पानि पर्यो भने काठमाण्डौमा बस्नेहरुले छाता उघार्छ्न भन्ने उखान समेत त्यसै बनेको हैन ।
कांग्रेसी नेता तथा पटक पटक मन्त्रि भएका पी.चिदम्बरम अहिले हिरासतमा परेर जेल पुगेका छन । भारतमा कानून कडा छ । मै भन्नेहरुलाई कानुनको डण्डा बजारेको राम्रै संग देख्न सकिन्छ ।
हाम्रो तिर छयालीस साल आए पछि कांग्रेसी चिरन्जिबी दाई देखि खुम बहादुर दाई बाहेक अरुले जेल जाने सौभाग्य पाएनन । ति दुई  दाईहरु पनि धेरै शक्तिसाली बन्न खोज्दा जेल गएका हुन ।  

आफुलाई मदेसी भन्न रुचाउनेहरुले भने बिहारको नक्कल गर्छन । आमा देखि मामा, हुँदै ससुराली घर बनाको भएर होला हिन्दि देखि भोजपुरी बोल्न रुचाउछन । आफ्नो देसको रास्ट्रिय भाषा नेपालीलाई घृणा गर्छन तर राजधानी काठमान्डौमा आए भने प्युर नेपाली भाषामा भाषण ठोक्छन ।
बिहारी नेता लालु अहिले जेलमा बसेर आलु खादैछन । पशुको लागी भनेर आएको चारा पानि समेत बाँकी राखेनन ।

मदेसी नेताहरुले पनि नेपालको बजेटलाई लखनौ लुट सम्झेका छन । लालु जस्तै आलु खालान कि नखालान त्यो समयले बताउला । फरक के छ भने नेपालमा न्याय मरेको छ तर उता जिम्दै छ । कानून कडा नभएको भे लालुले आलु किन खान्थे ।
अहिले महरा कमरेडलाई पुलिसले समातेको जस्तो गरेको देखियो । महरा कमरेडलाई आरोप लाउने हो भने आरोपले सगरमाथा चुम्ला । आरोप जाए भाड्मे । खाँट्टी भाकामा भन्ने हो भने प्रचण्ड र वली कमरेडहरुले स्व.गिरिजाको नक्कल गर्दै चिरन्जिबी देखि खुम बहादुर फर्मुला अपनाएका हुन ।

नेपालको प्रधानमन्त्री भीमसेन थापालाई पनि समातेर झ्यालखाना कोचेकै हुन । त्यति मात्र नभएर अनेक थरिको हल्ला फैलाएर थापाकाजीलाई सेरिन बाध्य बनाउने हाम्रो सत्ता हाक्ने सयसहरुले महरा कमरेड पनि यतिखेर भीमसेन थापाको जस्तै हालतमा पुगोस भन्न चहान्छन । यदि त्यसो भो भने ‘नरहे बाँस न बाजे बाँसुरी’ ।

हिजो कांग्रेसका चिरन्जिबी, खुम बहादुर आज डबल कम्युनिस्ट पार्टीका महरा भोली अरुहरुको हालत पनि यस्तै हो । फरक के छ भने छिमेकमा सबुद प्रमाण सहित देखाएर पक्रिने साहसी पुलिस छन भने हाम्रोमा आदेसका पुजारीहरू । हाम्रो आदेसपालकहरु भनेको उही ‘मह’ को थेगो...
हान्ने
बान्ने
सापले भनेको मान्ने
अनि कठालोमा समातेर तान्ने
मात्र हो ।

आजको खाँटी पुराण

Written By खांट्टी कुरा on Sunday, October 06, 2019 | October 06, 2019

-जनक मान डंगोल
पोलेर बनाको दुई देखि चारखुट्टेको जिनिसलाइ छोईला, काँचै नुन खुर्सानी मर मसला मोलेकोलाई कचिला, परपर तेलमा भुटेकोलाई भुटुवा, झोल्वाला, मिसमास, नेवारी भोजमा जमाएर बनाईने तख्ला, ह्याकुला फ्राई, भेजा भन्ने गिदी फ्राई, अहिलेका भुरा भुरीको प्रिय जिनिस मम्चा, देखि बरिस्ट नागरिकले मन पराम्ने सुरुवा, ट्वाँकेहरुलाई मन पर्ने गोडी भन्ने खुट्टी फ्राई आदि आदि ईत्यादी नामको जिनिस तयार हुनलाइ रेटेर, सेरेर, कुटेर, पिटेर, चुटेर, छ्प्क्यायेर, भालाले घोपेर, पासोमा पारेर तड्पाएर, ईस्लामिक धर्मालम्बी भाकाको हलाल गरेर वा कानमा हेडफुन ला जस्तरी इलेक्ट्रिक सट भन्ने करेंटो लाएर अथवा जे जे जस्तो जस्तो गरेर भए पनि परान नलिए सम्म मासुको थरि थरिको जिनिस बन्ने हैन ।
खसी, बोका, बाख्रा, बाख्री, राँगा, भैसी, हुर्रा, विकासे सुँगुर, बुंगुर देखि पुर्पुरो बल्या बेला तराई देखि भित्रि मदेसमा पासो थापेर पारिने बँदेल, चित्तल, घोरल, मृग आदि जीवजन्तुलाई माथि जेम्राजका हाजिर लाम्न पठायेसी प्राप्त हुने त्यस्ता जीवजन्तुको सरिरलाई ठेट गोर्खाली देखि कोर्काली, काँठे देखि देहाती सम्मले सबै प्रकारको जीव जन्तुको मासुलाई सिकार भन्ने चलन छ तर सहर बजारा चैँ हिजाज गोरा र कुईरेको भाकाको नक्क गर्दै  मिट भनेर भन्न थालेका छन ।
नेपालमा काटमार निषेध भाको माता लक्ष्मीको सन्तान गाई गोरुलाई बिफ, जेम्राज्को सवारीलाई बफ, बाख्रा बाख्रीको सन्तानलाइ मटन, हुर्रा देखि विकासे सुँगुर बुंगुरको सन्तानलाई पोर्क हुँदै घडी चरोको सन्तानलाई चिकेन रे । खसीको मासु भनेर लामो लेघ्रो तान्नु भन्दा मटनसुँगुर बुंगुरको मासु भन्नु भन्दा पोर्कराँगा भैसीको मासु भन्नु भन्दा बफअनि कुखुराको मासु भन्नु भन्दा चिकेनभन्ने सजिलो भाका रे ।
जन्मजात नेपाली तर बानि ब्योराचैँ अनेपाली भाको नेपाली भन्दा गोरा र कुईरेको भाका मन पराम्ने अल्छिका भकारीहरु जो आफुलाई एनिमल ह्युमन राईटभन्न मन पराम्नेहरुले ब्यानको बिरेकफास्ट देखि मध्यान्हको लन्च, साँझको स्न्याक्स देखि रातिको डिनर सम्ममा बर्षौ बर्ष सम्म बरफमा जमाएर राख्या बिफ, बफ, चिकेन, मटनको परिकार चट मगनी पट ब्याको स्टाईला पाट्टपुट्ट पारेर दिनहुँ हसुरेको पनि देखिएकै हो
जब हिन्दुहरुको चाडपर्वको बेला आउछ अनि बिक्रम ट्याम्पुको भाकामा पशु, पंक्षीको अधिकार बहाली गर, पशु पन्छी मार्न पाईदैन, भनेर घाटीमा अनेक थरिको भाका लेखेको जिनिस झुन्ड्याउदै पशु पंक्षीको जीवन रक्षाको ग्यारेण्टी गरभनेर स्वयम्भु देखि पस्पति हुँदै बनकालीको बाँदर जस्तरी बुर्लुक्क बुर्लुक्क कुर्लिन्छन ईसाई देखी ईस्लामहरुको चाडमा पनि पशु बलि दिने चलन छ भन्ने व्यहोरा थाहा हुँदाहुँदै पनि हिन्दुहरुको चाडबाडमा मात्र त्यसरी कुर्लिने एनिमले ह्युमनेहरु भनेका गान्धीबादी देखि समाजबादी हुँदै बामपन्थी सम्मको बिल्ला भिर्ने बिल्लादारहरु हुन
डलर देखि युरो पाउण्ड हुँदै घटीमा कम्पनि पैसा सम्ममा आफुले आफैलाई निलाम गरि सकेकाहरुलाइ धर्म, संस्कृति, चाडपर्व भनेको के थाहा नभएको हो र ? यदि थाहा छ र थियो भने ईसाई देखि ईस्लामको चाडपर्वमा दीईने पशुबलिको बिरोध यी कथित जनावरे ह्युमनेहरुले किन गर्दैनन र लाज सरम नमानिकन भन्न सक्छन यिनीहरुले गोरा र कुईरेको भाकामा  ऊई आर भेजीटेरिन ?

पन्चेहरु मण्डले हुन भने अहिलेकाहरु के हुन

Written By खांट्टी कुरा on Saturday, September 28, 2019 | September 28, 2019


‘मण्डल’ यसको शाब्दिक अर्थ के हो र यो सब्द कुन ठाउँमा कस्तो बेलामा प्रयोग गर्दा उचित हुन्छ भन्ने कुरालाई थाहा भएर हो वा नभएर हो बिदेसमा जन्मी हुर्की नेपालमा आएर राजनीति पसल खोलेका कांग्रेस तथा कम्युनिस्ठका बरिस्ठ तथा कनिष्ठ नेतागण देखि लिएर तिनका अनुयाहि (भक्त/आस्थावान) हरुले समेत बिना संकोच निर्धक्क साथ आफुले नरुचाएको अथवा मन नपराएको व्यक्ति लाइ लाजै नमानिकन एकलक्के थप्दै भन्दिन्छन मण्डले
मण्डल को शाब्दिक अर्थ हुन्छ समुह । हुन त मण्डल पनि वृत्तको (Circle) पर्यायवाची भित्र पर्दछ त्यस्तै मण्डलको अरु शब्दहरू भन्नुपर्दा परिधि, घेरा, बाटुलो फन्को, समान उद्देश्यका मानिसहरूको जमात (राजनीतिक दल/पार्टी) इत्यादीलाइ बुझिन्छ ।
हामीले दैनिक रुपमा प्रयोग गर्दै आइरहेको सामजिक संजालहरु जस्तै फेसबुक, ट्विटर आदिमा पनि हामीले असंख्य साथीहरु बनाएको हुन्छौ  जुन झुण्ड झुण्ड अर्थात समुहमा नै हुन्छ भने अब सबैलाई एकलक्के लगाउदै ‘मण्डले’ भन्ने ? 
नेपालमा मण्डलसब्द लाइ  बिगारेर एकलक्के लगाउँदै मण्डलेबनाएको पंचायतकाल देखिनैहो भने त्यसरी एकलक्के थप्नेहरु त्यतिबेलाका पंचायत बिरोधि प्रतिबन्धित शक्तिहरु अर्थात पन्चहरुले न्वारान गरि दिएको अ.त. (अरास्ट्रिय तत्व)  कांग्रेश तथा कम्युनिस्ट पार्टीहरुमा लागेका समुहहरु हुन । समुहको अर्थ मण्डल हुन्छ ।

हरेक राजनीति पार्टीहरुमा समुह समुह छ । कांग्रेस पार्टी निलो रंग मन पराउछ । कम्युनिस्टहरु राता रंगको लागी ज्यान फालेका छन । मदेसी समुहलाई हरियो रंग आत्तिनै फापेको छ । नामको अगाडी डाक्टर (बिरामी जाच्ने हैन) थपेका गोर्खाली बाबुराम भटराईले समेत रातो रंग अफाप भन्दै हरियो रंगसंग साइनो जोडेका छन भने हरेक क्षेत्रमा जोगी जस्तै बन्न पुगेको पुरान पन्चहरुको अखाडा रा.प्र.पा. को चिन्हारी भने पहेंलो हो । यी बाहेक अरु मल्खु र ढल्खु जस्ता करौंती मण्डलेहरुको के बयान गराई भो । यी मल्खु देखि ढल्खुको काम भनेको चुनावताका दल दर्ता गरेर अरु बेलामा मुखमा दहि जमाएर बस्नु हो । भोट काट्नै भनेर जन्माएको हुँदा यस्ताहरु लाई  करौंती पार्टी भनेर भन्ने गरिएको छ ।
कासी भनेको हिन्दुहरुको पवित्र स्थल हो । धर्म र विद्वानहरुको अखाडा भनेर चिनिने उक्त स्थान नेपाल देखि दक्षिणको हिन्दुस्थानमा पर्दछ भने कुत्ति भनेको उतिबेलाको तिब्बती राजाको भोट प्रदेसको एउटा स्थान हो । जो बुझेर पनि बुझ पचाउछ्न त्यस्ताहरु ‘कासी जानु कुत्तिको बाटो’ रोज्छन भने बुझ्दै नबुझ्दै ठुला नेताहरुले भने हाम्ले भन्न किन नहुने भन्छन भने बुझ्नु न सुझ्नु कासितिर कुध्नु भने जस्तै हो
जसको शक्ति उसको भक्ति जता पनि हुन्छ । यो नेपालमा मात्र नभएर संसारको हरेक स्थानमा कायम रहेको छ । बराजुको पालाको श्री ३ महाराजको समयमा श्री ३ महाराजहरुले खान पाईएन सर्खार भन्ने हरुको दुख: हेर्न नसकेर लौ गरिखा भन्दै आफ्नाहरु लाई बिर्ता बाँडेर पोसेकै हुन । सातसालेहरुले त झन आफ्नालाई मात्र नभएर जन्मदाता हरुलाई गुणको बदला भन्दै खोला देखि संसद हुँदै मन्त्रिमन्डल समेत बुझाएकै हुन । पन्चेहरुले बिरोधिहरुलाई खेदेकै हुन । हरेकले आफ्नो पालामा लठैत पालेकै हुन्छन । अहिलेकाहरुले पनि पालेका छन । अरिंगालको फौज भनेर चिनापर्ची समेत भै सकेको हैन र ? पुराना पन्चहरु त जन्मजात मण्डले नै भई हाले । तर, अब देखि कांग्रेसीहरु लाइ निला मण्डले, कम्युनिस्टका बथानहरु लाई राता मण्डले, मदेसीका झुण्डहरु लाई हरिया मण्डले भनेर किन नभन्ने ?  आखिर समुह भन्नु र मण्डल भन्नुमा के नै फरक छ र
राजनीतिक पार्टीमा लागेकाहरुले आफुबाट गल्ति भयो भने त्यसलाई सुधार्दै आर्को पटक गल्ति नदोहर्याउने सङ्कल्प, अठोट लिएर ‘आत्मालोचना’ गर्ने देखि लेख्ने समेत गर्छन । आत्मालोचना गर्नु भनेको म अथवा हामीबाट अब यस्तो गल्ति हुन्न र दोहर्याउँदै भन्नु वा लेख्नु समेत हो । त्यसैले शब्द प्रयोग गर्दा लेख्दा वा बोल्दा ध्यान दिनु जरुरि छ ।
प्रकाशित मिति: २०७६ असोज १० गते शनिवार

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger