8.08.2016

'गजल'

गजलकार: यमनदेव उत्प्रेरक

माया जाँच्ने कुनै एउटा कसि भए हुन्थ्यो,
भाग्य लेख्ने कुनै एउटा मसि भए हुन्थ्यौ ।

बिताउन बाँकी जीवन हाँसीखुसी साथ,
तिमी मेरो जीवनको शशी भए हुन्थ्यो ।
भन्ने छैन तिमीलाई कति माया गर्छु भनि,
तिमै्र मनले बुझिदिने दशी भए हुन्थ्यो ।
सम्झौतामा माया प्रेम गर्न सकिदैन,
बरु मेरो मृत्यू तिम्ले डसी भए हुन्थ्यो ।
– हेटौँडा–१०, मकवानपुर

1.07.2015

गजल !

-रावत
जो-जो हिँडे माझीको पहिरनमा, चाल त हजूरकै थियो नि महाराज !
चिच्याउँदै भन्न थाले माछाहरु, जाल त हजूरकै थियो नि महाराज !!

खै कुन् श्रीले काट्यो फेरि चोभारको डाँडो, पानीभित्रै खैलावैला चल्यो
जहाँ-जसरी बगे पनि पानी, छाल त हजूरकै थियो नि महाराज !!

हुनसक्छ मेरै फायरिङ्ले ढले, ती मेरा भोका नाङ्गा सन्तानहरु !
तर गोली निस्कने त्यो कालो, नाल त हजूरकै थियो नि महाराज !!

आज मैं ढलेँ हजूरको गोलीले, किनकी मेरो जिब्रो मैसँग थियो !
गोली छिरे नि मेरो छतीभित्र, काल त हजूरकै थियो नि महाराज !!
-रावत
"एक सय एक रहरहरू" संयुक्त गजलसङ्ग्रह २०६४ बाट

12.06.2014

'गजल'

'गजल'
गजलकार:संजिता बास्कोटा
धर्ति उही छ आकाश उही छ |
एकमुठी लिने बतास उही छ ||

घमण्ड किन यति धेरै तिमीमा ?
गाँस बास र कपास उही छ ||

कर्म खाडी होस् या युरोप /अमेरिका ,
जन्मभुमि प्रतिको प्यास उही छ ||


गाउँ घर आफन्त इष्ट मित्र छोडी |
प्रवाशिनुको आभाष उही छ ||


बिदेशिनु हाम्रो बाध्यता उस्तै हेर !
जिउँने आधार प्रवास उही छ ||

11.26.2014

गजल ।

गजल ।

कर्म संगै दुवै हातको चुरा फुट्यो भन्छिन् कठै,
छल गर्दै दैवले नै सिंन्दुर पुछ्यो भन्छिन् कठै,

विना बादल चट्याङ्ग पर्यो मेरो जीवन माथी,
आँधी चल्यो जीवनको दियो बुझ्यो भन्छिन् कठै,

घर बारी धितो राखी जानु भा’थ्यो परदेश,
गरिबी ले नै मेरो परान लुट्यो भन्छिन् कठै 

हिड्दा हिड्दै बाटो हाम्रो आधा बिचमै सकिदा,
मेरो दुनियाँ सारा आँशुमा डुब्यो भन्छिन् कठै,

वर्षा हुँदै आँखा बाट आंचल रुझ्छ रातदिन,
बाबा ! खोइ छोरी सोध्छे मुटु दुख्यो भन्छिन् कठै,

11.04.2014

परदेशि छोरालाई आमाको चिठी

परदेशि छोरालाई आमाको चिठी
नवराज शर्मा सुबेदी

घर आउ मेरो छोरा बुहारीले टेर्न छाडी
बाल बच्चा घरको काम सबै कुरो हेर्न छाडी

 

झिस्मिसेमै उठि हिड्छे राति मात्र घर पस्छे
प्याण्ट शर्ट पहिरिन्छे चोलि सारी बेर्न छाडी

 

बाँ बाँ गर्दै कराउछ भोकै हुँदा गोठमा गाई
सुख्खा पराल दिन्छे बरु घाँसको फ़ेद सेर्न छाडी

 

अन्तै छ रे लसपस भन्ने सुन्छु गाऊँघरमा
डुब्छ नानि गुहु मुतमा थरा थाङ्ना फ़ेर्न छाडी

 

चाल निको नदेखेर बाध्यतामा भन्दै छु म
कुरा बुझ तिमिलाई नैं चिठि पत्र केर्न छाडी

8.05.2014

गजल !

गजल !

झिकी फाल्यौ मुटु बाट पैतालाको काँडा सरी

 सम्झी ल्याए आँखा बाट झर्छ आँशु बर बरी !!

 

 खुशी हुँदा साथ दियौ दुखमा चैं साथ छोड्यौ

 भन किन यस्तो गर्यौ प्रश्न गर्छु घरी घरी !!

 

 जति पीडा भए पनि सहेर नै बाँच्छु भन्थें

लाख कोसिस गरे पनी सकिन खै कसैगरी !!

 

 बन्द गर्छु आखाँ जब देख्छु तस्बिर उही तिम्रो

 सम्झिएर रुप उही आँत्मा रुन्छ धर धरी !!

 

 संगै जिउने संगै मर्ने वाचा गरी छुट्ने हरु

 ऐना जस्तै चर्काइ जान्छन् हैन मायाँ अजम्बरी !!

 

सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल-इजरायल

7.28.2014

गजल !

गजल !
(गजलकार: समा श्री)
गजल।समा श्री 
 
याद गर्दै बितेका छन केही मिठा पलहरु 
घरी घरी तड्पाउछन् निश्ठुरीका छलहरु 

थाहा छ त्यो भमरा हो फूलसंग रमाउ'थ्यो 
हाँगा बाटै हराएछन् कलिला ति फलहरु


आँशु धुँन्छु भन्दै थिएँ मिर्मिरे त्यो हुनु अघि 
अलपत्र भए कति अन्जुलीमै जलहरु 

जोस देख्थेँ अंगालेर उडाइलाने हो कि भनि
श्रावणमै सुक्दा रै'छन् खहरेका भलहरु