Saturday, December 06, 2014

'गजल'

गजलकार:संजिता बास्कोटा
धर्ति उही छ आकाश उही छ |
एकमुठी लिने बतास उही छ ||

घमण्ड किन यति धेरै तिमीमा ?
गाँस बास र कपास उही छ ||

कर्म खाडी होस् या युरोप /अमेरिका ,
जन्मभुमि प्रतिको प्यास उही छ ||


गाउँ घर आफन्त इष्ट मित्र छोडी |
प्रवाशिनुको आभाष उही छ ||


बिदेशिनु हाम्रो बाध्यता उस्तै हेर !
जिउँने आधार प्रवास उही छ ||