Thursday, December 04, 2014

थ्यांक्स गिभिंग (व्यङ्ग्य)

तस्विरसाभार: गुगल सर्च
-जनक मान डंगोल
हाम्रो गोर्खालीको भाकामा कुनै काम गरेसी काम गराउने व्यक्तिले काम गरिदिने ब्यक्ति माथी कृतज्ञताको साथ आभार प्रकट गर्दै 'धन्यवाद' दिने चलन छ र त्यस्तो चलनलाई पश्चिमा गोरा तथा कुईरेहरले 'थ्यांक्स' र दिने कामलाई 'गिभिंग' भन्ने गरिएता पनि गिभिंगचैँ नभनेर छोटकरीयां 'थ्यांक्स' मात्र भन्ने गर्दा रैछन ।
 
अस्ति नोभेम्बर २७ तारिखको दिन अम्रिका देखि युरोप मात्र नभएर संसारभरका जय मसि भन्ने ईसाई धर्म मान्ने 'ईसाई' हरुले 'थ्यांक्स गिभिंग' भन्ने पर्व मनाए । पर्व भनेको नेपालीहरुले मनाउने चाडबाड जस्तै भाका अनि चाडबाड भनेकै मिठो मसिनो खाने हो र त्यसैको लागी विभिन्न पर्व उत्सव जस्तरी ईसाईहरुले पनि 'थ्यांक्स गिभिंग' चाड मनाउछ्न । 

जय मसिहरुका सन्तानहरुले थ्यांक्स भन्दै परम प्रभुलाई थ्यांक्स गिभिंगत गरे तर त्यो थ्यांक्स गिभिंगमा करोडौ टर्की भन्ने चरोहरु सहिद नभएको काहाँ हो र । परम प्रभुका नाममा सहिद बनाईएका बरा टर्की चरी देखि चरोहरुलाई कोहिले रोस्ट भन्दै बिजुली चुल्हा रातो पारेर डामे, कोहिले कराहियाँ भुटुन हालेर तारे, चपाउन नसक्ने बुढा बुढीहरुको लागी पानीमा उमालेर झोल बनाम्दै अंगुरको रातो देखि सेतो रंगको गुल्यो अमिलो जांड संग स्वाद मानि मानि परम प्रभुलाई धन्यवाद चढाउदै हसुरेकै हुन । 

अस्ति २ महिना अगाडी संसारभरिकै ईस्लाम धर्मालम्बीहरुको ठुलो चाड बकरईदमा 'अल्लाह' लाई खुसि पार्ने भन्दै लाखौ हैन करोडौ उँट, गोरु, भेडा, खसीलाई सहिद बनाईयो र त्यसरी सहिद बनेका जिनिस बाट थरि थरिका पकवान बनार 'अल्लाह' लाई सुक्रिया भन्दै ईस्लाम धर्मावलम्बीहरुले पनि ग्रहण गरेकै हुन ।

ईसाई हरुकै निस्तार भन्ने आर्को ठुलो प्रमुख चाड पनि छ । त्यो चाडमा पनि परम प्रभु ईसु मसिहको आदेस भन्दै गच्छे अनुसारको गोरु, भेडा, खसी जस्ता करोडौ करोड जनावरहरुको रगति बगाईन्छ र तिनै जनावरको सरिरलाई भोज बनाएर जिब्रो फट्कारी फट्कारी खाईन्छ ।

ईसाई हुन या ईस्लामहरुले गरिने पशु पंक्षी बलि भनेको संसारभर मान्य छ किनभने परम प्रभु देखि अल्लाहको आदेस तथा हुकुमलाई ईसाईका गुरु पास्टरले हुन या ईस्लामको गुरु मौलबीले ईन्कार गर्न सक्छन किनभने त्याहा ईस्वरको डर देखि थ्यांक्स गिभिंगको कुरा जो छ ।

बलि त हिन्दुहरुले पनि दिन्छन । जसरि ईसाई तथा ईस्लामहरुले पशु तथा पंक्षीहरुको रगत बगाएर बलि दिन्छन त्यस्तै गरि हिन्दुहरुले पनि बलि दिंदा त बगाउने रगतिनै हो भने हिन्दुहरुले बलि दिंदा जय मसिका सन्तानहरुले पृथ्बीनै किन बुरुक बुरुक उचाल्छन त्यो चैँ बुझी नसक्नुको कुरा छ ।
उनीहरुले अल्लाहलाई सुक्रिया भनुन या परम प्रभुलाई थ्यांक्स गिभिंग त्यस्तै गरि हिन्दुहरुले पनि आफ्नो मनोकामना पूर्ण भए पछी देबी देउताहरुलाई धन्यवाद दिने हो भने कतै उनीहरुको भाकामा जस्तै गरि नदेको भनेर आरिस गरेका त हैनन ?

उहिले हिन्दुस्थान सिंगो थियो । अल्लाहू अकबर भन्दै बिभिन्न बिदेसी बादसाहहरुले तरबारको बलमा हिन्दुस्थान भन्ने देस लुटेर राज गरे । पछी तिनै बादसाहहरुको पालामा ब्यापार गर्ने भन्दै अंग्रेजहरु सियो बनेर पसे र तरवारलाई परास्त गर्दै गोला बारुद देखि बन्दुकको भरमा अब कम्पनि सर्खारले हिन्दुस्थान हाक्छ भन्दै फाली बनेर निस्किए तर हिन्दुस्थाना बस्ने हिन्दुहरुले न ईस्लामलाई घृणा गरे न ईसाईहरुलाई । हिन्दुहरुको धर्म सास्त्रमा जे भनेर सिकाको थियो त्यहि त्यहि गरे र अझै पनि गर्दैछन त्यो भनेको "सबैलाई माया गर" तर माया कत्तिको महँगो रैछ त्यो त भोगेका र भोगिनेहरुलाई नै थाहा होला ।

हिजो अंग्रेजले जे जे सिकाए अंग्रेज गए पछी त्यसको सक्कल बमोजिम नक्कल हिन्दुस्थानीहरुले सिकेका छन । सिनेमा बनायो भने त्यो सिनेमाको कथामा चार भागमा दूइ भाग गोराको भाका एक भाग रास्ट्रिय भाका अनि एक भाग देसी भाका मिसार बनाम्च्च्न र त्यहि स्थिति साहित्यको पुस्तक देखि सरकारी काम काजको भाका समेत छ भने गोराको संगतले बिग्रेका हिन्दुस्थानीहरुले हिजो आज 'धन्यवाद देखि सुक्रिया' भन्न छोडेर अधिकांसले 'थ्यांक्स' भन्न थालेका छन ।

अंग्रेजको संगतले बिग्रेका हिन्दुस्थानीहरु आफुलाई मन परेको समय पारेर छिमेका जान्छन, आफुलाई मन परेको जिनिस छानेर लिन्छन र बदलामा उही 'थ्यांक्स गिभिंग' दिंदै सिना तानेर भन्छन हामि त बडे भाई हो हक लाग्छ भन्छन । हक जताउदा जताउदै गोर्खालीको मुटुको टुक्रो कोशी बाट गण्डकी हुँदै महाकाली बाट अहिले कर्णालीमा फनक्क घुम्दै पूर्वको अरुणमा पुगेका छन र कर्णाली र अरुण तयार भएसी बढे भाईको हक जताउदै कोशी, गण्डकी र महाकालीकै हिसाबले बिजुली, पानि लान्छन र बदलामा छोटे भाईले पाउने भनेको उही 'थ्यांक्स गिभिंग' मात्र हो । 

बढे भाईको थ्यांक्स गिभिंगको लोभले रोटि देखि बेटी सम्मको साईनो जोडेका दक्खिने नेपाली जो आफुलाई 'मदेसी' भन्न रुचाउछन हरु अहिले 'एक मदेस एक प्रदेस' भन्दै कुर्लेका छन । नेपालले सुदुर पूर्वको चार जिल्ला देखि सुदुर पश्चिमकै चार जिल्ला र अन्य बाकि रहेको सबै दक्खिनका जिल्लाहरुले मनकारी बडे भाईको देशलाई छुने गरेको छ । छोएर मात्र चित्त नबुझेर होला जिम्मा जमानी लिन तम्सेको आभास दिन प्रतिदिन हुँदैछ तर पनि हाम्रा मदेसीहरु 'थ्यांक गिभिंग' को लोभमा आँखा चिम्लेर 'जय नेपाल' को सट्टा 'जय हिन्द' भन्न रुचाको देख्दा मनै अमिलो भएर आउछ तर के गर्ने घरको मुलीहरु मर्द नभयेसी हुने नै यस्तै हो, यो पढ्ने पाठकहरुको लागी कस्तो लाग्यो तर च्वास्सचुस्स लेख्ने यो पंक्तिकारको लागी अहिले डामेको लेखा 'थ्यांक्स गिभिंग' जस्तो अत्यन्त महँगो सब्द अरु कुनै देखिएन ।