Wednesday, January 07, 2015

गजल !

खांट्टी कुरा     January 07, 2015    

-रावत
जो-जो हिँडे माझीको पहिरनमा, चाल त हजूरकै थियो नि महाराज !
चिच्याउँदै भन्न थाले माछाहरु, जाल त हजूरकै थियो नि महाराज !!

खै कुन् श्रीले काट्यो फेरि चोभारको डाँडो, पानीभित्रै खैलावैला चल्यो
जहाँ-जसरी बगे पनि पानी, छाल त हजूरकै थियो नि महाराज !!

हुनसक्छ मेरै फायरिङ्ले ढले, ती मेरा भोका नाङ्गा सन्तानहरु !
तर गोली निस्कने त्यो कालो, नाल त हजूरकै थियो नि महाराज !!

आज मैं ढलेँ हजूरको गोलीले, किनकी मेरो जिब्रो मैसँग थियो !
गोली छिरे नि मेरो छतीभित्र, काल त हजूरकै थियो नि महाराज !!
-रावत
"एक सय एक रहरहरू" संयुक्त गजलसङ्ग्रह २०६४ बाट

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .