Latest Post

'खाँटी भजन'

Written By खांट्टी कुरा on Thursday, April 04, 2019 | April 04, 2019

मैले गाउन पाएको भए यसरि गायेर देखाई दिन्थे !
सात थान प्रदेशको
सतहत्तर जिल्ला
गणतन्त्रे नेताहरु
कतिन्जेल मिल्ला
त्यसपछि पंचेले
भकुण्डो खेल्ला
तिम्रै टाउकोमा =D
बोल्न र लेख्न पाउने अधिकार भएकोले यो लेखाईलाई झटारोको रुपमा मात्र लिनु होला =D


भोलि दुर्घटना भयो भने त्यसको जिम्मा कसले लिने ?

Written By खांट्टी कुरा on Friday, March 29, 2019 | March 29, 2019


-जनकमान डंगोल 
२०७४ माघ महिनामा आफन्तको शुभ बिवाहमा निम्तो मान्न जाने सिलसिलामा हेटौडाबाट  कुलेखानी जलबिधुत् आयोजनाको बाटो हुँदै काठमान्डौ जाने सिलसिलामा कुलेखानी जल बिधुत आयोजनाको बाँध ईन्द्र सरोवरको पुर्व पट्टिको डांडाबाट तस्बिर खिच्ने अबसर प्राप्त भयो पंक्तिकारले जुन स्थानमा बसेर तस्बिर खिचाएको थियो त्यसैको ठिक पछाडी पश्चिम दिशापट्टि रहेको ईन्द्र सरोवरको जलाशय माथि नेपालको पुरानो रोपवेको क्यारियर तुन्द्रुंग झुन्डिएर रहेको देख्न सकिन्थ्यो उक्त क्यारियर सोहि स्थानमा झुन्डिएर बसेको पनि आज २१ बर्ष भै सकेको छ जहानियाँ राणा शासनका तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम सम्बत १९८३/८४  सालमा मकवानपुर जिल्लाको पुरानो सदरमुकाम तथा एतिहासिक स्थान भीमफेदी नजिकैको धोर्सिंग देखि मातातीर्थसम्मको २२ किलोमिटर रोपवे (रञ्जुमार्ग) सञ्चालनमा ल्याएका थिए । यसलाई त्यो समयमा राणाकालीन यातायात साधनका रूपमा लिइन्थ्यो भारतीय सिमाना रक्सौलबाट अमलेखगंज-हेटौडा-भैसे-हुँदै भित्रिने सामानहरु लाई धोर्सिंग सम्म गाडीमा ल्याई त्यस पश्चात रोपवेबाट काठमान्डौ पठाउने गरिन्थ्यो । प्रतिघन्टा आठ टन सामान बोक्ने यो रोपवेलाई बि.स.२०२० सालमा स्व.राजा महेन्द्रले क्यानेडेली सरकारको सहयोगमा विस्तार गरेर हेटौंडादेखि मातातीर्थसम्मको ४२.३ किलोमिटरको दूरीमा सञ्चालनमा ल्याएका थिए । रोपवे सञ्चालनको दूरी बढेसँगै यसको क्षमता पनि दैनिक ढुवानी २५ टन पुगेको थियो ।

नेपालमा २०४६ सालमा दोश्रो पटक बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात राणा देखि राजाको शासन कालमा स्थापना भएको उधोग कलकारखानाहरुमा राजनैतिक पार्टीका नेता तथा तिनका पार्टीका बिस्वासपात्रहरुले राणा शासनलाई पनि मात दिने गरि हैकम जमाउन थाले बाँसबारी छाला जुत्ता कारखाना बाट सुरु भएको उधोग कलकारखानाको अधोगति अन्यमा पनि भाईरस जसरि फैलदै गएर अधिकांस उधोग तथा कल कारखानाहरु बन्द नै हुन पुग्यो जनकपुर चुरोट कारखाना देखि हेटौडा कपडा उधोगहरु देखि जान्ने साक्षीमा पर्दछन भने नेपालको सरकारी रोपवे सेवा पनि २०५४ सालदेखि बन्द छ ।
प्रजातन्त्र देखि लोकतन्त्र भनेको जनताको छोराछोरीहरुले जनताको प्रतक्ष्य मतबाट निर्वाचित भई सत्ताको साँचो हातमा लिएर देशको बागडोर सम्हाल्नु हो जनताकै छोराछोरी सत्तामा पुगेर सरकारी सम्पतिको दोहन गर्नमा राणा शाहीलाई मात खुवाउन पछी पर्दैनन भने हज्जारौ हज्जारको बलिदानी दिएर पटक पटक क्रान्तिको बिगुल फुक्नुको के नै अर्थ रह्यो र
अझै पनि आफुलाई प्रजातन्त्रको हिमायती हौ भन्नेहरु देखि गणतन्त्रको चर्को वकालत गर्ने कम्युनिस्ट पार्टीका नेताहरु राणा देखि राजाको बिरोध गर्न न्वारान देखि बल निकालेर कुर्लिदै छन उधोग धन्दा तथा कलकारखाना जो जसले खोलेता पनि त्यो जनताको हितको लागी खोलेका हुन त्यसलाई संरक्षण तथा सम्बर्धन गर्दै त्यो भन्दा बढी उधोग कल कारखाना खोलेर जनतालाई रोजगार दिनुको साटो निजीकरणको नाउँमा कौडीको भाउमा बेचेर आफु र आफ्ना आसेपासेलाई मोटाउनु भनेको नै प्रजातन्त्र देखि लोकतन्त्रको उद्धेश्य हो भने यस्ता अलोकतान्त्रिक ब्यबस्थाको जय किन भन्ने ?
नेपाल जस्तो पहाडी भूभागको लागि यातायातको सजिलो साधन भनेको रोपवे अर्थात रञ्जुमार्ग हो
बाताबरण जोगाउनमा पनि ठुलो भूमिका खेलेको रोपवेलाई सदाको लागि बन्द गरेर पार्टीका ठेकेदारहरुले सुन्दर पहाडी भूभागमा डोजर तथा स्काभेटर लगाएर कुरूप बनाउन छाडेका छैनन योजना बिनै त्यसरी खनिने बाटोको कारणले गर्दा भूक्षय भएर जनता बिस्थापित हुन्छ भन्ने ज्ञान तथा चेत कहिले पलाउला
रोपवे बन्द भयो तर बन्द गरिएको रोपवेको तार र सामान बोक्ने क्यारिएरहरु अहिले विभिन्न स्थानहरुमा बस्ने जनताहरुको शिर माथिको तरबार बनेर बसेको छ जुन दिन तरवाररुपी तारको लट्ठा र रोपवेको क्यारिएर जनताको थाप्लोमा बजारिएर जनधनको क्षेती हुन्छ त्यहि दिन मात्र बिरोधको आवाजमा ईन्कलाब घन्किने होला
प्रकाशित मिति: २०७५/१२/1

के हाम्रा शासकहरु भनेका उडुस, उपिंया र लामखुट्टे हुन ?

Written By खांट्टी कुरा on Saturday, January 26, 2019 | January 26, 2019

दुई हजार छत्तिस सालमा औधोगिक नगरी हेटौडाको भुटन देबी ब्यबसायिक माध्यामिक बिधालयमा बद्रि प्रसाद खतिवडा नामको हेड मास्टर हुनुहुन्थ्यो । पंक्तिकार पनि सोहि मा.बि को आठ क्लासको बिधार्थी थियो ।
पन्चेती शासनकाल । त्यो समयमा प्राय धेरैले हेटौडामा कम्युनिस्ट भनेको के हो भनेर थाहा पाएका थिएनन । कांग्रेस प्रतिबन्धित अबस्थामा थियो । खुलेर राजनीति कसैले पनि गर्न सकेका थिएनन । देसभर आन्दोलन चम्कियो । त्यो समयमा हेटौडामा जत्तिको कडा आन्दोलन अन्त  कहिँ कतै भएको थिएन ।
हेटौडाको छत्तिस सालको आन्दोलनको कुरा गर्दा त्यो समयमा बिरोध खतिवडाको नाम अग्रपंक्तिमा आउछ । स्कुले भुराभुरी उचालेर आन्दोलान गर्न सिकाएका तिनैले हुन । तिनैको लहलहैमा लागेर पंक्तिकारले पनि फरेस्ट्री क्याम्पसको गमला सहिद बनाउने देखि क्याम्पसको झ्यालको सिसालाई शानदार संग लौरोले हिर्काएर घाइते बनाएकै हो । कुखुरे बैंसमा बुद्धि हुन्न रे । पछी बुद्धि पलायेसी ओहो त्यो समयमा नच्चाहिने काम गरिएछ भनेर सोचियो । हगी सकेसी दैलो देखेर के फाईदा ।
नाता र सम्बन्धकै कुरा गर्ने हो भने बिरोध खतिवडा हाम्रै हेडसरको सुपुत्र । भर्खरै मिसवर्ल्डमा भाग लिएर फर्केकी शृंखला बिरोध खतिवडाकि छोरी हेडसरको नातिनी भनेर केलाई चिनाम्नु पर्यो । आ-आफ्नो खुबी र परिचयले देस देखि बिदेस चिनाई सकेका छन ।
त्यो समयमा स्कुल पढ्न छाडेर भुराभुरीहरु किन आन्दोलन गर्न गए भनेर न त हेड सरले भन्नु भो नत भुराभुरीलाई उचालेर किन आन्दोलन गराईस भनेर छोरोको कान निमोठे । सानो गल्ति गर्दा पनि कान निमोठ्ने बद्रि सरले आफ्नो छोराको कान निमोठेर १/२ झापड बजाई दिएको भए फरेस्ट्री कलेजको गमला सहिद हुनु पर्दैन थियो न त् झ्यालको सिसाहरु घाईते हुनु पर्थ्यो ।
पन्चेती शासन निरंकुस हो भनेर आन्दोलन देखि बिद्रोह गरे, गराईए । छत्तिस सालको बहुदल कि निर्दल भनेर जनमत संग्रह माग्दा देसले बहुदल हैन निर्दल नै ठिक भन्दा पनि दस बर्ष पनि टिक्न नदिएर छयालीस सालमा पंचायतलाई खेदने काम भयो तर देस र जनताले के पायो ?
आज ३९ बर्ष पछी एम्नेस्टीको कार्यक्रममा बद्रि सर संग भेटने अबसर प्राप्त भयो । सरलाई एम्नेस्टीले सम्मान तथा पुरस्कार गर्ने कार्यक्रम राखेको रैछ । आज चार बीसको उमेर हुँदा पनि हेडसरमा उही छत्तिस साले जोस तथा जाँगर देख्न पाउँदा अच्चमित भईयो ।
पुरस्कार ग्रहण पश्चात मंब्य ब्यक्त गर्ने सिलसिलामा हेडसरले नेपालको शासन र सत्तालाई तिन भागमा विभाजन गरेर उदाहरण दिनु भयो । राणा शाहीको सरकार ‘उडुस’ हो जसले नबोली नबोलिकन जनताको रगत चुस्ने गरेको थियो । पन्चेको शासन भनेको ‘उपियाँ’ हो । नबोल्ने तर उफ्री उफ्रिकन जनताको रगत चुस्ने गर्थ्यो । अहिलेको शासन ब्यबस्था भनेको ‘लामखुट्टे’ हो । गीत गाई गाई जनताको रगत चुस्ने काम गर्दैछ ।


संगैको छिमेकी भारत तथा चिन आज विकासले फड्को मारेर काहाँ बाट कता पुगिसक्यो । हाम्रोहरु एकले आर्कोलाई लडाउने र आफु र आफ्ना आसेपासे मात्र मोटाउने गरेर बसेका छन । अहिलेको बहुमतको सरकारको मुखिया आसालाग्दा देखिए । यिनको एक बर्षे कार्यकाल देख्दा आस गर्ने ठाउँ देखिन । यस्तै भयो भने जनताले थान्को लगाउला त्यसैले बेलैमा सच्चिएको राम्रो भनेर मन्तब्य ब्यक्त गर्ने क्रममा सरकारलाई चेतावनी दिन हेडसर पछी पर्नु भएन ।
पंक्तिकार हेड सरको बिधार्थी । पंक्तिकार जस्तै हज्जारौ हज्जार हेड सरले दीक्षित गरेको बिधार्थीहरु छन । आज ति सबैले हेड सरको महान तर सारगर्भित भनाई र चेतावनी सुन्न पाएनन । हेड सरले पोख्नु भएको बिचारलाई हैन भनेर भन्ने आँट पंक्तिकारमा छैन,
तर,
उडुसको रुप धारण गरेको राणाको सरकार, उपियाँको औतारमा जन्मेको पन्चको सरकार देखि वाक्क र दिक्क भएर हेडसर स्वयमले क्रान्तिको बिगुल फुक्नु भएको हैन ? त्यहि क्रान्तिको चटकले छतीस बाट छयालीस हुँदै चौसट्ठी काटेर आजको दिन सम्म आई पुग्दा हेडसरले मन पराउनु भएको पार्टीहरु कसरि ‘लामखुट्टे’ रुप धारण गर्न पुग्यो ? त्यसरी धारण गर्दा सर देखि उहाँकै सुपुत्रले नाम (बिरोध) अनुसारको काम अर्थात ईन्कलाबको नारा किन लगाईएन ?
गुरु देखि गुरु आमाहरुले समयमै नेपालको शासक देखि नेताहरु चिन्देको भए यो समयमा आएर हाम्रो बिलौना गर्नु पर्दैन थियो  । गुरु जस्तै खाँटी क्रान्तिकारी बनेर गुरु मार्ग पछ्याउन नसकेता पनि पंक्तिकारले आजको मिति देखि बाँसको हेलिकोप्टरको सयर नगरुन्जेल सम्म देसको माटो सुहाउँदो पंचायती शासन पद्धति नै ठिक भनेर भन्न छाडेको छैन । हेडसरले न्वारानेको ‘उपियाँ’ हरु भनेका कांग्रेस छाडेर महाराजको जय भन्दै पन्च बनेका हुन र तिनै पछी खाँटी प्रजातन्त्रबादी देखि गणतन्त्रबादी सम्म बनेका छन त्यसैले हेडसर ......
जस्तो सासु त्यस्तै बुहारी
जस्तो आमा त्यस्तै छोरी
जस्तो बाउ त्यस्तै छोरा
जस्तो गुरु त्यस्तै भुरा
बन्नु पर्छ र ?
यदि म पनि हेडसरहरु जस्तै गरि क्रान्तिकारी बनेको भए यस्तो लेख पोस्टिने हिम्मत कसरि आउथ्यो ।
प्रकाशित मिति: २०७५ माघ १२ गते सनिवार !



भडखालोमा जाक्कीएको कांग्रेस बचाउने हो भने

Written By खांट्टी कुरा on Tuesday, January 01, 2019 | January 01, 2019

राणा शासनको अन्यको लागि भन्दै छिमेकी भारतमा गएर २००४ सालमा खोलिएको नेपाली कांग्रेस पार्टीको संस्थापक नेताहरु मध्येको एक नेता स्व.बि.पी  कोईरालाले कम्युनिस्टको संगत गर्नु हुन्न भनेर भन्थे । बि.पी ले आफु बाँचुन्जेल कहिले पनि कम्युनिस्टहरुको संगत गरेनन । ठक्कर नखाए सम्म मान्छेको बुद्धि पलाउदैन भन्ने उखान छ ।आफ्ना संस्थापक नेताले कम्युनिस्टको संगत किन गरेनन भन्ने कुरा अहिलेका नेताहरुले बल्ल आएर बुझे होलान ।
नेपाली कांग्रेस पार्टीको जन्मनै क्रान्तिको लागी भएको हो । राणा देखि पंचायती शासन सम्ममा नेपाली कांग्रेसले पटक पटक संघर्ष गरेको थियो । बि.पी को देहान्त पछी तिनका भाई जि.पी हरुले ४५ सालमा पन्चायत फाल्ने बहानामा सत्ता र भत्ताको लागि कम्युनिस्ट संग घांटी जोडे अर्थात लगन गाँठो कसे । आफ्ना संस्थापक नेताको भनाईलाई लात हानेको नतिजाले गर्दा  हिजोको हिरो कांग्रेस अहिले जिरो बन्न पुगेको छ
कांग्रेस अहिलेको स्थितिमा पुग्नमा देशलाई रसातलमा पुर्याएर परलोक सिधारेका स्व.गिरिजा मात्र नभएर स्व.गणेशमान, कृष्ण प्रसाद भटराई, महेन्द्र नारायण निधिहरु देखि अहिलेका रामचन्द्र पौडेलहरु पनि उत्तिकै जिम्मेवार छन । सौताको रिसले पोईको काखमा सुसू अर्थात पंचायत फाल्ने सपना भन्दा अरु नदेख्दाको परिणामले गर्दा अहिले नेपाली कांग्रेस आर्यघाटको ब्रम्हनालमा सुत्न पुगेको छ ।
बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाईसक्दा पनि अझ कांग्रेस चेतेको छैन । पुराना पुस्तामा अहिले अग्रज नेता भनेका रामचन्द्र पौडेल हुन । पदको लोभमा गुटबन्दीमा रमाउने बाहेक तिनले अरु केहि गर्न सकेनन । कांग्रेसलाई एक ढीक्का बनाउनु पर्छ भन्ने सोच पलाएको भए आफु अभिभावक बनेर युवा नेताहरु अगाडी आउनुस । अब काँधमा काँध मिलाएर कांग्रेसलाई चार सालको जस्तै शक्तिसाली कांग्रेस पार्टी बनाउनु पर्छ भनेर युवाहरु लाई भन्थे होलान तर पार्टी सभापति र एक पटक भए पनि प्रधानमन्त्रि बन्नु पाए हुन्थ्यो भन्ने लोभ पालेका बृद्ध नेता पौडेलले कांग्रेसलाई कसरि मार्गदर्शन गर्न सक्छ ?
हाम्रा बाजेले घ्यू खाए । नपत्याए मेरो हात सुंघ भन्दा अहिलेको पुस्ताले अझै पनि पत्याउछ भनेर कोरा सपना देख्ने कांग्रेसी बृद्ध नेताहरु हुन्जेल नेपाली कांग्रेस पार्टी उभो लाग्दैन ।

पंचायती शासनको समयमा भारत भास्सिन बाध्य भएको कांग्रेसी नेताहरु तत्कालिन भारतीय प्रधानमन्त्री स्व.ईन्दिरा गान्धीको पेलाई तथा अपमान सम्झेर रन्थनिन पुगे पछी एमालेको चुनावी नारा ‘कुटे पनि आमै राम्रो पोले पनि घामै राम्रो’ भन्ने सैलिमा ‘मेलमिलाप’ भन्दै नेपाल पसेका हुन । मेलमिलाप दिबस मनाउने चलन कांग्रेसले चलाएको हो ।
मेलमिलाप दिबस देखि रास्ट्रीयता, प्रजातन्त्र र समाजवादको नारा कांग्रेसको पेवा हो तर अहिले नेपाली कांग्रेसको शब्दकोशमा ‘रास्ट्रीयता, प्रजातन्त्र र समाजबाद’ भन्ने शब्दनै छैन । भएको भए आफ्नो पार्टीको ब्यानरमा स्वर्ण अक्षरले कुँदेर राख्थे । प्रजातन्त्र देखि समाजबादलाई दुई पैसामा निलाम गरेपछी रास्ट्रियताको कोरा नाराको के अर्थ । आज त्यहि खोक्रो रास्ट्रबाद र समाजवादको नारा कम्युनिस्टहरुले गर्वको साथ बोकेर हिंडेका छन ।
२०४६ साल पछी उदाएको रा.प्र.पा पुर्व पन्चहरुको पार्टी हो । हरेक पार्टीको आफ्नो नारा हुन्छ । रास्ट्रियता, प्रजातन्त्र संगै उदारबादको नारा रा.प्र.पा ले बोकेर हिंडेको छ । २०६४ साल पछी कांग्रेसले कम्युनिस्ट संग मिलेर देशबाट राजतन्त्र फालेर धर्म निरेपेक्ष बनाए । अहिले हिन्दु धर्म सहितको राजतन्त्र भन्दै रा.प्र.पा जनताको घरको दैलो दैलोमा पुगेका छन । त्यति मात्र नभएर आज आएर रास्ट्रियताको सवालमा स्व.बि.पी को भनाई अहिलेको समयमा सान्दर्भिक छ भन्दै मेलमिलाप दिबस रा.प्र.पा ले मनाई सके पछी अब नेपाली कांग्रेस पार्टीको पोल्टामा के नै बाँकी रह्यो र ।
आर्काको बुलाकी लायो भने नाक दुखाउछं  भन्ने चेत पलाएको भए नेपाली कांग्रेसले कम्युनिस्टहरु संग मिलेर गणतन्त्रको फुली पक्कै पनि लाउदैन थिए । कम्युनिस्टको लहलहैमा लागेर प्रजातन्त्र, हिन्दु धर्म देखि राजतन्त्रलाई लगेर आर्यघाटमा पुर्याएको कांग्रेसका केहि नेताहरु यतिखेर पछुतो मान्दै झिनो स्वरमा नेपालमा हिन्दु रास्ट्र हुनु पर्छ भनेर बर्बराउन थालेका छन तर आफ्ना जन्मदाताले जसरि ‘राजाको गर्धन मुनि मेरो गर्धन माथि’ भनेर भन्न सकेका छैनन । यस्तो हुनुमा बिदेसी निमकको कारण त हैन ?
यदि नेपाली कांग्रेसले आफ्नो पहिचान राख्दै पार्टीलाई पुरानै साखमा पुर्याउने हो भने गणतन्त्रको ललिपप चुस्न छाडेर एकै नारा र एकै विचारधारा बोकेको रा.प्र.पा संग कुममा कुम जोडेर २०४७ सालको संबिधान फेरी लागु गर भनेर भन्न सक्नु पर्दछ । यदि बुढो रुखका नेता देखि तिनका आस्थावानहरुले त्यसो भन्न सक्दैनन भने भिरबाट लड्न लागेको कांग्रेसरुपी बुढो गोरुलाई  रामराम बाहेक अरु केहि भन्न सकिदैन ।  
प्रकाशित मिति: २०७५/०९/१७ गते

आज नेपालीहरुको नयाँ बर्ष हो र ?


अब जय भोले भन्ने कि जय मसि ?

Written By खांट्टी कुरा on Thursday, December 20, 2018 | December 20, 2018


-जनकमान डंगोल
लालकिल्लाको उपलब्धि ।
औधोगिक नगरी हेटौडा अर्थात मकवानपुर जिल्लाको सदरमुकाम मात्र नभएर तिन प्रदेशको टयाम्पुरे लाज्धानी ।
एक समय लाल किल्लाको रुपमा परिचित यो जिल्लामा अहिले ४० हजार ईसाई र ६ हजार चर्च रहेको भन्दै ऋषिराम आचार्यले जानकारी दिएछन ।

ऋषि अर्थात देउताको नाउँ अनि जात ब्राम्हण ।  जय मुसी धर्म मान्ने यी भू.पु बाजेले हेटौडामा सोलिड्यारिटी बोर्डिंग स्कुल नाउँको पसल खोलेका छन ।
हिन्दु धर्म मास्सियो भनेर के चिन्ता लिनु । ब्राम्हण भनेको देउता अर्थात धर्मको रक्षक तर यिनैले आफ्ना पुर्खाको छातीमा टेकेर जय मसि भन्दै हिंडे पछी मन्दिरको ठाउँमा बनमारा झार जस्तरी चर्च उम्रिनु कुनचाई ठुलो कुरो भो र ।
अहिले सत्तामा पनि यिनैहरुको बर्चस्व छ । आफ्नो पुर्खाको ईज्जत, मान र सम्मानलाई दुई पैसामा लिलाम गर्नेहरु अहिले नेपाललाई हिन्दु हैन ईसाई रास्ट्र बनाउने भनेर कम्बर कसेर लागेपछि यी धमिराहरुले लाल सेनाको आड भरोसा नपाएको भए मकवानपुर जिल्लामा ४० हजार ईसाई र ६ हजार चर्च कसरि बनाउन सक्थे ?
होस गरि है गोर्खेहरु अब जय भोले भन्ने कि जय मसि ?
फैसला आफ्नै हातमा छ !



 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger