Latest Post

मुल्लाजी को झटारो

Written By खांट्टी कुरा on Friday, September 07, 2018 | September 07, 2018

एउटा राजाले उध्रेको, फाटेको सिलाउने एकजना सूचिकार राखेको रहेछ । ऊ कपडा रफ्फू गर्नमा भन्दा पनि राजाका हरेक कुरा रफ्फू गर्नमा माहिर रैछ, उसले राजाका हरेक कुरालाई यसरी व्याख्या र विश्लेषण गर्दो रैछ कि सुन्ने मान्छेहरू मख्ख पर्दा रहेछन् ।
एकदिन राजाले एउटा सभामा आफ्नो जवानीको कहानी सुनाएर जनतालाई मख्ख पार्न खोजेछ । जोशमा आएर राजाले भन्न थालेछ... "एकपल्ट म शिकार खेल्न जाँदा यस्तो भयो कि मैले आधा किलोमीटर टाढाबाट तीर चलाएँ, त्यो तीर गएर हरिणको देब्रे आँखामा लाग्यो र दाहिने कानबाट निस्किएर पछाडिको दाहिने खुरमा गएर गाडियो ।"
राजाले सोंचेको थियो उसका कुरा सुनेर जनताहरूले ताली बजाउनेछन् तर कसैले बजाएनन्, कसैले पनि उसका कुरा पत्याएनन् । राजालाई नि लागेछ कि... सायद आज उसले अलि बढी नै गफ दियो । त्यतिबेलै राजाले सूचिकारतिर हेरेछ । सूचिकार फटाफट उठेर भन्न थालेछ, "मित्रहरू ! यो कुरा सही हो, त्यतिबेला म पनि महाराजको साथमा थिएँ । वास्तवमा त्यतिबेला महाराज पहाडको टुप्पामा हुनुन्थ्यो र हरिण पहाडमुन्तिर । हावा पनि जोड चलिरहेको थियो, नत्र त्यति टाढा तीर जाँदैनथ्यो । जहाँसम्म आँखा, कान र खुरको कुरा छ, संयोग भनौँ कि के भनौँ... ठीक त्यतिबेला हरिणले पछाडिको दाहिने खुट्टा उठाएर दाहिने कान कन्याइरहेको थियो ।" यो कुरा सुनेपछि जनताहरूले ताली पिट्न थालेछन् ।


भोलिपल्ट सूचिकार आफ्नो पोकोपुन्तरो बाँधेर जान लाग्दा राजाले "कहाँ हिँडेको ?" भनेर सोधेछ । सूचिकारले भनेछ ~ "महाराज ! माफ गर्नुहोला । म सानोतिनो सूचिकार मात्र हूँ । उध्रेका, फाटेका कपडाहरू मात्र रफ्फू गर्न सक्छु... ठूल्ठूला भ्वाङ टाल्न सक्दिनँ ।"
 .......
यहाँ पनि केही सूचिकारहरू (ल****भक्त) यस्तै छन्, जो आफ्ना नेताका हरेक निर्णय र हावा गफहरूलाई रफ्फू गर्नमा माहिर छन् । विपक्षका सही कुरालाई पनि गलत साबित गर्न र आफ्ना पक्षको गलत कुरालाई पनि रफ्फू गर्न त कसैले यी ल****भक्तहरूबाट सिकून् ।
उनीहरूसँग आरोपको जवाफ पनि 'आरोप' हुन्छ । सरकारले गलत निर्णय नै गरे पनि "गलत हो" भन्दैनन् बरु उल्टै विपक्षको निर्णय हो भनिदिन्छन् । राम्रा कामहरूको क्रेडिट आफूले लिने, उध्रेका फाटेका सिलाउने र ठूल्लाठूला भ्वाङ परेपछि त्यसको दोष विपक्षलाई लगाउनेहरू नै असली चाटुकार (सूचिकार) हुन
सामाजिक संजाल फेसबुकमा मूल्ला नसरुद्दीन  नामले परिचित सरोज अनुराग हास्य मिश्रित लेखमा माहिर हुनुहुन्छ । उहाँको कतिपय लेखाईमा अस्लिलता देखिन्छ । हेर्दा वा पढ्दा अस्लिलता देखिएता पनि वर्तमान परिप्रेक्ष्यमा मुल्लाजिको लेखाईमा गहिरो व्यङ्ग्य मार्फत सरकार, पार्टीका नेता र तिनका बानर सेनाहरु माथि धावा बोल्न सफल भएको छ भनेर माथिको लेखाईले प्रस्ट पारेको छ ।

तपाईहरुले पत्याउनु भयो ? तर मैलेचै पत्याईन

Written By खांट्टी कुरा on Tuesday, September 04, 2018 | September 04, 2018

ढाँटको खेति खाई पत्याउनु
-जनकमान डंगोल  
तस्बिर साभार: अन्नपूर्ण पोस्ट डटकमबाट 
१८ भाद्र २०७५ मा अन्नपूर्ण पोस्टले सय रुपैयाँमा पढाउने सञ्जेलको तीन सय रुपैयाँमा बिहे शिर्षक दिएर समाचार प्रकासित गरेको रैछ समाचारमा "गुहेश्वरी मन्दिर अगाडि उभिएरै करिब पाँच मिनेटमा बिहेको सबै विधि पुरा गरियो । त्यहाँ न त जग्गे थियो, न त पण्डित, भोजभतेर र उत्सव नै, उत्तमले कलाको सिउँदो सजाउँदा उनका सेलिब्रेटी साथीहरुले ताली पिटेर स्वागत गरेपछि बिहे सकियो" भनेर स्पस्ट रुपमा लेखिएको छ
उत्तम सञ्जेलको बिहेमा देसका नामुद हास्य कलाजोडी 'मह' देखि रियल देखाउने गजुरियल अर्थात पत्नी पिडित मनोज गजुरेल, नेपालको नामुद धनपति उपेन्द्र महतो देखि चर्चित खबरपतिहरु प्रतिक प्रधान र गुणराज लुइँटेल पनि थिए
सिन्दुर हाल्ने देखि बिहाको रिति रिवाज सिकाउन मह जोडी खटिए भन्ने समाचार पढे पछी मह जोडी लगाएतका नामुद हस्तीहरुले नेपालको जनताहरुलाई अझै पनि भेंडानै सम्झेको रैछ भनेर भन्न कर लाग्छ
नेपालमा अझै पनि मागी, भागि र तानी गरि तिन प्रकारले बिवाह गर्ने प्रचलन रहेको छ भने उत्तम सञ्जेलको बिवाह भागि बिवाहमा पर्ने रैछ भनेर बुझ्नु पर्ने देखियो दुलही बनेकी कला अधिकारी घरबाट एक्लै बिवाहस्थलमा पुगेकी छिन बाबु आमाको मन्जुरीबिना गरिने विवाहलाई 'भागि बिवाह' भनेर भन्ने चलन रहेको छ विवाहमा दुलाहा देखि दुलही पक्षको ब्यक्तिहरु नभयेसी त्यसलाई भागि बिवाह भनेर भन्न कर लाग्छ
समाजमा सन्देस दिने भनेर जुन भ्रामक प्रचार गरिएको त्यसमा पंक्तिकार सहमत छैन समाचार पस्किदा समाजलाई सहि र सत्य पस्किनु पर्छ पण्डित र जग्गे बिना ५ मिनेटमा बिवाह सकाईयो भनेर जुन भ्रामक समाचार पस्किएको छ त्यसलाई सत्य मान्न सकिदैन
अहिलेको समयमा तिब्र गतिले संचालन हुने ईन्टरनेटको प्रबिधि भित्रिएको छ अन्नपूर्ण पोस्ट डटकममा प्रकाशित बिहाको समाचार भाईरल हुने बित्तिक्कै धेरैले उत्सुकतापूर्वक त्यो समाचारलाई हेर्नु र हो हैन भनेर जांच पड्ताल गर्नु र त्यसै मध्येको जग्गेको फोटो सामाजिक संजालमा भाईरल हुनु पनि एक हो त्यसैले मह देखि मनोज गजुरेल अनि चर्चित पत्रकारहरुले समेत देसका जनताहरुलाई बुद्धु बनाउन बाँकी राख्दैनन भने अरु बाट के आसा गराई भो
हेर्नुहोस सामाजिक संजालमा भाईरल बनेको यो तस्बिर 

नवदुलाहा उत्तम सञ्जेल एकजना शिक्षा सेवी हुन् । उनी केबल एक सय रुपैयाँमामा नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियानका अभियन्ता पनि हुन् । नेपालका ७७ जिल्लालगायत भारत, श्रीलंका र बंगालदेशमा समता स्कुल खोलेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई शिक्षा अभियानको नेतृत्व उनले गरिरहेका छन् । उनीसँग जीवनसाथी बनेकी सुन्दरीजलकी कला अधिकारी पनि यसअघि नै उत्तमको सय रुपैयाँ शिक्षा अभियानमा जोडिएकी युवती हुन् । उनी अहिले केबल एक सय रुपैयाँमै उपचार गरिने समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत छिन् ।
२०४६ साल पछी नेपालमा बिदेसिको दाना पानीमा चल्ने र हुर्किने असंख्य बिषवृक्षको रुपधारण गरेको INGO,  र NGO खुलेका छन INGO र NGO को प्रमुख काम भनेकै निशुल्क शिक्षा र स्वास्थ्यको नाउँमा ईसाई धर्म फैलाउनु हो गरिब बिधार्थीलाई सित्तैमा पढाउनु धर्म नै हो तर सय रुपैयामा पढाउने देखि देस बिदेसमा स्कुल खोल्ने सञ्जेलको आम्दानीको अन्य स्रोत चै के रैछ भनेर अब खोतल्ने बेला आएको छ हावा खाएर बाच्न सकिदैन भने सय रुपैयाको जागिरले जीवन कसरि निर्वाह हुन्छ भनेर प्रश्न किन नगर्ने ? त्यसैले चर्चित मान्यवरहरु जनतालाई मुर्ख बनाउने काम नगर्नुस किनभने अहिलेको युग भनेको बिज्ञानको युग हो र यो युगमा दुधको दुध र पानीको पानि खुट्याउन मिनेटभरको समय भए पुग्छ
प्रकाशित मिति : २०७५/०५/१९ गते 

आफैले मन पर्याएर ल्याएको शासन पद्धतिको बिरोध किन ?

Written By खांट्टी कुरा on Sunday, August 26, 2018 | August 26, 2018

-जनकमान डंगोल 
२००७ सालमा जहानियाँ राणा शासनको अन्त्य पश्चात केहि शिक्षित तप्काका राणाजीहरु,  बुद्धिजिबी देखि साहु महाजनहरुको पहिलो रोजाईमा नेपाली कांग्रेस पार्टी परेको थियो र अझै पनि पुराना तप्काकाहरुको लागी कांग्रेस पार्टीनै प्यारो छ । कांग्रेस पार्टी पछी कम्युनिस्ट पार्टीमा लाग्नेहरु पनि छन तर बिचार नमिल्नासाथ फुटेर छुट्टै पार्टी र समुह गठन गर्ने गरेको कारणले गर्दा नेपालमा अहिले पनि बिचार र सिद्धान्तको राजिनितिमा कांग्रेस पार्टीनै अब्बल देखिएको छ ।
नेपालको कांग्रेस हुन या कम्युनिस्ट यी दुवै पार्टीको जन्म छिमेकी भारतमा नै भएको हो । नेपाली कांग्रेस पार्टीलाई भारतीय कांग्रेस पार्टी अनि नेपाल कम्युनिस्ट पार्टीलाई भारतीय कम्युनिस्ट पार्टीको साथ र सहयोग देखि हुबहु नक्कल सम्म गर्न छुट थियो भने राजनीतिक पार्टीको नामको अगाडी नेपाल राख्दैमा खाँटी नेपाली राजनीतिक पार्टीको कोटिमा कसरि उभ्याउनु ।
नामको अगाडी धन बहादुर राख्दैमा ब्यक्ति धनी हुन्न भने कानो व्यक्तिको नाम नेत्र बहादुर राख्दैमा उसले आँखा देख्न सक्दैन । नामको अगाडी वकिल मियाँ राख्दैमा न उ  वकिल हुन्छ त्यस्तै दरोगा सिंह राख्दैमा थानेदार अर्थात ईलाका पुलिसको हाकिम बन्न पाउछ भने छिमेकीलाई गुरु भेटि थापेर जन्मिएको राजनीतिक पार्टीहरुले देस र जनताको हितमा काम गर्छन भनेर कसरि पत्याउनु ।
कुरो गुरु भेटीको आयो । थपना राखेको गुरु खुसि पार्न एकजना धनुधारीले आफ्नै बुढी औंला काटेर दिएको मिथक कथा जस्तै छिमेकी गुरुले गुरु भेटीको नाउँमा खोलानाला देखि ब्यापार सम्मको एकाधिकार माग्दा कांग्रेस कम्युनिस्टको सरकारले दिएकै हुन । राणा शाही हटाउन सहयोग गरे बापत उत्तरी सिमानामा गुरुको सुरक्षा फौज हटाएको निहुँमा पंचायती देखि राजतन्त्र सम्म फालेकै हुन ।
'सास छउन्जेल आस' भन्ने नेपाली उखानलाई नेपाली जनताहरुले कसरि बिर्सन सक्छन तर उखानलाई उखानमा नै सिमित पार्दिने कला पार्टीका नेताहरु संग छ भने आस गर्ने बानि भने नेपाली जनताहरु संग छदैछ । नेपालमा नेताको फुर्को झुण्ड्याएर हिड्ना साथ उहिलेको राणाजिको खलकलाई जसरि सात खत माफी छ भने बाजे बराजुको पालाको राणा शासन र अहिलेको पुस्ताको पालाको गणतन्त्रे शासनमा के नै फरक छ र ।
केहि दिन देखि नेपालमा बलात्कार अनि बलात्कार पछिको हत्याको खबरले जनताहरु आन्दोलित भएका छन । आन्दोलन गर्न उक्साउनेहरु नेपालमा फाँसीको संजाये माग गर्दैछन । नेपालमा मृत्युदण्डको खारेजी माग्ने पनि अहिलेका पार्टीका नेताहरु हुन भने नेपालमा मृत्युदण्डको कानून नबनाउने भनेर अन्तर्राष्ट्रिय सन्धिमा ल्याप्चे समेत ठोकिसकेको छन ।
यस्ता कुराहरु बुझेर हुन या बुझ पचाएर हो नेपालका बुद्धिजिबी, देखि सिक्षित प्रबुद्ध बर्गहरु अझै पनि कांग्रेस र कम्युनिस्टको खेमामा बाँडिएर बस्न रुचाउछन भने नेपालमा हत्या हिँसा, बलात्कार देखि भ्रस्टाचारले जरो गाड्नु कुनै नयाँ र नौलो कुरो भएन । रास्ट्रको ढुकुटीमा जसरि हिजो राणाका खलकले रजाई गरेका हिये भने अहिले पार्टीकाहरुले रजाई गर्दैछन भने हिजो आफ्नै मर्जीले ल्याएको शासन पद्धतिको बिरुद्धमा सडकमा गएर बिरोध र ताण्डब नृत्य मच्चाउनुको के नै अर्थ भयो र ।

साली पुराण

Written By खांट्टी कुरा on Tuesday, August 21, 2018 | August 21, 2018

जोई कसार हो भने साली रसबरी

गोरा र कुईरेको देसा हैन हाम्रो देसमा भुटेको चामलको पिठोमा गुल्यो सुल्यो हालेर बनाएको जिनिसलाई कसार भनेर भन्ने गरिन्छ । सादी ब्या देखि छठ पर्वमा यो कसार भन्ने जिनिस अनिवार्यरुपमा बनाउने गरिन्छ ।
भुरा हुँदा बाहुन साथिहरुको ब्या मा निम्तो मान्न जाँदा टपरीमा एकमुठी च्युरा, एक थान सेलको साथ दाँतनै भाच्ने क्षमता भएको एक डल्लो कसार पाईन्थ्यो जसलाई स्वाद मानेर बजाईने गरिन्थ्यो ।
कसार सम्पन्नताको प्रतिक हो भने कसार बनाएर ख्वाम्न नसक्नेलाइ जोरीपारीले हरिकंगाल अर्थात सुदामाको कोटिमा उभ्याएर सुदामाको सन्तानभनेर हेपेर बोल्ने गर्थे ।
कसार भन्दापनि ठुलो जिनिस भनेको रसबरीहो । उतिबेला अर्थात हाम्रो पालामा रसबरी खानलाई त्यार आम्नु पर्थ्यो । सुद्ध गाई माते देखि भूईसिको दुधबाट रसबरीबनाईन्छ ।
जोई र सालीको बखान गर्ने हो भने ३२ लक्षणको जोई भन्दा छुच्ची काली साली आच्छा भन्ने चलन छ । साली भनेको आधि घरवाली रे नि भन्छन । साली भनेको रसबरी हो । जोई भनेको दांत भाच्ने ह्याउ भको कसारहो ।
एउटा पत्नी पिडित गोर्खाली मनुवाले ब्या अरेर पहिलो पटक ससुराली ग को बेलामा साली देखेछ त्यसपछि मुन थाम्न नसकेर सामाजिक संजालमा जब सालीसङ्ग आँखा जुध्यो, तब था भयो रसबरी लुकाएर कसारको डल्लो थमाएछन मलाईभनेर गुनासो पोखेछ्न। कुरो जायज भए पनि क्यार्नु । यो मंगीको जमानामा दुईटा माला पनि भिर्न सकिन्न । त्यहि माथि बौ ब्या गर्यो भने त उखाने सरकारले झ्यालखाना जाकेर तोरीको फुल देखाई दिन्छन,
त्यसैले ..........
जो जसले अहिले आएर साली सम्झिदै गुनासो अर्छन तिनीहरुले क्यार्नु हजुर करिमै खोटो परेसीभनेर पुर्पुरोमा हात लाएर बस्नु भन्दा अरु के नै बिकल्प भो र !


जस्तो शासन त्यस्तै बिरोध प्रदर्शन

Written By खांट्टी कुरा on Saturday, August 18, 2018 | August 18, 2018

तस्बिर साभार : सावित्री सुबेदीको फेसबुकबाट
-जनकमान डंगोल 
बिदेसिले हुल्देको भएर होला अहिले बिरोध पनि बिदेसी तरिकाले हुन थाल्यो !
हाम्री आमैहरुले लाउने फरिया कुर्कुच्चा भन्दा २ अम्मल माथि पुग्यो भने हजुर आमैले ब्वारी बईफाले हुने भो भनेर चिन्ता मान्नु हुन्थ्योरे ! नारीको ईज्जेत भनेको बयान नगर्नु पर्ला !
अहिलेका नारि देखि भुरिहरुले लाउने वस्त्रको बयान के गराई भो ! कुन अंग देखाउनु हुन्छ कुन देखाउनु हुन्न भन्ने थाहा नै हुन छाड्यो !
बिरोध गर्ने पनि तरिका हुन्छ ! हिजो एउटा बिर गोर्खालीले पुरुषको संबेदनसिल अंग कागजको चिर्कटोले छोपेर जात्रा देखायो ! आज बलात्कारीलाई फांसीको माग गर्दै कालो पेटिकोट लाएर केहि नानीहरु बिरोधमा उत्रिए !
बिरोध गर्ने पनि तरिका हुन्छ ! राणा शाही हटाउने बेलामा हाम्रो बाउ बाजेले सुरुवाल अनि आमै देखि बज्यैहरुले चोलीको तुना फुकालेर बिरोध गरेका थिए ?
नारि देबी हुन, आमा हुन, पत्नी हुन भने छोरी बुहारी पनि हुन ! नारीको सम्मान नगर्ने पशु हुन तर जुन दिन बाट बिदेसी भाषा, संस्कृति, भेषभुषाले नेपाली पहिचान, संस्कृति र भेषभुषामा आक्रमण गर्दै गयो त्यहि दिन देखि बिकृति र विसंगति देखि छाडापन भित्रेको हो !
पंचायतको कुरा निकाल्यो भने मण्डले भन्लान ! भने पनि केहि फरक पर्दैन ! अस्लिल पुस्तक, पत्र पत्रिका, म्यागजिन देखि चलचित्रमा समेतमा पन्चेतको सरकारले कडाई गरेको थियो !छाडापन भित्रिन पाएको थिएन !
बोल्न पाएनम, स्वतन्त्रता पाएनम भनेर गरेको आन्दोलन अनि त्यो आन्दोलन र बलेको आगोमा बिदेसिले थपेको घ्युको रापले टिक्न नसकेको पंचायती ब्यबस्थाको पतन !
पंचायती शासनको पतन अनि बिदेसी मालिकहरुको निगाहले पाएको प्रजातन्त्र सम्म त्यति छाडा नभएको नेपालीहरुलाई माओ देउता पुज्नेहरुको कृपाले गर्दा लादिएको गणतन्त्रमा आईपुग्दा पुरै छाडापन र निर्लज्ज भई सकेको छ त्यसैले नाङ्गो प्रदर्शनलाई यो पंक्तिकारले कहिले पनि समर्थन गर्दैन ! कुरो यत्ति मात्र हो !

रोकायाको त बुद्धि पलायो तर बाबुरामहरुको कहिले ?

Written By खांट्टी कुरा on Friday, August 17, 2018 | August 17, 2018

भाद्र ३० गतेका दिन गोराहरूले खोलेको रेडियो बि.बि.सी को नेपाल शाखाले इसाई समुदायका एक अगुवा एवम् राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य केबी रोकायाले सबै धर्मको रक्षाको निम्ति नेपाल हिन्दू राज्य हुनु पर्ने धारणा व्यक्त गरेका छन भन्ने बिचार प्रशारण गर्यो ।
बि.बि.सी को ‘साप्ताहिक नेपाल’ सन्दर्भमा बोल्दै रोकायाले धर्मनिरपेक्ष नेपालीको एजेन्डा नभएको बताउनुको साथसाथै विगतमा आफूले धर्म निरपेक्षताको पक्षमा वकालत गरेर ठुलो गल्ती गरेको भनेर बताएका छन ।
उमेरले नेटो काटी सके पछी अहिले आएर नेपालमा हिन्दु रास्ट्रनै हुनु पर्ने भनेर रोकायाले महसुस गर्नु भनेको नेपालमा बिदेसिहरुले देशकै अस्तित्व सखाप पार्नको लागी ईसाई धर्मलाई के कसरि हतियारको रुपमा प्रयोग गरेका रैछन भनेर सजिलै लख काटन सकिन्छ ।
पंचायती शासनको ३० बर्षे दौरानमा धर्म परिवर्तन गर्नेहरु माथि कानून कठोर रुपमा प्रस्तुत भएको थियो । पंचायती शासन रहुन्जेल ईसाई धर्मको बिस्तार गर्न सकिन्न भनेर पश्चिमाहरुले नेपालको कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुको नेताहरुलाई सत्ता र भत्ताको लागी देखाएको ललिपप र त्यहि ललिपपमा भुलेको नतिजा नै अहिलेको ब्यबस्था हो ।
जवानीको समयमा कम्युनिस्ट पार्टीमा लाग्नेहरु एक किसिमको नास्तिक  जस्तै थिए । नास्तिक अर्थात धर्मका बिरोधि । कम्युनिस्टले धर्मलाई अफिम जस्तै कडा नशा हो भनेर भन्ने समेत गरेका थिए । अहिले आएर त्यसो भन्नेहरु गलामा रुद्राक्षको माला देखि निधारमा चन्दन लगाउन, साधु सन्त र ज्योतिषीको चक्करमा फन्को मारेको पनि देखिएको हो ।
सारा संसारले बीर गोर्खाली भनेर चिनेको हामि नेपालीहरुको बुद्धि अगाडी हैन पछाडी हुन्छरे भन्ने उखान चलेको छ । त्यो उखानलाई बेठिक भनेर पनि भन्न मिल्दैन । मानब अधिकारको वकालत गर्ने देखि ईसाई धर्म फैलाउने रोकायाहरु अहिले आएर ईसाई धर्म बेठिक र नेपाल र नेपालीहरुको लागी हिन्दु धर्म नै ठिक भनेर उमेर ढल्केपछि आएर भन्नु भनेको नेपालीहरुको बुद्धि अगाडी हैन पछाडी नै हुन्छ भनेर पुस्टि भएको छ ।
घुमाउरो पाराले अहिलेको कम्युनिस्ट सरकारले पनि धर्म परिवर्तन गर्नेहरु माथि कठोर कानून बनाएर हिन्दु धर्मको रक्षाको लागी पाईला चालेको देखिदैछ । रास्ट्रिय पोशाक दौरा सुरुवाल र सारी चोली अनि रास्ट्रिय जनावर गाई भनेर तोक्नु त्यसको प्रमाण हो तर अझै पनि  प्रधानमन्त्री जस्तो पदमा आसिन भई सकेका डाक्टर बाबुराम भटराई जस्ताहरु रास्ट्रिय पोशाक देखि धर्मको खिलाफमा सामाजिक संजालमा बर्बराउन छाडेका छैनन भने यस्ताहरुलाई नेपाली जनताले कहिले चिन्लान त्यो नै खाँटी प्रश्न बनेर तपाई हामि सामु तेर्सिएको छ ।

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger