Latest Post

मुकुन्दे पुराण ।

Written By खांट्टी कुरा on Wednesday, December 10, 2014 | December 10, 2014

मुकुन्दल्याण्ड कता पर्छ त्यो त थाहा भएन तर मुकुन्देल्याण्डको मनचिन्ते रास्ट्रपति ईन्जिनियर श्री मुकुन्द घिमिरेज्यु मेरो फेसबुकको च्याट बक्सा पाउ कस्ट गर्न आउनु भाको रैछ । नेपालको मदेसको चारकोसे झाडीको के महत्व छ भन्ने कुरा उहाँले मज्जाले बुझ्नु भएर कार्य पत्र बनाउनु भएर मेरो च्याट बक्समा समेत डाम्नु भको रैछ ।
मुकुन्दल्यान्डको रास्ट्रपति मुकुन्द घिमिरे 

हेर्नुहोस उहाँको कार्यपत्र:
करोडौं जनता पाल्नुपर्ने उर्वर अन्नभण्डार तराइको ठुलो भाग ओगटेर बसेको अनुत्पादक ४ कोशे झाडी हाम्रो निर्धन राष्ट्रमा चाहिदैन, रुखपातले Oxygen दिन्छ भन्ने महेन्द्रमालाको बयान शतप्रतिशत झुठो हो, Hydrogen लाइ Oxygen बनाउने मेशिन, फोक्शो, नै नहुने रुखपातले कसरी Oxygen दिन्छ ? Diploma Engineer मुकुन्द घिमिरे "प्रजा मोटा भया भने दरबार भत्काउन्या छन्" भन्ने कपटी सिध्दान्तमा आधारित अन्धविश्वाश तोड्दछ ! बंगालको खाडी बाट चर्को घामले समुन्द्र सुकेर आएको बादलले अग्लो हिमालय पर्वत नाघ्न नसकेर यो MukundaLand क्षेत्रमा पानीझरी पर्ने हो, यो जंगलामुलुकका मान्छेहरु शीतल सास फेर्न अनि २ गाँस खान मरुभूमिको अरब र समुद्रको युरोप पुग्नु परेको छ, प्राणवायु अक्सिजन चाहिँ प्रकृतिले सर्वसुलव मात्रामा सर्वत्र रचेकी हुन्छिन् . जहाँसम्म तन्नेरी छोरा अनि तरुणी छोरीहरु रोजगारीको नाउमा विदेश लखेट्ने चलन छ, हिजो देखि नै हिन्दु राज्यमा हानीकारक हुनसक्ने Mongolian जनसंख्यालाई घटाएर Balance गर्न आदिबासी मंगलेहरुलाई फ़काइफ़ुल्याइ / जोरजबर्जस्ती मलायाको लाहुरे पठाइएको हो भने अहिले त झन् प्रचण्ड र ज्ञानेन्द्रको अधिराज्य (Kingdom ) विरोधी रास्ट्रपति हुनसक्ने बाठा बाहुनहरु समेतलाई रोजगारीको नाउमा देश निकाला गराउन अरब, कोरिया, युरोप, अमेरिका सम्मका DV चिट्ठा आदिको सहारा लिइएको बुझ्ने बुद्दि खोइ ?
म नाथे प्रजाको फेसबुकको दैला आएर नेपालको राजनीतिको बारेमा महान प्रबचन दिनु भयो । महेन्द्रमाला संस्कृति र एनेकपा माओबादीको महान नेता श्रद्धेय अध्यक्ष कामरेड प्रचण्ड देखि निलम्बित माहाराज समेत लाई निचोरिएको कागती जस्तरी अन्वार बनाम्दै तथानाम गालि सम्म गर्न भ्याउनु भो । म परे अबला प्रजा महान रास्ट्रपति संग मुख लाग्ने हिम्मत कसरि गर्नु ।
पक्कै पनि केहि त होलानी भनेर मुकुन्दल्याण्डको सम्माननीय रास्ट्रपति संग भएको भलाकुसारी तल जस्ताको तस्तै प्रस्तुत गरेको छु !
तपाई ईन्जिनियर पढेको मान्छेले विज्ञानलाई के कुन हिसाबले चुनौती दिदै हुनुहुन्छ ? तपाईले भनेको कुराको पत्याउने आधार के छ ? तपाईको जात के हो ? तपाईको जातले नेपालमा सासन गरेको अहिले कति बर्ष भयो ? जंगली जीव जन्तुलाई किन संरक्ष्ण गरिन्छ ?
taapiko taauko khaayo kyare
चारकोसे झाडी मास्यो भने पर्याबरनमा के कस्तो असर पर्छ ?
arabma pani jangal6 ra ?
बिज्ञानलाई चुनौती दिने के आधार छ तपाई सित ?
mahendramaala po ho tyo universal science ta maile vandiya ni hajur
नेपालमा पनि उँट छ र ?
तपाई केटाकेटी जस्तो कुरा गर्नु हुँदो रैछ मुकुन्द जी त्यत्रो पढेलेखेको बिद्द्वन भएर बडो अचम्मको कुरा गर्नु हुँदो रैछ तपाई !
kataksha nagaru haami
एमजोन को जंगल सित भारतको चेरापुँजीको के सम्बन्ध छ ?
ho satya arko 6 ainale anuhar ulto dekhayo mero camera view ho hajur
तपाईले प्राबिधिक बिषय पढ्नु भयो तर भूगोल पढ्नु भएन प्रकृतिको बिषयमा तपाई जिरो हुनुहुँदो रहेछ !
90 anka aayo geography ma mero
गोमन सर्पले मान्छे डस्छ त्यो बिखालु प्राणि हो तर त्यसलाई किन संरक्षण गरिन्छ ?
बाघ भालु किन पालिन्छ ?
tesko taauko yo gaaile tek6
ति त मानव को दुस्मन हो कि हैन ?
ph d nai garnu hola kyare mero baarema hajurle
महेन्द्र माला भनेको चै के हो नि ?
तपाईको बाहुन जातले नेपाल हाँकेको आज २५ बर्ष भो नि
के गर्यो ?
panchayati siksha tapailai ulto padhaeka
प्रचाण्ड बाबुराम कोईराला पौडेल सबै पार्टीमा तपाईको बाहुन जति को हालीमुहाली छ नि
तपाई पनि बाहुन हैन ?
ti kaatte bahun hun
ma political jaisi hu
देख्नु भयो त सवाल जवाफ ?
बाँदरको काम भनेको रुख चढ्ने हो त्यो बेला बेलामा उहाँले राजधानीको मुटु रत्नपार्कको रुखमा प्रदर्शन गरेर देखाउनु हुन्छ । बाँदरको आर्को काम भनेको नास गर्ने अर्थात बिगार्ने र भत्काउने ।
चारकोसे झाडी फाँडेर त्याहा हेलिकोप्टरबाट बिउ बिजन झारेर खेति गर्यो भने १० करोड जनतालाई न्न खान पुग्छ भन्ने महान 'मुकुन्द बाणी' उहाँ लाई भौवान मुकुन्देस्वरले सपनामा दिनु भएको रैछ क्यारे त्यहि भएर चारकोसे झाडी फाँडेर खेति गर्नु पर्छ भन्दै बाँदरले रुखा जम्प हाने जस्तरी फेसबुकको भित्ता भित्ता जम्प हान्दै हिड्नु भाको रैछ ।
मुकुन्द पुराण प्रस्तुत गरे अब भन्नुस यस्ता पुराण बाचन गर्ने मुकुन्द घिमिरेको कुरामा तालि पिट्ने तिनका समर्थक अनि कांग्रेस कम्युनिस्ट देखि पुर्ब माहा पन्च सम्मका नेताहरु र तिनका समर्थकहरुमा केहि फरक छ ?
त्यसैले म जस्तो सामान्य जनताको नजरमा मुकुन्द घिमिरे र अहिलेका सबै नेताहरु एकै हुन किनभने न ति अर्ध पागल मुकुन्दलाइ जिबन र जगतको बारेमा ज्ञान छ न नेपालको नेताहरुलाई देस र जनताको बारेमा चिन्ता छ भने यी दुवैको भनाईमा तालि पिटने नेपालीहरु र यिनीहरुको भनाई छाप्ने पत्रकारहरु देसको सबै भन्दा ठुला मुर्ख र बेवकुफ अरु हुने सक्दैन
..
जनकमान डंगोलjanakdangol@gmail.com

जुँगाको लडाई र मेलमिलाप ।

 ~जनकमान डंगोल

हतियारको माध्यमबाट दुस्मन संग लड्ने भिड्नेकार्यलाई युद्ध भनिन्छ तर बिना हतियारको पनि युद्ध हुन्छ जसलाई 'वाक युद्ध' भनिन्छ र यो 'वाक्युद्ध' हतियार युद्ध भन्दा पनि खतरनाक हुन्छ भनेर देखिएको थियो देखियो र अझै देखिदैछ
क्रान्तिको माध्यमबाट मात्र समाज र देस परिवर्तन हुन्छ । बिना क्रान्ति देस र समाज परिवर्तन हुन सक्दैन भनेर कम्युनिस्टहरुको नीति र सिद्धान्तले भन्छ । अन्त देसका कम्युनिस्ट नेताहरुले आफ्नै तौर तरिकाले नीति र सिद्धान्त बनाएर र सोहि अनुसार चले । कोहि असफल भए कोहि सफल भए तर तिनीहरुले प्राय अर्काको नीति र सिद्धान्तको हुबहु प्रतिलिपि गरेनन ।
क्रान्तिको मध्यम बाट देस जनताको आमुल परिवर्तनको सपना देखेर नेपालका केहि युवा युवतीहरुले छिमेकी मुलुकमा गएर बिक्रम सम्बत २००६ सालमा बिदेसी भुमि भारतमा गएर कम्युनिस्ट पार्टीको स्थापना गरे । २००६ सालमा नेपालीहरु द्वारा जन्मईएको नेपाल कम्युनिस्ट पार्टीहरु आज कति टुक्रामा विभाजन भएको छ त्यो सबैको नाम नामेसी यो पंक्तिकारले पनि भन्न सक्दैन ।
युद्धको कुरा मैले सुरुमै उठाए । नेपालको कम्युनिस्टहरुले पनि युद्धको सुरुवात २०२८ सालमा गरेका हुन त्यो पनि हतियारबिहिन मान्छेको टाउको काटेर । अब यो युद्ध भयो कि हत्या त्यो आफै अनुमान गर्नु होला तर त्यसरी क्रान्ति गर्ने पार्टी आज नेपालको सबै भन्दा ठुलो कम्युनिस्ट पार्टी बनेको छ र जसलाई नेपाल कम्युनिस्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादी भनेर संसारले चिन्ने गरेको छ । त्यहि खेमाको आर्को पार्टी पनि छ जसलाई नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनबादी मात्र भनेर भन्ने गरिन्छ । 
सांच्चिक्कै हतियार उठाएर ससस्त्र क्रान्ति गर्ने नेपालको कम्युनिस्ट पार्टीमा नेपाल कम्युनिस्ट पार्टी माओबादीलाई जान्छ । माओबादी पार्टीले नेपालमा २०५१ साल देखि २०६३ साल सम्म मच्चाएको हत्या, हिँसा, आगजनी, अपहरण, तोडफोड जस्ता क्रियाकलापहरुको फेहरिस्त निकै लामो छ जुन बर्णन गरेर साध्य हुन्न ।
क्रान्तिकै माध्यमबाट परिवर्तन हुन्छ भनेर ससस्त्र क्रान्ति गर्न नेपालमा नेपाली कांग्रेस पार्टीले सिकाएको हो र २००४ साल देखि २०३३ साल पटक पटक नेपाली कांग्रेसले पनि हतियार बम बारुद उठाएकै हो तर नेपाली कांग्रेसले नेपालको कम्युनिस्टले जसरि 'सफाया' भन्दै व्यक्ति हत्या कहिले पनि गरेन सायद 'समाजबाद' को सिद्धान्तको कारणले पो हो कि ।
नेपालमा कम्युनिहरु कहिले पनि एक भएर मिलेर बस्न सकेनन जसको नतिजा नेपाली जनताले पटक पटक भोग्नु परेको छ । कम्युनिस्टहरु पहिला सिस्ट भाषामा बहस गर्छन र त्यो बहस बढ्दै गए पछी 'वाकयुद्ध' मा परिणत हुन्छ । 'वाक्युद्ध' बढ्दै गए पछी आरोप, प्रत्यारोप हुँदै व्यक्तिको मानहानी बाट गालि बेईज्जति हुँदै ताल परेको खण्डमा 'सफाया' गर्न समेत पछी हट्दैनन् भन्ने कुरा नेपालको हाल अस्तित्वमा रहेको तिन दर्जन भन्दा बढीको कम्युनिस्ट पार्टीहरुले देखाई सकेका छन ।
सिधा र सरल तरिकाले भन्ने हो भने नेपालको कम्युनिस्टहरुले कहिले पनि देस र जनताको लागी क्रान्ति गरेका छैनन । यिनीहरुको क्रान्ति त्यो क्रान्ति नभएर भ्रान्ति मात्र हो किनभने जुन पार्टीहरुले आफैले प्रतिपादन गरेको नीत र सिद्धान्त नभएर बिदेसीबाद र सिद्धान्त अँगाल्छ भने त्यो त आर्काको नक्कल हो र आर्काको नक्कल गर्नेले सक्कली क्रान्ति कसरि गर्न सक्छ ?
'कालमार्क्स' ले यस्तो गर्नु भाको थियो, 'लेनिन' ले यस्तो गर्नु भयो, 'माओ' ले यस्तो गर्नु पर्छ भन्नु हुन्थ्यो । नेपालको कम्युनिस्ट पार्टीहरुको देउता तिनै तिन थरि बिदेसी नागरिक हुन र तिनैले बोलेको वाक्य नेपाली कम्युनिस्टहरुको लागि बरदान भयो र तिनैको फोटोमा पुजा गर्छन  कम्युनिस्टहरु सर्बहारा हुन र धर्म मान्दैनन पनि भन्छन  ति तीनथरी मान्छे बिदेसी हुन र तिनले आफ्नै बुद्दी र विवेकले आफैले बिचार जन्माए पछी त्यो नीति बन्यो र त्यसै अनुसार चले तिनका देसका नागरिकले साथ दियो त्यो सफल भयो तर जनताले तिनका नीति र बिचार मन नपराको भे त्यो कदापि सफल हुन सक्दैनथ्यो ।
बिदेसिले जन्माको नीतिमा थपथाप गरेर फूलबुट्टा भरेर नेपाली कम्युनिस्टहरुले नेपाली जनता माझ प्रस्तुत गरे । जनताले मन पराए तर तिनीहरुले जोडजाड पारेको बिदेसी नीति र सिद्धान्त तिनकै पार्टी भित्रकाले मन पराएनन जसको नतिजा हो पार्टी एक बाट दुई, तिन हुँदै अहिले तिन दर्जनमा पुग्नु तर पनि नेपालको मुर्ख कम्युनिस्ट पार्टीका नेताहरुले ति तीनजना बिदेसी नागरिकलाई 'देउता' मानेर पुज्न छोडेका छैनन भने यिनीहरुलाई अब पनि नेपालको जनताले माया गर्छन भनेर सोच्नु त्यो केवल दिवा सपना मात्र हो 
१२ बर्षे जनयुद्ध गरेर देसमा आमुल परिवर्तनको सपना देखाउने नेपाल कम्युनिस्ट पार्टी माओबादी आज गुट उपगुट हुँदै ५ खेमामा विभाजन हुन पुग्यो । यो बिभाजन हुनुको मुख्य कारण भनेको नीति र बिचारको लडाई नभएर सुरुमा 'वाकयुद्ध' र पछी त्यसैले जन्माएको 'जुँगाको लडाई' भन्दा अरु केहि पनि हैन ।
एमाओबादी बाट ड्यास माओबादी पार्टी बनाएर आफै अध्यक्ष बनेका क.मोहन गोपाल बैद्य अझै पनि 'मिलापत्र' गरम भनेर हिजोका आफ्नाहरूलाई याचना गर्छन । संसद छोडेर आउनुस भनेर आफ्ना चेला चपेटालाई जनयुद्धकालिन झैँ गरेर आदेस गिराउछ्न तर नेपालमा क.बैद्य जत्तिको मुर्ख र बुद्धि नभाको नेता यो पंक्तिकारले आज सम्म देखेको छैन किनभने हिजै प्रबास दौरानमा अहिलेका क.प्रचण्ड खेमाले 'तोरीको फुल' देखाको देख्दादेख्दै पनि जीवनको अन्तिमक्षणमा आएर कांग्रेसी नेता बि.पीले अंगालेको 'मेलमिलाप' को 'ललिपप' देखाउदैछन । 
कांग्रेसी नेता स्व. बि.पी २०३३ सालमा त्यो बेलामा रोग नलागेर हट्टाकट्टा भएको भए तिनले 'मेलमिलाप' को 'अस्त्र' कदापी फ्याक्दैन थिए । 'ज्यु रहेपो खान पाईन्छ घ्यु' भन्ने उखान सम्झेर 'जान हे तो जहान हे' भन्दै रुन्चेस्वरमा 'मेलमिलाप' भन्दै आफ्नो क्यान्सर लागेको ज्यु ज्यानको ओखती गर्न पाईने आसामा नेपाल छिरेका हुन त्यो भन्दा अरु कुनै कारण थिएन किनभने स्व.बि.पी हेर्दा समाजबादी देखिएतापनि उनि जत्तिको क्रान्तिकारी नेता नेपालमा अहिले सम्म जन्मिन सकेको छैन र सायद जन्मिदा पनि जन्मिदैन । उनको सिंगो जीवननै ससस्त्र क्रान्तिमा बितेको हो ।
यहि फर्मुला अहिले क.बैद्यले आफुमा लागु गर्दैछन किनभने साक्तिको श्रोत भनेको युवाहरु हुन जो बैद्यको नीति र नियम संग असन्तुस्ट भएर अहिले युवा नेता क.चन्दको नेत्तृत्वमा गोलबन्द भएर छुट्टै पार्टी गठन गर्न पुगी सकेका छन भने नेपालको कम्युनिस्टहरु हुन या कांग्रेस यिनीहरुले गर्ने भनेको आन्दोलन देस र जनताको लागि नभएर व्यक्तिको फाईदाको लागी मात्र हो भनेर प्रमाणित भै सके पछि अब फेरी पनि जो जसले क्रान्ति गर्छु भनेर भन्छन भने त्यसको पत्याउने अधार के ?
के नेपालको कांग्रेस हुन या कम्युनिष्टहरुले आफैले नीति र सिधान्तको आविस्कार गरेका छन ? नेपाली कांग्रेस पार्टीको नीति र सिधान्त भारतीय कांग्रेसको प्रतिलिपि हो भने नेपालको सबै कम्युनिस्ट पार्टीहरुको नीति र सिधान्त पनि त्यस्तै बिदेसी कम्युनिस्ट पार्टीहरुको प्रतिलिपि हो कि हैन ?
आर्काको नक्कल गर्ने नक्कले पार्टीहरुले देस र जनताको बिकास गरे कि गरेनन त्यो आफ्नै आँखा अगाडी पटक पटक प्रत्यक्ष देख्दादेख्दै र भोग्दाभोग्दै पनि फेरी तिनीहरुको गुलिया र चिप्ला कुरामा लाग्नु भनेको आफुले आफुलाई स्वयम धोका र गुमराहमा पार्नु हो कि हैन ? यक पटक ठण्डा दिमागले सोच्नुहोस त ।

रेमिटान्सको लिगलिगे ।

Written By खांट्टी कुरा on Monday, December 08, 2014 | December 08, 2014

लेखक:जनक मान डंगोल
कुनै पनि देसको नागरिक देस छोडेर अन्य देसमा गएर श्रम गरेसी त्यो बापत पाईने ज्यालालाई आफ्नो देसमा बैकिंग वा अधिकार प्राप्त हुण्डीवाला द्वारा प्राप्त हुने रकमलाई ‘रेमिटान्स’ भनिन्छ । लिगलिग भनेको नेपाल एकिकरण हुनु भन्दा पहिला लिगलिग भन्ने स्थानमा एक बर्षे राजा छान्न दौड प्रतिगोगिता सुरु हुन्थ्यो र दौडमा जो जितुवा उही एक बर्षे राजा हुने भएकोले नेपाली जन जिब्रोमा दौड भन्ने बित्तिक्कै लिगलिगे दौडको झल्को आउने भएकोले ‘लिगलिगे’ भन्न सुरु गरिएको हो भन्ने कथन छ ।

नेपालबाट बिदेस गएर श्रम गर्ने श्रमिकहरु मध्ये कुन देसका नेपाली श्रमिकहरुले यो साल धेरै रेमिटान्स पठाए भनेर रास्ट्र बैंकले गरेको सर्बेक्षणलाई आधार मानेर नेपालको केहि अनलाईन पत्रिकाहरुमा बिश्लेष्ण सहितको संख्या प्रकाशित भएको रैछ र संख्याको आधारमा मलेसिया रेमिटान्स पठाउने देसहरुमा अग्र पंतिमा रहेको देखियो ।

२०४६ साल भन्दा अगाडी सम्म गाउँघरमा बस्ने धेरै नेपालीहरुलाई भारत बाहेक तेश्रो मुलुकमा गएर काम गर्न पाइन्छ भनेर थाहा नै थिएन भने जब बिदेसमा श्रम गर्न जान नपर्ने भए पछी राहदानी बनाउने कुरै भएन भने राहदानीको निमित्त चाहिने मुख्य कागजातमा नेपाली नागरिकताको प्रमाणपत्र हो त्यो धरी बनाउनु पर्छ भनेर धेरै तन्नेरी युवायुवतिहरु लाई थाहा नै थिएन ।

क्रान्ति नगरी बिकास हुन्न भनेर २००७ साल भन्दा अगाडी देखिनै नेपालको राजनीतिक पार्टीका दलका कार्यकर्ताहरुले नेपाली युवायुवतीहरुलाई उचालेकै हुन र २००७ साल देखि आजको मिति सम्ममा पनि क्रान्ति चलेकै छ र यो क्रान्ति कहिले समाप्त हुन्छ त्यसको एकिन मिति र समय स्वयम दलको नेताहरुले पनि दिन सक्दैनन भने क्रान्तिको परिभाषानै नबुझिकन जनताहरु अझै पनि जिन्दाबाद र मुर्दाबादको नारा लगाउन भने छोडेका छैनन ।

२००७ साले क्रान्तिमा जिन्दाबाद र मुर्दाबाद लाउनेहरू असख्य लाहुरे भए । उहिले अंग्रेजहरुले हिन्दुस्थान हाँकेको बेलामा बंगलादेस र पाकिस्थान भन्ने देसनै जन्मेको थिएन र हिन्दुस्थानको लाहोर (जुन हालको पाकिस्थानमा पर्दछ) मा रोजगार गर्न जाने नेपालीहरुलाई लाहोर जाने भन्ने भएकोले नै त्यो लाहोर भन्ने सब्द बाट ‘लाउरे’ भनेको हो ।

छिमेकी भारतमा जाने लाहुरेले गर्ने काम भनेको कुल्ली, मजदुरी, रिक्सावाला, ठेलावाला देखि चौकीदारी सम्म हो भने बलिया बलिस्ट ज्यु ज्यान भका हरु चैँ भारतीय पल्टनमा भर्ति हुन्थे जुन अहिले सम्म कायमै छ । ति लाउरेहरु र तिनका सन्तानहरु बाजे देखि नातिको पाला सम्ममा आईपुग्दा हिजो जस्तो थियो आज पनि त्यस्तै छन ।
२०४६ सालको प्रजातन्त्र पछी बैदेसिक रोजगारीमा जाने चलन बिस्तारै बढ्दै गयो । देसको उधोगधन्दा निजीकरणको भेट चढ्न थाले पछी बिस्तारै बन्द हुन थाल्यो भने गाउँमा बस्ने युवायुवतीहरु सहरमुखी हुन थालेको परिणामले गर्दा बिस्तारै बिस्तारै गाउँबाट युवा युवतीहरु सहर पलायन हुन थाले जसको कारणले गर्दा आज गाउँ घरमा हली, लाठे, रोपार देखि मर्दा पर्दा समेत बलिया बलिस्ट हात पाखुरी भका युवायुवतीको अभाव हुन थालेको छ ।प्रजातन्त्र देखि लोकतन्त्रको ठुलो उपलब्धिमा सायद यहिनै होला ।

२०४६ साल पश्चात गाउँ गाउँ टोल टोलमा बैदेसिक रोजगारीका दलालहरु आएर मिठा मिठा प्रलोभन देको नतिजा हो आज देसमा अत्याधिक मात्रामा रेमिटान्स भित्रिनु तर त्यसरी भित्रेको रेमिटान्स भित्रको कथा घर गाउँका देखि पार्टीका नेता देखि कार्यकर्ता हुँदै सरकार सम्मलाई पनि पक्कै थाहा छ तर पनि युवा युवती बिदेस पलायन हुन किन रोक्दैनन त्यो चैँ रहस्यको बिषय छ ।

क्रान्ति भनेको नेपाल मात्र नभएर संसारभरिको कम्युनिस्टहरुको पेवा सब्द हो । क्रान्ति भन्दा अरु सब्द कम्युनिस्टहरुले उच्चारण गर्न जान्दैनन तर अन्य देसमा क्रान्ति सफल भए पछी युद्धस्तरमा देस र जनताको बिकास गर्छन तर हाम्रो देस नेपालमा क्रान्ति पस्चात सत्तामा बस्ने कम्युनिष्टहरुले देस र जनताको कत्तिको दोहन गर्छन त्यो बताउनु नपर्ला ।

उदाहरणको लागी १२ बर्षे जनयुद्ध गरेर सत्तामा आएको नेपाल कम्युनिस्ट पार्टी माओबादीका सरकार हाक्ने नेताहरुले सत्ता संचालन गर्ना साथ बिदेसमा श्रम गरेर घर फर्किने नेपालीहरुले ल्याउने सामान्य जिन्सीमालसामान हरुमा अनिवार्य भन्सार लगाउन सुरु गरे र त्यसरी गर्नेमा माओबादी पार्टीको प्रथम अर्थमन्त्री डाक्टर बाबुराम भटराई हुन र पछी माओबादीको सत्ता हटे पछी गठबन्धन सरकारको अर्थमन्त्रीले त्यो निर्णय खारेज गरि दिए ।
दोश्रो पटक पुन माओबादीबाट तिनै डाक्टर बाबुराम भटराई प्रधान मन्त्रि हुना साथ बिदेस बाट छुट्टीमा घर आउने कामदारहरु समेतले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने नियम बसाली दिंदा त्यस बाट पर्न गएको दुख: कस्ट र हैरानी सम्झिदा माओबादी कम्युनिस्ट पार्टी भनेको हिजो अबैधानिक र आज बैधानिक लुटेराहरुको जमाते हो भन्न कर लाग्छ ।

यो पंक्तिकार बिदेस (मलेसिया) दुई पटक गरेर श्रम गर्न बसेको अब केहि महिना पछी दस बर्ष लाग्छ र यो दस बर्षको दौरानमा प्रत्येक दुई बर्षमा नेपाल आउने जाने गरेको छ भने माओबादी सत्तामा आए पछी लादिएको नियम र कानूनले कति पिडित भाको छ त्यो माथिको उदाहरणले प्रस्ट हुन्न र ?

पंक्तिकारलाई रोजगार दिने कम्पनीको मालिकले बिदेसी कामदारहरुलाई बर्षेनी बिमा तथा अन्य सुबिधा दिएको छ भने १/२ महिना छुट्टीमा आफ्नो देस फर्किंदा पुन: आफ्नो देसमा गएर श्रम ईजाजत लिनु पर्ने यो कस्तो चलन हो र त्यसरी ईजाजत बापत तिर्नु पर्ने त्यो रकम मध्येको बिमा किन र कसको लागी हो र त्यसरी सङ्कलन गरिएको रकम बिदेसी कामदारहरुको हकमा के कति खर्च भयो के जनतालाई बताउने हिम्मत गर्लान ? कम्युनिस्टहरुको क्रान्तिकारी काम र कदम भनेको के यस्तै हुन्छ ?

देसमा नयाँ नयाँ उधोग धन्दा तथा कलकारखाना स्थापना गरेर युवायुवतीहरुलाई बिदेस पलायन हुन बाट रोक्ने काम भनेको राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुको हो कि हैन ? क्रान्ति र आन्दोलन भन्दै अराजक गतिबिधि देखि हत्या हिँसा सम्म गर्न उक्साउन जान्ने तर सरकारमा गए पछी आफु आफ्ना र आफ्ना आसेपासेको हक हित भन्दा अरु केहि गर्न सक्दैनन भने अब पनि नेपालको कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुको गुलिया चिप्ला कुरामा लागेर आफ्नो तथा देसको भविष्य किन बर्बाद गर्ने ? नेपालको युवा युबतीहरु भनेको आफ्नो पार्टीको सरकार नबन्दा सम्म तिनीहरुको ढाल बनेर पार्टीको लागी खट्ने र त्यो पस्चात आफ्नै लगानी खोजेर बिदेस पलायन हुनु भनेको यो भन्दा अरु ठुलो दुर्भाग्य अरु के हुन्छ ?

२०४६ साल पछि २५ बर्षको समयलाई बिस्लेष्ण गरेर हेर्ने हो भने बिदेस बाट नेपालीहरुले रातोदिन श्रम गरेर पठाएको बिदेसी मुद्राले देस र नेता पाल्नु भन्दा अरु केहि पनि देखिएन । जनताले रगत पसिना बगाएर पटक पटक गरेको क्रान्ति र त्यो क्रान्तिले स्थापना गरेको प्रजातन्त्र देखि लोकतन्त्र सम्मको सासनले रेमिटान्सको लिगलिगे दौड गराउनु क्षणिकको लागी सत्ता हाक्ने पार्टीको सरकार र तिनका कार्यकर्ताहरुलाई फाईदा होला तर देस र जनताको हितमा रेमिटान्सको यो लिगलिगे दौड पटक्कै फाईदा छैन किनभने युवा युवतीहरु बिदेस पलायन भए पछी गाउँ घरमा देखिएको भयावह समस्या तथा बिकृतिले गर्दा आज गाउँ टोलनै उजाड उजाड भएको देख्दादेख्दै पनि बैदेसिक रोजगारीमा जान उक्साउनु त्यो जायज हैन सबैलाई चेतना होस ।

कविता: बुद्ध जन्मेकाे देशमा आजकाे स्वरलहरीहरु ।

Written By खांट्टी कुरा on Sunday, December 07, 2014 | December 07, 2014

कवयत्री: डाइटिसियन सुसिला शर्मा
मेराे बुद्ध कहाँ छ भनि खाेजीरहेछु भूगाेलमा 
 हिमाल पहाड़ तराई भन्छ बुद्ध संगै हामीमा
सगरमाथा चिच्याउन थाल्याे बुद्ध मेराे हिउमा
बुद्ध जन्मेकाे देशमा आजका स्वरलहरीहरुमा

बुद्ध भन्दै थिए म तिम्राे प्रकृति बचाउने संगमा
एकएक गर्दै खाेजीमा छु बुद्धका स्वरलहरीहरुमा
बुद्ध भन्दै थिए सबैले खाेजीरहेछाै अदृश्यमा
बुद्ध जन्मेकाे देशमा आजकाे स्वरलहरीहरुमा

तर म शान्ति खुसी अहिम्साका माझमा
प्राणीहरुकाे रक्षा आजका स्वरलहरीहरुमा
स्वरलहरीहरुमा प्राणीहरुकाे शान्ति खाेजीमा
बुद्ध जन्मेकाे देशमा आजकाे स्वरलहरीहरुमा

सबै प्राणीहरूमा आफु जस्तै समानता खाेजीमा
सबै प्राणी प्राणी बिचमा घनिष्ठता बढाउनमा
सबै प्राणीकाे खुसी आजका स्वरलहरीहरुमा
बुद्ध जन्मेकाे देशमा आजकाे स्वरलहरीहरुमा

बिश्वले खाेज्दैछ बुद्ध जस्तै स्वरलहरीहरुमा
बुद्ध दिन खाेज्दैछ आफु जस्तै स्वरलहरीहरुमा
सबै प्राणीकाे समानता आजकाे स्वरलहरीहरुमा
बुद्ध जन्मेकाे देशमा आजकाे स्वरलहरीहरुमा

मेराे बुद्ध कहाँ छ भनि खाेजीरहेछु भूगाेलमा
हरियाेडाडा बन जन्गल भन्दैछ बुद्ध हामीमा
सगरमाथा चिच्याउन थाल्याे बुद्ध मेराे हिउमा
बुद्ध जन्मेकाे देशमा आजकाे स्वरलहरीहरुमा

‘अन्तराष्ट्रिय साहित्यिक महोत्सबको नतिजा घोषणा’

समाको पुरस्कार
तस्विर : राम कुमार श्रेष्ठज्युको फेसबुक बाट साभार !
-जनक मान डंगोल
janakdangol@gmail.com
..
भगवान गौतम बुद्धको जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापीदिग्भ्रम निस्तेज गरी सत्यको प्रतिरक्षा, लुम्बिनीको प्रचार प्रसार गरीपर्यटन प्रबर्द्धन, वुद्धका सन्देशहरुको प्रचार प्रसार गरी बिस्व शान्तिमायोगदान गर्ने जस्ता उद्देस्यहरुका साथ सूत्रपात गरिएको लुम्बिनी-कपिलवस्तुदिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमाकेन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले डा मधुमाधुर्यको मूल संयोजकत्वमा गठित १३ सदस्यीय मूल आयोजक समितिले वुद्धजन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा अन्तराष्ट्रिय साहित्यिकमहोत्सब आयोजना गरेको थियो ।

बरिस्ट साहित्यकारहरु डा. कविताराम श्रेष्ठ, कृष्णप्रकाश श्रेष्ठ र दामोदर पुडाशैनी रहनु भएको तीन सदस्यीय निर्णायकमण्डलको मूल्यांकन अनुसार उत्कृष्ट पाँचजना कवीहरुमा बिनोद न्यौपाने (वेलायत), बिबेक दुलाल छेत्री (युएइ), शमाश्री (इजरायल), डा मन मूर्ति भुर्तेल (रसिया) र जगत नबोदित (वेलायत) पर्नु भएको छ । त्यसपछिका छ: जना उत्कृष्टकवीहरुमा दीपक आचार्य “जलन” (कुबेत), बिशाल शाह (न्यू योर्क), लालानाथघिमिरे (खाँदबारी), जीवन श्रेष्ठ (गोर्खा), डा साबित्रा काफ्ले (अस्ट्रेलिया), मोहन आचार्य जलद (पोर्तुगल) र नारायण थापा हुनुहुन्छ ।

अभियानद्वारा छिट्टै काठमाण्डौंमा आयोजना गरिने बिशेष कार्यक्रमका बीच पहिलोपाँच जनालाई जनही रु १० हजार तथा प्रमाणपत्र र पछिल्लो छ: जना प्रत्येकलाईप्रमाणपत्र प्रदान गरिनेछ ।

कविताहरु प्रतियोगी र अप्रतियोगी गरी दुईकिसिमका थिए । प्राप्त कविताहरुलाई बिशेष तयारीका साथ बुटवलबाट सन्चालितखस्यौली एफएम ९१.८ का रोहित ढकाल, सुमन श्रेष्ठ, सरोज कंडेल र कपिलज्ञवालीले तयार गरी प्रसारण गरेको थियो भने अस्ट्रेलियाको एडिलेडबाटसन्चालित रेडियोमेलबर्नबाट सन्चालित नेपाली संचार, कपिलवस्तुको रेडियोबाणगंगा, रेडियो मायादेवी, भ्वाइस अफ शाङ्रिला, रेडियो जनादेश र रेडियोमैत्रीले समेत ऐक्यबद्धता स्वरुप प्रसारण गरेका थिए ।

यस कार्यक्रमको लागि आबस्यक आर्थिकब्यबस्थापन सुमन खरेल (रसिया), बिकल आचार्य (वेलायत), बिमल गिरी (बेल्जियम)र बिनोद अधिकारी (कुवेत) द्वारा गरिएको थियो ।

अभियानले वुद्ध र लुम्बिनीमा केन्द्रित भएरनेपाली एबम बिदेशी बिसिस्ट ब्यक्तिहरुलाई सहभागी गराउँदै रेडियो मार्फतलगातार २४ र २५ घण्टे कार्यक्रमको आयोजना यस अघिका बर्षहरुमा गरिसकेपस्चातलुम्बिनी र वुद्ध बिषयमा केन्द्रित भएर पहिलो पटक अन्तरराष्ट्रिय रुपमायसरी आयोजना गरिएको साहित्यिक कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुनेसबैलाई अभियानको तर्फबाट अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले एकबिज्ञप्ती मार्फत धन्यवाद दिंदै आभार प्रकट गर्नु भएको छ ।

उक्त प्रतियोही हरु मध्ये कवयत्री समाश्रीको कविताको सानो अंस तल प्रस्तुत गरिएको छ ।
..
कविता — शुद्ध बुद्ध
एक दूरको अतिथि
एक दूरको परदेशी
मेरो माटोमा आएर बुद्ध खोज्दा
यो बुद्ध जन्मेको देश हो भन्दा
आवाज किन काँप्छन् ?
परदेशी किन मुस्कुराउँछ ?
म आफै किन अलमलिन्छु
समाचार Lumbini-Kapilvastu Day Blog बाट साभार !

'गजल'

Written By खांट्टी कुरा on Saturday, December 06, 2014 | December 06, 2014

गजलकार:संजिता बास्कोटा
धर्ति उही छ आकाश उही छ |
एकमुठी लिने बतास उही छ ||

घमण्ड किन यति धेरै तिमीमा ?
गाँस बास र कपास उही छ ||

कर्म खाडी होस् या युरोप /अमेरिका ,
जन्मभुमि प्रतिको प्यास उही छ ||


गाउँ घर आफन्त इष्ट मित्र छोडी |
प्रवाशिनुको आभाष उही छ ||


बिदेशिनु हाम्रो बाध्यता उस्तै हेर !
जिउँने आधार प्रवास उही छ ||

थ्यांक्स गिभिंग (व्यङ्ग्य)

Written By खांट्टी कुरा on Thursday, December 04, 2014 | December 04, 2014

तस्विरसाभार: गुगल सर्च
-जनक मान डंगोल
हाम्रो गोर्खालीको भाकामा कुनै काम गरेसी काम गराउने व्यक्तिले काम गरिदिने ब्यक्ति माथी कृतज्ञताको साथ आभार प्रकट गर्दै 'धन्यवाद' दिने चलन छ र त्यस्तो चलनलाई पश्चिमा गोरा तथा कुईरेहरले 'थ्यांक्स' र दिने कामलाई 'गिभिंग' भन्ने गरिएता पनि गिभिंगचैँ नभनेर छोटकरीयां 'थ्यांक्स' मात्र भन्ने गर्दा रैछन ।
 
अस्ति नोभेम्बर २७ तारिखको दिन अम्रिका देखि युरोप मात्र नभएर संसारभरका जय मसि भन्ने ईसाई धर्म मान्ने 'ईसाई' हरुले 'थ्यांक्स गिभिंग' भन्ने पर्व मनाए । पर्व भनेको नेपालीहरुले मनाउने चाडबाड जस्तै भाका अनि चाडबाड भनेकै मिठो मसिनो खाने हो र त्यसैको लागी विभिन्न पर्व उत्सव जस्तरी ईसाईहरुले पनि 'थ्यांक्स गिभिंग' चाड मनाउछ्न । 

जय मसिहरुका सन्तानहरुले थ्यांक्स भन्दै परम प्रभुलाई थ्यांक्स गिभिंगत गरे तर त्यो थ्यांक्स गिभिंगमा करोडौ टर्की भन्ने चरोहरु सहिद नभएको काहाँ हो र । परम प्रभुका नाममा सहिद बनाईएका बरा टर्की चरी देखि चरोहरुलाई कोहिले रोस्ट भन्दै बिजुली चुल्हा रातो पारेर डामे, कोहिले कराहियाँ भुटुन हालेर तारे, चपाउन नसक्ने बुढा बुढीहरुको लागी पानीमा उमालेर झोल बनाम्दै अंगुरको रातो देखि सेतो रंगको गुल्यो अमिलो जांड संग स्वाद मानि मानि परम प्रभुलाई धन्यवाद चढाउदै हसुरेकै हुन । 

अस्ति २ महिना अगाडी संसारभरिकै ईस्लाम धर्मालम्बीहरुको ठुलो चाड बकरईदमा 'अल्लाह' लाई खुसि पार्ने भन्दै लाखौ हैन करोडौ उँट, गोरु, भेडा, खसीलाई सहिद बनाईयो र त्यसरी सहिद बनेका जिनिस बाट थरि थरिका पकवान बनार 'अल्लाह' लाई सुक्रिया भन्दै ईस्लाम धर्मावलम्बीहरुले पनि ग्रहण गरेकै हुन ।

ईसाई हरुकै निस्तार भन्ने आर्को ठुलो प्रमुख चाड पनि छ । त्यो चाडमा पनि परम प्रभु ईसु मसिहको आदेस भन्दै गच्छे अनुसारको गोरु, भेडा, खसी जस्ता करोडौ करोड जनावरहरुको रगति बगाईन्छ र तिनै जनावरको सरिरलाई भोज बनाएर जिब्रो फट्कारी फट्कारी खाईन्छ ।

ईसाई हुन या ईस्लामहरुले गरिने पशु पंक्षी बलि भनेको संसारभर मान्य छ किनभने परम प्रभु देखि अल्लाहको आदेस तथा हुकुमलाई ईसाईका गुरु पास्टरले हुन या ईस्लामको गुरु मौलबीले ईन्कार गर्न सक्छन किनभने त्याहा ईस्वरको डर देखि थ्यांक्स गिभिंगको कुरा जो छ ।

बलि त हिन्दुहरुले पनि दिन्छन । जसरि ईसाई तथा ईस्लामहरुले पशु तथा पंक्षीहरुको रगत बगाएर बलि दिन्छन त्यस्तै गरि हिन्दुहरुले पनि बलि दिंदा त बगाउने रगतिनै हो भने हिन्दुहरुले बलि दिंदा जय मसिका सन्तानहरुले पृथ्बीनै किन बुरुक बुरुक उचाल्छन त्यो चैँ बुझी नसक्नुको कुरा छ ।
उनीहरुले अल्लाहलाई सुक्रिया भनुन या परम प्रभुलाई थ्यांक्स गिभिंग त्यस्तै गरि हिन्दुहरुले पनि आफ्नो मनोकामना पूर्ण भए पछी देबी देउताहरुलाई धन्यवाद दिने हो भने कतै उनीहरुको भाकामा जस्तै गरि नदेको भनेर आरिस गरेका त हैनन ?

उहिले हिन्दुस्थान सिंगो थियो । अल्लाहू अकबर भन्दै बिभिन्न बिदेसी बादसाहहरुले तरबारको बलमा हिन्दुस्थान भन्ने देस लुटेर राज गरे । पछी तिनै बादसाहहरुको पालामा ब्यापार गर्ने भन्दै अंग्रेजहरु सियो बनेर पसे र तरवारलाई परास्त गर्दै गोला बारुद देखि बन्दुकको भरमा अब कम्पनि सर्खारले हिन्दुस्थान हाक्छ भन्दै फाली बनेर निस्किए तर हिन्दुस्थाना बस्ने हिन्दुहरुले न ईस्लामलाई घृणा गरे न ईसाईहरुलाई । हिन्दुहरुको धर्म सास्त्रमा जे भनेर सिकाको थियो त्यहि त्यहि गरे र अझै पनि गर्दैछन त्यो भनेको "सबैलाई माया गर" तर माया कत्तिको महँगो रैछ त्यो त भोगेका र भोगिनेहरुलाई नै थाहा होला ।

हिजो अंग्रेजले जे जे सिकाए अंग्रेज गए पछी त्यसको सक्कल बमोजिम नक्कल हिन्दुस्थानीहरुले सिकेका छन । सिनेमा बनायो भने त्यो सिनेमाको कथामा चार भागमा दूइ भाग गोराको भाका एक भाग रास्ट्रिय भाका अनि एक भाग देसी भाका मिसार बनाम्च्च्न र त्यहि स्थिति साहित्यको पुस्तक देखि सरकारी काम काजको भाका समेत छ भने गोराको संगतले बिग्रेका हिन्दुस्थानीहरुले हिजो आज 'धन्यवाद देखि सुक्रिया' भन्न छोडेर अधिकांसले 'थ्यांक्स' भन्न थालेका छन ।

अंग्रेजको संगतले बिग्रेका हिन्दुस्थानीहरु आफुलाई मन परेको समय पारेर छिमेका जान्छन, आफुलाई मन परेको जिनिस छानेर लिन्छन र बदलामा उही 'थ्यांक्स गिभिंग' दिंदै सिना तानेर भन्छन हामि त बडे भाई हो हक लाग्छ भन्छन । हक जताउदा जताउदै गोर्खालीको मुटुको टुक्रो कोशी बाट गण्डकी हुँदै महाकाली बाट अहिले कर्णालीमा फनक्क घुम्दै पूर्वको अरुणमा पुगेका छन र कर्णाली र अरुण तयार भएसी बढे भाईको हक जताउदै कोशी, गण्डकी र महाकालीकै हिसाबले बिजुली, पानि लान्छन र बदलामा छोटे भाईले पाउने भनेको उही 'थ्यांक्स गिभिंग' मात्र हो । 

बढे भाईको थ्यांक्स गिभिंगको लोभले रोटि देखि बेटी सम्मको साईनो जोडेका दक्खिने नेपाली जो आफुलाई 'मदेसी' भन्न रुचाउछन हरु अहिले 'एक मदेस एक प्रदेस' भन्दै कुर्लेका छन । नेपालले सुदुर पूर्वको चार जिल्ला देखि सुदुर पश्चिमकै चार जिल्ला र अन्य बाकि रहेको सबै दक्खिनका जिल्लाहरुले मनकारी बडे भाईको देशलाई छुने गरेको छ । छोएर मात्र चित्त नबुझेर होला जिम्मा जमानी लिन तम्सेको आभास दिन प्रतिदिन हुँदैछ तर पनि हाम्रा मदेसीहरु 'थ्यांक गिभिंग' को लोभमा आँखा चिम्लेर 'जय नेपाल' को सट्टा 'जय हिन्द' भन्न रुचाको देख्दा मनै अमिलो भएर आउछ तर के गर्ने घरको मुलीहरु मर्द नभयेसी हुने नै यस्तै हो, यो पढ्ने पाठकहरुको लागी कस्तो लाग्यो तर च्वास्सचुस्स लेख्ने यो पंक्तिकारको लागी अहिले डामेको लेखा 'थ्यांक्स गिभिंग' जस्तो अत्यन्त महँगो सब्द अरु कुनै देखिएन ।

तपाई साकाहारी कि मांसाहारी ?

Written By खांट्टी कुरा on Sunday, November 30, 2014 | November 30, 2014

-जनक मान डंगोल,janakdangol@gmail.com
मध्य नेपालको बारा जिल्लाको गढ़िमाई मन्दिरको पशुबली लाई लिएर यो साल संसारभरिका अखबार देखि सबै प्रकारको मिडियाले प्रमुखताको साथ स्थान दिएर छापे, लेखे, बोले र देखाए पनि ।
बलि दिनु ठिक होला, बलि दिनु बेठिक होला त्यो सदियौ देखि चल्दै आएको बहस हो र यो कहिले अन्त्य नहुने बहस पनि हो ।
देबी देउता ईश्वर छ वा छैन भन्ने कुरा आज सम्म कसैले पनि प्रत्यक्ष देखेका छैनन भने ज्युदा ईस्वर सम्झेर पुजिएका ईस्लामको पैगाम्बर मोहम्मद हुन या ईसाईको जिसस अथवा बौद्ध धर्मालम्बीको बुद्ध ति देबहरु हैनन र मान्छेले देब अथवा ईश्वरको पदवी दिएर आस्थाको साथ मानेर पुजा तथा आराधना गरेका हुन र ईस्वर भनेर जन्मिने तथा मान्ने चलन अझै पनि अधाबधिक नै छ उदाहरणको लागी साईबाबा, निर्मलबाबा देखी बौद्धको दलाई लामा आदि ।
तामिल समुदायको पर्व थाई पुसम
दक्षिण भारत तथा दक्षिण भारतबाट बसाई सरि गएका तामिल समुदायका नागरिकहरुले तामिल पात्रो अनुसार जनवरी/फरवरीमा 'थाईपुसम' भन्ने पर्व मनाउछन । त्यो पर्ब कम्जोर हृदय भएका मान्छेहरुले कदापि हेर्न सक्दैनन किन्भाए त्यो अर्बको ब्रतालुहरुले आफ्नो सरिरका विभिन्न नाङ्गो अंगहरुलाई विभिन्न धातुले छेडेर नागरिक तथा श्रद्धालुहरुको बिचमा प्रदर्शन गर्ने गर्छन र त्यस्तै प्रकृतिको चलन हाम्रो नेपालमा पनि छ र जसलाई 'बोडे जात्रा' भनेर भनिन्छ । तामिले समुदायले सरिर का विभिन्न अंग देखि जिब्रो समेत छेडछन भने नेपालमा जिब्रो मात्र छेड्ने गर्छन ।
बलि प्रथा हुन या सरिर छेड्ने प्रथाको दृश्य भयावह हुन्छ र यो पंक्तिकार समेतले सिधा नजरले त्यस्ता दृश्य हेर्न र पचाउन सक्दैन तर कसैले आस्था मानेर चलेको चलन मान्छन भने ईन्कार गर्न सकिदैन र मिल्दैन भन्ने यो पंक्तिकारको मान्यता हो ।
पशु वा पंक्षीको हत्या नगरे सम्म मासुजन्य विभिन्न परिकार बन्न सक्दैन किनभने मांसाहारी जनावरले पनि सिकार गरे पछी सिकारलाई उधिनेर मासुजन्य पदार्थ मात्र सेवन गर्ने गर्छन भने हामि भनेको चेतनायुक्त मानव भए पछी पशु वा पंक्षीको हत्या गरे पछी सफा सुग्घर गरेर खाने चलन छ ।
सामाजिक संजाल फेसबुकमा एकथरी मित्रहरु गढ़िमाई पशुबलिको बिरोधमा युद्धस्तरमा लागेर कुर्लेको देख्दा यो पंक्तिकारले के रैछ भनेर जान्नको लागी पहिलो प्रश्न गरियो तपाई माछा मासु खानु हुन्छ कि खानु हुन्न ? ति मित्रले निसंकोच तरिकाले जवाफ दिए किन खाईदैन, खाईन्छ । पशु पंक्षी भनेकै खानको लागि पाल्ने गरिन्छ । त्यसो हो भने देबी देउताको थानमा चढाईएको बलिको बिरोध किन गर्नु हुन्छ ? मित्रले जवाफ दिए पशु पंक्षीको विभत्स हत्या गरेर रगत बगाउनु त्यो जायज हैन र सफा सुग्घर स्थान बधसालामा मात्र काटेको मासु सेवन गर्नु पर्छ ।
गाउँघरमा बधसाला हुन्छ ? गाउँघरमा सबै दिन पशु पंक्षीको काटमार हुन्छ ? नेपालीले दैनिक मासु खान सक्छन ? यस्ता खालका प्रश्नको जवाफलाई ति मित्रले सहि र सटिक भाषामा दिन नसकेर बागमती विष्णुमति किनारमा काटेको मासु खाने बानि परेको लाइ के थाहा पशु बधसाला जस्ता कुतर्क दिन समेत पछी परेनन ।
तामिल समुदायको पर्व थाई पुसम
ति मित्र रोजगारीका सिलसिलामा खाडीमा छन र रोजगारीमा जानु भन्दा पहिला धेरै राजधानी काठमान्डौ नधायेका पक्कै हैनन र काठमान्डौको सस्तो र छिटो खाना देखि खाजा भनेको 'मोमो' हो र त्यसको मासु के को हुन्छ र कसरि तयार पारिन्छ के ति मित्रलाई थाहा नभएकै हो त ? तर थाहा हुँदाहुँदै पनि कुतर्क दिन्छन भने तिनको नियतमा संका गर्नु पर्ने देखियो कि देखिएन ?
गढ़िमाईमा पशु बलि दिन सयमा पचहत्तर प्रतिसत नागरिक सिमापारी भारत बाट आउछन भने धार्मिक आस्थाको केन्द्रमा बलि दिन नआईज भनेर भन्न मिल्छ ? सिमापारी संग नेपालको रोटि देखि बेटी सम्मको साइनो छ चाहे त्यो भारत हुन या चिनको भुमि तिब्बत भने अनाबस्यक कुतर्क किन ?
बिदेसी खासगरी पश्चिमाहरुले गढीमाई बलि प्रथाको बिषयलाई लिएर मिडीयाबाजी गरेको महिनौ भयो र देस देखि बिदेसमा समेत प्रदर्शन गरे तर आफ्नै धर्मावलम्बी देखि ईस्लाम धर्मावलम्बीहरुले समेत लाखौ करोडौ जीव जन्तु देखि जलचर समेतको बलिको नाउँमा हत्या हुँदा किन बोल्दैनन ? जसरि बिदेसिले नेपालको मन्दिरहरुमा दिईने पशु बलिको बिरोध गरे त्यस्तै गरि हाम्रा पशु पंक्षी चिन्तकहरुले ईसईको निस्तार तथा थ्यांक्स गिभिंग अनी ईस्लामको कोर्बानी पर्वमा हुने करोडौ पशु तथा पंक्षीको हत्याको बिरोध किन गर्दैनन ?
बिदेसिले जे बोले जे भने त्यो सहि तर तिनका खराब गतिबिधि माथी बोल्न सक्दैनन भने नेपालको धार्मिक आस्थामा आफ्नैले अम्लो ठड्याउन मिल्छ ?
तपाई सुद्ध साकाहारी हुनुहुन्छ भने माया र प्रेमले पशु तथा पंक्षी हत्या गर्नु हुन्न भनेर सम्झाउनुस बुझाउनुस त्यो ठिक हो तर दिनको दुई छाक मासुजन्य पदार्थ बिना बाच्न सक्नु हुन्न भने तपाईले गरेको पशु बलिको बिरोध भनेको पानीमा पादेको जस्तै हो किनभने पानिमा पाद्दा न आवाज सुनिन्छ न गन्ध नै छोडन सक्छ भने कुतर्क र वाहियात कुरा गरेर समाजमा भ्रम छर्ने काम नगर्दा नै राम्रो भन्ने यो पंक्तिकारको भनाई हो ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger