Latest Post

Showing posts with label टिका-टिप्पणी. Show all posts
Showing posts with label टिका-टिप्पणी. Show all posts

गणतन्त्र ठिक कि राजतन्त्र ?

Written By खांट्टी कुरा on Saturday, January 04, 2020 | January 04, 2020


-जनकमान डंगोल 
चिनि संगै रक्सि बनाउने कारखाना नेपालमा राजाकै पालामा खुलेका हुन । बिदेसिको सहयोगमा नेपालमा खुलेका ति चिनि कारखानाहरुलाई बिरगंज चिनि कारखाना र भैरहवा सुगर मिल भनेर सबैले चिनेका थिए ।  
प्रजातन्त्र आयो भने जनताले सुख: र शान्ति पाउछन भनेर नेपालमा आन्दोलनको बिउ रोप्ने कांग्रेसीहरु हुन कांग्रेसको नक्कल पछी कम्युनिस्टहरुले गरे । आन्दोलनको बिउ हाल्नुको सट्टा उधोगधन्दा कल कारखानाको बिउ हालेको भए नेपालीहरु बिदेस हैन बिदेसीहरु नेपालमा रोजगार गर्न आउथे ।
स्व.राजाहरु महेन्द्र देखि बिरेन्द्रले बिदेसीहरु संग सहयोग मागेर देसमा ठुला उधोगधन्दा देखि कलकारखाना संचालनमा ल्याएको हुन । कांग्रेस देखि कम्युनिस्ट नेताहरुको गुलियो आश्वासनमा नपरेको भए आज उखु किसानहरु राजधानीमा आएर आँखाबाट बागमती बगाउनु पर्दैन थियो ।
किसान संघ, संगठन, संस्था भनेर पार्टी पिच्छे खोलेका छन । तर बोल्दैनन । बोल्यो भने नेता बन्न पाइदैन । नेता बन्न पाइएन भने कसले पुछने ?
मदेसी पार्टी भनेको मदेसको मसिहा । भू.पु कांग्रेसी नेता महन्थ ठाकुर हुन या उपेन्द्र, राजेन्द्र, भण्डारी हुन या त्रिपाठी यी खाँटी मदेसी हुन तर मदेसमा बस्दैनन । चुनावको बेलामा मांस, मछली, दारु भात खिलाउन र पिलाउन बाहक अरु बेलामा मदेस जादैनन । यिनीहरु सबै राजधानीका रैथान भै सके ।
बेपारी चाहे मारवाडी हुन या गुप्ता, नेवार हुन या अन्य जातिका । बेपारी भनेको नाफा र नोक्सान हेर्ने हुन । हिजो राणा देखि पन्चेतको पालामा केहि रकम दान पुण्य भन्दै जनताको नाउँमा खर्चिन्थे तर अहिले खर्चिदैनन । अहिलेको बेपारीहरु लाई नेता र तिनको कार्यकर्ता पोस्दै र पाल्दैमा फुर्सद छैन । काहाँबाट खर्चिनु 
ब्यापारिको पोईसो भएन भने नेताहरुको कार्यकर्ता पाल्न सकिन्न । कार्यकर्ता नभए पछि पार्टीले चुनाव जित्न सक्दैनन । जनता मार्फत लुटेको व्यापारीको पैसाले मासु भात देखि दारु भोज खुवाएर, लगाएर बुथ कब्जा गरेर चुनाव जितिन्छ भन्ने बिहारी भ्रममा बाँचेका कांग्रेस, कम्युनिस्ट देखि मधेसी पार्टीहरुले जनता मरुन कि बाचुन किन वास्ता गर्थे । यदि वास्ता गर्थे भने राजाले जोडेको सम्पति किन निजीकरण गरेको । ति जोडिएको सम्पतिहरु जनताकै लागि भनेर जोडिएको हैन ?
होस गर हिमाल देखि पहाड हुँदै तराईका जनताहरु चुनाव फेरी आउछ । अहिलेको दुख: कस्ट बिर्सदै फेरी पनि आउने चुनावहरुको बेलामा मांस, मछली, दारु भातमा बिक्यौ भने पछी रुनु र कराउनुको कुनै अर्थ छैन ।
२०७६/०९/१९ गते शनिवार 

बोल्न र लेख्न पाईदैन भने किन चाहियो लोकतन्त्र ?

Written By खांट्टी कुरा on Monday, December 30, 2019 | December 30, 2019

जंग बहादुरलाई जंग चल्यो जंगे बनेर देखाई दिए साधारण प्रजाको छोरो जंगे र तिनका भाइका सन्तानले १०४ बर्ष नेपालमा जंगे शासन चलाए आफ्नैले मात्र चलाउन पाउने भएको भएर जहानियाँ शासन भनेकोरे जंगेको शासनमा जंगेकै हुकुम कानून बिरोध गर्न पाईन्नथ्यो जंगे माराजहरुको खलकको बिरोध गर्नु भनेको जेम्राज्का हाजिर लगाउन जानु जस्तै थियो बराजु देखि बाजेहरूले भनेका र हामीले सुनेका कुरा  
जंगेले मात खुवाउदै जनताको शासन भनेर देसमा प्रजातन्त्र आयो । बिदेसी भूमिमा बिदेसीकै रेखदेखमा दीक्षित बनेकाहरुले नेपाल भित्र पसेर जनता उचालेर  ल्याको प्रजातन्त्रले ‘श्रीमान गम्भीर नेपाली’ गाउनुको सट्टा ‘सारे जाहाँसे आच्छा हिन्दुस्ता हमारा’ बनाउन खोजेका थिए । साछी र प्रमाण कोशी र गण्डकी देखि मेचि देखि माहाकालीको उत्तरी सिमानामा राखेको हिन्दुस्तानी चेकपोस्ट हुन ।
देश भन्दा ठुलो अरु केहि हुन्न भन्दै तत्कालिन राजा महेन्द्र निरंकुस नबनेको भए हामी पनि उत्तिखेरै सिक्किमे जस्तै हुन्थेम ।
सत्तुर खोज्नु धेरै टाढा जानु पर्दैन । मुखले रामराम गर्ने बगलीमा छुरी बोकेर हिड्ने भारत जस्तो छिमेकी पाएका छौ । तिनैका ईसारामा असंख्य लेन्डुपे हरु जन्माएर हुर्काइएको छ । लेन्डुपहरु अहिले आफुलाई जंगे बनेर देखाउन खोजेका छन ।
जनताको छोराले चलाएको शासनलाई जनतान्त्रिक भनेर भन्छन । बानि व्यहोरामा जंगे खलकलाइ मात ख्वाउन थालेका छन । सामाजिक संजालमा भर्खरै (१३ पुस २०७६) नयाँ कानून बनाउने भनेर बिधेयक पास गरेका छन । बिधेयकमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्पेषण गरेमा पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुनेछ ।
जनताको हैन हाम्रा नेताहरुको ठुल्दाईको देसमा अहिले येतिखेर ह्वारह्वार्ती आगो सल्केको छ । नागरिकता कानूनको बिरोध भन्दै सल्केको आगोले सरकारी देखि सार्बजनिक सम्पतिको क्षेती हुन थालेसी प्रधानमन्त्री मोदीले ‘मेरो पुत्ला बनाएर त्यसमा थुक, जुत्ताले हान, घृणा गर, जला, तर सरकारी देखि ब्यक्ति सम्पति माथि हानि नोक्सानी नपुर्यानुस भन्दै याचना गरेको श्रव्यदृश्य पनि देखिएकै हो ।
सरकारको बिपक्षी नेताहरुले आफ्ना प्रधानमन्त्रीलाई ‘चोर’ भन्न समेत भ्याएका छन । खै त कारबाही हुन्न । अभिव्यक्तिको स्वतन्त्रता छ त्यहि भएर होला ।
हाम्राहरुले सबै उतै बाट सिकेर त आए तर शासन सत्तामा पुगेसी आफु जंगे माराज हुँ भन्ने भ्रम पाल्न  थालेका छन । जंगे माराज कडा थिए तर देश तोडेनन बरु जोड्दै गए । हिजो पन्चेती शासनमा अभिव्यक्ति स्वतन्त्रता चाहियो भन्दै पन्चेत फाल्नेहरुले अहिले आएर नराम्रो कामको बिरोध गर्न पाईदैन भन्दै जनताको जिब्रोमा भोटे ताल्चा ठोक्ने काम गर्न थाल्छन भने यस्ता कुशासनको जय किन भन्ने ?

संग्लो त्रिसुली धमिलो कसरि भयो ?

Written By खांट्टी कुरा on Sunday, May 19, 2019 | May 19, 2019



तस्बिर: जनकमान डंगोल 
बैशाख २७ गतेको कुल पुजामा जसरि भए पनि आउनु भन्ने हुकुमको तामेली गर्न हामि दाज्यु भाई तथा भाउज्यु र दाईको नातिनी समेत आफ्नै निजि सवारीमा जन्मथलो नुवाकोटको लागी मिति २०७६/०२/२५ गते दिनको १ बजे हेटौडा बाट प्रस्थान गर्यौ ।
दुई बर्ष अगाडी पनि कुल पुजाकै लागी नुवाकोट जाने अबसर जुरेको थियो ।
पोहोर बैशाख २८ गते जेठाबुवाको जेठो छोरा पट्टिको माईला नातिको शुभ विवाहमा पनि नुवाकोट जाने सौभाग्य प्राप्त भयको थियो ।
हरेक बर्ष नुवाकोट जाँदा त्रिसुली नदि कन्चन र सफा नै थियो ।
यो पटक चितवन जिल्लाको जुगेडी देखि धादिंगको गल्छी हुँदै नुवाकोटको त्रिसुली बजार भन्दा पनि माथि सम्म त्रिसुली नदिको अबस्था एकताकाको बागमती जस्तै देखियो ।
तादी र त्रिसुलीको संगम देबिघाट/ तस्बिर: जनक मान डंगोल 
अविरल बगिरहेको त्रिसुली नदि देबिघाट आईपुग्दा तादी खोला मिसिन्छ । तादी पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ तर यो बर्ष त्रिसुली कसरि धमिलो र कुरूप भयो ?
सामाजिक संजाल फेसबुकमा तस्बिर राखेर बिचार पोस्ट गरे । धेरै मित्रहरुले क्रसर राखेकोले गर्दा नदि धमिलो भएको भन्ने तर्क दिनु भयो भने एकजना मित्रले चिनपट्टिको भागमा खनेको सडकको माटो नेपाल पट्टिको नदीमा डम्पिंग गर्दा त्रिसुली धमिलो भएको हो भन्ने जवाफ दिनु भयो ।
चितवन, धादिंग देखि नुवाकोट जिल्ला सम्मको त्रिसुली नदि किनारामा थुप्रै क्रसर खेति संचालनमा आयको छ । क्रसरकै कारणले नदि धमिलो भएको हो भने त्रिसुली बजार भन्दा माथि नदि सफा हुनु पर्नेमा किन त्यसो भएन ?
सामाजिक संजाल फेसबुकमा एकजना मित्रले चिनपट्टिको भागमा खनेको सडकको माटो नेपाल पट्टिको नदीमा डम्पिंग गर्दा त्रिसुली धमिलो भएको हो भन्ने जवाफ दिनु भएको थियो र त्यो जवाफ सहि नै रैछ भन्ने निर्क्यौलमा पुगियो ।
हामि नेपालीहरु केहि समय देखि हरेक बिषयमा भारतलाई गालि गर्न पछी हट्दैनौ तर अब प्रश्न उठ्न सक्छ यदि चिनले आफ्नो जमिनमा खनेको माटो नेपाल भएर आउने नदीमा किन डम्पिंग गर्दैछ ? नदि धमिलो भयो भने जलचर प्राणीको जीवन खतरामा पर्छ भन्ने चिन जस्ता बिसाल देसका बुद्दिजिबीहरु लाई ज्ञान हुनु पर्ने हैन र ?
यदि चिन पट्टि त्यसो नभएर केरुंग हाईवे वा माथिल्लो त्रिसुली जलबिधुत निर्माणको कामले गर्दा त्रिसुली प्रदुषित भएको हो भने नदि प्रदुषण गर्न हुन्न भन्ने ज्ञान किन पलाएन ?
आजको खाँटी प्रश्न यहि नै हैन र ?

अब जय भोले भन्ने कि जय मसि ?

Written By खांट्टी कुरा on Thursday, December 20, 2018 | December 20, 2018


-जनकमान डंगोल
लालकिल्लाको उपलब्धि ।
औधोगिक नगरी हेटौडा अर्थात मकवानपुर जिल्लाको सदरमुकाम मात्र नभएर तिन प्रदेशको टयाम्पुरे लाज्धानी ।
एक समय लाल किल्लाको रुपमा परिचित यो जिल्लामा अहिले ४० हजार ईसाई र ६ हजार चर्च रहेको भन्दै ऋषिराम आचार्यले जानकारी दिएछन ।

ऋषि अर्थात देउताको नाउँ अनि जात ब्राम्हण ।  जय मुसी धर्म मान्ने यी भू.पु बाजेले हेटौडामा सोलिड्यारिटी बोर्डिंग स्कुल नाउँको पसल खोलेका छन ।
हिन्दु धर्म मास्सियो भनेर के चिन्ता लिनु । ब्राम्हण भनेको देउता अर्थात धर्मको रक्षक तर यिनैले आफ्ना पुर्खाको छातीमा टेकेर जय मसि भन्दै हिंडे पछी मन्दिरको ठाउँमा बनमारा झार जस्तरी चर्च उम्रिनु कुनचाई ठुलो कुरो भो र ।
अहिले सत्तामा पनि यिनैहरुको बर्चस्व छ । आफ्नो पुर्खाको ईज्जत, मान र सम्मानलाई दुई पैसामा लिलाम गर्नेहरु अहिले नेपाललाई हिन्दु हैन ईसाई रास्ट्र बनाउने भनेर कम्बर कसेर लागेपछि यी धमिराहरुले लाल सेनाको आड भरोसा नपाएको भए मकवानपुर जिल्लामा ४० हजार ईसाई र ६ हजार चर्च कसरि बनाउन सक्थे ?
होस गरि है गोर्खेहरु अब जय भोले भन्ने कि जय मसि ?
फैसला आफ्नै हातमा छ !



शुखी र समृद्धि

Written By खांट्टी कुरा on Sunday, December 16, 2018 | December 16, 2018


एक पटक मेरा प्रजाहरु कत्तिको बुद्धिमान रच्छन जाच्नु पर्यो भनेर बादशाहले सप्पै भारदारहरु दरबारमा हाजिर हुनु  भन्ने आदेश फरमान गरेछन !
सबै भारदार भेला भएसी दर्बार पछाडिको बंगैचामा लगेर अस्टबक्र (आठ ठाम्मा) बांगीएको रुख देखाम्दै भनेछन हेर त कति सिधा र सुलित्त परेको रुख !
धेरै भारदारहरुले बादशाहले ठिक मर्जी भन्दै हो मा हो मिलाएछन तर बिर्बल काजि भने अन्तै मन्टो बटारेर बसेछ्न !
क्या हो बिर्बल काजि तिमीले बादशाहको कुरा सुनेनौ कि क्या हो भनेर सोधेपछि बिर्बलले 'खै सर्खार हजुरको आँखा फुटेको हो कि मेरो गर्धन चिलाको हो म त हजुरले देखाई बक्सेको त्यो रुखलाई अस्ट बक्र (आठ ठाउँमा बांगेको) नै देख्छु भनेर जवाफ फर्काएछन !

नेपालको राजनीतिमा  पनि अहिले अकबर बिर्बलको कथा  जस्तै देखिन थालेको छ ! सहि जवाफ दिने एकजना पनि बिरबल जस्तो  मन्त्रि नै  नभएको अहिलेको नेपालमा सुखी र समृद्धिको सपना देख्नु कुन चै ठुलो कुरो भो र !

बिदेसीका हनुहरुले चाहेर पनि नेपालको धर्म र संस्कृति मास्न सक्दैनन ।

Written By खांट्टी कुरा on Friday, November 09, 2018 | November 09, 2018


..
हाम्रो वडामा केहि बर्ष अगाडी भाई बैनीहरु मिलेर मनकामना युवा क्लब खोलेका थिए । समयले भ्याए सम्म खेलकुद गतिबिधि देखि सरसफाई अनि तिहारमा देउसी भैलो खेलेर वडाबासीहरु लाई मनोरंजन प्रदान गर्ने गर्दथ्यो ।
जनयुद्ध नामको कथित आन्दोलनले गर्दा होला धेरै युवायुवतीहरु देस छाडी बिदेस पलायन भए । त्यो पलायनले मनकामना क्लब पनि अछुतो रहन सकेन ।
झन्डै १२/१३ बर्ष पछी बिदेसियकाहरु फर्किएर आए । पुरानो क्लबलाई फेरी ब्युताउनु पर्छ भन्ने अठोट बोके । यो साल बाट मनकामना युवा क्लब पुरानो बाटोमा हिंडेको आभाष भयो ।
मिश्रित जातिहरु बसेको वडा । केहि समय कम्युनिटहरुको कालो ग्रहणले ढाकेता पनि अहिले ग्रहण हटेको महसुस हिजोको देउसी कार्यक्रमले पुस्टि गरेको छ ।
राजनीतिक विचारधारामा हेटौडाको वार्ड नम्बर ८ कमाने पुरानो एमालेको गढ हो । यो वडाको भोट छिन्नभिन्न भयो भने कम्युनिस्ट पार्टीका नेताहरु राजनीतिक भबिस्य स्वाहा नहोला भन्न सकिन्न तर कम्युनिस्ट पारीमा लागेकाहरु नै अहिले नेपालको धर्म संस्कृति जोगाउनु पर्छ भन्दै बुर्कुसी मार्न थालेका छन ।
एक समय नेपाले कम्युनिस्टहरु धर्मलाई अफिम संग दाँजेर नेपालको हिन्दु धर्म भनेको परिवर्तनको बिरोधि हो भनेर भन्थे ।  हिजो त्यसो भन्नेहरु अहिले मन्दिर बनाउने देखि गुम्बाको संरक्षण गर्नमा ज्यान फालेर लागेका छन । सप्ताहमा दान दक्षिणा हाल्न पनि यिनीहरुलाई कसैले पनि जित्न सक्दैन । अफिमको नशा छुटेको कारणले होला ।

मिति २०७५/०७/२२ गते मेरो घर अगाडिको चोकमा देउसी भैलो खेल्न आए । प्राय सबै कम्युनिस्ट बुर्जुवा नेताहरु आफ्ना भुराभुरिको गोठाला बनेर आए । पंक्तिकारको थुतुनो तीनपाने जस्तो कडा छ । के हो कमरेडहरु देउसी त हिन्दुको चाड हो नि भन्देको हो नि कसले हैन भनेको छ र भनेर खिस्स हाँसेर टारे ।
मकवानपुर तामांग बहुल क्षेत्र हो । धर्म र जातिको बिष घोल्ने एकताका आंगकाजि शेर्पाहरुको मोहनिजालमा परेर  धेरैले दशैँ तिहार बहिष्कार गरे । केहिले अझै पनि दशैको टिका लाउदैनन । लाजले पनि हुन सक्छ । तर देउसी भैलो खेल्नमा तिनका सन्तानहरुलाई तिनले अझ सम्म पनि रोक्न सकेका छैनन र चाहेर पनि रोक्न सक्दैनन ।
मनकामना युवा क्लब सबै जातको फुलबारी हो । हिजोको देउसीमा मेरो घर अगाडिको चोकमा खेलिएको देउसीमा एकजना सानी नानीले उत्कृस्ट नृत्य प्रस्तुत गरिन । ति नानि तामांगको छोरी रैछिन । यस्तो नृत्य अब मैले सामाजिक संजालमा पोस्ट गर्दा आंगकाजि शेर्पाहरु लाजले पक्कै पनि पनि पानि होलान भने नेपालको कम्युनिस्टहरु भनेको आफ्नो राजनीति गर्न कम्युनिस्टको खोल ओढेको हो भनेर भन्न कर लाग्छ ।

 
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger