एक पटक मेरा प्रजाहरु कत्तिको बुद्धिमान रच्छन जाच्नु पर्यो
भनेर बादशाहले सप्पै भारदारहरु दरबारमा हाजिर हुनु भन्ने आदेश फरमान गरेछन !
सबै भारदार भेला भएसी दर्बार पछाडिको बंगैचामा लगेर
अस्टबक्र (आठ ठाम्मा) बांगीएको रुख देखाम्दै भनेछन हेर त कति सिधा र सुलित्त परेको
रुख !
धेरै भारदारहरुले बादशाहले ठिक मर्जी भन्दै हो मा हो
मिलाएछन तर बिर्बल काजि भने अन्तै मन्टो बटारेर बसेछ्न !
क्या हो बिर्बल काजि तिमीले बादशाहको कुरा सुनेनौ कि क्या
हो भनेर सोधेपछि बिर्बलले 'खै सर्खार हजुरको आँखा फुटेको हो कि मेरो गर्धन चिलाको
हो म त हजुरले देखाई बक्सेको त्यो रुखलाई अस्ट बक्र (आठ ठाउँमा बांगेको) नै देख्छु
भनेर जवाफ फर्काएछन !
नेपालको राजनीतिमा पनि अहिले अकबर बिर्बलको कथा जस्तै देखिन थालेको छ ! सहि जवाफ दिने एकजना पनि
बिरबल जस्तो मन्त्रि नै नभएको अहिलेको नेपालमा सुखी र समृद्धिको सपना
देख्नु कुन चै ठुलो कुरो भो र !