Latest Post

Showing posts with label टिका-टिप्पणी. Show all posts
Showing posts with label टिका-टिप्पणी. Show all posts

सक्कली पुर्ब पन्चहरुले हिन्दु धर्म र राजतन्त्र त्याग्न सक्दैनन

Written By खांट्टी कुरा on Friday, July 29, 2016 | July 29, 2016

-जनकमान डंगोल 
भाषण गर्ने कलामा रा.प्र.पा नेपालका अध्यक्ष कमल थापा पनि कम छैनन ! गृह जिल्ला मकवानपुरमा आउँदा थापालाई जहिले पनि अन्तिम बक्तामा राख्नुको कारण त्यहिनै हो !
रा.प्र.पा नेपालमा प्राय युवा नेताहरु छन ! हिन्दु धर्म र राजतन्त्रको मुद्धा बोकेको भएर जनतामा छाएको हो ! गुदी कुरा यहि नै हो र चाहेर पनि रा.प्र.पा नेपालले हिन्दु धर्म र राजतन्त्रको मुद्धा छोडन सक्दैन !
रा,प्र.पा पार्टीमा प्राय बुढा नेताहरु छन ! पंचायती संस्कार अहिले सम्म त्याग्न सकेका छैनन ! यिनीहरु अबसरबादिका झुण्ड हुन भन्ने कुरा गणतन्त्र जिन्दाबादको नारा लायेसी मात्र जनताले बुझेका हुन !
एमाले पार्टीको चर्चित नारा 'कुटे पनि आमै राम्रो पोले पनि घामै राम्रो' भनेझै कांग्रेस तथा कम्युनिस्टका नेता तथा कार्यकर्ताहरुले भिडाई दिएको 'मण्डले' भन्ने सब्द पुर्व पन्चहरुको छातीमा सियो बनेर पसेको छ ! त्यसको घोचाईले सक्कली पन्चहरु अहिले पनि आहत भएका छन ! पुर्ब पन्चहरु पनि पंचायत नै राम्रो भन्छन ! चाहेर पनि पन्चायात्लाई भुल्न सक्दैनन र भुल्नु पनि हुन्न !
सक्कली पन्च भनेका २०१७ पौष १ गतेको ब्यबस्था मान्नेहरु पर्छन ! हेर्दाखेरी ब्यबस्था निरंकुस देखिएता पनि नेपालको लागि अहिले सम्मको सफल ब्यबस्था पंचायत हो भनेर बुझ्दछन !
जानेर वा नजानेर दुई पटक दुई पार्टी बनेको पुर्व पन्चहरुको पार्टी रा.प्र.पा र रा.प्र.पा नेपालका तमाम कार्यकर्ताहरुको प्रमुख माग भनेको सम्पूर्ण रास्ट्र्बादी शक्तिहरु एक हुनु पर्दछ भन्ने हो !
रास्ट्रबादी शक्ति भन्नाले पुर्व पन्चहरु मात्र पर्दछन भनेर सोच्नु गलत हो किनभने २०१७ साल पौष १ गते पंचायती ब्यबस्था लागु गर्नु भन्दा पहिला स्व.राजा महेन्द्रले कांग्रेस र कम्युनिटक रास्ट्रभक्त नेताहरु संग सर सल्लाह गरेका थिए ! कांग्रेस तथा कम्युनिस्ट पार्टीका रास्ट्रबादी नेताहरुले साथ् नदिएको भए नेपालमा पंचायत जन्मिदैन थियो ! ईतिहासले त्यहि भन्छ ! साछी प्रमाणमा अहिले पनि तुलसी गिरि, बिश्वबन्धु थापा देखि किर्तिनिधि बिस्टहरु छन ! गिरि तथा थापा खाँट्टी कांग्रेसी नेता थिए !
रा.प्र.पा का बृद्ध नेताहरु कमला थापाको मातहतमा बस्न सक्दैनन किनभने तिनीहरु राजनीतिमा हामि कमल थापा भन्दा सिनियर हौ भन्ने अहं पाल्छन ! रास्ट्रको लागि सोच्थे भने यिनीहरुले पार्टी पटक पटक फुटाउदैन थिए र नेतागीरिको दम्भ कस्तो हुन्छ भन्ने कुरा चन्द र राणाको क्रियाकलापलाई हेरे पुग्छ !
जो सुकै अध्यक्ष बन तर देसको चिन्ता गरेका छन र रास्ट्रबादी हौ भन्ने अहं पालेका छन भने रा.प्र.पा हरु मात्र हैन सम्पूर्ण रास्ट्रबादी शक्तिहरुको सिंगो एउटा पार्टी गठन गर्नु पर्दछ ! अन्य पार्टीहरु जस्तै टुक्रा टुक्रामा विभाजन बनेर सबैलाई पार्टी प्रमुख बन्ने रहर जागेको छ भने रास्ट्रबादी हौ भन्नुको कुनै तुक छैन !
धर्म निरपेक्ष र गणतन्त्र मान्ने हो भने कांग्रेस तथा कम्युनिस्ट भन्दा के नै फरक भयो र !

भद्धा मजाक

Written By खांट्टी कुरा on Wednesday, June 22, 2016 | June 22, 2016

-जनकमान डंगोल
नेपालमा हत्या र हिँसाको खेति जसलाई जनयुद्द भन्ने नाम दिएर १२ बर्ष सम्म आतंक मच्चाउने पार्टी भनेर ने.क.पा माओबादीलाई चिनिन्छ । माओबादी पार्टीमा डाक्टर भटराई दोश्रो तहका नेता थिए । सानै देखि अर्थात स्कुले जीवन देखि  बामपन्थी राजनीतिमा लागेका डाक्टर बाबुराम भटराईले माओबादी पार्टीलाई लात हानेर केहि दिन देखि नयां शक्ति नेपाल नामको राजनीतिक पार्टी खोलेर देस बिदेसमा चर्चा कमाउन सफल भएका छन ।
अहिलेको युग भनेको बिज्ञानको युग हो । लेखिएको तथा बोलिएको केहि मिनेटमै संसारभर पुग्न सक्ने यो जमानालाई डाक्टर बाबुराम भटराई राम्रै संग बुझेका छन त्यहि भएर ईन्टरनेटको दुनियामा सबै भन्दा धेरै समय सम्म समय ब्यतित गर्ने राजनेतामा डाक्टर बाबुराम भटराईनै अग्रपंक्तिमा होलान भन्ने यो पंक्तिकारको ठम्याई हो ।
डाक्टर बाबुराम भटराईले नयां शक्ति नेपाल नामको राजनीतिक पार्टी गठन गर्नु भन्दा पहिला सुन्दर शान्त नेपालमा जनयुद्ध नामको हत्या र हिंसाको खेति गर्ने माओबादी नामको पार्टीमा आबद्ध थिए जुन कुरा यो पंक्तिकारले सुरुकै हरफमा उल्लेख गरि सकेको छ  । माओबादीले चलाएको जनयुद्धमा परेर घाईते तथा मृत्यु, अंगभंग देखि गाउँघरबाट बिस्थापित हुने नेपालीहरुको आधिकारिक तथ्यांक संयुक्त रास्ट्र संघको कार्यालयमा समेत अभिलेखिकरण भएकै होला 
बगरेको काम भनेको निर्दोष पशुको घांटी रेट्नु मात्र हो । हिजो आफु स्वयम आबद्ध भएको पार्टी माओबादीमा हुँदा महान जनयुद्धको लागी पार्टीको आदेस भन्दै आफ्ना कार्यकर्तालाई सोझा र सिधा नेपालीहरुलाई मृत्युको काखमा पुर्याउंन आदेस दिने  डाक्टर बाबुराम भटराईको नेत्र त्यो समयमा पक्कै पनि सजल भएन होला ।
जनयुद्ध भन्दै हिंसाको राजनीति गरेका माओबादी पार्टी शान्ति र सम्झौता भन्दै सरकार संग वार्ता गर्न आए । वार्ता पश्चात हत्या र हिँसा गर्ने ठुला नेताहरुले सत्ता र भत्ताको राम्रै संग उओभोग गरे र आजको मिति सम्म पनि गर्दैछन । डाक्टर भटराईले समेत अर्थ मन्त्रि देखि प्रधानमन्त्रीको कुर्चि समेत पड्काएकै हुन ।
दोश्रो संबिधान सभाको निर्वाचनमा समेत जनताले माया र बिस्वास गरेर संसदमा पठाएको हुन तर जनताको मतलाई लात हान्दै पुरानो पार्टी छोडेर नयाँ राजनीतिक पार्टीको गठन गर्दा हिजो आफ्नो कारणले मारिएका नेपाली जनताहरुको सम्झनामा  श्रद्धान्जली त परको कुरा युद्धको समयमा केहि मानिस हताहत हुनु ठुलो कुरा हैन भन्ने डाक्टर बाबुराम भटराईले २ दिन अगाडी अफगानिस्थानको राजधानी काबुलमा आततायीहरुको कारणले मृत्यु बरण गर्न पुगेका नेपालीहरु प्रति श्रद्धान्जली देखि घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत दिन भ्याय ।
हेर्नुहोस डाक्टर बाबुराम भटराईले गरेको ट्वीट:
डा.बाबुराम भटराईको ट्वीटर बाट साभार:
अफगानिस्थानको राजधानी काबुलमा बम बिस्फोट गर्नेहरु पनि आतंककारी हुन । डाक्टर बाबुराम भटराईहरुले पनि १२ बर्ष सम्म नेपालमा त्यस्तै प्रकारको घटना घटाएका थिए भने कबुल घटनामा मारियेका तथा घाईते भएका  ति अभागी स्वर्गीय नेपालीहरु प्रति हार्दिक श्रद्धान्जली देखि स्वास्थ्य लाभ भन्दै दुख: ब्यक्त गर्नुको के फाईदा ?
गरिब नेपालीहरु आफ्ना राजीखुसीले बिदेसमा श्रम गर्न जादैनन । २०४६ साल देखि आजको मिति सम्ममा लाखौ लाख नेपालीहरु बिदेसिन बाध्य छन । प्रजातन्त्र देखि लोकतन्त्रको फाईदा भनेकै यहि होला ।
बिदेसिन बाध्य बनाउनमा अन्य पार्टीहरु जति दोषी छन त्यो भन्दा सयौं गुणा दोषी डाक्टर बाबुराम भटराईहरु पनि छन । आफ्नै कारणले बिदेसिन बाध्य पार्ने अनि बिदेसमा आतंककारीहरुको चपेटामा परेर मृत्युबरण गर्न पुग्दा साखुल्ले बनेर मृतकहरुको नाउँमा श्रद्धान्जली प्रकट गर्नु भनेको त्यो भन्दा ठुलो भद्धा मजाक अरु के हुन सक्छ ?
२०७३ आषाढ ८ गते बुधवार ई-कोशी डटकममा प्रकाशित

अपरिपक्व सोचाई

Written By खांट्टी कुरा on Friday, April 29, 2016 | April 29, 2016

देसमा अहिले एतिखेर रास्ट्र देखि सर्खार प्रमुखमा कम्युनिस्ट पार्टीहरुको हालीमुहाली चलेको छ भने कम्युनिस्ट पार्टीमा आस्था नराख्ने तर बिल्कुल फरक धारका रा.प्र.पा नेपालको पनि सरकारमा सहभागी छ ।अहिले सर्खार देखि बिपक्षमा भएका कम्युनिस्ट देखि कांग्रेस पार्टीले राजतन्त्रको बिरुद्धमा २०६२/६३ सालमा आन्दोलन गरे ।

कम्युनिस्ट पार्टीले राजतन्त्र मान्दैन नेपाली कांग्रेसको संस्थापक नेताहरुले कहिले पनि राजा हटाउनु पर्छ भनेर भनेका थिएनन । देसको पुरानो पार्टी नेपाली कांग्रेसले राजतन्त्रको बिरुद्धमा किन आन्दोलन गरे त्यो चै बुझी नसक्नुको कुरा देखियो ।

अहिलेको सर्खारमा सम्मिलित रास्ट्रिय प्रजातन्त्र पार्टीको मूल नारानै 'हिन्दुधर्म र राजतन्त्रको पुनर्स्थापना' हो भने २०६२/६३ सालको कथित आन्दोलन चल्दा वर्तमान उप प्रधानमन्त्री कमल थापाले आफ्नो अडान नछाडेर राजतन्त्र तथा हिन्दु धर्मकै रक्षाको लागी आन्दोलनलाई मत्थर बनाउने  कोसिस गरेका थिए ।
नेपालको सबै परिवर्तनमा बाहिरिरुपमा जनताको प्रत्यक्ष सहभागी देखिएता पनि ब्यबस्था बदल्न बिदेसी शक्तिहरु कम्मर कसेर लागेका हुन भनेर कसैले पनि नकार्न सकिदैन । ब्यबस्था मात्र परिवर्तन नगरेर ९३% हिन्दु तथा ओमकार परिवारको भावनालाई कुल्चिएर 'धर्म निरपेक्ष' नेपाल घोषणा गर्दा पनि अहिलेका नेताहरुको चित्त पक्कै पनि फाटेन होला । फाटेको भए बिदेसिको ईसारामा जनताको ईक्षा बिरुद्धको काम कदापि गर्दैन थिए होलान ।

कम्युनिस्टले राजतन्त्र र धर्म मान्दैन । राजतन्त्र देखि धर्म नमान्ने कम्युनिस्टको हकमा राजतन्त्र तथा हिन्दु धर्मको कुनै औचित्य हुन्न तर नेपाली कांग्रेस देखि मदेसी दलहरु भने हिन्दु धर्मको बर्खिलापमा किन गए  ?

जुनबेला २०६२/६३ को कथित जनआन्दोलन चल्दै थियो त्यो समयमा बर्तमान उप प्रधान मन्त्रि कमल थापा गृहमन्त्रि, लोकमान शिंह कार्की मुख्य सचिव र ससस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राई प्रहरीको बरिस्ट अधिकृत पदमा थिए भने यी तिनै हस्तीहरुको काम भनेको देसमा शान्ति सुब्यबस्था कायम गर्नु थियो र पेशाले पनि त्यहिनै भन्छ । पेशा अनुसारको काम नगर्नेहरु हदै सम्मको संजायको भागीदार समेत हुनु पर्दछ ।

कमल थापा राजनीतिकर्मी हुन । राजनीति गर्ने भए पछी पार्टी देखि मन्त्रिपरिषदको सदस्य बन्नु नयाँ र नौलो कुरा भएन । पंचायत देखि प्रजातन्त्र हुँदै हालको गणतन्त्रमा समेत पटक पटक मन्त्रि बनि सकेका हुन । राजनीतिमा 'सत्रु र मित्रु हुन्न' भन्ने कथन पनि छ । त्यहि कथन अनुसार अहिलेको खिचडी सर्खारमा उप प्रधानमन्त्री बन्न पुगेका छन ।

लोकमान शिंह कार्की रास्ट्र सेवक कर्मचारी हुन । हिजो मुख्य सचिव थिए आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा पुगेका छन भने दुर्ज कुमार राई रोलक्रम अनुसार अहिले ससस्त्र प्रहरीको महानिरीक्षक बन्न सफल भएका छन ।

बदलाकै भावनाले काम कार्य गर्ने हो भने अहिलेका ठुला राजीनितिक पार्टी कांग्रेस तथा एमालेका बरिस्ट नेताहरुलाई थापा, कार्की र राईको कामको प्रकृतिको बारेमा ज्ञात हुँदाहुँदै पनि अहिलेको सर्बोच्च पदमा किन पुर्याए ?

आफ्नो पद अनुसारको काम गर्दा बिगत केहि दिन देखि आयुक्त लोकमान शिंह कार्कीको बिषयमा कांग्रेस तथा एमाले पार्टीका केहि आस्थावान सिपाहीहरुले अख्तियारले हालै गरेको कामकारबाहीको बिषयलाई २०६२/६३ को कथित आन्दोलन जोड्दै कार्की देखि राईको बिरुद्द सामाजिक संजालमा बिषबमन गरेको देखिदैछ ।

पुरानो घटना कोट्याउने हो भने २०५५ सालमा एमाले पार्टीका खाँट्टी कम्युनिस्ट नेता तथा तत्कालिन गृहमन्त्री कामरेड बामदेब गौतमले रोलक्रममा चढेका प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेललाई महिना दिन पनि पदमा टिक्न नदिएको घटना नेपाली जनताहरुले भुलेका छैनन भने खरेललाई परेको अन्यायको बिरुद्धमा आवाज किन उठाईयेन ?

यस्ता महान काम कार्य गर्ने सक्ने एमाले पार्टीका आस्थावान सिपाही तथा समाजवादको नारा लाएर नथाक्ने कांग्रेसी आस्थावानहरुले अख्तियार प्रमुखको बिरुद्धमा बिषबमन गर्नुको साटो अहिलेको लोकमान ठिक छैन भने आर्को खाँट्टी ठोकमान नियुक्ति गर्न कुनचाहि काँडेतारले छेकेको छ र किनभने नेपालमा अहिले देखिएको गणतन्त्र तर उही पुरानै १०४ बर्षे राणा सासनको झल्को दिने गरि हुकुमी सैली लागु भएको कुरालाई नकार्न सकिन्छ र ?

कथित जन आन्दोलनको बिषयलाई लिएर लोकमान देखि कमल थापा अनि दुर्ज कुमार राई बिरुद्ध हिलो छ्याप्नु भन्दा पहिला आफ्ना नेताहरुले गरेको काला कर्तुतको बयान गर्नचै पार्टीका आस्थावानहरुले किन सक्दैनन ? माथि उल्लेख गरिएका तिनै जना ब्यक्तिहरुलाई अहिलेको पदमा पुर्याउने पनि यिनै कांग्रेस तथा कम्युनिस्ट  पार्टीका नेताहरु हुन । पदमा पुगेको व्यक्तिहरुले पहिला आफ्नो ब्यबसायिक काम र कर्तब्य हेर्छ भन्ने कुरा पनि बुझेकै होलान ।

कथित जन आन्दोलन २०६२/६३ को समयमा कमल थापा गृहमन्त्री, लोकमान शिंह कार्की मुख्य सचिव र दुर्ज कुमार राई प्रहरीको बरिस्ट अधिकृत । आफुलाई दिएको पद अनुसारको काम र कर्तब्य गर्दा त्यसैलाई तिलको पाहाड बनाएर अहिले बिषबमन गर्नु त्यी बिल्कुल गलत कुरा हो ।
हुलदंगा र असान्ती फैलिएको बेला त्यसलाई नियन्त्रण गर्ने कि पार्टीको पछी लागेर सम्बन्धित पदमा बसेकाहरु पनि 'जिन्दाबाद र मुर्दाबाद' भन्दै हिड्ने ? दंगाकारीले फैलाएको हिंसात्मक कार्यलाई रोक्न बल प्रयोग गर्ने कि स्याब्बास भनेर तालि पिट्ने ?

जो जस्ले सामाजिक संजालमा घटिया टिप्पणी गर्दैछन तिनै ब्यक्ति त्यो समयमा तोकिएको पदमा बसेका भए के गर्थे ? खाँट्टी जवाफ दिन सक्छन ?
ई-कोशी डटकममा प्रकाशित
प्रकाशित मिति: २०७३ बैसाख १७ गते शुक्रवार

कानून नमान्नेलाई पक्राउ गर्न किन नपाईने ?

Written By खांट्टी कुरा on Sunday, April 24, 2016 | April 24, 2016

तस्बिर साभार: अन्नपूर्ण पोस्ट
-जनकमान डंगोल/janakdangol@gmail.com

देसको ऐन कानूनले गर भनेको काम नगर्ने नगर भनेको काम गर्नेलाई अपराध र अपराधी भनिन्छ ! अपराध र अपराधीको परिभाषा यत्ति मात्र हो ! हिजो सर्खारी सेवा प्रबेस गर्दा दिईने तालिममा यो पंक्तिकारलाई सम्बन्धित विषयका ज्ञाता प्रशिक्षकले यस्तै भनेर पढाएको थियो !

कुनै ब्यक्तीले अपराध गर्यो भने त्यो ब्यक्ति अपराधी हो कि हैन भनेर जांच पड्ताल गर्ने काम भनेको पुलिसले होर पुलिसले त्यस्ता अभियुक्तलाई जनाउ दिएर पक्राउ गर्न सक्छ ! अपराध गरेको हो हैन भनेर जांच पड्ताल गर्दा पुख्तारुपमा दसी प्रमाण सहितको सबुद जुटाउने काम पुलिसको हो ! दसी प्रमाण छ भने पक्राउ पुर्जी दिएर हिरासतमा राखिन्छ ! छैन भने हिरासतमा राख्नुको कुनै औचित्य पनि हुन्न !

पुलिसले जांच पड्ताल गर्न अभियुक्त पक्राउ पर्नु जरुरि छ ! देखि जान्ने देखि सुनी जान्नेको आधार बनाएर पुलिसले अपराधी पक्राउ गर्ने गर्दछ ! पुलिसले समातेको ब्यक्ति अपराधी हुन पनि सक्छ नहुन पनि सक्छ ! समातेको ब्यक्ति मध्ये प्राय सबैले मैले अपराध गरेकै  छैन ! मलाई फसाएको हो भनेर ईन्कारी बयान दिन्छन !

नेपालको नागरिक समाजको अगुवा, बरिस्ट पत्रकार, साझा यातायातको अध्यक्ष तथा हिमाल खबर भन्ने पत्रिकाको मालिक कनक मणि दीक्षितलाई श्रोत नखुलेको अकुत सम्पति जोडेको देखि बिदेसमा लगेर धन थुपारेको भन्ने संगिन आरोप लगाउंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक लिखित तथा मौखिक पुर्जी जारि गरेको बुझियो ! हाल पक्राउ परेको कनक मणि दीक्षितले पनि अरु अभियुक्त सरह ईन्कारिको भाषा बोल्दैछन !

नेपालमा बस्ने नेपाली नागरिकले कानूनको सम्मान गर्नु पर्छ ! आरोप लाउदैमा त्यो आरोप संग नडराएर आरोपको सामना गर्नु पर्नेमा कानूनको धज्जी उडाउदै आरोपीत कनक मणि दीक्षितले अख्तियार प्रमुखले म माथि रिसीबी साध्न पुलिस लगाएर पक्राउ गर्यो भनेर बयानबाजी गर्ने देखि अदालतमा ठाडो चुनौती दिने काम गरेको पनि देखियो !

कानूनको पालना गराउनु पर्ने निकायले कानूनको पालना गराउन सकेनन भने त्यो पदमा बस्नुको कुनै औचित्य हुन्न त्यसैले कानूनको पालना नगरेको आरोपमा कनक मणि दीक्षितलाई प्रहरी लगाएर पक्राउ गर्न बाध्यता पार्ने पनि आरोपीत कनक मणी दीक्षित नै हो कि हैन ?

अख्तियारले पुर्जी काटना साथ निर्भिक भएर अख्तियारमा गएरआरोपको सामना गरेको भए तिनलाई प्रहरी लगाएर पक्राउ गर्नु पर्थ्यो ?

कनक मणि दीक्षित दोषी छन कि छैनन त्यो सिद्ध गर्ने काम अख्तियारको हो ! अख्तियार न्यायमुर्ति हैन र अख्तियारले संजाय पनि दिन सक्दैन ! अख्तियारको काम भनेको पक्राउ परेको ब्यक्ति र पक्राउ गर्नुको कारण समेत खुलाएर आरोपितले गरेको अपराधको दसी र प्रमाण न्यायमुर्तिको अगाडी राखी दिनु मात्र हो !

यस्ता कुराहरु बुझेर हो वा बुझ पचाएर हो पत्र पत्रिका देखि सामाजिक संजालको भित्तामा आरोपितको पक्षमा केहि बुझक्कडहरुले कुतर्क दिंदै पहाड उचालेको पनि देखिदैछ ! म कानूनचि हैन तर हिजोको आफ्नो ब्यबसायिक पेशाले दिएको ज्ञान अनुसारको कुरा राख्ने कोसिस गरे !

देसमा बस्ने सबै नागरिकहरुले देसको ऐन कानूनको पालना गर्नु पर्छ र गर्न लगाउनु पर्दछ ! कानून तोडने अधिकार कसैलाई पनि छैन ! देसको सम्पति बिदेसमा लगेर थुपार्ने जो कोहि पनि हुन  ति असल चरित्रका ब्यक्ति हैन भनेर पुस्टि हुन्छ ! गाई मारेर गधा पोस्ने जो कोहि होस तिनीहरु माथि कडा भन्दा कडा कारबाही हुनु सख्त जरुरि छ !

'खाँट्टी मपाईत्व'

Written By खांट्टी कुरा on Monday, April 04, 2016 | April 04, 2016

किसोर नेपाल अर्थात नेपालको बरिस्ट पत्रकार । जिबन पुरै पत्रकारिता क्षेत्रमा बिताएको व्यक्ति ।
नेपालको १ नम्बर भनेर बिज्ञापन डाम्ने बिजुली पत्रिका अनलाईन खबरले २०७२ चैत्र २० गते बरिस्ट पत्रकार किसोर नेपालको अन्तर्वार्ता प्रकाशित गरेको रैछ । अनलाईन खबरमा प्रकाशित किसोर नेपालको अन्तर्वार्ता पढ्न यहां थिच्नुहोस !

बिजुली भनेको मिलिक्क गर्ना साथ झिल्लिक्क देखिने जिनिस हो भन्छन । बिजुली भित्तामा डाम्नासाथ संसारभरका मुन्छेहरुले तिनका अन्तर्वार्ता नहेर्ने नपढ्ने कुरै भएन ।

खांटृीकुरो डाम्ने यो डाम्नाकार कुनै पनि बिघाको विश्लेषक हैन तर भन्न खोजेको के हो भन्ने बुझ्ने क्षमता भने पक्कै पनि राख्दछ ।

अनलाईन खबरले डामेको किसोर नेपालको अन्तर्वार्ताको पुछारमा प्रस्तुती- चिरञ्जीवी पौडेल भनेर डामेको छ । अनलाईन खबरको घरां चिरन्जिबी पौडेलको दर्जा Deputy Editor रैछ भनेर बुझिन्छ ।
बरिस्ट पत्रकारज्यु हजुरको अन्तर्वार्ता हाम्रो बिजुली भित्तामा डाम्नु पर्यो भनेर पहिले फुना बात मारे । ल आउ भनेर बोलाहट भए पछी मात्र गएर अन्तर्वाता लिए पछी अनलाईन खबरको बिजुली भित्तामा डामेको हो भन्ने कुरा चिरन्जिबी पौडेले अनलाईन खबरको भित्तामा डामेको लेखाईबाट प्रस्ट बुझ्न सकिन्छ ।

अन्तर्वार्ताकारको टोलि किसोर नेपालले दिएको स्थानमा पुगे । बरिस्ट मुन्छेलाई कनिस्ट मुन्छेले मान सम्मान गर्नु पर्छ । नेपालीले खाँट्टी मान गर्दा दुवै हात जोडेर बिनम्रताको साथ 'नमस्ते' गर्छन । चिरन्जिबी पौडेलको टोलीले 'नमस्ते' गरे होलान तर प्रतिक्रिया चै यस्तो देखियो । अनलाईन खबरको सुरुको हरफमा डामिएको यो वाक्यहरुले यस्तै भन्छ ।
अनलाईन खबरले अन्तर्वार्ता के डाम्देको थियो किसोर नेपालले ट्वीटरमा गएर The editors and reporters of online news portals are incompetent.What they politisize my interview and how they misused it. जसको नेपालीमा अर्थ हुन्छ "अनलाइन समाचार का रिपोर्टर र सम्पादकहरू अयोग्य छन । कसरी तिनीहरूले मेरो अन्तरवार्तालाइ राजनीतिको रंग दिन गलत प्रयोग गर्न सक्छन" ? भन्ने हुन्छ  

कलमेहरु बरिस्ट हुन या कनिस्ट सबैले सिस्ट र नम्र भाका प्रयोग गर्नु पर्छ किसोर नेपालको हकमा त्यो लागु भएको देखिदैन मान गरेर गरिएको नमस्ते फर्काउनु पर्ने हो कि हैन ? तपाई भन्नु पर्नेमा तँ, तिमि भन्नु मपाईत्व र अहं प्रदर्शन गर्नु हो

उमेरले किसोर नेपाल बरिस्ट होलान तर विधामा सानोले पनि ठुलोलाई मात गर्न सक्छन आफु मात्र जान्ने सुन्ने र अरु सबै अज्ञानी भन्ने सोच पालेका रैछ लेखाईबाट त्यस्तै देखियो

उदाहरणको लागी यो डाम्नाकार गाईखाने विधा (औरेजी) मा धेरै कम्जोर छ नजानेको कुरा सोध्दैमा सानु होईदैन किसोर नेपाल बाजेले ट्वीटा डामेको गाईखाने विधाले भन्न खोजेको कुरा नबुझेर रेडियो पत्रकार राजेस श्रेष्टलाई उल्था गर्न सहयोग माग्दा सजिलै संग उल्था गरेर सहयोग गरि दिए भने मैले सोध्दैमा म कनिस्ट पक्कै पनि भईन त्यस्तै राजेस श्रेष्ठले घिरम्ले नाक पनि पक्कै बनाएनन होला

जसरि यो डाम्नाकारलाई किसोर नेपालको मपाईत्व चित्त बुझेंन त्यस्तै गरि मेरा सामाजिक संजालको फेस्बुके मित्र ईस्वर अर्याललाई पनि बुझेको रैनछ भनेर रातोपातिमा डामिएको यो हेर्नुहोस ईस्वर अर्यालको टिप्पणी !

धेरै मपाईत्व प्रदर्शन गर्दा आफै पाठक देखि जनताको नजरमा गिरिन्छ भन्ने सोचाई भएको भए तुच्छ बोलि पक्कै पनि प्रयोग गर्दैन थिए तिनले जे भने सो सर्लक्क 'सक्कल बमोजिम नक्कल ठिक छ' भनेर चिरन्जिबी पौडेलले डामेको होलान यदि त्यसरी बिजुली भित्तामा नडामेको भए 'आचार संहिता' भन्ने अस्त्र हान्न पाईन्थ्यो कि पाईन्न ? 

प्राथना गरेर रोग निको हुने भए अस्पताल किन चाहियो

Written By खांट्टी कुरा on Saturday, March 19, 2016 | March 19, 2016

अस्ति फाल्गुणको अन्तिम साताको अन्तिम दिन आफ्नै निजि कामले राजधानी काठमाण्डौ गएको थिए । काम सकाईवरी हिजो चैत्र ५ गते बिहान ०७:३० बजे हाम्रो सुमो सेवा २ हेटौडाको सुमो जिपको टिकट लिए । सुमो चालक हेटौडा पदमपोखरिका तामांग जातिका रैछन ।

बाटोमा गफिने क्रममा सुमो चालकले सारै नराम्रो दुखेसो पोख्यो ।

म हिजै हेटौडा फर्किनु पर्ने दाई । हेटौडाबाट काठमान्डौ बौद्धको रिजर्ब लिएर आएको । यात्रु सवारीमा चढी सकेपछी सुरक्षित गन्तब्यसम्म पुर्याउने जिम्मा हाम्रो हो तर यात्राको दौरानमा अनाबस्यक आदेस दिनु त्यो जायज हैन । हामि चालकहरु भनेको स्वतन्त्रता मन पराउने व्यक्तिमा पर्छौ ।

खास भयो के भाई ? 
मैले जिज्ञासा राखे ।

यात्राको दौरानमा हामि गाडी भित्र संगीत सुन्छ्म र सुनाउछौ पनि । संगीत हिन्दि नेपाली वा अंग्रेजी भाषाको पनि हुन सक्छ । मैले क्यासेट बजाउन खोजे । नेपाली तथा हिन्दि गीतहरु बजाईन्छ । एक जना यात्रुले त्यो गीत नबजा भन्यो ।

मैले किन नबजाउने भनेर प्रश्न गरे । यात्रुले यस्तो गीत सुन्ने हैन । परम प्रभुको भजन सुन्नु पर्छ । प्रभुको दिब्य बचन एकाग्र मनले सुन्नु पर्छः भनेर हकार्यो ।

तपाईलाई प्रभुको भजन मन पर्छ भन्दैमा मलाई पनि मन पर्नु पर्छ भन्ने कुनै ग्यारेन्टी छैन । यति के भनेको थिए सबै यात्रु म संग रिसाउन थाले । कुरो बुझ्दा ति सबै ईसाईका पास्टरहरु रैछन । मलाई हकार्ने ति ईसाई पास्टर फापरबारी, मकवानपुर तिरका हुन रे । खुट्टा पनि सग्लो थिएन । एउटा खुट्टा नभएको ति ईसाई संग यात्रा अबधिभर ठाकठुक परि रह्यो । उनीहरु ईसाई भयो भन्दैमा म पनि ईसाई बन्नु पर्छ र दाई ?

मैले भने पर्दैन भाई । धर्म भनेको आस्थाको कुरा हो । आफ्नो मनले चाहेको खण्डमा कुल धर्म पनि परिवर्तन गरेर नयाँ धर्म अंगाल्न सकिन्छ तर कसैको बहकाउमा लागेर आफ्नो पिता पुर्खाले मान्दै आएको धर्म परिवर्तन गर्नु त्यो जायज हैन ।

यसै सिलसिलामा मलाई केहि दिन अगाडी भूकम्पले चर्केको मेरो घर मर्मत गर्न आउने एक जना तामांग जातिका बिर बहादुर गोले भतिजोले भनेको कुरा सम्झना आयो ।

ति गोले भतिजोले भन्यो काका केहि महिना अगाडी हाम्रो टोलको डेबिड पास्टरको बाउ सिकिस्त बिरामी भा रैछ । डेबिड तामांग जातिका हुन र पछी धर्म परिवर्तन गरे पछी नाम पनि परिवर्तन गरेर पास्टर राखेको रैछ । पास्टर छोरोले बिरामी बाबुलाई उपचारको लागी अस्पताल नलगेर प्रभुको प्राथना गर्यो भने प्रभुले ठिक पारि दिनु हुन्छ भन्दै दिनहु प्राथना मात्र गर्दो रैछ । केहि महिना पछी बाबु बिते । बुढालाई क्यान्सर भएको रैछ ।

धर्म भनेको आस्था हो । मैले आज सम्म देउता देख्या छैन तर म हिन्दुको छोरा आफ्नो कुल धर्म र संस्कार प्रति गर्ब गर्छु ! कट्टरपन्थी हैन र हुनु पनि हुन्न । तपाईले पैगम्बर मोहम्मद वा अल्लाह देख्नु भएको छ ? तपाईले मुक्तिदाता भनेर प्रचार गर्दै हिड्ने येसु मसिह देख्नु भएको छ ?
हिन्दुले देबी देउता, मुसलमानले अल्लाह र ईसाईले अहिले सम्म येसुलाई देखेका र  भेटेका छैनन भने आस्थाले मानि आयेको धर्ममा बिष घोल्ने यस्तो अधिकार धर्म परिवर्तनकारीहरु लाई कसले दियो ?

प्रभुको प्राथना गर्यो भने प्रभुले रोग निको पारि दिनु हुन्छ भनेर गाउँ टोल समाजमा फलाक्दै हिड्ने ति डेभिड पास्टरको आफ्नै बाबुचै के प्रभुको प्राथना गर्ना साथ निको भयो ? प्राथना गरेर निको हुनु पर्नेमा किन मृत्यु भयो ?
 
संसारमा बसोबास गर्ने सबै मानव समुदायले मान्ने सबै धर्म मिथक कथामा आधारित छ र धर्मका बिषयमा पुस्तक रचना पनि मान्छेहरुलेनै गरेका थिए । ईसाई धर्म संसारभर फैलाएर त्यो धर्ममा लाग्ने ब्यक्तिहरु संग धार्मिक कर असुल्न भनेर यतिखेर पश्चिमाहरु युद्ध स्तरमा लागेका छन । धर्म त्यसै परिवर्तन गराउन सकिन्न । व्यापारीहरुले लगानी गरेको जस्तरी बिदेसीहरुले गरिब देसमा विभिन्न नामधारी संघ संस्था खोलेका छन र त्यस्तामा लाग्नेहरुलाई मनग्ग्य पैसा देखि मनै लोभ्याउने जिन्सी बस्तुहरु समेत दिइन्छ । त्यस्तै दुई पैसामा बिकेर आफ्नो कुल परम्परा र संस्क्रितीलाई लात हान्नेहरुको कारणले गर्दा आज समाज विभिन्न खेमामा बाँडिएको छ । देस र समाजको यो हालत हुनुमा अरु कोहि नभएर हामीहरुको आफ्नै अज्ञान र चेतनाको कमीले पनि हो भन्ने यो पंक्तिकारको ठम्याई पनि हो ।

रोपाई अनुसारको फल

Written By खांट्टी कुरा on Tuesday, February 23, 2016 | February 23, 2016

भारतको राजधानीमा दिल्लीका जनताहरुले पिउने पानि हरियाणाबाट नहरको माध्यमबाट ल्याईने गरिन्छ  ! हाम्रो मुख्य बाच्ने साहारा भनेको खेति हो ! खेति योग्य जमिन जति बिकासको लागी भन्दै सर्खारी आदेशमा भुमि अधिग्रहण गरे पछी हामिहरु के कसरि बाच्न सक्छ्म ? त्यसैले अनिवार्य सर्खारी नोकरीको ब्यबस्था गरियोस भन्दै छिमेकी भारतको हरियाणा प्रदेशमा अहिले यतिखेर ‘जाट आन्दोलन’ चलिरहेको छ ! आरक्षणको माग गर्दै चर्केको उक्त आन्दोलन पनि नेपालमा तराईका जनताहरुले केहि हप्ता अगाडी सम्म गरेको सेनापति बिनाको लडाई जस्तै भएको छ !

Credit: BBCHindi
लोकतन्त्र भनेको लोकको हित गर्ने भनेर स्थापित गरिएको ब्यबस्था हो ! लोकतन्त्रको ठेकेदारहरुले पुँजीपतिको लोभलालचमा परेर खेतीयोग्य जमिन अधिग्रहण गराएर विभिन्न बिकासको नाउँमा पुँजीपतिहरुलाई दिने गर्छन ! पुंजिपतिको हितमा काम गरिन्छ भने लोकतन्त्र कसरि जनकल्याणकारी शासन र ब्यबस्था भयो ?

नेपालको सम्माननीय प्रधानमन्त्रीको भ्रमण टोलि अहिले यतिखेर भारतको राजधानी दिल्लीमा छ ! दिल्लीको पानि संकटबाट पक्कै पनि जानकार हुनुहुन्छ भने दिल्लीको घटनाबाट पक्कै पनि केहि पाठ सिकेको हुनु पर्छ !

नेपाल जस्तो सानो मुलुकमा पहिचान र संघियताको नाम दिएर जनता जनता लडाउने खेल बिगत केहि बर्ष देखि हुँदै आएको छ त्यो भविष्यमा गएर के कति घातक हुन्छ त्यो त संबिधान पूर्णरुपमा लागु भए पस्चात देखिने र भोगिने कुरा हो !

नयाँ गणतन्त्रे संबिधानमा नागरिकता देखि भुमि सिमान्तकृतको बहानामा मधेसीको नाउँमा बिहारी देखि भारतका केन्द्रमा बसेर सत्ताधारीहरुका सल्लाहकारहरुले देखाएको गाईजात्रा नेपाली जनताहरुले नाकाबन्दीको नाउँमा आजका मिति सम्म भोग्दैछन ! तिनै भारतका टट्टू केहि थान तराईबासी नेताहरु ‘दानापानी बन्द गराई दिन्छु’ भनेर छात्ती ठोकेर हाँक दिंदैछन र दिन छोडेका पनि छैनन !
भोलि देस पूर्णरुपमा संघियतामा गयो भने संघियताको रापले डढेर भष्म हुनु भन्दा अगाबै २०४८ सालको उत्कृष्ट प्रजातान्त्रिक ब्यबस्था पुन किन लागु नगराउने ? यो तर्फ सबैले सोच्नु जरुरि भै सकेको छ !
janakdangol@gmail.com
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger