Home » » अपरिपक्व सोचाई

अपरिपक्व सोचाई

Written By खांट्टी कुरा on Friday, April 29, 2016 | April 29, 2016

देसमा अहिले एतिखेर रास्ट्र देखि सर्खार प्रमुखमा कम्युनिस्ट पार्टीहरुको हालीमुहाली चलेको छ भने कम्युनिस्ट पार्टीमा आस्था नराख्ने तर बिल्कुल फरक धारका रा.प्र.पा नेपालको पनि सरकारमा सहभागी छ ।अहिले सर्खार देखि बिपक्षमा भएका कम्युनिस्ट देखि कांग्रेस पार्टीले राजतन्त्रको बिरुद्धमा २०६२/६३ सालमा आन्दोलन गरे ।

कम्युनिस्ट पार्टीले राजतन्त्र मान्दैन नेपाली कांग्रेसको संस्थापक नेताहरुले कहिले पनि राजा हटाउनु पर्छ भनेर भनेका थिएनन । देसको पुरानो पार्टी नेपाली कांग्रेसले राजतन्त्रको बिरुद्धमा किन आन्दोलन गरे त्यो चै बुझी नसक्नुको कुरा देखियो ।

अहिलेको सर्खारमा सम्मिलित रास्ट्रिय प्रजातन्त्र पार्टीको मूल नारानै 'हिन्दुधर्म र राजतन्त्रको पुनर्स्थापना' हो भने २०६२/६३ सालको कथित आन्दोलन चल्दा वर्तमान उप प्रधानमन्त्री कमल थापाले आफ्नो अडान नछाडेर राजतन्त्र तथा हिन्दु धर्मकै रक्षाको लागी आन्दोलनलाई मत्थर बनाउने  कोसिस गरेका थिए ।
नेपालको सबै परिवर्तनमा बाहिरिरुपमा जनताको प्रत्यक्ष सहभागी देखिएता पनि ब्यबस्था बदल्न बिदेसी शक्तिहरु कम्मर कसेर लागेका हुन भनेर कसैले पनि नकार्न सकिदैन । ब्यबस्था मात्र परिवर्तन नगरेर ९३% हिन्दु तथा ओमकार परिवारको भावनालाई कुल्चिएर 'धर्म निरपेक्ष' नेपाल घोषणा गर्दा पनि अहिलेका नेताहरुको चित्त पक्कै पनि फाटेन होला । फाटेको भए बिदेसिको ईसारामा जनताको ईक्षा बिरुद्धको काम कदापि गर्दैन थिए होलान ।

कम्युनिस्टले राजतन्त्र र धर्म मान्दैन । राजतन्त्र देखि धर्म नमान्ने कम्युनिस्टको हकमा राजतन्त्र तथा हिन्दु धर्मको कुनै औचित्य हुन्न तर नेपाली कांग्रेस देखि मदेसी दलहरु भने हिन्दु धर्मको बर्खिलापमा किन गए  ?

जुनबेला २०६२/६३ को कथित जनआन्दोलन चल्दै थियो त्यो समयमा बर्तमान उप प्रधान मन्त्रि कमल थापा गृहमन्त्रि, लोकमान शिंह कार्की मुख्य सचिव र ससस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राई प्रहरीको बरिस्ट अधिकृत पदमा थिए भने यी तिनै हस्तीहरुको काम भनेको देसमा शान्ति सुब्यबस्था कायम गर्नु थियो र पेशाले पनि त्यहिनै भन्छ । पेशा अनुसारको काम नगर्नेहरु हदै सम्मको संजायको भागीदार समेत हुनु पर्दछ ।

कमल थापा राजनीतिकर्मी हुन । राजनीति गर्ने भए पछी पार्टी देखि मन्त्रिपरिषदको सदस्य बन्नु नयाँ र नौलो कुरा भएन । पंचायत देखि प्रजातन्त्र हुँदै हालको गणतन्त्रमा समेत पटक पटक मन्त्रि बनि सकेका हुन । राजनीतिमा 'सत्रु र मित्रु हुन्न' भन्ने कथन पनि छ । त्यहि कथन अनुसार अहिलेको खिचडी सर्खारमा उप प्रधानमन्त्री बन्न पुगेका छन ।

लोकमान शिंह कार्की रास्ट्र सेवक कर्मचारी हुन । हिजो मुख्य सचिव थिए आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा पुगेका छन भने दुर्ज कुमार राई रोलक्रम अनुसार अहिले ससस्त्र प्रहरीको महानिरीक्षक बन्न सफल भएका छन ।

बदलाकै भावनाले काम कार्य गर्ने हो भने अहिलेका ठुला राजीनितिक पार्टी कांग्रेस तथा एमालेका बरिस्ट नेताहरुलाई थापा, कार्की र राईको कामको प्रकृतिको बारेमा ज्ञात हुँदाहुँदै पनि अहिलेको सर्बोच्च पदमा किन पुर्याए ?

आफ्नो पद अनुसारको काम गर्दा बिगत केहि दिन देखि आयुक्त लोकमान शिंह कार्कीको बिषयमा कांग्रेस तथा एमाले पार्टीका केहि आस्थावान सिपाहीहरुले अख्तियारले हालै गरेको कामकारबाहीको बिषयलाई २०६२/६३ को कथित आन्दोलन जोड्दै कार्की देखि राईको बिरुद्द सामाजिक संजालमा बिषबमन गरेको देखिदैछ ।

पुरानो घटना कोट्याउने हो भने २०५५ सालमा एमाले पार्टीका खाँट्टी कम्युनिस्ट नेता तथा तत्कालिन गृहमन्त्री कामरेड बामदेब गौतमले रोलक्रममा चढेका प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेललाई महिना दिन पनि पदमा टिक्न नदिएको घटना नेपाली जनताहरुले भुलेका छैनन भने खरेललाई परेको अन्यायको बिरुद्धमा आवाज किन उठाईयेन ?

यस्ता महान काम कार्य गर्ने सक्ने एमाले पार्टीका आस्थावान सिपाही तथा समाजवादको नारा लाएर नथाक्ने कांग्रेसी आस्थावानहरुले अख्तियार प्रमुखको बिरुद्धमा बिषबमन गर्नुको साटो अहिलेको लोकमान ठिक छैन भने आर्को खाँट्टी ठोकमान नियुक्ति गर्न कुनचाहि काँडेतारले छेकेको छ र किनभने नेपालमा अहिले देखिएको गणतन्त्र तर उही पुरानै १०४ बर्षे राणा सासनको झल्को दिने गरि हुकुमी सैली लागु भएको कुरालाई नकार्न सकिन्छ र ?

कथित जन आन्दोलनको बिषयलाई लिएर लोकमान देखि कमल थापा अनि दुर्ज कुमार राई बिरुद्ध हिलो छ्याप्नु भन्दा पहिला आफ्ना नेताहरुले गरेको काला कर्तुतको बयान गर्नचै पार्टीका आस्थावानहरुले किन सक्दैनन ? माथि उल्लेख गरिएका तिनै जना ब्यक्तिहरुलाई अहिलेको पदमा पुर्याउने पनि यिनै कांग्रेस तथा कम्युनिस्ट  पार्टीका नेताहरु हुन । पदमा पुगेको व्यक्तिहरुले पहिला आफ्नो ब्यबसायिक काम र कर्तब्य हेर्छ भन्ने कुरा पनि बुझेकै होलान ।

कथित जन आन्दोलन २०६२/६३ को समयमा कमल थापा गृहमन्त्री, लोकमान शिंह कार्की मुख्य सचिव र दुर्ज कुमार राई प्रहरीको बरिस्ट अधिकृत । आफुलाई दिएको पद अनुसारको काम र कर्तब्य गर्दा त्यसैलाई तिलको पाहाड बनाएर अहिले बिषबमन गर्नु त्यी बिल्कुल गलत कुरा हो ।
हुलदंगा र असान्ती फैलिएको बेला त्यसलाई नियन्त्रण गर्ने कि पार्टीको पछी लागेर सम्बन्धित पदमा बसेकाहरु पनि 'जिन्दाबाद र मुर्दाबाद' भन्दै हिड्ने ? दंगाकारीले फैलाएको हिंसात्मक कार्यलाई रोक्न बल प्रयोग गर्ने कि स्याब्बास भनेर तालि पिट्ने ?

जो जस्ले सामाजिक संजालमा घटिया टिप्पणी गर्दैछन तिनै ब्यक्ति त्यो समयमा तोकिएको पदमा बसेका भए के गर्थे ? खाँट्टी जवाफ दिन सक्छन ?
ई-कोशी डटकममा प्रकाशित
प्रकाशित मिति: २०७३ बैसाख १७ गते शुक्रवार
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger