Home » » कानून नमान्नेलाई पक्राउ गर्न किन नपाईने ?

कानून नमान्नेलाई पक्राउ गर्न किन नपाईने ?

Written By खांट्टी कुरा on Sunday, April 24, 2016 | April 24, 2016

तस्बिर साभार: अन्नपूर्ण पोस्ट
-जनकमान डंगोल/janakdangol@gmail.com

देसको ऐन कानूनले गर भनेको काम नगर्ने नगर भनेको काम गर्नेलाई अपराध र अपराधी भनिन्छ ! अपराध र अपराधीको परिभाषा यत्ति मात्र हो ! हिजो सर्खारी सेवा प्रबेस गर्दा दिईने तालिममा यो पंक्तिकारलाई सम्बन्धित विषयका ज्ञाता प्रशिक्षकले यस्तै भनेर पढाएको थियो !

कुनै ब्यक्तीले अपराध गर्यो भने त्यो ब्यक्ति अपराधी हो कि हैन भनेर जांच पड्ताल गर्ने काम भनेको पुलिसले होर पुलिसले त्यस्ता अभियुक्तलाई जनाउ दिएर पक्राउ गर्न सक्छ ! अपराध गरेको हो हैन भनेर जांच पड्ताल गर्दा पुख्तारुपमा दसी प्रमाण सहितको सबुद जुटाउने काम पुलिसको हो ! दसी प्रमाण छ भने पक्राउ पुर्जी दिएर हिरासतमा राखिन्छ ! छैन भने हिरासतमा राख्नुको कुनै औचित्य पनि हुन्न !

पुलिसले जांच पड्ताल गर्न अभियुक्त पक्राउ पर्नु जरुरि छ ! देखि जान्ने देखि सुनी जान्नेको आधार बनाएर पुलिसले अपराधी पक्राउ गर्ने गर्दछ ! पुलिसले समातेको ब्यक्ति अपराधी हुन पनि सक्छ नहुन पनि सक्छ ! समातेको ब्यक्ति मध्ये प्राय सबैले मैले अपराध गरेकै  छैन ! मलाई फसाएको हो भनेर ईन्कारी बयान दिन्छन !

नेपालको नागरिक समाजको अगुवा, बरिस्ट पत्रकार, साझा यातायातको अध्यक्ष तथा हिमाल खबर भन्ने पत्रिकाको मालिक कनक मणि दीक्षितलाई श्रोत नखुलेको अकुत सम्पति जोडेको देखि बिदेसमा लगेर धन थुपारेको भन्ने संगिन आरोप लगाउंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक लिखित तथा मौखिक पुर्जी जारि गरेको बुझियो ! हाल पक्राउ परेको कनक मणि दीक्षितले पनि अरु अभियुक्त सरह ईन्कारिको भाषा बोल्दैछन !

नेपालमा बस्ने नेपाली नागरिकले कानूनको सम्मान गर्नु पर्छ ! आरोप लाउदैमा त्यो आरोप संग नडराएर आरोपको सामना गर्नु पर्नेमा कानूनको धज्जी उडाउदै आरोपीत कनक मणि दीक्षितले अख्तियार प्रमुखले म माथि रिसीबी साध्न पुलिस लगाएर पक्राउ गर्यो भनेर बयानबाजी गर्ने देखि अदालतमा ठाडो चुनौती दिने काम गरेको पनि देखियो !

कानूनको पालना गराउनु पर्ने निकायले कानूनको पालना गराउन सकेनन भने त्यो पदमा बस्नुको कुनै औचित्य हुन्न त्यसैले कानूनको पालना नगरेको आरोपमा कनक मणि दीक्षितलाई प्रहरी लगाएर पक्राउ गर्न बाध्यता पार्ने पनि आरोपीत कनक मणी दीक्षित नै हो कि हैन ?

अख्तियारले पुर्जी काटना साथ निर्भिक भएर अख्तियारमा गएरआरोपको सामना गरेको भए तिनलाई प्रहरी लगाएर पक्राउ गर्नु पर्थ्यो ?

कनक मणि दीक्षित दोषी छन कि छैनन त्यो सिद्ध गर्ने काम अख्तियारको हो ! अख्तियार न्यायमुर्ति हैन र अख्तियारले संजाय पनि दिन सक्दैन ! अख्तियारको काम भनेको पक्राउ परेको ब्यक्ति र पक्राउ गर्नुको कारण समेत खुलाएर आरोपितले गरेको अपराधको दसी र प्रमाण न्यायमुर्तिको अगाडी राखी दिनु मात्र हो !

यस्ता कुराहरु बुझेर हो वा बुझ पचाएर हो पत्र पत्रिका देखि सामाजिक संजालको भित्तामा आरोपितको पक्षमा केहि बुझक्कडहरुले कुतर्क दिंदै पहाड उचालेको पनि देखिदैछ ! म कानूनचि हैन तर हिजोको आफ्नो ब्यबसायिक पेशाले दिएको ज्ञान अनुसारको कुरा राख्ने कोसिस गरे !

देसमा बस्ने सबै नागरिकहरुले देसको ऐन कानूनको पालना गर्नु पर्छ र गर्न लगाउनु पर्दछ ! कानून तोडने अधिकार कसैलाई पनि छैन ! देसको सम्पति बिदेसमा लगेर थुपार्ने जो कोहि पनि हुन  ति असल चरित्रका ब्यक्ति हैन भनेर पुस्टि हुन्छ ! गाई मारेर गधा पोस्ने जो कोहि होस तिनीहरु माथि कडा भन्दा कडा कारबाही हुनु सख्त जरुरि छ !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger