Wednesday, April 13, 2016

'नेपाले ओसामाको हिन्दुस्थानी गान्धिगीरी'

तस्बिर साभार: नयाँ शक्ति नेपालको फेसबुकबाट !
बिलायति गोरा अर्थात अंग्रेजहरलाई हिन्दुस्थानीहरुले फिरिंगी भन्थे तिनै फिरिंगीहरुको पालाको छिमेकी हिन्दुस्थान भन्या ईन्निया भन्ने भारत, पाकिस्तान, बंगलादेस र बर्मा मिलेर बनेको भूभाग हो भनेर भन्थे  
'फुटाउ र राज गर भन्ने गोराहरको नीतिनै थ्यो र सोही नीति अनुसार गोराहरु भारत छोडेर जाने बेला सिंगो हिन्दुस्तानलाई दुई टुक्रा (भारत र पाकिस्तान) बनाई दिए भने बर्मा छुट्टै देस भएको भएर स्वतन्त्र भो तर सिक्किम जस्तरी क्वाप्प खान भने सकेनन बंगलादेस पहिला पाकिस्थान अधिनस्थ भा भे र पुर्बी पाकिस्तान भन्ने नामले पुकारिन्थ्यो र हालको बंगलादेस भन्ने रास्ट्र चै ईन्दिरा माताको कृपाले पछी जन्म्या देस हो

फिरिंगीहरुले सिंगो हिन्दुस्थानमा रजाई गरेको बेलामा फिरिंगी खेदने अभियान चल्यो सोहि सिलसिलामा कांग्रेस भन्ने दल जन्मियो त्यो दल भित्र नरम र गरम नामका दुई खेमा थिए नरमलाई गान्धी, नेहहरुले र गरमलाई सुभाष चन्द्र बोषहरुले आफ्नो पकडमा राखेका थिए नरम भसी हत्या र हिंसाको राजनीति गर्ने कुरै भएन तर गरम दलकाहरुका चै परि आएको बेलामा छप्काउन पर्छ भन्ने मान्यता बोक्थे

सत्याग्रह, अनसन भनेको हिँसा बिनाको आन्दोलन हो सान्तिपूर्ण रुपमा गरिने यस्ता कार्यक्रमहरुले नतिजा छिट्टो नदेखायेता पनि पछी सर्खारलाई झुकाउन बाध्य पर्थ्यो हिन्दुस्थाना यस्ता कार्यक्रम गर्न गान्धीले सिकाएको हुन त्यसैले पछी यस्ता आन्दोलनहरुलाई गान्धीगिरि भनेर भनिन थालियो
बम बारुद देखि बन्दुक बोकेर मुन्छे तर्साउन कुट्ने, पिटने र भनेको नमान्नेलाई भुटेर, कुटेर खसी बोका रेटेको जस्तरी रेटेर देखि ढ्याम्म गोलि ठोकेर मुन्च्चे मार्ने कसाईहरुलाई आतंकबादी भनेर भंच्चन

संसारको खत्रा आतंकबादीरुपी कसाईको पगरी ओसामा बिन लादेनले भिरेका छन संसारभरी आतंकबादी जन्माउने कल्युगे ब्रम्हा जय मसी धर्म मान्ने अम्रिकाने कुईरेहरुहरु हुन जसले लादेन जन्माए उसैले मारे खेल खत्तम पैसा हजम भनेको यहि हो क्यार

गोर्खाली भन्ना साथ खुकुरीको भ्रा मुन्छे छप्क्याउने बीर जाति भन्छन डाक्टर बाबुराम भटराई बीर गोर्खालीको जन्म्भुमीमा जन्मेका मुन्छे तिनै बाउराम्लाई नेपाले माओबादी आन्दोलनकारिहरको नाईके लम्बर २ भनेर जनताले चिनेका छन माओबादी आन्दोलनको नाउँमा चलाएको कथित जनयुद्धले सित्तैमा १७ हजारको बालि खायो पछी शान्ति सम्झौता भनेर आए हिजो जनको ठाउँमा अहिले धन थपेर उक्त आन्दोलनलाई हिजाज धनयुद्द भनेर खबरेहरुले अखबारी देखि बिजुली भित्तामा डाम्ने गरेका छन

रोललम्बर २ बाट कहिले पनि पदोन्नती नहुने छाँटकाँट देखेसी डाक्टर बाबुरामले आफ्ना केहि आसेपासेको साथ पार्टी भित्र निम खोज्न थाले कम्निस्ट पार्टीको मुख्या भनेको एक पटक पदमा पुगेसी बाँसा हेलिकप्टर नचढे सम्म पार्टीको मुख्या पद नछोडने मुन्छे भनेर जानिन्छ जति निम खोज्दानी केहि नलागेसी हिस्स बुढी खिस दांत देखाम्दै पार्टी छोडेको घोषणा गरे राच्च्नीती भन्ने जिनिस लागु पदार्थको बादशाह स्मेक भन्दानी खत्रा नशा हो भनेर भंच्चन त्यहि भएर बाबुरामले 'नयां शक्ति नेपाल' भनेर नया पार्टी गठन गर्न समेत भ्याए र अहिले युद्धस्तरमा पार्टीलाई संसारभर चिनाउन भनेर महंगा रिसोट हुटेल देखि बया भोज खाने पार्टी प्यालेसा मुन्छे बटुल्दै भाषन दिंदै हिन्ने काम्मा लागेका छन

हिंसाको राच्च्नीती अब गोर्खालीको देसा सुपरहिट हुन सक्दैन '' भन्नु भन्दा पहिलानै '' बुझ्ने क्षमता भको मुन्च्चे हुन बाबुराम त्यै भएर त SLC मा बोर्ड फस्ट ल्याए त्यसैले बिगत केहि दिन देखि आफले जन्माको पार्टीलाई फस्ट बनाम्ने योजनाको साथ विभिन्न कार्यक्रम गर्दै हिनेका छन
बाबुरामले गर्ने कार्यक्रमस्थल भनेको भोज खाने रिसोट देखि गफ गर्ने होटेलको बैठकहल हुन बाहिर खुल्ला चौरा आमसभा गर्ने हिम्मत अझै सम्म गरेका छैनन तिनले सामाजिक संजाल्हरुमा पोस्ट गरेको फूटाहरु त्यसको साक्षी पर्मान बनेर उभिएको छ र यो खाँट्टीकुरा डाम्ने डाम्नाले पनि भोज खाने पार्टी प्यालेसा बाउरामको कार्यक्रम हेरेको छ त्यहि भ र यस्ता खाँट्टी कुरो डाम्देको हुँ

सोझो अम्लोले घ्यु आम्दैन भन्ने कुरा था पाएर होला अस्ति चैत २४ गतेबाट बाउराम डाक्टरले गान्धिगिरि सुरु गरे हिजो हिन्दुस्थानमा गएर पढ्ने बहानामा 'जेहादी' शिक्षा ग्रहण गरेका बाउराम्ले १२ बर्षसम्म त्यसको प्रयोग मज्जैले गरेर देखाई दिएकै हुन नाम पो माओबादी तर हिजोको जनयुद्धको बेलामा तिनीहरुले गरेका काम त ओसामा बिन लादेन भन्दा कम्ता थिएनि हाउ

हिजो जनयुद्धको नेपाले ओसामा बिन लादेन बाउराम्ले केहि थान मुन्छेहरु बोलार तिनका हाता पिले कार्ड बोकाम्दै कान्तिपुरे खाल्डोको भद्रकाली मुन्दिरा बसेर गान्धिगिरी सुरु गरे रामायण पात्र गुरु बाल्मिकी पहिला चोर डाँका लुटेरा थिए पछी गएर भौवान रामहरुको गुरु बने कतै परिवर्तन भनेको यहित हैन ?
तर,
रामायणकालिन बाल्मिकी युगमा सत्ययुग थियो अहिले कलियुग छ भने यो कलियुगमा हिन्दुस्थानी नक्कल गान्धिगिरी' गर्दैमा नेपाले ओसामा बाबुराम बाल्मिकी रिखी बन्न सक्छन त ?आजको'खाँट्टी प्रश्न यहि हो !
ई-कान्तिपथ डटकममा प्रकाशित  
-जनकमान डंगोल/janakdangol@gmail.com