Thursday, April 07, 2016

स्वराज मधेसको वास्तविकता

क्राईम चेक साप्ताहिकमा प्रकाशित
स्व भनेको आफै अनि राज भनेको सासन अर्थात स्वराज भनेको आफैले सासन गर्नु

सन १९०९ मा बिलायतबाट दक्षिण अफ्रिका फर्के पछी ९ दिनमा मोहन दास करम चन्द गान्धी अर्थात महात्मा गान्धीले 'हिन्द स्वराज' भन्ने किताब लेखेका थिए हिन्द भनेको सिंगो हिन्दुस्थान जसलाई अंग्रेजहरुले 'ईण्डिया' भनेर भन्ने गर्दथे

गान्धीले किताब लेख्ने समयमा भारतमा अंग्रेजको सासन थियो भने भारतीयहरु अंग्रेजका गुलाम थिए अंग्रेजहरुबाट हिन्दुस्थानको मुक्त गर्न भनेर नै 'हिन्द स्वराज' को अभियान चलाएका थिए र त्यसैको कडीमा लेखिएको पुस्तकको नाम हो 'हिन्द स्वराज'

नेपालमा पनि केहि दिन अघिबाट अमेरिकाबाट नेपाल फर्केका डाक्टर सी.के राउतले 'स्वराज मधेस' आन्दोलन चलाएका छन

हिजो भारत लगायत विस्वका धेरै देशहरु बेलायतको अधिनमा थियो तर नेपाललाई आफ्नो अधिनमा राख्न सकेका थिएनन भारत नेपालको दक्षिणी छिमेकी देस हो

भारतलाई अंग्रेजको पन्जाबाट छुटाउन धेरै भारतीयले आफ्नो तर्फबाट सकेको योगदान गरे त्यसै मध्येमा सबै भन्दा बढी चर्चा गान्धीको गरिन्छ गान्धी तिनै हुन जसले अंग्रेजको ईसारामा भारतलाई 'बंटवारा' अर्थात हिन्दुहरुलाई भारत र मुसलमानहरुलाई पाकिस्तान भन्ने देस बनाई दिए

अंग्रेजको नीति नै 'फुटाउ र राज गर' भन्ने थियो सासन सत्ता भारतीयहरुलाई दिएता पनि अंग्रेजहरुले भबिस्यमा समेत आफ्नै कज्याईमा भारत चलाउने हिसाबले कुटिल अस्त्र 'फुटाउ र राज गर' प्रयोग गरेका थिए जुन अहिले पनि अधाबधिक कायमै छ अंग्रेजहरुले छाडेर गएको बर्षौ बर्ष भई सक्यो तर अहिले पनि भारतियहरुले नाम मात्रका स्वतन्त्रता प्राप्त गरेका छन

नेपालमा जन्मी हुर्की पछी अमेरिका तथा विभिन्न देशहरुमा गएर अध्ययन गर्ने व्यक्तिको नाम हो डाक्टर सी.के राउत सप्तरीमा जन्मी हुर्केका यी व्यक्तिले अमेरिकाबाट फर्की आए पछी माहात्मा गान्धीको नक्कल गर्दै 'स्वराज मधेस' भन्ने आन्दोलन चलाउदै हिडेका छन उक्त आन्दोलनमा लाग्ने अर्थको लगानीको बिषयमा नेपाल सर्खारले कुनै चासो दिएको छैन बिना लगानी कुनै पनि आन्दोलन सफल हुन्न सी.के राउत नेपालको नाम चलेको उधोगपति देखि पुँजीपति समेत हैनन भने 'स्वराज मधेस' चलाउने लगानीदाता को हुन भनेर आफै अनुमान गर्न सकिन्छ

माथिनै उल्लेख गरि सकेको छु नेपाल आज सम्म कुनै बिदेसी देसको पन्जामा परेको छैन बिगतमा नेपालको सिमाना पूर्वमा टिस्टा पश्चिममा काँगडा, दक्षिणमा अलाहाबाद हुँदै गङ्गा नदि सम्म फैलिएको थियो लडाईमा जीत र हार हुन्छ माथिका भूभागहरु नेपालले अन्ग्रेस संगको लडाईमा हारेर गुमाएका भूभागहरु हुन सुगौली सन्धिको कारणले गर्दा ति स्थानहरु सबै अहिले भारतमा पर्दछ

'स्वराज मधेस' को अर्थ भनेको के हो भन्ने कुरा आन्दोलन चलाउने व्यक्तिलाई समेत थाहा छैन होला किनभने केहि दिन अगाडी यो पंक्तिकारले सी.के राउतको अन्तर्वार्ता यु.टुब मा हेर्ने मौका पाएको थियो ! रटी रटाई भाषामा एकोहोरो मधेस स्वराजको अलाप बिलाप गरेका सी.के राउतले मधेस भन्ने स्थान नेपालमा कुन स्थानमा पर्दछ भनेर बताउन सक्छन ?

मध्य भनेको बीच हुन्छ भने नेपालको मध्य क्षेत्र भन्नाले जनकपुर, नारायणी र बागमतीको १९ जिल्लाहरुलाई जनाउछ यी १९ जिल्लाहरु हिमाली, पहाडी र तराई गरि तिन भागमा फैलिएको छ मध्य क्षेत्रको तराइका जिल्लाहरु भन्नाले जनकपुरको धनुषा, महोत्तरि, सर्लाही अनि नारायणीको रौतहट, बारा, पर्सा र चितवनका आधा भूभाग पर्दछ भने बागमती अंचलमा तराई पर्दैन बाँकि रहेको अन्य जिलाहरु मध्य क्षेत्रमा नपरे पछी मधेस कसरि भयो ?

हुँदै नभएको सब्द्लाई नेपालको भूमिमा प्रयोग गर्दै  'स्वराज मधेस' अभियान चलाएर नेपालको गान्धी बन्ने चेस्टा गर्दैछन डाक्टर सी.के राउत पंक्तिकारले बुझेको कुरा यत्ति मात्र हो

नेपालको पुर्व, दक्षिण र पश्चिममा भारतीय सिमाना पर्दछ ति सिमानाको समथर भूमिमा रहेको जमिनलाई आज सम्म भारतले मधेस भनेर घोषणा गरेको छैन न त तराईनै भनेको छ छिमेकी संगै जोडिएको एकै भूगोलको स्थानको नाम पनि स्थान अनुसार एकै हुनु पर्नेमा ठाउँ अनुसारको पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेस देखि उत्तराखण्डी भनेर किन राखियो ? जस्तै नेपालको पुर्वान्चल भन्नाले सगरमाथा देखि मेचि सम्मको भूभागलाई जनाउछ भने बिहारको पुर्वान्चल भन्नाले पुर्बी बिहारका केहि भूभाग हरुलाई भनिन्छ भने डाक्टर सी.के राउतले यस्ता प्रश्नको जवाफ दिन सक्लान ?

विदेसीको पन्जाबाट एक न एक दिन छुटकारा पाउनु नै थियो जसरि भारतमा गान्धी तथा नेहरुको जोडीले अंग्रेजले बनाई दिएको नीति लागु गरे त्यो नीतिले गर्दा भारतले आजसम्म आफ्ना सबै छिमेकी देशहरुको बिस्वास जित्न सकेको छैन हिजोको आफ्नै बन्धु बान्धव बस्ने हालको पाकिस्तानसंग पटक पटकको युद्ध लडी सकेको छ सिधा र सरल भाषामा भन्ने हो भने गान्धी तथा नेहरु अंग्रेजको ईसारामा काम गर्ने ब्यक्ति थिए भने सी.के राउत पश्चिमाको ईसारामा काम गर्दैछन भन्ने कुरा पुस्टि भयो कि भएन ?
प्रकाशित मिति: २०७२ चैत्र २५ गते बिहिबार

No comments: