Monday, April 04, 2016

'खाँट्टी मपाईत्व'

किसोर नेपाल अर्थात नेपालको बरिस्ट पत्रकार । जिबन पुरै पत्रकारिता क्षेत्रमा बिताएको व्यक्ति ।
नेपालको १ नम्बर भनेर बिज्ञापन डाम्ने बिजुली पत्रिका अनलाईन खबरले २०७२ चैत्र २० गते बरिस्ट पत्रकार किसोर नेपालको अन्तर्वार्ता प्रकाशित गरेको रैछ । अनलाईन खबरमा प्रकाशित किसोर नेपालको अन्तर्वार्ता पढ्न यहां थिच्नुहोस !

बिजुली भनेको मिलिक्क गर्ना साथ झिल्लिक्क देखिने जिनिस हो भन्छन । बिजुली भित्तामा डाम्नासाथ संसारभरका मुन्छेहरुले तिनका अन्तर्वार्ता नहेर्ने नपढ्ने कुरै भएन ।

खांटृीकुरो डाम्ने यो डाम्नाकार कुनै पनि बिघाको विश्लेषक हैन तर भन्न खोजेको के हो भन्ने बुझ्ने क्षमता भने पक्कै पनि राख्दछ ।

अनलाईन खबरले डामेको किसोर नेपालको अन्तर्वार्ताको पुछारमा प्रस्तुती- चिरञ्जीवी पौडेल भनेर डामेको छ । अनलाईन खबरको घरां चिरन्जिबी पौडेलको दर्जा Deputy Editor रैछ भनेर बुझिन्छ ।
बरिस्ट पत्रकारज्यु हजुरको अन्तर्वार्ता हाम्रो बिजुली भित्तामा डाम्नु पर्यो भनेर पहिले फुना बात मारे । ल आउ भनेर बोलाहट भए पछी मात्र गएर अन्तर्वाता लिए पछी अनलाईन खबरको बिजुली भित्तामा डामेको हो भन्ने कुरा चिरन्जिबी पौडेले अनलाईन खबरको भित्तामा डामेको लेखाईबाट प्रस्ट बुझ्न सकिन्छ ।

अन्तर्वार्ताकारको टोलि किसोर नेपालले दिएको स्थानमा पुगे । बरिस्ट मुन्छेलाई कनिस्ट मुन्छेले मान सम्मान गर्नु पर्छ । नेपालीले खाँट्टी मान गर्दा दुवै हात जोडेर बिनम्रताको साथ 'नमस्ते' गर्छन । चिरन्जिबी पौडेलको टोलीले 'नमस्ते' गरे होलान तर प्रतिक्रिया चै यस्तो देखियो । अनलाईन खबरको सुरुको हरफमा डामिएको यो वाक्यहरुले यस्तै भन्छ ।
अनलाईन खबरले अन्तर्वार्ता के डाम्देको थियो किसोर नेपालले ट्वीटरमा गएर The editors and reporters of online news portals are incompetent.What they politisize my interview and how they misused it. जसको नेपालीमा अर्थ हुन्छ "अनलाइन समाचार का रिपोर्टर र सम्पादकहरू अयोग्य छन । कसरी तिनीहरूले मेरो अन्तरवार्तालाइ राजनीतिको रंग दिन गलत प्रयोग गर्न सक्छन" ? भन्ने हुन्छ  

कलमेहरु बरिस्ट हुन या कनिस्ट सबैले सिस्ट र नम्र भाका प्रयोग गर्नु पर्छ किसोर नेपालको हकमा त्यो लागु भएको देखिदैन मान गरेर गरिएको नमस्ते फर्काउनु पर्ने हो कि हैन ? तपाई भन्नु पर्नेमा तँ, तिमि भन्नु मपाईत्व र अहं प्रदर्शन गर्नु हो

उमेरले किसोर नेपाल बरिस्ट होलान तर विधामा सानोले पनि ठुलोलाई मात गर्न सक्छन आफु मात्र जान्ने सुन्ने र अरु सबै अज्ञानी भन्ने सोच पालेका रैछ लेखाईबाट त्यस्तै देखियो

उदाहरणको लागी यो डाम्नाकार गाईखाने विधा (औरेजी) मा धेरै कम्जोर छ नजानेको कुरा सोध्दैमा सानु होईदैन किसोर नेपाल बाजेले ट्वीटा डामेको गाईखाने विधाले भन्न खोजेको कुरा नबुझेर रेडियो पत्रकार राजेस श्रेष्टलाई उल्था गर्न सहयोग माग्दा सजिलै संग उल्था गरेर सहयोग गरि दिए भने मैले सोध्दैमा म कनिस्ट पक्कै पनि भईन त्यस्तै राजेस श्रेष्ठले घिरम्ले नाक पनि पक्कै बनाएनन होला

जसरि यो डाम्नाकारलाई किसोर नेपालको मपाईत्व चित्त बुझेंन त्यस्तै गरि मेरा सामाजिक संजालको फेस्बुके मित्र ईस्वर अर्याललाई पनि बुझेको रैनछ भनेर रातोपातिमा डामिएको यो हेर्नुहोस ईस्वर अर्यालको टिप्पणी !

धेरै मपाईत्व प्रदर्शन गर्दा आफै पाठक देखि जनताको नजरमा गिरिन्छ भन्ने सोचाई भएको भए तुच्छ बोलि पक्कै पनि प्रयोग गर्दैन थिए तिनले जे भने सो सर्लक्क 'सक्कल बमोजिम नक्कल ठिक छ' भनेर चिरन्जिबी पौडेलले डामेको होलान यदि त्यसरी बिजुली भित्तामा नडामेको भए 'आचार संहिता' भन्ने अस्त्र हान्न पाईन्थ्यो कि पाईन्न ? 

No comments: