Home » » भद्धा मजाक

भद्धा मजाक

Written By खांट्टी कुरा on Wednesday, June 22, 2016 | June 22, 2016

-जनकमान डंगोल
नेपालमा हत्या र हिँसाको खेति जसलाई जनयुद्द भन्ने नाम दिएर १२ बर्ष सम्म आतंक मच्चाउने पार्टी भनेर ने.क.पा माओबादीलाई चिनिन्छ । माओबादी पार्टीमा डाक्टर भटराई दोश्रो तहका नेता थिए । सानै देखि अर्थात स्कुले जीवन देखि  बामपन्थी राजनीतिमा लागेका डाक्टर बाबुराम भटराईले माओबादी पार्टीलाई लात हानेर केहि दिन देखि नयां शक्ति नेपाल नामको राजनीतिक पार्टी खोलेर देस बिदेसमा चर्चा कमाउन सफल भएका छन ।
अहिलेको युग भनेको बिज्ञानको युग हो । लेखिएको तथा बोलिएको केहि मिनेटमै संसारभर पुग्न सक्ने यो जमानालाई डाक्टर बाबुराम भटराई राम्रै संग बुझेका छन त्यहि भएर ईन्टरनेटको दुनियामा सबै भन्दा धेरै समय सम्म समय ब्यतित गर्ने राजनेतामा डाक्टर बाबुराम भटराईनै अग्रपंक्तिमा होलान भन्ने यो पंक्तिकारको ठम्याई हो ।
डाक्टर बाबुराम भटराईले नयां शक्ति नेपाल नामको राजनीतिक पार्टी गठन गर्नु भन्दा पहिला सुन्दर शान्त नेपालमा जनयुद्ध नामको हत्या र हिंसाको खेति गर्ने माओबादी नामको पार्टीमा आबद्ध थिए जुन कुरा यो पंक्तिकारले सुरुकै हरफमा उल्लेख गरि सकेको छ  । माओबादीले चलाएको जनयुद्धमा परेर घाईते तथा मृत्यु, अंगभंग देखि गाउँघरबाट बिस्थापित हुने नेपालीहरुको आधिकारिक तथ्यांक संयुक्त रास्ट्र संघको कार्यालयमा समेत अभिलेखिकरण भएकै होला 
बगरेको काम भनेको निर्दोष पशुको घांटी रेट्नु मात्र हो । हिजो आफु स्वयम आबद्ध भएको पार्टी माओबादीमा हुँदा महान जनयुद्धको लागी पार्टीको आदेस भन्दै आफ्ना कार्यकर्तालाई सोझा र सिधा नेपालीहरुलाई मृत्युको काखमा पुर्याउंन आदेस दिने  डाक्टर बाबुराम भटराईको नेत्र त्यो समयमा पक्कै पनि सजल भएन होला ।
जनयुद्ध भन्दै हिंसाको राजनीति गरेका माओबादी पार्टी शान्ति र सम्झौता भन्दै सरकार संग वार्ता गर्न आए । वार्ता पश्चात हत्या र हिँसा गर्ने ठुला नेताहरुले सत्ता र भत्ताको राम्रै संग उओभोग गरे र आजको मिति सम्म पनि गर्दैछन । डाक्टर भटराईले समेत अर्थ मन्त्रि देखि प्रधानमन्त्रीको कुर्चि समेत पड्काएकै हुन ।
दोश्रो संबिधान सभाको निर्वाचनमा समेत जनताले माया र बिस्वास गरेर संसदमा पठाएको हुन तर जनताको मतलाई लात हान्दै पुरानो पार्टी छोडेर नयाँ राजनीतिक पार्टीको गठन गर्दा हिजो आफ्नो कारणले मारिएका नेपाली जनताहरुको सम्झनामा  श्रद्धान्जली त परको कुरा युद्धको समयमा केहि मानिस हताहत हुनु ठुलो कुरा हैन भन्ने डाक्टर बाबुराम भटराईले २ दिन अगाडी अफगानिस्थानको राजधानी काबुलमा आततायीहरुको कारणले मृत्यु बरण गर्न पुगेका नेपालीहरु प्रति श्रद्धान्जली देखि घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत दिन भ्याय ।
हेर्नुहोस डाक्टर बाबुराम भटराईले गरेको ट्वीट:
डा.बाबुराम भटराईको ट्वीटर बाट साभार:
अफगानिस्थानको राजधानी काबुलमा बम बिस्फोट गर्नेहरु पनि आतंककारी हुन । डाक्टर बाबुराम भटराईहरुले पनि १२ बर्ष सम्म नेपालमा त्यस्तै प्रकारको घटना घटाएका थिए भने कबुल घटनामा मारियेका तथा घाईते भएका  ति अभागी स्वर्गीय नेपालीहरु प्रति हार्दिक श्रद्धान्जली देखि स्वास्थ्य लाभ भन्दै दुख: ब्यक्त गर्नुको के फाईदा ?
गरिब नेपालीहरु आफ्ना राजीखुसीले बिदेसमा श्रम गर्न जादैनन । २०४६ साल देखि आजको मिति सम्ममा लाखौ लाख नेपालीहरु बिदेसिन बाध्य छन । प्रजातन्त्र देखि लोकतन्त्रको फाईदा भनेकै यहि होला ।
बिदेसिन बाध्य बनाउनमा अन्य पार्टीहरु जति दोषी छन त्यो भन्दा सयौं गुणा दोषी डाक्टर बाबुराम भटराईहरु पनि छन । आफ्नै कारणले बिदेसिन बाध्य पार्ने अनि बिदेसमा आतंककारीहरुको चपेटामा परेर मृत्युबरण गर्न पुग्दा साखुल्ले बनेर मृतकहरुको नाउँमा श्रद्धान्जली प्रकट गर्नु भनेको त्यो भन्दा ठुलो भद्धा मजाक अरु के हुन सक्छ ?
२०७३ आषाढ ८ गते बुधवार ई-कोशी डटकममा प्रकाशित

Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger