Thursday, June 23, 2016

यहि हो हजुर प्रजातन्त्र देखि लोकतन्त्रको परिभाषा

-जनकमान डंगोल 
केहि बर्ष अगाडी सुनचाँदी ब्यबसायीहरु बाट सुनमा अत्याधिक मात्रामा मिसावट भयो भनेर उपभोक्ताहरुको गुनासो आम्नासाथ सरकारको सम्बन्धित निकायले अनुगमन गरे । हाम्लाई थाहा पत्तो नदिई छडके गर्ने ? लु गर त हाम्लाई कारबाही भनेर च्यालेन्ज दिंदै सरकारी अनुगमनको बिरोधमा ब्याबसायिहरुले घनघोर बिरोध गरे । सरकार लट्टेको साग जस्तै पिलित्त भो । सरकारले गलत काम गर्नेहरुलाई कारबाही गर्नुको साटो उक्त घटना तै चुप मै चुपमा बस्न बुद्धिमानी सम्झ्यो । कारण ? चुनौमा दाम त्यसै आम्दैन हजुर । चुनौ जित्न दाम चाहिन्छ । आफ्ना दातालाई जिस्क्याउने कुन मईकालालको हिम्मत । खाँट्टी कारण यहि नै थियो र हो पनि ।

केहि महिना अगाडी नक्कली प्रमाणपत्रको आधारमा बिमानचालक बनेको घटना नेपालको सबै किसिमको संचार माध्यममा छायो । नक्कली बिमान चालक पक्राउ परे । नपरोस पनि कसरि । बिमान चालकको घटना सेलाउन नपाउंदै नकली डाक्टरको खबर छापेर पत्रिकाका मालिकहरुले वाहवाही कमाका छन । बच्चो सम्झिने र बुझ्ने हुने बेला नहुँदै बाउआमा देखि ईस्टमित्रले भुरालाई सोध्छन ‘बाबु तिमि भोलिपर्सि ठुलो बनेसी के बन्ने ? अबोध बालकले तोते बोलीमा जवाफ दिन्छन दाक्टर, पईलत बन्ने’ । बच्चोको जवाफ सुनेसी बाउ आमा देखि ईस्टमित्र समेत मक्ख बन्दै घिरम्ले नाक बनाउछन ।

डाक्टर पाईलट बन्न धेरै पढ्नु पर्छ । नेपालको सर्खारी स्कुला पढेर डाक्टर, पाईलट बन्न सकिन्न । निजीमा पढाउने ल्याकत हुन्न । सर्खारी स्कुलमा बर्षभरी पढ्न पाउने वाताबरण बनाम्नत नेपाला फेरी राजा महेन्द्र जन्मिनु पर्छ हजुर । त्यो भनेको निरंकुस एकदलीय रास्ट्रबादी ब्यबस्था भनेर भन्न खोजिएको हो । पढ्ने भुरा देखि मास्टर सम्मलाई राजनीति गर्न उक्साउने नेता देखि नेताको उक्साटमा जिन्दाबाद देखि मुर्दाबाद भन्ने जनता भाको देसहो नेताहरुले न्वारान गरेको नयां नेपाल  तर बर्षेभरि पढे र पढाएपो ‘बाबु के बन्ने’ भन्ने प्रश्नले मुर्तरुप लिन्थ्यो नि हैन र ?

नेता भनेको के हो र त्यसले के कस्ता काम गर्छ भन्ने यावत विवरणहरु जान्दाजान्दै पनि पार्टी र नेताको मोह्पासमा बाँधिए पछी सुन देखि नुनमा, तेली देखि भेलिमा, रासन देखि शासनमा मिसावट भोग्न बाध्य हुनु पर्छ कि पर्दैन ? जनता आफैले ‘आफ्नै खुट्टामा आफैले बन्चरो हान्ने काम’ गरेसी सबै कुकर्मको फल भोग्नु पर्छ भन्ने कुरा २०४६ साल पछी राम्रै संग देख्न र भोग्न पाएको छमनि हैन र ?

अगतिलो शासन ब्यबस्थाको समर्थन गरेसी जे जस्तो परेनी सहनु पर्छ । समयमा खै गर्न र चिन्न सकेको भए नक्कली डाक्टर देखि पाईलटको सेवा लिएर समय नपुग्दै जेम्राज्का हाजिर हुन जानु पर्दैनथ्यो । आतंकबादीले मार्छन त्यसैले त्यस्ता देशहरुमा जाने अनुमति छैन भनेर भन्दाभन्दै पनि सर्खारले नजा भनेको देसमा चोर बाटोबाट गएर अकारण ज्यान गुमाउनु पर्दैनथ्यो । हुनु नहुनी भ सी अब धारे हात लाम्दै  सर्खार देखि नेता सम्मलाई सरापेर के फाईदा ?

नेता भनेका कलाकार हुन । समय अनुसारको भूमिका निभाउन नसक्ने नेता हुन सक्दैन । उदाहरणको लागी सफल नेताहरु देउवा, वली, माकुने, प्रचण्ड, बाबुराम, थापा, राणा, ठाकुर, गच्छेदार जस्ता थुप्रै छन । त्यसैले यी नेताहरु देस देखि बिदेसमा समेत नायकको रुपमा परिचित हुन् सफल भएका छन भने मेरो गोरुकै बारै टक्का भन्दै समय चिन्न नसक्ने नेताहरुमा बैद्यहरु जस्ता पनि छन । क्रान्ति भन्दा अरु नाम लिन नजान्ने यी पट्टु गोपी कृष्ण कहोहरु जनताको नजरमा खलपात्रको रुपमा चिनिन सफल भएका छन । तिनका माईबाप देखि पार्टीका नजरमा यिनीहरु नायक देखि खलनायक जे जस्ता भएता पनि देस र जनताको लागी यिनीहरु गतिला नेता भने पक्कै हैनन ।

नेताहरुले समय अनुसारको भूमिका निभाउन साम, दाम, दण्ड र भेदको निती अपनाउछ्न  । नेतागिरी गर्न दाम चाहिन्छ । दाम त्यसै पाईदैन । जो जसले दाम दिन्छन ति दानबीर कर्ण हुन्नन । स्वच्छ राजनीति गर्नलाई जनताको मत जित्न सक्नु पर्छ । राम्रा र गतिला काम गरेका भए पो जनताको मन जित्नु । भिक्षाम देहि देखि दिन्छस कि ठिक पारम भन्दै लिएका चन्दारुपी दामको नतिजाको फल भनेको कालाबजारी, नक्कली पाईलट देखि डाक्टर हुँदै असुरक्षा र असान्ती हो कि हैन ?

चाइनामा जस्तै भएको एकदलीय शासन ब्यबस्था नेपालमा भयो भने चोरले चोर्न, ठगले ठग्न, लुटेराले टुटन, फटाहाले फटाईगिरी गर्न पाउदैन । त्यसैले हामी सत्तामा पुग्यौ भने सबै काम गर्न दिन्छम भनेर गरेको सर्तनै माथि उल्ल्खित हुन्छ भने के यस्तै दिन देख्न र भोग्न भनेर तपाई हामीले ब्यबस्था बदल्न आन्दोलन गरेका हौ र ?
 
मान्नुस नमान्नुस बिदेसिको ईसारामा नेपालमा जनताको नामबाट लादिएको प्रजातन्त्र देखि लोकतन्त्र भनेको नेतागीरी देखि गुन्डागर्दी, कमिसनखोर देखि भ्रस्टचारी हुँदै अल्छेको जमात उत्पादन गर्न ल्याईएको हो । देसको लागी लड्ने सहिदको स्थानमा पार्टीको लागि लड्नेहरुलाई सहिद भन भनेर भन्न लाउछन भने अहिलेका नेताहरुको नजरमा यहिनै रैछ हजुर प्रजातन्त्र देखि लोकतन्त्रको परिभाषा त्यसैले नेपालमा पटक पटक आन्दोलन गराएर ब्यबस्था किन परिवर्तन गराईन्छ ? अब तपाई हामीले बल्ल बुझ्यौ होला !