Latest Post

Showing posts with label च्वास्सचुस्स. Show all posts
Showing posts with label च्वास्सचुस्स. Show all posts

शुपर्णखाहरु भन्दैछन तिम्रो फिगर कोकोकोला रे

Written By खांट्टी कुरा on Monday, September 05, 2016 | September 05, 2016

-जनकमान डंगोल 
गोरा र कुईरेको भाकामा ‘फिगर’ हाम्रो नेपाली भाकामा चै शरीरको बनावट भन्ने शब्दलाई यौटी तरुनि नेपाली गाईनीले गाएको गीत ‘तिम्रो फिगर कोकाकोला’ मा योपालि धेरैले मच्चिमच्चि, थच्चिथच्चि कम्बर मर्काए ! त्यसरी कम्बर मर्काउनेमा बकुल्लाको हुलमा कागहरु पनि देख्याथि ! त्यै  देख्या भएर आजको यो भित्तोमा ‘जनकमानको तीजे झटारो’ भनेर झटारो डाम्दैछु !

हिजाज हाम्री महान गणतन्त्रे नारि, महिला, आईमाई देखि औरतहरुको ज्यु ज्यान दिन प्रतिदिन राबनको बुईनी शुपर्णखा को जस्तो देख्छु भने तिनका श्रीमान, पोई, लोग्ने, खसम देखि बेट्वाके बापहरु चै सुदामाका जस्तो ! महान प्रजातन्त्र देखि अग्रगामी छलांग मारेर ल्याको व्यवस्थाले देखिएको नतिजा यस्तै हुन्छ क्या र !

ब्या गर्नु भन्दा अगाडी हिन्दीमा भाकामा भनिने ‘नासमझ’ नेपाली भाकाको ‘अज्ञानी’ बरा भालेहरुले उमेर नपुग्दै ‘लप’ भन्ने ‘मायाँ पिरती गास्न थाल्छन ! त्यसरी गास्ने बेलामा आफ्नी पोथि  अर्थात प्रेमिका लभरहरुलाई ‘जुन तारा टिपेर’ दिने देखि प्रिन्सेज भन्ने अंग्रेजी भाकाको  ‘राजकुमारी’ बनाएर राख्छु भन्दै अंग्रेजी भाकामा ‘प्रमिस’ , हिन्दि भाकाको वादा,कस्सम देखि नेपाली भाकाको किरिया खान समेत पछी हट्दैनन !

हिजोआजको जमानामा हाम्रो बाउ बाजे देखि मेरै जमानाको शादी ब्या हुन्न हजुर  ! जबर्जस्ति गर्न मिलेन ! बाउआमाले मनले खाको केटि ब्या गर्दिन खोज्यो भने घांटीमा डोरी लाएर पिंग खेल्छन ! मण्डपबाट भाग्न बेर लाम्दैनन त्यसैले आजकल त धेरै भुराभुरीहरुले उमेर नपुग्दै ‘फ्लाईंग म्यारिज’ अर्थात भागि ब्या गर्छन ! गाला मुस्तांगे स्याउ हुन्जेल रमाइलै हुन्छ ! जब जोईकी भुडीले करामत देखाउन थाल्छ त्यसपछि गैरी खेत बन्धकी राखेर हुन्छकी सयकडा ५ मा ब्याज काढेर हान्निने भनेकै खाडी मलेस्या हो क्यार ! ‘तोरी लाउरे’ र ‘डोरी लाउरे’ को परिभाषा पनि यहि नै हो  !

कुरो माथी टुप्पामा लेख्या फिगर देखि कोकोकोलाको आयो ! बरा सुदामा जस्ता ज्यान भका पोई देखि खसमहरुको जोईलाई हिजाज डोको नाम्लो भिरेर घाँसपात गर्न देखि बन जंगल चाहार्न जानु पर्दैन ! त्यहि जानु पर्ला भनेर पोई हिडेको महिना दिन नबित्दै भुराभुरी पढार ठुलो मान्छे बनाम्ने बहानामा गामबाट सहरा कोठो भाडामा लिएर बस्छन अथवा बस्न लगाईन्छ ! बाउ आमा भन्दा जोई प्यारो भ सी के लाग्छ नि राम तर त्यसरी बस्ने धेरैका भुराभुरीहरु ट्यापे अर्थात लागु औषधिका अम्मली भाको पनि देखिएको छ !

‘अल्छी तिघ्रे’ भएसी ‘स्वादे जिब्रो’ हुनेनै भो क्या र ! हिजो गाम्घरमा ढाडको छाला खुईलिने देखि अन्वार घामले डढ़ेर दक्षिण भारतका हिरो रजनिकांत जस्ता हाँडी अन्वार भकाहरु शहरमा डेरा गरेर बस्नासाथ फेयर लभ्लीको कमालले छुन पनि दाग लाग्ने हेलम्बुकी शेर्पिनी जस्ती जस्तो हुने रच्छ !


बरा पोईहरु खाडीमा खब्बुस भन्ने सुक्खा रोटि देखि मलेसियामा नासीलामा भन्ने भातमा नुनखोर्सानी मुछेर खाँदै दाम कमाउने यता जोईहरु कोठामा बसेर रिल्याक्स भन्ने आनन्दको जीवन बिताउने ! अब दोष कसलाई दिम, जोईलाई, पोईलाई कि सर्खार देखि ब्यबस्थालाई ?

जब तिज जस्तो चाडबाड आम्छ अनि तिनै शहरा बस्ने जोईहरु गाम्घरको कला संस्कृतिलाई चटक्क छोडेर शहरिया खिचडी मिस्साको ‘बोर भयो यार’, टेन्सन छ जिन्दगि देखि तिम्रो फिगर कोकोकोला भन्दै एउटा हातमा चुरोट आर्को हातमा टिनबिर्के रौसि ब्युरको बोत्तल देखाम्दै नाच्दैछन !
 त्यै फिगर अर्थात ज्यानको बनावट पनि सिसाको बोत्तल जस्तो सुलित्त परेको भे त गीतले भन्न खोजेको अर्थ लाउथ्यो ! ज्यान चै राबनको बुईनी शुपर्णखा अर्थात जम्बो कोकोकोलाको जस्तो अनि ‘तिम्रो फिगर कोकोकोला’ भन्दै नाच्ने देखि सबथोक देखाई दिन्छु ! मेरो सेक्सी ज्यान भन्दै अर्थ न बर्थ गोबिन्द गाई जस्ता शब्द घुसाउने अहिलेका जोति मगर्नी जस्त गाईनेहरु भसी उही हिन्दि सिनेमा ३ ईडीयटको पात्रले भन्ने गरेको शब्द माथीको बलात्कार भो कि नाई ? आफ्नु ता देख्या र भोग्या कुरा डाम्ने चलन छ त्यै भएर जस्तो देखे त्यस्तै डाम्दिये !

बिकृति देखि विसंगति बिरुद्ध लेखिएको यो व्यङ्ग्यले कोहि कसैलाई चोट पर्न गएमा क्षमाप्राथी छौ !
ई-कोशी डटकममा प्रकाशित  

एक हांडी मासु हसुर्नेहरु कसरि एनिमल ह्युमने भए ?

Written By खांट्टी कुरा on Monday, August 22, 2016 | August 22, 2016

-जनकमान डंगोल 
थुम्मने भेडा भेडी र तिनका सन्तान अनि घोर्ले खसी देखि सिँगाने बोकाका सन्तानहरु लाई मटन, कुखुरी काँ भनेर गाम थर्काउने साखिनि देखि विकासे लोटन, सेता ब्वाईलर हुँदै  पुर्बेली भाकामा भन्ने डीम्मालाई एक मदेस्का बासिन्दाहरले भनिलिने अण्डा अर्थात फुल पार्ने लेयर्स देखि खांटी लोकलको भाले पोथीलाई चिकेन, बंगलादेस देखि छिमेकी भारत हुँदै दशैँ त्यार तथा संक्रान्तिको लागी नेपाल काज खटि आम्नु भएर आफ्नो अमुल्य ज्यु ज्यानको आहुति दिन बाध्य पारिएको चिप्रे राँगो देखि थारो भैंसी अनि तिनका सन्तान पाडा पाडीलाई बफ, दाना खार पुट्ट भाको नेपाले लोकतन्त्रे नेता तथा तिनका नजिकका हुक्के बैठके झोले कार्यकर्ताहरु जस्तै पोटिला सेता विकासे बंगुर देखि गाम्घरा खोले फाँडो खार हुर्केका काला  हुर्रा भनिने सुँगुरलाई पोर्क, तिम्रा माता हुन कि पिता तर हाम्ले खान पाउनै पर्छ भनेर ज्यान फाल्न तयार हुने केहि थान जनजाती देखि ईज्जत धर्म फालेर गतिछाडा हुने केहि तागाधारीका प्रिय जिनिस गाई गोरुलाई बिफ मिट भनेर न्वारन गर्ने पनि कुनै समयमा हिन्दुस्थानीहरु माथी राज गर्ने पश्चिमा फिरिंगी भन्ने गोरा र कुईरेहरुनै हैनन ?

मुन्छेको जस्तरी बोलि बोल्न नसक्ने ति निर्दोष प्राणिहरुको हत्या गर्दै पोलेर बनाको जिनिसलाइ छोईला, काँचै नुन खुर्सानी मर मसला हालेर मोलेकोलाई कचिला, परपर तेला भुट्या भुटुवा, १ पाउमा एक अंखोरा पानि हालेसी तयार हुने झोल्वाला, मिसमास, नेवारी भोजा जमाएर बनाईने तख्ला, ह्याकुला फ्राई, भेजा भन्ने गिदी फ्राई, अहिलेका भुरा भुरीहरुको प्रिय जिनिस मम्चा, देखि बरिस्ट नागरिकले मन पराम्ने सुरुवा, टिनबिर्के देखि खोयाबिर्के मार्का ट्वाँकेहरुलाई मन पर्ने गोडी भन्ने खुट्टी फ्राई आदि आदि ईत्यादी बन्नलाई रेटेर, सेरेर, कुटेर, पिटेर, चुटेर, छ्प्क्यायेर, भालाले घोपेर, पासोमा पारेर तड्पाएर, ईस्लामिक धर्मालम्बी भाकाको हलाल गरेर वा काना हेडफुन ला जस्तरी इलेक्ट्रिक सट भन्ने करेंटो लार अथवा जे जस्तो गरेर भए पनि परान नलिए सम्म मासु अर्थात सिकारको थरि थरिको जिनिस बन्ने हैन क्यार ।

बुढामाराज पृथ्बीनारानले ठोकठाक पारेर, तर्सार, थर्कार जोड्देको नेपाला जब हिन्दुहरुको चाडपर्वको बेला आउछ अनि बिक्रम ट्याम्पुको भाकामा 'पशु, पंक्षीको अधिकार बहाली गर, पशु पन्छी मार्न पाईदैन, 'पशु पंक्षीको जीवन रक्षाको ग्यारेण्टी गर भन्दै घाटीमा अनेक थरिको गोरा र कुईरे भाकामा डाम्या जिनिस झुन्ड्याउदै  स्वयम्भु देखि पस्पति हुँदै बनकालीको हाम्रा पुर्खाहरुको स्टाईला सालै पिच्छे बुर्लुक्क बुर्लुक्क बर्षेनी कुर्लिने तिमेरुजस्ता जन्तुहरुलाई ह्युमने राईट भन्दा रच्चननि हैन ता ।


मुन्छेहरको जस्तै थलचर देखि जलचर सम्मको जीवन बचाउने ठेक्का लिएका हाव राईटे (अधिकार) कर्मीहरु श्री ३ माराज राणाहरुको शासन देखि पन्चेत, पन्चेत फालेर हुल्देको प्रजातन्त्र देखि धर्म निरपेक्ष गणतन्त्र सम्ममा आईपुग्दा ईन्कलाबको नारा घन्काउने क्रान्तिबीरहरुले सोझा सिधा गरिब नेपालीका सन्तानहरु नमारिकन तिनीहरुको क्रान्ति सफल भयो ?


महान जनयुद्धको नारा घन्काउने बेलामा ‘दुश्मन’ को पगरी आफ्नैहरुलाई भिरार चक्कुले हलाल गर्दा होस वा ज्युज्यानमा बम बाँधेर त्यारमा पटका पडका जस्तरी पड्काउँदा होस, कुटीकुटी सरिरमा परान हुँदाहुँदै पनि जिम्दै लगेर खाल्डामा गाड्दा देखि बाटामा दौडेका गाडी रोकेर त्यो गाडीमा भका मुन्छेहरुलाई थुनेर गाडीमा प्याटूल छर्केर अग्निदहन गर्दा कता मुन्टीनु भाथ्यौ हँ ह्युमनेहरु ?

बारा जिल्लाको बरियारपुरमा पर्ने गढ़िमाई मेलामा निर्दोष पशु पन्छीको हत्या भो भनेर संसारनै उचाल्ने तिमि पश्चिमा फिरिंगीका बानहरु अनि तिनीहरुको जुठोपुरोमा रमाउने घरका भेदी लंका ढहायको भूमिकामा अब्बल ठरियेका नेपाले बिभिशनरुपी डाम्नाहरुले तिमि फिरिंगीका देशहरुमा प्रभु मसिको नाउँमा गोरु, भेडा देखि समुन्द्राबस्ने ह्वेल मछलीहरुलाई तड्पाई तड्पाई मार्दा त्यताका पशु पन्छिहरुको चै बाच्न पाउने अधिकारको हनन भयो कि भएन ?

आफ्नो आंगमा भैसी नदेख्ने तर आर्काको ज्यु ज्याना जुम्रो देख्ने तिमीहरुको लिलालाई सारा जगतले चिनि सकेका छन । तिमि पश्चिमाहरू भनेका सियो बनेर पस्ने अनि फाली बनेर निस्किने जीव हौ तर क्यार्ने आफ्नै देसमा बिभिष्ण जन्मेसी तिमेरुमाथि धारे हात लार क्यार्ने । 
..
कामना पत्रिका २०७३ को गाईजात्रे अंकमा प्रकाशित

बैद्यबा पनि नक्कले रैछन

Written By खांट्टी कुरा on Tuesday, August 16, 2016 | August 16, 2016

-चुस्सकार जनकमान डंगोल 
हाम्रा कम्निस्ट नेता तथा प्रधानमन्त्री प्रचण्डका राजनीतिक गुरुदेव बैध्यबाले हिजो भन्ने गरेको 'गोलमेच सम्मेलन' बैध्यबाले आविष्कार गरेको शब्द भने पक्कै पनि हैन ।
फुटो साभार: गुगल सर्च
हिजो हाम्रो बाजे बराज्युको पालामा हिन्दुस्थानीहरुले फिरिंगी भनेर धारे हात लाएर सराप्ने बिलायतीहरुले पुरै हिन्दुस्थान अर्थात भारतमा ब्यापारको निउँमा पसेर एकक्षेत्र राज्य गरेका थिए ।

सियो बनेर पसेका बेलायतिहरु फाली बनेर निस्के । सयौ बर्ष हिन्दुस्थानीहरु माथी राज गरे । 'अंग्रेज भगाओ' भन्दै हिन्दुस्थानीहरुले आन्दोलन सुरु गरे । आन्दोलनकारिहरु पनि गरम दल, नरम दल भन्दै दूई खेमामा बाडिए । नेताजी सुभाष चन्द्र बोषहरु गरम दल र महात्मा गान्धीहरु नरम दलका नेता भनेर चिनिए ।

आन्दोलनकारीहरुको माग सम्बोधन गर्न भनेर १२ नोभेम्बर १९३० देखि १३ जनवरी १९३१ सम्म बिलायतको लन्डनमा गोलमेज सम्मेलन भयो  कांग्रेस अर्थात नरम दलले बहिष्कार गरेको भएर १९ जनवरी १९३१ मा यो गोलमेज सम्मेलन समाप्त भएको हो !

हिजो माओबादी जनयुद्ध तथा त्यो पछी धेरै समय सम्म माओबादीकै प्रमुख नेताहरु मध्येका एक बैद्यबाले 'गोलमेच' सम्मेलन गर्नु पर्छ भनेर पछी सम्म आवाज उठाई रहे तर तिनका माग कहिले पनि पुरा भएन ।

हिजो जनयुद्ध सुरु गर्नु भन्दा अगाडी दुई बिस अर्थात ४० बुंदे माग तेर्स्याएका थिए । त्यसमा सबै भन्दा धेरै भारतको बिरोध गर्दै उठाएको माग थियो । 'बिस्तारबादी भारत' को तक्मा झुन्ड्याउने पनि बैध्यबाहरुनै थिए ।

'जुन थालमा खायो त्यसैमा आची गर्नु हुन्न' भन्ने नेपाली कथन छ ।  यसलाई हिन्दुस्थानिहरुले चै आफ्नो भाकामा 'जिस थालिमे खाया उसिमे छेदी' भनेर भन्छन ।

नेपालमा जनयुद्ध सुरु । बैद्यबाहरुको बसाई भने भारत । आफ्नै महान चेलाको कृपाले उतै झ्यालखानाको बास भाको पनि थियोनी । हैन त बैद्यबा ?

हिन्दुस्थानी भाकाको ‘कथनी और करनीमे फर्क होताहे’ लाई नेपाली भाकामा ‘भनाई र गराईमा फरक हुन्छ’ भनेर उल्थ्याईन्छ । रोटि र बेटीको सम्बन्ध भएसी भाकाको पनि सम्बन्ध पक्कै पनि हुन्छ हैन त बैध्यबा ?

सर सापटी उतैको लिने देखि उतै बसेर नेपालमा जनताको छोराछोरी लडाउने तपाईहरुलाई उतैको भाकामा 'जिस थालिमे खाया उसिमे छेदी' अर्थात नेपाली भाकामा 'जुन थालमा खायो उसैमा आची गर्ने' भनेर प्रश्न डाम्ने कि नडाम्ने ?

नेपालका कांग्रेस हुन या कम्निस्ट यी सबै हिन्दुस्थानी उत्पादन हुन ।  सदियौ पुरानो राज्तन्त्रामक ब्यबस्था हटाउन भनेर आविष्कार गरिएको हो । त्यो भन्दा अरु केहि पनि हैन ! देखिको सत्य यहिनै हो भने नानाथरीको भाकाको नक्कल गर्दै फेरी पनि बन्दुक बोकेर क्रान्ति गर्छु भन्ने तपाईको तिहारमा गाम्ने देउसुरे सुनेको दिन देखि निस्केको हाँसो अहिले सम्म रोक्न सकेको छुईन है मुईलेता !

माती उल्लेखि तारिखहरु विकिपिडियाबाट पैंचो खोजेर ल्याईएको हो !

जय जयको मान खानेकि कान चिरेको जोगी बन्ने ?

Written By खांट्टी कुरा on Thursday, August 11, 2016 | August 11, 2016

हाम्रो हेटौडा राम्रो हेटौडा भन्ने मकान्पुर जिल्लामा  'मण्डले' भनेर नाक खुम्च्याउने मौका पाको बेलामा खप्पर फुटाम्न देखि गोरु चुटाई गर्न पछी नपर्ने लाले देखि भालेहरुलाई बेला बेला तिनै मण्डले भन्नेहरुले कडा टक्कर देको पनि देखिएकै हो ! समय एकनासको हुन्न भन्छन ।

केहि बर्ष अगाडी सम्म मकान्पुरा बुढो रुखको दाल गल्दैनथ्यो  । दोश्रो संबिधान सभामा १ सिट जितेर समेत देखाई दिए । १ सिट जित्ने ईन्द्र बानिया हुन । ठेकेदारी गर्ने मुन्छेको अगाडी अहिले साम्सद भन्ने दर्जा पनि थपिएको छ ।

पुरै मकान्पुर जिल्ला एमालेमय हुँदा पनि मुम्बैया भाका 'बाल मतलब' नगर्ने पार्टीको नाम हो बल्खु एमाले । अहिले पनि प्रत्यक्षमा ३ सिटमा एमालेकै नाम छ भने १ सिटमा कौरेसको ।

२०४८ सालको पहिलो आम निर्वाचन देखि अहिले सम्म कमल थापा पटक पटक मुन्त्री भए तर एमाले मकवानपुरले किन मन्त्रि पाएन ? किन बन्न सकेनन ? हुत्ति नभर हो कि नदेर हो 'थाहा चाहियो'  

समानुपातिक नै सहि हिजो सम्म त्यहि एमालेका वली सर्खारलाई अन्तिम घडी सम्म साथ दिएका कमल थापाले अहिलेको प्रचण्ड सरकारमा मुन्त्री खान्न भनेर भन्दिए  । थापा नभएर के भो त कांग्रेसी बानियाले त मुन्त्री पड्काउने भएनि,

तर,

'कुटे पनि आमै राम्रो पोले पनि घामै' राम्रो भन्ने हाम्रा मकानपुरे लालेहरुको ख्प्परा मुन्त्री किन लेखेनौ हे चुरियामाई ?

जो सुकैले जितुन जनतालाई 'बाल मतलब' तर जिल्लाको मान्नेहरु मुन्त्री भो भने बिकासको लोभा नाक घिरम्ले बनाम्न त पाईन्छ तर मकानपुरे घामेहरुमा मुन्त्री बन्ने ह्याउ देखिन हे हुप्राचौरे पस्पति । हाम्लाई पनि मुन्त्री चाहियो भनेर किन भन्न सकेनन ? कम्निस्टले देउता मान्दैनन भन्छन त्यहि भ र चुरिया देखि भुट्नदेबी हुँदै मनकामना माई अनि हुप्राचौरे पस्पति रिसार त हैन ?
शंकै त हो नि ।

खैर कोहि बात छैन । जो बनुन जिल्लाका बनुन  । त्यहि सुरुंगमार्गको ललिपप देखार पटक पटक साम्सद बन्ने घामे बाजेहरूले उहिले देखि अहिले सम्म केहि नापेनन । अब ठेकेदार साम्सद मुन्त्री हुने भए । निर्माण ब्यबसायको खुंखार मुन्छे हुन ।  सुरुंग मार्ग बनाई दिए भने नारानघाट पूर्वका सम्पूर्ण जनताहरुले 'बानिया काजीको जय जय’ भनेनन भने थुक्क भन्नु होला ।

अब 'जय जय को मान खानेकि कान चिरेको जोगी' बन्ने निर्ने सम्बन्धितको हातमा छ । मुन्छे हैन भेडा उत्पादन हुने दस भनेर कहलिएको धर्म निरपेक्ष गणतन्त्रे नयां नेपाला जनताले भेडा बुद्धि देखाएन र राम्रो काम गरे भने आर्को चुनौमा पनि बिजय पक्का ।

नभा कुरा अरेको छुईन !
देख्या कुरा डाम्देको हुम क्यार !
के को ट्यासट्यास !

चाख्दाचाख्दै नुन चर्कोमा परिएला

Written By खांट्टी कुरा on Friday, August 05, 2016 | August 05, 2016

-जनक मान डंगोल 
कुनै समयमा हाम्रो देस नेपाल भन्दा पनि गए गुज्रेको देस सिंगापुर, मलेसिया थियो आज त्याहा रेल पनि गुडेको छ बिजुली पनि कहिले जान्न ! हामि जस्ता लाखौ  बिदेसिहरुलाई रोजगारी पनि दिएको छ ! हाम्रो भन्दा तिनीहरुकै पैसा महँगो पनि छ !
हाम्रा गणतन्त्रे नेता तथा तिनका आसेपासेहरु बेला बेलामा मलेसिया सिंगापुर घुम्न जान्छन ! के गरि त्यस्तो भो भनेर सिंगापुरे लि क्वानको छोरा र डाक्टर महाथिर मोहम्मदलाई सोधे ?
सोधेका भए नेपाल सिंगापुर देखि मलेसिया जस्तो किन बनेन ?
जवाफ प्रस्ट छ !
सिंगापुर मलेसिया अंग्रेजको गुलामिबाट मुक्त भए ! गुलामीको पिडा भोगेका थिए ! रास्ट्र र रास्ट्रियता सम्झे ! देसको विकासले सगरमाथा चुम्यो !
हामी नेपाली हरु आज सम्म कसैको गुलामी भ का छैनम ! हामी नेपालीहरुलाई नेता देखि बिदेसिहरुले २०४६ साल देखि नयाँ नयाँ स्वाद चाख्ने बानि लगाई दिएको छ ! धर्म, फेसन, संस्कृति र भाषा त्यसैको नमुना हो र त्यसै अनुरुप एकपटक गुलामी भनेको कस्तो जिनिस हुन्छ चाख्नु पर्यो भनेर त हैन ?
चाख्दाचाख्दै नुन बाट निमकमा परिणत भएर चर्कोमा परिएला अनि  'जय नेपाल' भन्ने मुखले 'जय हिन्द' भन्दा त्यो दिन छात्ती  घाउमा छर्केको नुन जस्तै चिरिक्क होला कि नहोला ?

प्रधानमन्त्री ओलीसँग संक्षिप्त वार्ता

Written By खांट्टी कुरा on Sunday, July 31, 2016 | July 31, 2016

-राम लोहनी  
आजको झटारो
पत्रकार -- अब कहिले बालुवाटार छोड्नुहुन्छ?
प्रम -- छोडेकै सम्झनुस् न! म त नाफाको जीन्दगी बाँचिराको मान्छे, मलाई कुनै कुराको मोह छैन।
पत्रकार -- यस्तो फक्कड जोगी जस्तालाई पनि कुर्सीबाट हटाए त!
प्रम -- यो त दिनदशा लागेर हो। भन्छन् नि मान्छेलाई रिन लागोस् दिन नलागोस्। रिन त मलाई लागेको छैन। ठूलो बजेट बनाउँदा देशलाई लागेको हो। दामासाहीले बाँडुम्ला। तर दिन चाहिँ मलाई मात्र लागेको जस्तो छ।
पत्रकार -- कसरी?
प्रम -- त्यत्रो जतन गरेको हुर्काको मित्रता छापामार शैलीमा झ्याप्पै पार्नु भनेको दशा लागेरै त हो नि। दशा भन्ने चिज बाजा बजाएर आउँदैन भन्थे। आफैले भोगियो।
पत्रकार -- पदबाट जाँदाजाँदै तपाईँलाई के को चिन्ता छ?
प्रम -- मलाई नवलपरासीमा फेला परेको फलाम खानी, मुस्ताङको युरानियम र पेट्रोल, काठमाडौंको ग्यास भण्डारको चिन्ता लागेको छ। यो काम सुचारु हुन्छ कि हुँदैन भनेर आधा मासु भैसक्यो।
पत्रकार -- कस्तो प्रकारको चिन्ता?
प्रम -- यी खानीबाट उत्पादन सुरु गर्ने मेरो योजना निरन्तर हुन्छ कि हुँदैन भन्ने हो। म रहिरहन पाएको भए केही वर्षमै देश मालामाल हुन्थ्यो।
पत्रकार -- तर लोडशेडिङ घटाउने पनि कुनै उपाय तपाईँको पालामा गर्न नसेकको आरोप छ नि त!
प्रम -- त्यो मैले नगरेको होइन। मन्त्रीमण्डल संयुक्त भएपछि यस्तो हुँदो रहेछ। एकमना सरकार भएको भए अहिले देशाँ लोडसेडिङ फिटिक्क हुने थिएन।
पत्रकार -- तपाईँलाई त पार्टीकै मान्छेले छिर्के हानेछन् हगी?

प्रम -- रूख काट्ने बञ्चरो काठकै हुन्छ भन्ने त थाहा थियो। नवलपरासीको फलाम खानीबाट फलाम निकाल्न भ्याएको भए म बञ्चरोको बिंड फलामको राख्‍न लगाउँथे। यस्तै भयो।
पत्रकार -- तपाईँको बहिर्गमनको मुख्य कारण फास्ट ट्र्याक हो भन्छन् नि!
प्रम -- त्यो पनि हो। म नेपालले नै बनाउने पक्षमा थिएँ। बजेट पनि छुट्टयाएको हुँ।
पत्रकार -- अब फास्ट ट्र्याकको भविष्य के होला?
प्रम -- यो कुरा त आदित्य दाहाललाई सोध्‍नुपर्छ।
पत्रकार -- एउटा अन्तिम प्रश्न। राष्ट्रपति विद्या भण्डारीले छोड्नुभएको उपाध्यक्ष पदमा कसलाई नियुक्त गर्नुहुन्छ?
प्रम -- रामकुमारी झाँक्री।
पत्रकार -- रामकुमारी झाँक्री? त्यति जुनियरलाई्? पार्टीमा मान्लान् त?
प्रम -- म एक तीरले दुई शिकार गर्न चाहन्छु। एक त रामकुमारी महिला हुनुभयो। महिलाको ठाउँमा महिलै।
पत्रकार -- दोस्रो कारण?
प्रम -- त्यति पनि बुझ्‍नुहुन्न? उहाँ झाँक्री पनि हुनुहुन्छ।
पत्रकार -- झाँक्री?
प्रम -- किन तर्सिनुभयो? कि तपाईँ पनि पत्रकारको भेषमा छिमेकीको छौंडा नै हो?
( राम लोहनीको फेसबुकबाट साभार)

झुटो बोलम पाप लाग्छ सत्य बोलम बेज्जत हुन्छ

Written By खांट्टी कुरा on Thursday, May 26, 2016 | May 26, 2016

माननीय उप-प्रधान मन्त्रि कमल थापा बिदेस भ्रमणको सिलसिलामा यतिखेर ईजराईल पुगेका छन ! ईज्राईली प्रधानमन्त्रि बेन्जामिन नेतान्याहू संग भेटघाट गरे ! कामदार थप लिने बिषयमा पनि सकारामक कुरा भो रे ! नयां नेपाल बनाउनु पर्ने भएकोले कृषि, शिक्षा, अनुसन्धान, तालिम र पुन:निर्माणमा फेरी पनि सहयोग मागेछन !  राणाले लुटेको देस फिर्ता माग्थे अहिलेकाहरुले धार्मिक गुरुहरुले जस्तरी दान माग्छन ! हामी नेपालीहरु माग्नकै लागी जन्मेका रैछम ! कुन दिन बिदेसिहरुले हाम्रा सन्तानहरुलाई माग्नेका सन्तान भन्दे भने पनि अनौठो नमाने हुन्छ !

बातचितको सिलसिलामा हाम्रा थापाकाजिले पनि तपाईहरुले पुर्याउनु भएको दिनु भएको दान दक्षिणाबाट हामि ह्याप्पी ह्याप्पी छम ! त्यसको लागी हामि सम्पूर्ण नेपाली जनताहरुको तर्फबाट ईज्राईली सर्खारलाई मेनीमेनी  थ्यान्कु भनेर पक्कै पनि भन्दिए होलान,
तस्बिर साभार: अन्नपूर्ण पोस्ट बाट
तर,
हामी ईजराईलीले देको सहयोगबाट भूकम्प पिडितहरुको लागी के के ब्यबस्था भो त भनेर प्रधानमन्त्रि नेतान्याहूले प्रश्न सोधेछन ! 

हाम्रा भूकम्पपिडितहरुलाई सन्चै छ, उचित ब्यबस्था गरेका छम भन्ने हो भने त्यो कुरा सोरै आना झुट हुन्छ ! भूकम्प पिडितको गाँस बास र कपास देखि ओखतीको लागी आज सम्म माखो मारेका छैनन ! 

एमालेको सर्खारले गर्न लाग्यो भने कांग्रेसीहरुले भागबण्डा खोज्छन ! जस्तापाता काण्ड पनि देखेकै हम ! कांग्रेसीहरुले गर्न लाग्दा एमालेले पनि त्यस्तै गर्थे ! दुईजना झगडिया बिच मेलमिलाप गराउने माओबादीको काम हो ! दुईटा जुधुन हाम्लाई मुम्बैया भाकामा बाल मतलब भन्ने नीति अंगालेका छन कामरेड प्रचण्डले ! 

गाई देखि हलो हुँदै मधेसका मसिहाहरु सुर्जे र बुढो रुखका अगाडी दियो हुन ! कांग्रेस र एमाले जस्ता ठुला पार्टीहरुको अगाडी यिनीहरुको केहि जोर लाग्दैन भने काकताली परेर मन्त्रि बनेका गाईका गोठालो थापा काजीले बरा प्रधानमन्त्री नेतान्याहूलाई के भनेर जवाफ दिउन !

उसै त थापा काजि हिन्दु धर्मको मसिहा ! हाम्रो हिन्दु धर्मले झुठो बोल्नु हुन्न ! पाप लाग्छ भनेर सिकाको छ ! झुटो बोलम पाप लाग्ने, सत्य बोलम आफ्नै देसको बेज्जत हुने ! 
बडो धर्मसंकटा परका छन हाउ थापा काजि यतिखेर !

कसरि भाच्लान त अब लाजमान्डूको रेलिंग

Written By खांट्टी कुरा on Thursday, May 19, 2016 | May 19, 2016


-जनकमान डंगोल 
अस्ति काम बिसेखले नयां नेपालको राजधानी जानु पर्यो नयाँ नेपाल भन्ने देसको राजधानी लाजमांडूमा पर्छ । लाजमांडूको रत्नपार्कबाट राजदरबार हुँदै उत्तर ढोका जाने क्रममा जय नेपाल फिलिम हलको बाटो हुँदै पैदल यात्रा गरियो । सडकको पेटी पेटीहरुमा गज्जब गज्जबका फलामे रेलिंग हालेका रैछन । भैंसी हैन हात्ती बाने पनि उखाल्न नसक्ने गरि सिमेन्टले जाम गरेर बनाका ति फलामे रेलिंग आन्दोलनकारिको लागी सौता साबित हुने देख्दैछु ।


देसको राजधानी लाजमांडूमा पहिला निरंकुस पन्च सर्खारको पालामा बनाएर राखेका रेलिंग भाँच्नेहरु कम्निस्ट पार्टी एमालेका भुराहरु हुन । महाकाली सन्धि धोखाहो भन्दै टनकपुरको टनटनमा धेरै रेलिंगहरुलाई सहिद  बनाएको पनि देखेकै हौं ।

सर्खारा हुन्जेल मुखा मह हालेर बस्ने र सर्खाराट बाहिरिए पछी नयां सर्खार संग निउं खोज्ने चलन नयां  र नौलो हैन । प्रतिपक्षहरुलाई निउं खोज्न कुनै आईतवार आउनु पर्दैन हजुर । कुनै दिन कर्णाली सन्धि धोखा हो भन्दै फेरी आन्दोलन गर्न बेर लाम्दैनन ।

हिजो कौरेस संगको मिलिजुली सर्खार हुंदा भारत संग कर्णाली सम्झौता गर्नु हुन्न भनेर मुखारी भन्न सकेनन तर घामका केहि थान भुराहरुले सामाजिक संजालमा तितो पोखेका थिए । 
त्यो कर्णालीको सम्झौता कौरेसले गरेको हो तर साक्षी त आफ्नै पार्टीका सर्खार पनि थियो । हिजो महाकाली सन्धिमा पनि साक्षी किनाराको सदर भाको पनि देखिएकै हो । हुन त महाकाली सन्धि पनि कांग्रेस र एमाले मिलेर गरेका हो भन्छन । नदि नाला र खोला देखि ठुला ठुला बिकास निर्माणको ठेक्का पट्टात देख्नै हुन्न कौरेसलाई । सर्खारा पुग्योकी माइतीलाई दाईजो देको जस्तरी जन्मदाता भारतलाई दिन हतार हुन्छ ।

अहिले घाम पार्टी रास्ट्र देखि सर्खार प्रमुखमा छन । कम्निस्टका जन्मजात बिरोधि कौरेसीहरु हुन । कौरेसका जन्मदाता स्व.बिपीले कम्निस्टको संगत गर्नु हुन्न भन्थे र आफु जिम्दो छउन्जेल गरेनन पनि । पजेरो जन्मदाता कौरेसी देउवा ग्यांगका केहि थाने नेताहरु सर्खारा जान मुर्मुरियर बसेका छन ।

जनयुद्ध गरेर देसमा आमुल परिवर्तन ल्याएको हाम्ले हो भन्ने नाईकेहरुका केहि बफादारेहरु पनि ठुला मन्त्रालय खान नपार रिसले मुर्मुरिएर बसेका छन । तिनीहरुले पनि अध्यक्ष कामरेड प्रधानमन्त्री बन्नु पर्छ भनेर उचालेको पनि देखिएकै हो । घामभित्रका गुटेहरुको पनि कुनै भर छैन । कुनदिन आर्को दाम्देब बनेर आफ्नै सर्खार ढाल्न बेर लाम्दैनन । यो सत्ता भन्ने जिनिस त तिन्पाने खोया भन्दानि डेन्जर हुन्छ हजुर डेन्जर ।

आन्दोलनमा हिंसात्मक भएन भने मज्जानै आम्दैन रे भन्छन । पुलिसको टाउको टाउको ताकेर गुलेली हान्ने देखि  बोतला प्याटुल भरेर त्यसां सलेदो सल्काएर आगो लायो भने प्याटुल बम भन्ने खत्राको जिनिस बन्छ र त्यो बम ताकी ताकी पुलिसलाई हान्नु जस्तो ठुलो मज्जा अरु के मा आम्च्च र । त्यसरी हान्दा घामका भुराहरु आफुलाई सगरमाथा बिजयी तेन्जिंग नोर्गे शेर्पा भन्दानि ठुला ठान्छन । राँके जुलुस निकाल्दा राँको पुलिसको जिउमा झोस्न समेत महारत छन हाम्रा पार्टीका आन्दोलनकारीहरु । नेपालको पुलिस पनि आफ्नै देसका नागरिकहरु नभएर सिंगापुरे देखि ब्रुनाईका फौज जस्तै भाडाका सिपाहीहरु हुन भन्ने मनस्थिति पालेसी कसको के लाग्छ र ।

भोलि सर्खारा नभयेसी बेरोजगार बन्ने स्थिति आम्छ । अहिलेको सर्खारलाई संधैको लागी भनेर टिका लाएर देको पनि पनि हैन । कार्यकर्ता भनेका राजनीतिक पार्टीहरुका खत्रा हत्यार हुन ।  हत्यारमा खिया लाग्यो भने त्यसले काम गर्दैन । त्यै भएर हत्यारमा धार समय समयमा लाम्नु पर्च्च । राजनीतिक भाखामा हत्यारमा धार लाउनु भनेको खत्राखत्रा आन्दोलन गर्नु हो तर आन्दोलनको क्रममा अहिले लाजमांडूमा हालेका रेलिंग आन्दोलनकारिहरुको लागी फलामको च्युरा बन्ने त हैन
..
क्राईम चेक साप्ताहिकको मिति २०७३ जेष्ठ ६ गते बिहीबारको अंकमा प्रकाशित
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger